नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, December 24, 2015

Christmas प्रती हटेको मेरो सन्देह


आज Christmas रहेछ । अघिल्लो बर्ष एक जना बिदेशी साथिले merry Christmas भने म पुरै अल्मलिएको थिए उसलाई merry Christmas भन्न अनि मैले खुलस्त भन्दिए मलाई तिम्रो धर्म मन पर्दैन । उ अलिक रिसाय जस्तो गर्यो । साच्चै Christmas भन्ने बित्तिकै म जस्तै अरु थुप्रै मानिसको दिमागमा अलिकति चिसो पसिहाल्छ । अझ हामी जस्तो युवामा यी यस्ता प्रश्नले दिमाग नै तताई दिन्छ । यो त बिदेशीको धर्म हो , यो त तिनिहरुको धर्म हो हामिलाई के बाल ? तिनीहरु जस्तो मान्छे छ्या , धर्म परिवर्तन गराउदै हिड्छ्न । धर्म पनि बेच्ने कुरा हो र ? यदि होईन भने तिनीहरु किन धर्मको प्रचार गर्दै हिडेका त ? खोइ अहिलेसम्म कुनै धर्मले प्रचार गरेको छ ? तिनीहरुनै बाठो भएर हातमा पैसा थमाउदै एउटा किताब बाड्दै धर्म किन परिवर्तन गराई राखेको छ्न त । यी यस्ता कुरा धेरै जसोको मानसपटलमा उम्लिदै होलान् र गहिरिएर सोच्ने हो भने यसको उत्तर पनि फ्याट्ट आउला । मान्छेको स्वोभाब(मन ) र मान्छेको दिमाग जुन कुराले छिटो समात्यो त्यो कुरा छाड्न मान्छे निक्कै हिचकिचाउछ सायद , जस्तै यदि एउटा मान्छेले कसैले भनेको र सुनेको आधारमा अर्को मान्छे नराम्रो छ भन्ने थाहापायो भने उसले त्यो मान्छेलाई हेर्ने दृष्टिकोण पनि नराम्रोनै बनाउछ , यदि राम्रो नजरले हेर्यो र अर्कोले पनि राम्रो छ है भनेर भन्यो भने हामी त्यो अर्को मान्छे सँग अझ राम्ररी प्रस्तुत हुन्छौ । यो धर्मको बिषय पनि यस्तै नै भएको हो कि । हामिले यो धर्म यस्तो यो धर्म उस्तो भनेर चोर औलो ठड्याउनु भन्दा त्यो धर्ममा भएका राम्रो कुरा के हो हो त्यसलाई पो लिने होईन र ? यदि हरेक धर्ममा भएका राम्रो कुरालाई लिन सक्यौ भने ' आफू नमरी स्वोर्ग देखिदैन ' भन्ने उखान पनि परिवर्तन हुनसक्छ जस्तो लाग्छ । स्वोर्ग देख्न मर्नै पर्दैन बस राम्रो सोच , राम्रो कुरा लेउ , खराब कुरा एउटा कान बाट सुनाउ त्यस भित्र पनि केही राम्रो कुरा छ भने फिल्टर गर , फिल्टर गर्दा राम्रो असल जसले जिन्दगी अगाडि बढाउन सहयोग गर्छ भने लेउ नत्र अर्को कान बाट उडाउ ।अनि आफू नमरी स्वोर्ग देखिदैन होईन स्वोर्ग देख्न मर्नै पर्दैन भन्ने कुरा पनि बोध होला । तर अहिले संसारमा ठिक्क उल्टो भएको छ राम्रो कुरा नलिने र धर्मको रक्षा भन्दै एक अर्का माथि चोर औलो ठड्याउने प्रक्रिया पुरै बढेको देख्न पाईन्छ । यहि चोर औला ठड्याउने प्रक्रियाले संसारमा थुप्रै युद्द भए , अहिले पनि ईस्मालिक ईस्टेटको पनि त्यही धर्मकै कुरोलाई लिएर युद्द भैरहेको छ । हरेक धर्मले मान्छेलाई अनुशासन र नियममा बाध्ने होईन र ?सायद संसारको कुनै पनि धर्मले भन्दैन होला मानवलाई दुख दे ,कष्ट दे , चोट पुर्या आदि आदि एउटा भनाई छ नि " एउटै पुस्तकालयको एकै ठाउमा भएका धर्म ग्रन्थ कहिलै झगडा गर्दैनन् र त्यही पुस्तक कहिले नपढ्ने मान्छे धर्मको रक्षा भन्दै युद्द गर्न तत्पर हुन्छन् ।" अहिले यस्तै भएको हो । धर्मकै कुरालाई लिएर हिन्दी चलचित्र PK यो बर्ष कै उत्कृष्ट चलचित्र बन्यो । त्यहाँको हरेक प्रस्तुतिले मान्छेलाई सोच्न बाध्य बनाईदिन्छ । कुनै धर्मको tag नलिई जन्मेको हामी, यो धर्म ठिक यो धर्म बेठिक भनेर उम्लिनु भन्दा हरेक धर्म भएका राम्रा कुरालाई लिने बानी बसाल्दा अझ केही प्रगती होला कि ? यति कुरा मैले बुझेपछी यो बर्ष मैले बिहानै त्यो साथिलाई merry Christmas भने , उसले पनि merry Christmas
भन्यो र "" सँग संगै राम्रो कुरालाई प्राथमिकता दिन्छु र धर्म भित्र भएका नराम्रा कुरालाई त्यागी धर्म भन्दा ठूलो मानव धर्म लाई साथ दिदैछु भन्यो । तिमिलाई थाहा छ होला Christmas मा थुप्रै मानिस हरु मिल्छ्न , खुसी साट्छ्न यहि खुसी हेर्न नै मलाई रहर लाग्छ र फेरि पनि merry Christmas । "" मैले पनि कुनै सन्देह नराखी फेरि पनि merry Christmas भने ।

तपाईलाई मन पर्यो भने शेयर गरेर थप साथिहरुलाईपढ्न जानकारी दिनुहोला  |