नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, November 4, 2015

बा , पाठशाला जान्न म : हरिभक्त कट्वाल

बा, पाठशाला जान्न म

बा पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहास भन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिड्नभन्दा
बाटो बनाउदै हिड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको ।
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

No comments:

Post a Comment