नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, October 24, 2016

|| ओई मोट्टी || कथा ||


****************************
 "ओई मोट्टी "
********************************

बिपि राजमार्ग हुँदै काठमाडौ जान भनेर सुमो चढे । अन्तिम सिटमा मोटि महिला थिईन , झलस्स हेर्दा ठूलो , भद्दा हात्ती भन्दा फरक नपर्ने शरिर थियो । मेरो पनि सिट अन्तिममा थियो ।बस्नको लागि मलाई अलिकति ठाउँ थियो ( ठाउँ जति सप्पै ती महिलाले जो ओगटेको थिईन )। म बस्न खोजे मज्जाले अटिन तर जसोतसो झ्यालतिरको सिट भएकाले चेपिदै अटे । बाघ बस्ने गुफामा हात्ती गएर बसे जस्तो अनुभव गरे ।

°°°°°

 उनले बोलिन ' दाइ मलाई बमिट आउँछ झ्यालमा मा बस्छु नि ' ।

°°°°°

 झसङ्ग भए रिस उठ्यो बेस्सरी । एक त मभन्दा बढी उमेर देखिने महिलाले मलाई दाइ भनेपछी "झोलामा भएको नागरिकता निकालेर देखाईदिउ जस्तो लाग्यो"। केटिहरुले त ठिकै हो , अब आएर आईमाईहरुलेनि तरुनी ठान्न् थालेछन जस्तो लाग्यो ।  

°°°°

"दाइ चै नभन्नु भा हुन्थ्यो " मैले भने ।

°°°°

पहिल्यै राम्रो चिनजान भए जस्तो गरेर उनले भनीन 'म भरखर बा¥ह कक्षामा पढ्छु तपाई ब्याचलरमा होला अनि दाइ भएन त ' यत्ती भन्दै मुसुक्क मुस्कुराईन । 

°°°°°

' पढाईका आधारमा सम्बोधन गर्ने हो भने त मेरो हजुरबुबाले मलाई अंकल भन्नुपर्छ होला आन्टी ' मैले भने

°°°°

उसले मेरो उत्तरलाई हाँसेर उडाईन र अलिक रिसालु आवाजमा ' आन्टी चै नभनिहालेको भए हुन्थ्यो ' उनले भनिन । 

°°°°°

'मैले चै तपाईंको ज्यान हेरेर सम्बोधन गरेको नि " मैले भने र थप्दै "तपाईको ज्यान भन्दा ठूलो चै अरुको हुन्न होला , ज्यानको अधारमा त म तपाईको छोरा जस्तै देखिन्छु नि ' उत्तर फर्काए ।  

°°°°°°

छोरा रे !! मेरो बिहे त भएको छैन भर्खर अठार बर्षको पुग्दैछु ।म भन्दा निक्कै भद्दा देखिने महिला बोलिन । ए माफ पाँउ तर उनी महिला होईन रछीन । एक अठार बर्षे मोटि युवती । उनको अनुहारमा बल्ल मेरो आँखा डुल्न थाले ।

 ' अरे हो त नि बिहे नै भएको रैनछ ' मन बोल्यो
 । 

°°°°

' ए सरि !!मैले त मोटो देखेरनि , अठार बर्षको उमेरमा यति..... मोटो ' म पुरै नजिकिन खोजे । 

°°°°

अरे म मोटि छु र ? उनले प्रश्न गरिन अनि सरासर बोलिन ' तर मलाई त पुरै स्लिम जस्तो लाग्छ त । '  
गाडिमा बसिरहेका मान्छेहरूले उनलाई नियाली रहेका थिए अझ उनको यो भनाई सुनेर त मुसुमुसु हास्दैथिए । 

°°°°°

हावाले उडाउदा उड्ने केटिहरुलाई स्लिम भन्थे जस्तो लाग्थ्यो । आज आएर स्लिम शब्दमापनी पुरै हाड मात्र होईन मासु पनि थपिन थालेछ जस्तो भान भयो । तिनले अरु मोटि महिलाहरुमा तुलना गरेको हुनुपर्छ नत्र ' म स्लिम छु त ' भनेर भन्ने केटिहरुभन्दा त उनी निक्कै भद्दा थिईन ।

 °°°°°

के साच्चै उनी स्लिम हुन त ? जान्न मन लाग्यो । आँखा घुमाई घुमाई उनलाई हेरे उनले ' म स्लिम त छु नी ' भनेको सम्झे ,पहिलो पटक हेरे , दिस्रो पटक हेरे , तेस्रो पटक आँखा ठुलो बानाएर हेरे तर अँह उनी स्लिम थिईनन् । मनमनै ठुल्लो स्वोर गरेर खित्का छाडेर हाँसे । भित्रभित्रै हाँसो सम्हाल्न सकिन र बाहिर फ्याट्ट हाँसो फुत्कियो । उनी पनि सँगसँगै हाँसिन अनि ठूलो आँखा पारेर मलाई हेरिरहिन । 
°°°°
 ती युवतिलाई आफू मोटो भएको केही पछुतो थिएन । मलाई पातलो हुँदा केही पछुतो थिएन भने उनलाई मोटो हुँदा पछुतो किन लागोस र ? प्रश्न गरे आफैलाई । आफ्नो शरीर जसले जस्तो आकारमा बनाउँन चाहे पनि बनाउँन पाउँछ यसमा दुई मत नै छैन । दिमागले सोच्यो । 

°°°°°°

वाक्क गरेर बमिट गर्न खोजिन झ्याल तिरको ठाउँ छाडिदिए । बिचमा आए झन चेपिए म , अरु थप दुई युवक पनि चेपिएको गुनासो गर्दै थिए । चार जनाको सिट मा दुईजना जतिको ठाउँ उनले एक्लै ओगटेकी थिईन । मनमनै सक्या जति गाली गरियो , थप दुई युवकले पनि गरे होलान् । 

°°°°°°°

फेरि उनि बोल्दै थिईन " अनि दाइ कहाँ पढ्नुहुन्छ ? " 

दाइ भनेर सुन्ने बित्तिकै एलर्जी भएको मलाई अझ रिसाउँदै उनलाई भने ' दाइ नभन बरु हजुरबुबा भनिदेउ म सहन तयार छु ' 

सँगै बसेका दुई युवक र उनी एक्कै चोटि ठूलो स्वोर गरेर हाँसे । 

' ल अब भन्दिन बिना सम्बोधन बोलाउछु ' उनले भनिन । निक्कै चोट मलाई जो लाग्या थियो । त्यहाँ देखि उसले दाइ भनेर सम्बोधन गरिन । 


***** 

गफ गर्दै जाँदा पत्तो पाईयो उनले मलाई जिल्ला स्तरीय हाजिरजवाफमा सहभागी हुँदा देखेकी थिईन रे हामी प्रथम भएको हुनाले ख्याल गरेको हुनुपर्छ मनमनै विश्लेषण गरे । मैलेपनि जिस्किने उदेश्यले उसलाई मोट्टी , मोट्टी भनेर सम्बोधन गर्थे केही बोल्दिन थिई उ । हास्थी मात्र । 

°°°°

लगभग हाम्रो आँठ घण्टाको यात्र समाप्त भयो । लामो यात्राको बेला बोल्ने साथी भईदिदा यात्रा पनि बहुत रमाईलो हुदोरछ भन्ने अर्को रमाइलो अनुभव गरियो । बनेपामा उत्रिन उनि । उसको सानो ब्याग मेरो हातमा थियो, हिड्न खोज्दै थिईन । यत्रो लामो यात्रामा मलाई उसको नाम सोध्नु आवश्यक परेन किनभने सम्बोधन जसरी पनि गर्न सकिन्थ्यो । मैले गाडिको झ्यालबाट बोलाए ' ओई मोट्टी ' ठूलो आँखा पारेर हेरि ' ब्याग छुटेछ ' । लिन आई थ्याक्स भनी र मज्जाले कोठा जाउ सिकुटे उसले जिस्क्याउदै भनी । 

°°°°°°

उनले सिकुटे भनिदिदापनि गमक्क परे त्यति गमक्क त हाम्रा छबिलाल पनि पर्दैनन् । गमक्क यसकारण कि मैले कम खाएर घरको अलिकति चामल जोगाईदिएको थिए , साना खालको लुगापनि तुरुन्त फिट भएकै थिए, अझ गाडिमा बस्दा धेरै ठाउँ ओगटेको भनेर कसैको गाली(मनमनैको) खानु परेको थिएन , चाहे लोकसेवाको फारम भर्दा , चाहे बैंकमा , चाहे बिजुलिको महशुल तिर्ने बेलामा आदि थुप्रै ठाउँमा ' साई ,सुई,उफ, गले है ' नभनी मजाले उभिन सकिन्थ्यो , मोटे भनेर अरुको जिस्काई सहनु परेको थिएन , खाँटमा सुत्या बेला चाईचाई र चुईचुई आवाज आएको थिएन ,काठमाडौमा पानीको अभाव पर्या बेलापनी ननुवाई बस्नु परेको थिएन , अरुसँग गर्ल्वाम्म अंगालो हाल्न सजिलो भएकै थियो र हात अरुको काधमा सजिलै राखेर हिड्न सकिन्थ्यो , भई परि (बिशेश गरि भुकम्प) आएको बेला सजिल्यै दगुर्न सकिन्थ्यो ,चेपारो गल्लीबाट सजिल्यै छिर्न सकिन्थ्यो , 
अझ बैज्ञानिकहरुको अनुसन्धानबाट स्वास्थ पनि सिकुटेनै हुन्छ्न भन्ने खबरले झन गमक्क परे ।

°°°°°

 बल्लतल्ल कोठा पुगे पल्लो कोठाको आन्टिले ' ए बाबू आउनु भयो, दशै राम्रै लागेछ कि क्या हो बाबुलाई ? बाबू त मोटाउनु भएछ त ।' आन्टी सास नरोकि बोलिन 

°°°°

त्यस्ती मोटिले स्लिम भनेर हिडिराखेको बेला मलाई मोटो भन्दा एक्कासि रिस उठ्यो त्यहिपनी हाँसेर उत्तर फर्काए । 
 अघि सम्म अरुलाई मोटि भनेर जिस्क्याको मैले , आफैलाई मोटो भनेर भन्दा गमक्कपन एकाएक हरायो र सरासर कोठा भित्र छिरे , ऐना निकालेर हेरे , आफैलाई मोट्टो देखे तर ' यत्तिको मोटाईलाई सिकुटेनै भनिन्छ केटा ' भन्दै आफैलाई सम्झाए र खाटमा डङ्रग्ग पल्टिए ।
……………………………………………………
The End (समाप्त ) 

@नितिन आचार्य 


 

Thursday, August 18, 2016

कथा : फेसबुकमा भेटिएकी एक युवती भाग : ४ (Part : ४ )अन्तिम भाग

कथा : ||फेसबुकमा भेटिएकि एक युवती ||भाग ४  ||अन्तिम भाग 
 कथा : ||फेसबुकमा भेटिएकि एक युवती ||
लेखक नितिन आचार्य
हतार हतार गरेर बानेश्वर तिर लागे , ठ्याक्कै स्ट्यान्डर्ड चार्टर्ड बैंक आउनु भनेकि थिई । अनेकौ तर्क,आफ्नै मन सँग खेल्दै बानेश्वर कटिसकेको पत्तो पाईन । खलासीले पो कोटेश्वर झर्नु भन्दा झल्स्स भए ।
°°°
°°°
एकजना फेसबुकमा भेटिएकि केटिको लागि म एति सम्म भएछु आफैलाइ प्रश्न गर्दै थिए , यो माया भन्ने चिज यस्तैनै हो भन्ने ती सबिना कार्कीको आवाज मन देखि मस्तिष्कसम्म घन्कियो ।
°°°°°
आफ्नै मन भित्र भित्रै तर्क, बितर्क गर्दै म बानेश्वर तर्फ हिद्दै अघि बढे । स्ट्यान्डर्ड चार्टर्ड तिर आँखा लम्काए , उभिरहेकी थिई उ । नजिकै गए , उत्साह भन्ने चिज कतै हराएको थियो जस्तो लाग्थ्यो । मधुर , निराश , तनावग्रस्त अनुहार थियो उसको , मेरो पनि उसको भन्दा कम थिएन । ' सन्चै छौ ? ' भने उसले पनि सन्चै छौ ? भनी ठ्याक्कै एकै चोटि । मुसुक्क हाँसी तर बिना मिठासको हाँसो थियो उसको । बसेर गफ गरौ भनी ।
°°°°°
बस्ने ठाउँ खोज्दै खोज्दै हामी NCC कलेज भित्र पस्यौ । प्रश्नै प्रश्नले भरिएको मेरो दिमाग , उसलाई भेट्ने बित्तिकै ती प्रश्नहरु कता हराए , हराए । उसैले सुरु गरि माया , पिरतीको भन्दा पनि भबिस्यको कुरा बढी गर्दै थिई । उसले भबिस्यको कुरा गर्नु स्वोभाबिक नै थियो किनकी मेरो ब्याचलर सकिन एक बर्ष मात्र बाँकी थियो । के गर्छौ एक बर्ष पछि ? नेपालमा बस्छौ कि बिदेश जान्छौ ? यी र यस्तै प्रश्न मलाई तेर्साउदै थिई । म पनि अन्तरबार्ता दिए जसरी हरेक प्रश्नको उत्तर दिदै थिए र भरखरै चिनजान भएको मान्छेलाई जस्तो 'अनि तिमी नि ?' , भन्ने खालको प्रश्न तेर्साउदै थिए ।
°°°°°
उसको र मेरो प्रश्न र प्रतिप्रश्नले दोहोरी नै चलो । हाम्रो तालमेल नमिले पछि म चुप भए , केही बोलिन उ पनि पुरै चुपचाप बसि ।।त्यसपछि म पनि केही बोलिन ।।
°°°°
दुई जनाको मुख फाल्टा फाल्टै दिशामा थियो ठ्याक्कै पृथ्वीको दुई धुर्ब जस्तो ।
एक अर्कालाई हेर्न पनि शरम लागे जस्तो।।
*****
गेटतिरबाट चिनेको दाइ फुत्त भित्र छिर्नुभयो ! हामी भएतिर नै आउदै हुनुहुन्थ्यो । अब के गर्ने पर्यो फसाद । केही नबोली सरासर त्यो दाइ तर्फ अघिती बढे । उ उठेर कतै हिंड्न खोजे जस्तो गर्दै थिई । मैले पनि उसलाई रोक्ने कुनै कोशिस गरिन ।
°°°°
°°°°३
दाइ सँग कुरा सक्किएपछि लगत्तै उसलाई फोन गरे switch off थियो । उसको साथी अञ्जलीको नम्बरमा फोन गरे , उ र अञ्जली सँगै आएका रछ्न उसैले फोन उठाई अनि घुमाउरो शैलीमा सम्बन्धमा ब्रेक लगाउदा हुन्छ अब न त कुरा नै मिल्छ भन्ने खालको बिचार पोखि ।
°°°°°
किन के भो र ? भन्नेखालको प्रश्न गरे उत्तर फर्काईन ।आक्रोशीत भाषामा तालमेल नमिल्ने हो जस्तो लाग्छ भने कहिले नगुड्ने गरि ब्रेक लगाईदिदा हुन्छ भने । त्यसो हो भने फोन गर्ने कोशिश नगर भनी ।
°°°°
जसरी ख्याल ख्यालमा लभ हो कि लप हो कुन्नी के पर्या थियो ठ्याक्कै त्यसैगरी ख्याल ख्यालमै सम्बन्ध चैट भयो । परिस्थिति अनुसार उखानहरु पनि परिबर्तन हुँदै जाँदा रछ्न माया पिरिम जस्तो ।
°°°°°
जस्तै प्रेममा हुदा ' मन परेको जुत्ता पो जुत्ता त ' सम्बन्ध चैट भएपछि 'खुट्टा भएपछि जुत्ता कति कति " हरेक परिस्थितिले मान्छेलाई सिकाउदै जान्छ भन्थे त्यसपछी त्यस्तै त्यस्तै लाग्न थाल्यो र एउटा सिकाईको खुड्किलो मात्र पार गरे जस्तो लागो ।
*********
उसको र मेरो कुरा बन्द नै भयो । घरी घरी खुब पीडा हुन्थ्यो उ सँग हरेक दिन बोल्ने बानी पर्या थियो ।। एक्कासि छुटाउन गार्‍हो पर्यो । झुक्याएर हातका औलाहरु फेसबुकको message तिर सलबलाउथे तर झ्याप्प रोकिन्थे । उ सँग सिधै नबोले पनि उसको बारेमा जान्न खोज्थे ।
°°°°
मनलाई शान्त पार्न पनि उसको साथि अञ्जलीलाई सोध्थे। अन्जली मलाई सम्झाउथी , उसको बिगतको कुरो सुनाउथि र त्यो त्य्स्तै छे धेरै सिरियस नहोउ भन्थी ।
°°°°°
खै किन हो उ एक्कासी यति छिटो बदलिसकी कि म अचम्म परे अचेल म सँग पनि खुलेर बोल्दिन खै के भएको छ त्यसलाई भनेर भन्दै थिई अञ्जली । म पनि उसलाई मिल्छ भने सम्झाईदेउ न भनेर भन्दै थिए ।
°°°°°
जोस्सिएर , रिसको तालमा कहिले नगुड्ने गरि ब्रेक लगाईदिदा हुन्छ भनेछु पछुतो लाग्या छ ।। हि स्टिल लभ यु भनेर भन्देउ न भने । अर्कै पारामा हुन्छ भनी । अञ्जलीले मलाई मन पराउथी केटि भएर भन्न मात्र सकिन । म पनि उसलाई वास्ता नगरेकाले हाम्रो सम्बन्ध टुटाउन उसैको हात छ कि जस्तो लाग्थ्यो तर होईन कि जस्तो पनि लाग्थ्यो ।
**********
एकदिन करिब दस बजेको हुँदो हो ।फोनको घण्टी बज्यो बिल्कुल नयाँ नम्बर म आस्थाले गरेकी होला भनेर तुरुन्त फोन उठाए फोन उठाउनन साथ नमस्ते नेपाल प्रहरी भनेको आवाज आयो छक्क परे ।






°°°°
तपाई प्रहरी परिषद आउनु पर्यो तपाई सँग सोधपुछ गर्नु छ भनेपछी म अक्क न बक्क भए । गल्ती के गरे भनेर हतार हतार सम्झिन थाले केही गल्ती गरेको छुईन भने किन डराउने भन्दै प्रहरी परिषद गए ।
°°°°°
अचानक Call detail देखाएर तपाई र आस्था बिच के थियो ? प्रश्न गरे प्रश्न सुन्न साथ म झसङ्ग भए । के भयो उसलाई मैले सोधे सोध्नसाथ आत्महत्या भने। म छक्क परे ,मन थाम्न सकिन ,खुबै रोए । प्रहरी सँग सबै सत्य कुरा सुनाए प्रहरी सँग फेरि पनि बोलाएको खण्डमा आउने बाचा गरि त्यहाबाट कोठा तर्फ अघि बढे ।
*************
उसको बारेमा बुझ्न अञ्जलीलाई फोन गरे उठाई तर उ पनि बेखबर भएको जानकारि दिई धेरै बोल्ने मन भएन फोन काटे । कुनै message छोडेकी छे कि जस्तो लागेर फेसबुक खोले । फेसबुकको शुरुको पेजमा थुप्रै पत्रीकाको समाचार थियो त्यहाँ एक पत्रपत्रिकामा भक्तपुर निवासी एक किशोरीले मृत फेला भन्ने समाचार रछ ।जसमा धेरै ब्यक्तिहरुको कमेन्ट(comment ) थियो आत्महत्या नभै हत्या हुन सक्छ कारबाही गर कारबाही गर भन्ने खालको । news को एउटा लिन्क खोलेर हेरे उसको मृत तस्बिर राखेको रहेछ उसको त्यो तस्बिर देख्न साथ मन थाम्न सकिन ।।
°°°°
करिब १ हप्ता पछि आत्महत्या पुष्टि भएको खबर गरि अञ्जलीले, किन भनेर सोध्दा थाहा छैन भन्ने जवाफ फर्काई र अर्कै पारामा तिमिलाई एउटा कुरा भन्नू थियो भन्दै थिई र भनिसकेको पनि छु फेसबुकमा मेसेज हेर न भनी ल भनेर उत्तर फर्काए तर मलाई " उसले किन आत्महत्या गरि ?" भन्ने प्रश्नले मात्रै मलाई सघै पिरोली रह्यो ।
( The End )
#######!####!####
© नितिन आचार्य

Monday, July 11, 2016

' चक्कर ' || कथा || || 'Chakkar '' || Story ||

*********************
कथा || चक्कर | |
********************
रोमन  मेरो साथी , गाँउको पुच्छरमा घर थियो । साँझ तिर हतार हतार स्याँ स्याँ गर्दै पसिना सरि  आएर मलाई ओई तँ सँग कति पैसा छ सापटी दे न  यार  भनेर भन्दै थियो ।  मसँग भएको दस हजार उसलाई थमाईदिए । भक्तहरुले  देउताको गुणगान गाए जसरी मेरो गुणगान गाँउदै , काठमाडौमा भेट्ने बाचा गर्दै म बाट छुट्टियो ।
•••••••••••••••
' रोमनेसँग  बिर्खेको बुढी खुब बोल्छे यार केटोले भाउजू सँग लप पार्ला जस्तो छ अब पनि ' सुमने बोल्यो ।
°°°
सुमने बोलेको सुनेर रोमने एकाएक राँकियो ' साले धेर नजिस्क्या है , त्यो आफै चिप्किन आउछे त  मैले त छोड्दिसकेको  हो त्यसलाई   । '
°°°
म चुप लागेर केटाहरुको गफ सुनिरहेको थिए । ' रोमने अर्काको बुढी ब्यहोर्नु पर्ला है बिचार गर धेर नचिप्की ' सुझाव शैलीमा मैले एक वाणी पेल्दिए ।
°°°
' चुप साले हामी नब्यहोर्ने तरिकाले चिप्किन्छौ चिप्के पनि , तँ चिप्किन पाईनस भनेर डाहा गरेको ' रोमने जङ्गियो ।
°°°
'अरे गर्नेलाई गरि खाँन देन किन डाहा गर्छस होउ डाम्ना ' सुमनेले मलाई पेलेर भन्यो र रोमनेलाई माया लाग्दो शैलिमा सोध्धै थियो ' अनि रोमने लाउरेको बुढोको पैसा कति खाईस त ? लाउरिनिले तलाई माया गर्छिन क्यारे अरु त केही गर्या छैनस  नि '?
°°°
सुमनेले यत्ती भनेसी रोमने अलिक सर्माए जस्तो गरेर मुन्टो निउरायो र  छि अरु त मरे पनि गर्दिन म, रोमने सानो स्वोर गरेर बोल्यो र पुलुक्क चारैतिर हेर्यो ।
पिपलको फेदमा बसेर गफ गरिरहेको थियौ । गफ सकिन नपाई ठूलो स्वोर गरेर रोमनेको बहिनी कराई रोमन ..... दाई.... घर आउनु रे .... ।।
°°°°
हामी दस कक्षामा पढ्दै थियौ । रिता पनि हामी सँगै पढ्थी । रिता र रोमनेको घमासान चक्कर चल्या थियो।
°°°°°°
दशमा पढ्ने ठिटो भएर होला लभ सभ भन्न खासै मन लाग्दैन थियो । कसैले सोधे भने छाती फुलाएर चक्कर चल्या छ भनिन्थ्यो ।
°°°°°°
रितालाई मनाउन कम्ता गरेको थियो र रोमनेले , के के पो गरेन । रितालाई फकाउन  मैले पनि साथ दिएको थिए रोमनेलाई ।
°°°°
रोमनेले लेखेको लभ लेटर रिताको गणित किताबको बिच्चमा मैलेनै राखिदिएको थिए । भोलिपल्ट पो रोमनेलाई बोलाएर झपार्नु झपारिछे न्याउरो अनुहार लगाएर कहानी सुनाउदैथियो  तर रोमनेले बनावटी कहानी सुनायो भनेर मैले चाल पाईसकेको थिए किनभने हामिले गफ गरिरहेको ठाउँमा तल्लो कक्षाको भाइ थियो ।
********************
रिताको घर पल्लो गाँउमा भए पनि
रोमने र रिताको घर जाने बाटो एउटै थियो । रोमनेको घर चै हाम्रै गाँउमा पर्थ्यो । मेरो घर सुरुमा आउथ्यो, त्यसपछि रोमनेको , अनि रिताको । रिताको घर चै टाढा थियो स्कुल बाट करिब ४५ मिनेट जति लाग्थ्यो । स्कुल बाट घर फर्किदा  हामी खुब जिस्किन्थौ  , म भने रोमनेको नाम जोडेर रितालाई जिस्क्याई दिन्थे । भित्र भित्रै मख्ख पर्थी क्यारे तर बाहिर चै मारिदिन्छु अनि भनेर तर्किन्थी ।
**********************
एस एल सि आउन तीन महिना जति बाँकी थियो बिहानै कोचिङ पढाई हुन्थ्यो गणितमा जान्ने रोमने थियो त्यही भएर पनि रिता रोमने सँगै बस्थी ।
°°°
सरले पढाईरहेको बेला पनि सानो स्वरले गफ गरिरहन्थे ।  त्यतिखेर देखिनै चक्कर सुरु भएको  तिनिहरुको भनेर स्कुलमा हल्ला थियो ।
°°°°
एक अर्कालाई भने कक्षा नौ देखिनै माया गर्ने गर्थे । एक बर्ष सम्म कसैले पत्तो नपाउने गरि गफ गरे ,माया लुकाए , बोल्दा पनि बढो बिचार पुर्याएर बोल्थे ।
उनिहरुको चक्कर कक्षा नौ देखिनै पर्या चै मलाई र सुमनेलाई मात्र थाहा थियो । हामिलाई पनि कसैलाई नभन्ने कसम खुवाएका थिए ।
°°°°
उनिहरुले माया, प्रेमका गफ गरिरहेको  बेला कोहि तेस्रो ब्यक्ति गयो भने , पढाईका गफ गर्दिन्थे कि कुरोलाई बङ्याईदिन्थे।
°°°°°
जे जस्तो गरेपनि खोकी र माया लुकाएर लुक्दैन भनेझै स्कुल भरी हल्ला फैलियो । बेञ्च बेञ्चमा रोमन प्लस रिता भेटिन्थ्यो । सरले रोमनेलाई केही सोध्नु भयो भने सबैको ध्यान रोमने तिर भन्दा पनि रिता तिर हुन्थ्यो ।
********************************
माघ महिना लागे सँगै गाउँ तिर दशमा पढ्ने केटिहरुको बिबाह हुँदै थियो ।
एकदिन एक्कासि रिताले उसको बिहे गर्दिन लागेको कुरा गरि  । बुबा ~ आमाले त्यो भरखर बिदेश बाट आएको पारिको खोइ को सँग  गर्दिनेले न्याउरो अनुहार लगाएर सुनाउदै थिई ।
°°°
रोमने जंगिदै 'किन माया को नाटक गरिस ' भनेर प्रश्न गर्दै थियो । रोमनेको प्रश्न सुन्ने बित्तिकै रिताले सानो स्वोरले 'मेरो माया लाग्छ भने भगाएर लग न सक्छस भने  ' भनेर प्रतिप्रश्न गरि ।
°°°°°
कहिले पनि ' तँ ' भनेर सम्बोधन नगरेका जोडिहरु ' तँ तँ ' भनेर सम्बोधन गर्दै थिए अचम्म मानेर म उनिहरुको गफ सुनिरहेको थिए । ठूलो ठूलो आवाजमा उनिहरु बोल्दै थिए । अन्तत दुबै जनाले आ~ आफ्नो भाग्यलाई दोस दिएर एक अर्का बाट टाढा हुने निर्णय गरे ।
°°°°°°
SLC  पनि दिन नपाई माघमानै बिहे भयो रिताको । बिचरा रोमने के गर्न सक्थ्यो र ? भगाएर काठमाडौ लग भनेर रिता भन्थी , तर रोमनेको कलिलो दिमागले आँट गर्न सकेन । रोमनेलाई ठूलो चोट पर्यो ,अझ रिताको बिहेको दिन त मर्छु भनेर गहिरी खोलाको किनारमा पुगिसकेको थियो ।
°°°°°°°°°
सुमने र मैले संम्झायौ । संझाए पछि रोमने जंगिदै भन्दै थियो साला, भाग्यले पनि माझी औला देखाएर भाग्यो   । बिच बिचमा अस्लिल शब्द निकालेर आफ्नो भाग्यलाई गाली गर्दै थियो । उसको त्यस्तो चरित्र कसैले हेर्दो हो त सिधै सन्तुलन गुमाएको भनेर भन्न हिचकिचाउदैनन् थिए । सतिदेबी गुमाएको सिबजी भन्दा भयानक र डरलाग्दो जस्तो लाग्थ्यो रोमनेको चरित्र ।
' कसरी हेर्नू खै मन परेको मान्छेलाई अर्कैले सिँउदो हालेको ..........' रोमनेकै गित हो , रोमनेकै ब्यथा , रोमनेकै पीडा हो जस्तो लाग्थ्यो ।
********************************
बिचरी रिता पनि के गरोस् रोमनेले आँट नगरे पछि बुबा आमाले भने बमोजिम  जबर्जस्ती बिहे गरि त्यही भर्खरै बिदेशबाट आएको बिर्खे सँग ।बिर्खे हामिले बच्चामा चिनेको दाइ । पारिको दाइ भनेर भन्थ्यौ । हामी बाख्रा चराउदा कहिलेकाही गोरु चराउन आउथ्यो । माओबादिको द्वन्द्वको कारणले गर्दा बिदेश भासिएको थियो ।
°°°°°°°
बिदेशबाट आएको बिर्खेदाईलाई रोमनेको पिरिम कहानी मैले सुनाएको थिए । त्यही पनि उसले रिता सँग बिहे हुन्छ मेरो भनेर बिश्वासको साथ भन्दै थियो ।  मेरो साथिले माया गर्छ दाइ , तपाईंले बिहे नगर्नु  भनेर भन्दा उल्टै गाली गरेर मलाई कुट्ने धम्की दियो । मनमनै सक्केको जति गाली गरे । ' साला बिर्खे तँ मरेको भए रिता त मेरो साथी सँगै हुन्थी ' भनेर गाली गर्दै हिडे ।  बिर्खे दाइ र रोमनेको बुवाबिच झगडा परेको थियो रे त्यसैको बदला लिन खोजेको होला भनेर रोमने भन्दै थियो ।
***********************
चैतको दोस्रो हप्ता एस एल सि सुरु भयो । त्यही दिन देखि रोमने र रिता फेरि पनि मजाले बोल्न थाले । अझ परिक्षाको बेला त  रिता र रोमने सँगै परे  । रोमने हिसाबमा जान्ने थियो बिज्ञानमा चै बल्ल तल्ल पास हुन्थ्यो तर  रिता बिज्ञानमा जान्ने थिई । रिताले रोमनेको नाममा बिज्ञानको परिक्षा दिईछे । रोमनेले आफ्नो पास हुने गरि लेखेर , रिताको पनि लेख्देछ गणितमा  ।अरु बिषय पनि मिलि मिलि लेखेछन ।
°°°°°°°°°°°°°
एस एल सि सक्किएपछि
रिताले मानी भने बिहे गर्छु भन्थ्यो रोमने ।  रिता पनि आफ्नो  बैबाहिक जिन्दगीमा खुसी नभएको कुरा सुनाउथी । रक्सी खाएर दिनै पिच्छे यातना दिन्छ , खाली रोमने सँग के के गरिस भन्दै पिट्छ भनेर आफ्नो पीडा सुनाउथी । त्यस्तो पीडा सहन नसक्ने भएकाले हामी भागौ काठमाडौ भनेर रिता रोमनेलाई भन्थी । रोमने पनि रिता पाएपछि भाग्न तयार थियो ।
°°°°°°°
तीन महिना छुट्टी लिएर आएको बिर्खे  बैशाख अन्तिम तिर छुट्टि सकिएर  बिदेश फर्किए । बिर्खे बिदेश गएको एक हप्ता  पछि रोमनेले र रिता भागेर काठमाडौ जाने र त्यही बस्ने निर्णय गरेछन ।
°°°°°°
साँझ पख रोमने पसिना सरि भएर म भएको ठाउँ आयो र दस हजार पैसा माग्यो । कुखुरा पाल्छु भनेर मैले अघिल्लो दिन रोमनेकै बुवाबाट ऋण लिएको थिए ।
त्यही पैसा रोमनेलाई दिए , छ महिना पछि फिर्ता दिनेगरी बाचा गर्यो र सहयोग कहिले नभुल्ने भनेर मबाट छुट्टियो ।


°°°°°
भोलिपल्ट बिहानै गाँउ तिर निस्किए  रोमने र रिताको हल्ला खल्ला मच्चिएको रछ  । रोमनेले रितालाई भगायो रे ....बाबुले दराजमा राखेको पचास हजार पनि लग्यो रे..... रिताले गर-गहना लेर भागी .....जताततै रोमने र रिताको चरित्रको बारेमा हल्ला मच्चिरहेको थियो ।  दिउँसो रेडियो सुनिरहेको म अकस्मात गहिरि गाँउबाट काठमाडौ हिँडेको बस दुर्घटनामा परि बीस जनाको मृत्यु भन्ने खबर आयो । चौतारोमा बस्ने पुरुष  ,  घाँस काट्न हिडेका आईमाई  , साना केटाकेटी सबैले थाहा हुने गरि हल्ला , खल्ला मच्चियो  । केही सोच्न सकिन, दिन भरी पुरै गाउँ स्तब्ध भयो । कसैले केही बोल्न सकेनन्  । जताततै रुवाबासीको मात्र आवाज सुनिन्थ्यो । टेलिभिजनमा तस्बिर देखाई रहेको थियो ।मृत्यु हुनेमा मेरो साथी रोमने पनि परेछ । रोमनेले रितालाई बचाउने हुँदा आफ्नो ज्यान गुमाएछ ।
°°°°°°°°°°
त्यही दिन बेलुकी पख गाँउमा अर्को दु:खद हल्ला फैलियो । त्यही बिहान भाग्ने रितिको पोइ , बिर्खे  सुतेको ठाउँमा बिदेशमा मर्यो अरे ।  मन सम्हाल्न सकिन ।  आफ्नो साथिको मृत्युले टोलाई रहेको म अर्को खबरले मलाई स्तब्ध बनायो । सबै तिर बाट एक्लि भएको रिताको याद आयो । सुखि जीवन पाउने आशामा भागेकी रिता माथी अर्को बज्रपात पर्यो । तर त्यो दिन देखि गाउँ फर्किन रिता ।।
°°°°°°°°°°°°°°°°°
करिब पाँच  बर्ष पछि उसले बोलाई मैले त देखेको पनि थिईन । न्यु रोडमा लुगाको पसल गर्दी रछे । रोमनेको मृत्यु भए पछि त्यतैबाट काठमाडौ आएकी अरे । गफ गरिरहेको ठाँउमा सानो फुच्चे आयो मामु भन्दै । को सँग बिबाह गरेउ भनेर सोध्ने आँट गरिन पछि थाहा भयो गाउँ बाट बिदेश हिडेको सुमनेले , बिदेश नगैइ काठमाडौमा रितासँग बिबाह गरेर बसेछ । बिदेश जाने पैसाले सानो पसल सुरु गरेका थिए अरे अहिले यत्रो भयो भनेर सुमने कहानी गर्दै थियो । म भने रोमनेको पिरिम चक्कर देखि , यो सरर घुमाउने, घुमाउदा चक्करनै चलाउने गरि मोडिने जिन्दगीको चक्कर सम्झिदै , टोलाउदै , बसिरहे ......।।।
[[[ The End ]]]

Saturday, March 5, 2016

" सकारात्मक भबिस्यको लागि सकारात्मक सोच "

मेहनती हुनुहोस
प्राय : नेपाली युबाहरु अरुको उन्नति र
प्रगतिको डाह गर्छन | तर, आफैं भने केहि
पनि गर्न चाहदैनन् | विभिन्न क्षेत्रमा काम
गर्ने हामि कति समय केन्द्रित भएर हामी
त्यसमा लाग्छौं त ? त्यसको हिसाब
निकाल्ने हो भने हामि दिनको अधिकांश
समय अनाबश्यक गफ गरेर बिताइरहेका हुन्छौं
| तर , खास काम भने केहि गरिरहेका हुदैनौं |
कुनै पनि काममा मेहनत गर्ने हो भने हामि
पक्कै सफल हुन्छौं ।
कामलाई सम्मान गर्नुहोस्
हामी नेपालिको बानी अचम्मको नै छ । हामी सानोकाम जसबाट दैनिक पैसा कारोबार हुन्छ त्य्स्तो काम गर्न हामी हिचकिचाउछौ । कि पायो भने ठुलै काम गर्ने नपाए खाडी वा अन्य मुलुक जाने भन्ने हाम्रो सोच परिबर्तन हुनुपर्छ । हाम्रै देशबाट बर्ष भरी करौडौ पैसा रेमिटेन्सको रुपमा बिदेसिन्छ भन्नेकुरा राष्ट्र बैकको प्रतिबेदनमा पनि उल्लेख छ ।
इमान्दार बन्नुहोस
सफलताका लागि पहिलो खुड्किलो
इमान्दारिता हि इमान्दार हुनसके सफलता
पक्कै पनि पाइन्छ  इमानदारिता यति ठुलो
सम्पति होकी मान्छे ले घरमा थन्क्याएको
सम्पति भन्दा पनि यसको बढी मूल्य हुन्छ |
सिर्जनशील हुनुहोस
युबा उमेरनै सिर्जनशील र नयाँ पनको
खोजि गर्ने उमेर हो प्राकृतिक रुपले पनि
युबा मस्तिष्क ले केहि न केहि नयाँ काम
गर्न खोजेको हुन्छ | तर, त्यहि गतिमा
आफ्नो मस्तिष्कलाई गतिशील र बनाउन
सकिएन भने हामीले बिकास गर्न सक्दैनौ|
त्यसैले युवाहरु सिर्जनशील बन्नु पर्छ |
अध्ययनसिल हुनुहोस
अध्ययनसिलता सबैका लागि अत्यावश्यक
गुण हो अध्ययन भन्नाले एकेडेमिक अध्ययन
मात्रै होइन स्कूल वा क्याम्पस पढ्ने मान्छे
ले मात्र पढ्नुपर्छ भन्ने पन होइन शिक्षक
,बिद्यार्थी पत्रकार नेता मजदुर सबैले
आफ्नो रुची अनुसारका बिषय अध्ययन
गर्नाले जिबन सुखी बन्न सक्छ |
नैतिकवान हुनुहोस
नैतिकता मानब जिबनकै उत्तम र बहुमुल्य गुण
हो | हरेक क्षेत्रका युवाले नैतिकता भने
उनीहरु स्वाभिमानी बन्न सक्छन र त्यहि
स्वाभिमान उनीहरुको जिबनमा त्यहि
सफलताको खुड्किलो पनि बन्न सक्छ,
त्यसैले सफलताका लागि नैतिकबान हुनु पर्छ
|
उत्सुक हुनुहोस
हरेक युबा केहि न केहि नयाँ गर्न का लागि
उत्सुक हुनु पर्छ उत्सुक मान्छे ले मात्रै
जिबनमा प्रगति गर्छ जब कसै संग काम या
ज्ञानप्रति उत्सुकता छैन भने उसले प्रगति
को मार्ग भेट्न सक्दैन प्रगतिप्रति उत्सुक
नभएको मान्छे मा नकारात्मक भावना र
आलस्य मात्रै पैदा हुन्छ र तेही आलस्य र
बिलासिलता युवाको प्रगति को लागि
शत्रु नै हो |
धैर्य राख्नुहोस
धैर्यको बिषयमा  सानो प्रसङ्ग जोडिहालौ
कुनै सन्तले भने कि .......
यदि मान्छेमा धैर्य छ भने ठूलो भन्दा ठूलो
समस्याको समाधान पनि सजिलै हुन सक्छ ,
एकजना व्यक्तिले प्रश्न गरे ,
" के धैर्यले तपाईं डोकोमा पनि पानीलाई
अड्याउन सक्नुहुन्छ ? के यो सम्भव छ ?
सन्तले जवाफ दिए " पानीलाई बरफ बनुन्जेल सम्म
तिमिमा धैर्य छ भने यो पनि सम्भव छ " ।
आत्म बिश्वासको बिकास गर्नुहोस
आत्मविश्वासले हरेक युवालाई बास्तबिक
युबा बन्न मद्धत गर्छ र जसले सकारात्मक
सोचको समेत भावना पैदा गर्छ .जब आत्म
बिश्वास नै छैन भने सक्षम मान्छे पनि
असक्षम जस्तो साबित हुन्छ युवालाई
आशाबादी बन्नका लागि आत्मविश्वास
जरुरि छ |
सहयोगी बन्नुहोस
मानिस सामाजिक र सामुहिक प्राणि हो
त्यसमा पनि युवाका लागि त यो गुण
महत्वपूर्ण मानिन्छ एक अर्कामा सहयोगी
भावनाले मात्रै हरेक युबा लाइ व्यक्तिगत
रुपमा मात्रै नभएर सामुहिक सफलता दिन्छ
|
अरुलाई सम्मान र बिश्वास गर्न सिक्नुहोस
युबा हरु केहि मात्रामा घमण्डी र मुडी
स्वभाबका पनि हुन्छन तर यस्तो गुनले गर्दा
आपसी सम्बन्ध मा समेत असर पर्न सक्छ |
एकले अर्को साथीको काम सिर्जनशीलता
र लगनशीलता लाइ सम्मान या स्वीकार
गर्नेहो भने आपसमा बिश्वास पैदा हुन्छ
जसले बिकास र प्रगति को बाटो देखाउछ |
रास्ट्रिय भावनाको बिकास गर्नुहोस
यतिबेला नेपालीमा रास्ट्रिय भावनाको
खडेरी परेको परेको जस्तै देखिएको छ
राजनीतिक दल का नेता तथा सरकारी
पदका व्यक्ति पनि यसबाट अछुतो
देखिदैनन, तर कम्तिमा युवाहरु ले राष्ट्रिय
भावना जोगाइराखे भने मुलुक को सिंगो
बिकास मै आशा पलाउछ |
सकारात्मक सोचको बिकास गर्नुहोस
हरेक युवाले आफ्नो उदेश्य प्राप्ति का
लागि सकारात्मक सोच राख्नुपर्छ
परिस्थिति सकारात्मक दिशामा डोरिदै
छ भने पनि मनस्थिति नै नकारात्मक भयो
भने त्यहि परिस्थिति पनि विकासतिर
नभएर बिनाशको बाटो तर्फ लाग्छ
सकारात्मक बिचारले हरेक युवालाई उदेश्य
प्रति सधै सचेत बनाईराख्छ |
नेपाल जापानको सहयोगमा

Saturday, February 13, 2016

भ्यालेनटाईन बिशेश || कथा|| ' प्लस 2 पढ्दा लाएको पिरती भेटियो हजुर मास्टर पढ्ने बेलामा '

भ्यालेनटाईन बिशेश || कथा|| ' प्लस 2 पढ्दा लाएको
पिरती भेटियो हजुर मास्टर पढ्ने बेलामा '
~~~~~~~~~~~~~~~~~~~
S.L.C सकेर गाँउबाट कलेज पढ्न भनेर आएको म कलेज पढ्ने भनेपछि छुट्टै रौनक मन भित्र थियो । कलेज जाने सुरु दिन उत्साह त छदै थियो तर डर पनि । कसलाई साथी बनाउने , एक्लै दिनभरी के गर्ने को सँग के  बस्ने यस्ता प्रश्नले पिरोली रहेको थियो । मनलाई दरो बनाएर कोठा बाट निस्के । बाटोमा सिम सिम पानी पर्दै थियो । गाँउबाट पहिलो चोटि काठमाडौमा आएर हिड्दै थिए  कलेज जाने निहु गरेर । हिड्दै गर्दा एक्कासी एक केटि आवाज आयो excuse me .. अरुलाई बोलाको जस्तो लागेर वास्ता नगरी हिडे ।  अरुसँग त मजाले बोल्न डराउने म केटिसँग बोल्ने बित्तिकै मुटुको धड्कनले  एक्कासी कस्सिएर घुस्सी हाने जस्तो लाग्थ्यो । फेरि आवाज आयो ओ छाता ओडेर हिड्ने , VS निकेतनको ड्रेस लगाको दाई ।। पछाडी फर्के मलाई बोलाको भनेर सोधे । अँ भन्ने आवाज आयो । खुरुरु भागौ जस्तो भएको थियो , के गल्ती गरे होला भनेर प्रश्न गर्दै थिए । मुटुले पनि ठाउँ छोडीसकेको थियो । कतै नहेरि छाताले अनुहार छोपेर किन बोलाउनु भएको भनेर सोधे मधुर कापिरहेको आवाजमा । म पनि VS निकेतनको त हो नि  छाता छैन के  मेरो सँगै जाम न भनी । अक्क न बक्क भए म । के भन्ने कसो भन्ने । हुन्छ भन्ने जिब्रो बाट फुत्किसकेछ । बानेश्वरको अलिक भित्र  थियो मेरो कोठा र त्यहा बाट VS निकेतन पुग्दा सम्म १० मिनेट लाग्थ्यो हिडेर । कतिमा पढ्ने हो ? भनेर सोधि ११ भनेपछी ए मैले त अघि १२ मा पढ्ने जस्तो लागेर अघि दाइ भनेको त । कुन सेक्सन भनेर सोध्दै थिई । मैले उत्तर दिनसाथ ए !! म पनि त्यहिमा त हो नि भनेर उत्तर फर्काई । गाँउमा दुई जना केटाकेटि संगै हिड्दा मच्चिने खैलाबैला संझेर  कसैले देख्लाकि जस्तो गरेर टाउको निउराएर हिड्दै थिए म  । उसले के के प्रश्न सोध्द्दै थिई डराई डराई  उत्तर दिदै थिए  ।उसले बोलेको संझेर  मनमनै गाली गर्दै थिए कत्ति बोल्न सकेको होला गफाडी रछे यस्तै यस्तै ।

~~~~~~~~~~~~~~~~~

१० मिनेटको बाटोमा मलाई उसको नाम सोध्नै आँट आएन  । सरले Attendance गर्ने बेलामा पो थाहा भयो  उसको नाम सुप्रिया थापा भनेर ।
एउटै ठाउको भएपछि हामी सँगै जाने र आउने गर्थिउ । नोट लिने , दिने , पढाउदाँ नआएका कुरा फोन बाट सोध्ने गर्थि  । हामी बिच कुराकानी  एकाएक बढ्यो । सबभन्दा छिटो नजिकिएको केटि थिई उ  । उसँग   सँगै जाने , आउने भएपछी साथिहरुले जिस्काएर हैरान पार्थे । हामि बिचमा केही त्यस्तो छैन भनेर मैले उत्तर फर्काए पनि उनिहरुले एकाएक मेरो उत्तरबाट  प्रश्नको बाढीनै चलाईदिन्थे ।। गाँउबाट पढ्न भनेर आएको म  , पढाइमा भन्दा अरुतिर कतै ध्यान नै थिएन त्यही पनि उनिहरुको(साथीहरूको ) प्रश्नले घरी घरि पिरोल्ने गर्थ्यो साच्चै म माया मा त फस्ने होईन । बा~ आमा सम्झिन्थे ।उहाहरुले गरेको दुख । दुखको बाबजुद पनि यस्तो राम्रो कलेजमा  पढ्न पठाउनु भएको ।मैले यहाँ माया र प्रेममा फस्नु हुदैन जस्तो लाग्थ्यो । यस्ता सोच आएपनि उसलाई देख्ने बित्तिकै सप्पै कुरा बिर्सिन्थे । बोर्ड एक्जाम नजिकिदै गर्दा उ मेरो कोठामा आउथी combine study  भनेर मज्जाले पढ्थिउ हामि , बिचबिचमा रमाईलो गर्नुपर्छ भनेर कुनै सिनेमाको पात्र जस्तो अभिनय गर्न लगाउथी । फ्लिम तिर खुब सौखिन जस्तो देखिन्थी कहिलेकाहीँ मेरै अभिनय गरेर खुब हसाउथी मलाई नै । बोर्ड एक्जाम सक्किएसी हाम्रो अब एक बर्ष मात्र बाकी थियो प्लस टु को पढाइ ।

~~~~~~~~~~~~~~~~~~~

एक बर्ष उसँग केटा साथीहरु भन्दा बढी नजिक भएको थिए म । १२ कक्षा सुरु सँगसँगै घुम्न जाने भनेर टुरको प्रोग्राम बनिरहेको थियो । उ पनि मलाई सोध्दै थिई जानेकि नजाने भनेर । मैले नजाने निर्णय गरिसकेको थिए । उ पनि म नगए नजाने भैइ । अचानक एकदिन उसले मलाई एउटा केटाले प्रपोज गरिरछ म के गरु भनेर सोध्दै आई । उसको कुरा सुनेर चुप भए हजारौं टन मेरो टाउकोमाथी राखेर थिचे जस्तो भयो । केही बोल्नै सकिन म पनि उसलाई माया गर्थे तर केही भनेको थिईन । म चुप भए पछि उसले हाँसेर मेरो acting कस्तो लागो भनेर भनी म छक्क परे । अब देखि यस्तो बक्वास अभिनय नगरेकै राम्रो भनेर टाउको बटारे । सरि भनी अनि म नजिकै आएर मस्केर म तिमिलाई मन पराउछु आई लभ यु भनी । उसले गरेको यस्तो क्रियाकलाप देखेर म छक्क परे ।  साच्चै कि यो पनि तिम्रो Acting हो भने । आई एम सिरिअस भनी .. आई लभ यु त केटिले भन्दैन रेन्त ? सिरिअस होईन होला भने । रिसाए जस्तो गरि अनि तिमी केटि भन्दा कहाँ कम छौ र ? भनेर  मलाई केटि बनाईदिई ।। म चुप बसे सिरिअस भन त तिमी मलाई साच्चै माया गर्छौ कि ..... ? मैले सोध्ने बित्तिकै सिरिअस भनी अनि मैले पनि म पनि माया गर्छु तिम्लाई भने । साच्चै भनेर भनी । अँ ! भन्ने बित्तिकै उसले ग्वार्लम्म अगालो हाली ।

~~~~~~~~~~~~~~~~~~

मेरो हात समातेर हिड्थी उ । मेरो हात समाउदा लाग्थ्यो यो संसार हाम्रै हो र हामी मात्रै संसारको सबभन्दा खुसी मान्छे , हामी मात्रै संसारको सबभन्दा बढी  एकअर्कालाई माया गर्ने मान्छे ।।
१२ कक्षाको परिक्षा सक्किए पछि म काठमाडौ बस्ने कुरा भएन मेरो । आर्थिक अवस्था अलिक कमजोर नै थियो  , घरतिर गए । उ र मेरो दुई बर्षको यात्रा लगभग सक्किन लागेको थियो प्लस टु को पढाइ सँगसँगै   । कहिले भेट हुन्छ अब ? कहिले आउछौ ? तिमी आएनौ भने म त तिम्रो घर नै आईदिन्छु नि गहभरी आँसु पारेर भन्दै थिई । म पनि उसलाई संझाउदै थिए । म घर जाने दिन मलाई गाडी चढाउन बस पार्क सम्म आइ निक्कै तनाब ग्रस्त अनुहार थियो उसको मेरो पनि उसको भन्दा कम थिएन । उसलाई छाडेर नगैइ यहि बसौ जस्तो भएको थियो । मेरो सरिरको भाग अलग्गिएको जस्तो भएको थियो ।  भारी मन र उसलाई छिट्टै आउने आस्वासन दिएर गाडी चढे । गहभरी आँसु रुमालले पुच्दै आई लभ यु ।। बाई भन्दै थिई। 

~~~~~~~~~~~~~~~~~~~~

जिन्दगीमा बाध्यता र परिवारको जिम्मेवारी म मा थियो बल्ल बल्ल पढाउनु भएको बुबा आमाले अब बुबा आमाको लागि मैले केही गर्नु थियो । ब्याच्लर घर तिरकै क्याम्पसमा admission गरे र त्यतैको स्कुल पनि पढाउदै पढ्दै गर्न थाले । उ पनि मेरो जिन्दगीको पाटो जस्तो बनिसकेकि थिई । उसलाई संझेरै दिनहरु बित्तै।  गाउँ गएपछि उसँग  कुरा पनि ठप्प जस्तो भयो । तनाव र पीडाको बाबजुद पनि ब्याचलर  सक्कियो । जसरी उ हुँदाको दुई बर्ष दुई दिन जसरी सक्किएको थियो । ब्याचलर सक्न मलाई जेलमा बसेको कैदी जस्तो भयो । ब्याचलर पछि म मास्टर पढ्न भनेर फेरि काठमाडौ आए । TU को central department मा नाम निस्किएपछि म त्यही पढ्न थाले त्यहा म सँगै पढ्ने केटिहरु मध्य त्यही plus 2 मा  पढ्दाको सुप्रिया थापा अर्थात मैले माया गर्ने र सबभन्दा नजिकको केटि देख्दा म छक्क परे उसले देखिछे  मलाई , मलाई देख्ने बित्तिकै  उसले मलाई बोलाउने नाम "नौटन्कि" भनेर कस्सेर बोलाई र अरु केही नसोधी बिहे गरिसकेउ भनेर सोधी ? म छक्क पर्दै अँह भने अनि तिम्ले नि भनेर बिस्तारै भने भन्ने बित्तिकै एक घुस्सी छातिमा हानी , उसको त्यसरी चल्ने बानी पहिले देखिकै थियो । तिमीले अर्कै सँग बिहे गर्यौ जस्तो लागेको थियो मलाई thanks गड भनि । उसले  भन्ने बित्तिकै आई रिअल्लि लभ यु भने । उसले पनि लभ यु भनी र ग्वार्लम्म अगालो हाली ।।

फेसबुकमा जोडिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्

भ्यालेनटाईन बिशेश || कथा|| ' प्लस 2 पढ्दा लाएको पिरती भेटियो हजुर मास्टर पढ्ने बेलामा '

भ्यालेनटाईन बिशेश || कथा|| ' प्लस 2 पढ्दा लाएको पिरती भेटियो हजुर मास्टर पढ्ने बेलामा '
~~~~~~~~~~~~~~~~~~~~~

S.L.C सकेर गाँउबाट कलेज पढ्न भनेर आएको म कलेज पढ्ने भनेपछि छुट्टै रौनक मन भित्र थियो । कलेज जाने सुरु दिन उत्साह त छदै थियो तर डर पनि । कसलाई साथी बनाउने , एक्लै दिनभरी के गर्ने को सँग के  बस्ने यस्ता प्रश्नले पिरोली रहेको थियो । मनलाई दरो बनाएर कोठा बाट निस्के । बाटोमा सिम सिम पानी पर्दै थियो । गाँउबाट पहिलो चोटि काठमाडौमा आएर हिड्दै थिए  कलेज जाने निहु गरेर । हिड्दै गर्दा एक्कासी एक केटि आवाज आयो excuse me .. अरुलाई बोलाको जस्तो लागेर वास्ता नगरी हिडे ।  अरुसँग त मजाले बोल्न डराउने म केटिसँग बोल्ने बित्तिकै मुटुको धड्कनले  एक्कासी कस्सिएर घुस्सी हाने जस्तो लाग्थ्यो । फेरि आवाज आयो ओ छाता ओडेर हिड्ने , VS निकेतनको ड्रेस लगाको दाई ।। पछाडी फर्के मलाई बोलाको भनेर सोधे । अँ भन्ने आवाज आयो । खुरुरु भागौ जस्तो भएको थियो , के गल्ती गरे होला भनेर प्रश्न गर्दै थिए । मुटुले पनि ठाउँ छोडीसकेको थियो । कतै नहेरि छाताले अनुहार छोपेर किन बोलाउनु भएको भनेर सोधे मधुर कापिरहेको आवाजमा । म पनि VS निकेतनको त हो नि  छाता छैन के  मेरो सँगै जाम न भनी । अक्क न बक्क भए म । के भन्ने कसो भन्ने । हुन्छ भन्ने जिब्रो बाट फुत्किसकेछ । बानेश्वरको अलिक भित्र  थियो मेरो कोठा र त्यहा बाट VS निकेतन पुग्दा सम्म १० मिनेट लाग्थ्यो हिडेर । कतिमा पढ्ने हो ? भनेर सोधि ११ भनेपछी ए मैले त अघि १२ मा पढ्ने जस्तो लागेर अघि दाइ भनेको त । कुन सेक्सन भनेर सोध्दै थिई । मैले उत्तर दिनसाथ ए !! म पनि त्यहिमा त हो नि भनेर उत्तर फर्काई । गाँउमा दुई जना केटाकेटि संगै हिड्दा मच्चिने खैलाबैला संझेर  कसैले देख्लाकि जस्तो गरेर टाउको निउराएर हिड्दै थिए म  । उसले के के प्रश्न सोध्द्दै थिई डराई डराई  उत्तर दिदै थिए  ।उसले बोलेको संझेर  मनमनै गाली गर्दै थिए कत्ति बोल्न सकेको होला गफाडी रछे यस्तै यस्तै ।

~~~~~~~~~~~~~~~~~

१० मिनेटको बाटोमा मलाई उसको नाम सोध्नै आँट आएन  । सरले Attendance गर्ने बेलामा पो थाहा भयो  उसको नाम सुप्रिया थापा भनेर ।
एउटै ठाउको भएपछि हामी सँगै जाने र आउने गर्थिउ । नोट लिने , दिने , पढाउदाँ नआएका कुरा फोन बाट सोध्ने गर्थि  । हामी बिच कुराकानी  एकाएक बढ्यो । सबभन्दा छिटो नजिकिएको केटि थिई उ  । उसँग   सँगै जाने , आउने भएपछी साथिहरुले जिस्काएर हैरान पार्थे । हामि बिचमा केही त्यस्तो छैन भनेर मैले उत्तर फर्काए पनि उनिहरुले एकाएक मेरो उत्तरबाट  प्रश्नको बाढीनै चलाईदिन्थे ।। गाँउबाट पढ्न भनेर आएको म  , पढाइमा भन्दा अरुतिर कतै ध्यान नै थिएन त्यही पनि उनिहरुको(साथीहरूको ) प्रश्नले घरी घरि पिरोल्ने गर्थ्यो साच्चै म माया मा त फस्ने होईन । बा~ आमा सम्झिन्थे ।उहाहरुले गरेको दुख । दुखको बाबजुद पनि यस्तो राम्रो कलेजमा  पढ्न पठाउनु भएको ।मैले यहाँ माया र प्रेममा फस्नु हुदैन जस्तो लाग्थ्यो । यस्ता सोच आएपनि उसलाई देख्ने बित्तिकै सप्पै कुरा बिर्सिन्थे । बोर्ड एक्जाम नजिकिदै गर्दा उ मेरो कोठामा आउथी combine study  भनेर मज्जाले पढ्थिउ हामि , बिचबिचमा रमाईलो गर्नुपर्छ भनेर कुनै सिनेमाको पात्र जस्तो अभिनय गर्न लगाउथी । फ्लिम तिर खुब सौखिन जस्तो देखिन्थी कहिलेकाहीँ मेरै अभिनय गरेर खुब हसाउथी मलाई नै । बोर्ड एक्जाम सक्किएसी हाम्रो अब एक बर्ष मात्र बाकी थियो प्लस टु को पढाइ ।

~~~~~~~~~~~~~~~~~~~

एक बर्ष उसँग केटा साथीहरु भन्दा बढी नजिक भएको थिए म । १२ कक्षा सुरु सँगसँगै घुम्न जाने भनेर टुरको प्रोग्राम बनिरहेको थियो । उ पनि मलाई सोध्दै थिई जानेकि नजाने भनेर । मैले नजाने निर्णय गरिसकेको थिए । उ पनि म नगए नजाने भैइ । अचानक एकदिन उसले मलाई एउटा केटाले प्रपोज गरिरछ म के गरु भनेर सोध्दै आई । उसको कुरा सुनेर चुप भए हजारौं टन मेरो टाउकोमाथी राखेर थिचे जस्तो भयो । केही बोल्नै सकिन म पनि उसलाई माया गर्थे तर केही भनेको थिईन । म चुप भए पछि उसले हाँसेर मेरो acting कस्तो लागो भनेर भनी म छक्क परे । अब देखि यस्तो बक्वास अभिनय नगरेकै राम्रो भनेर टाउको बटारे । सरि भनी अनि म नजिकै आएर मस्केर म तिमिलाई मन पराउछु आई लभ यु भनी । उसले गरेको यस्तो क्रियाकलाप देखेर म छक्क परे ।  साच्चै कि यो पनि तिम्रो Acting हो भने । आई एम सिरिअस भनी .. आई लभ यु त केटिले भन्दैन रेन्त ? सिरिअस होईन होला भने । रिसाए जस्तो गरि अनि तिमी केटि भन्दा कहाँ कम छौ र ? भनेर  मलाई केटि बनाईदिई ।। म चुप बसे सिरिअस भन त तिमी मलाई साच्चै माया गर्छौ कि ..... ? मैले सोध्ने बित्तिकै सिरिअस भनी अनि मैले पनि म पनि माया गर्छु तिम्लाई भने । साच्चै भनेर भनी । अँ ! भन्ने बित्तिकै उसले ग्वार्लम्म अगालो हाली ।

~~~~~~~~~~~~~~~~~~

मेरो हात समातेर हिड्थी उ । मेरो हात समाउदा लाग्थ्यो यो संसार हाम्रै हो र हामी मात्रै संसारको सबभन्दा खुसी मान्छे , हामी मात्रै संसारको सबभन्दा बढी  एकअर्कालाई माया गर्ने मान्छे ।।
१२ कक्षाको परिक्षा सक्किए पछि म काठमाडौ बस्ने कुरा भएन मेरो । आर्थिक अवस्था अलिक कमजोर नै थियो  , घरतिर गए । उ र मेरो दुई बर्षको यात्रा लगभग सक्किन लागेको थियो प्लस टु को पढाइ सँगसँगै   । कहिले भेट हुन्छ अब ? कहिले आउछौ ? तिमी आएनौ भने म त तिम्रो घर नै आईदिन्छु नि गहभरी आँसु पारेर भन्दै थिई । म पनि उसलाई संझाउदै थिए । म घर जाने दिन मलाई गाडी चढाउन बस पार्क सम्म आइ निक्कै तनाब ग्रस्त अनुहार थियो उसको मेरो पनि उसको भन्दा कम थिएन । उसलाई छाडेर नगैइ यहि बसौ जस्तो भएको थियो । मेरो सरिरको भाग अलग्गिएको जस्तो भएको थियो ।  भारी मन र उसलाई छिट्टै आउने आस्वासन दिएर गाडी चढे । गहभरी आँसु रुमालले पुच्दै आई लभ यु ।। बाई भन्दै थिई। 

~~~~~~~~~~~~~~~~~~~~

जिन्दगीमा बाध्यता र परिवारको जिम्मेवारी म मा थियो बल्ल बल्ल पढाउनु भएको बुबा आमाले अब बुबा आमाको लागि मैले केही गर्नु थियो । ब्याच्लर घर तिरकै क्याम्पसमा admission गरे र त्यतैको स्कुल पनि पढाउदै पढ्दै गर्न थाले । उ पनि मेरो जिन्दगीको पाटो जस्तो बनिसकेकि थिई । उसलाई संझेरै दिनहरु बित्तै।  गाउँ गएपछि उसँग  कुरा पनि ठप्प जस्तो भयो । तनाव र पीडाको बाबजुद पनि ब्याचलर  सक्कियो । जसरी उ हुँदाको दुई बर्ष दुई दिन जसरी सक्किएको थियो । ब्याचलर सक्न मलाई जेलमा बसेको कैदी जस्तो भयो । ब्याचलर पछि म मास्टर पढ्न भनेर फेरि काठमाडौ आए । TU को central department मा नाम निस्किएपछि म त्यही पढ्न थाले त्यहा म सँगै पढ्ने केटिहरु मध्य त्यही plus 2 मा  पढ्दाको सुप्रिया थापा अर्थात मैले माया गर्ने र सबभन्दा नजिकको केटि देख्दा म छक्क परे उसले देखिछे  मलाई , मलाई देख्ने बित्तिकै  उसले मलाई बोलाउने नाम "नौटन्कि" भनेर कस्सेर बोलाई र अरु केही नसोधी बिहे गरिसकेउ भनेर सोधी ? म छक्क पर्दै अँह भने अनि तिम्ले नि भनेर बिस्तारै भने भन्ने बित्तिकै एक घुस्सी छातिमा हानी , उसको त्यसरी चल्ने बानी पहिले देखिकै थियो । तिमीले अर्कै सँग बिहे गर्यौ जस्तो लागेको थियो मलाई thanks गड भनि । उसले  भन्ने बित्तिकै आई रिअल्लि लभ यु भने । उसले पनि लभ यु भनी र ग्वार्लम्म अगालो हाली ।।

फेसबुकमा  जोडिन चाहानुहुन्छ यहाँ क्लिक गर्नुहोस

Saturday, February 6, 2016

शाखा अधिकृत २०७२ ( प्रारम्भिकमा सोधिएका केही प्रश्नहरु र तिनका उत्तर )

१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य
रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को
हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार
सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक
संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त
गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार
युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया
भोल्गा - युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
- ट्रान्स साइबेरियन रेल लिक
१९. International Labour Organisation ले कहिले
नोबेल शान्ती पुरस्कार पायो ?
- सन १९६९
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान
गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a
commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
- Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन
ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । -
बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
३०. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको
कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको
थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन
हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा
भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि

Monday, January 4, 2016

डा. योगी विकाशानन्द का १० भनाईहरु

१. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै
सक्दैनन् ।
२. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो
हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
३. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन,
उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
४. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले
राजनीतिको संभावना छैन ।
५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक
गुमाएर सुखी हुनु महान् कुरा हो ।
६. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले
टोक्छ ।
७. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब
भइन्छ ।
८. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने
यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान
बाध्य भइन्छ ।
९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
१०. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद
हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद
हुन्छन् ।
पौष २० ~ २०७२