भ्यालेनटाईन बिशेश || कथा|| ' प्लस 2 पढ्दा लाएको
पिरती भेटियो हजुर मास्टर पढ्ने बेलामा '
~~~~~~~~~~~~~~~~~~~
S.L.C सकेर गाँउबाट कलेज पढ्न भनेर आएको म कलेज पढ्ने भनेपछि छुट्टै रौनक मन भित्र थियो । कलेज जाने सुरु दिन उत्साह त छदै थियो तर डर पनि । कसलाई साथी बनाउने , एक्लै दिनभरी के गर्ने को सँग के बस्ने यस्ता प्रश्नले पिरोली रहेको थियो । मनलाई दरो बनाएर कोठा बाट निस्के । बाटोमा सिम सिम पानी पर्दै थियो । गाँउबाट पहिलो चोटि काठमाडौमा आएर हिड्दै थिए कलेज जाने निहु गरेर । हिड्दै गर्दा एक्कासी एक केटि आवाज आयो excuse me .. अरुलाई बोलाको जस्तो लागेर वास्ता नगरी हिडे । अरुसँग त मजाले बोल्न डराउने म केटिसँग बोल्ने बित्तिकै मुटुको धड्कनले एक्कासी कस्सिएर घुस्सी हाने जस्तो लाग्थ्यो । फेरि आवाज आयो ओ छाता ओडेर हिड्ने , VS निकेतनको ड्रेस लगाको दाई ।। पछाडी फर्के मलाई बोलाको भनेर सोधे । अँ भन्ने आवाज आयो । खुरुरु भागौ जस्तो भएको थियो , के गल्ती गरे होला भनेर प्रश्न गर्दै थिए । मुटुले पनि ठाउँ छोडीसकेको थियो । कतै नहेरि छाताले अनुहार छोपेर किन बोलाउनु भएको भनेर सोधे मधुर कापिरहेको आवाजमा । म पनि VS निकेतनको त हो नि छाता छैन के मेरो सँगै जाम न भनी । अक्क न बक्क भए म । के भन्ने कसो भन्ने । हुन्छ भन्ने जिब्रो बाट फुत्किसकेछ । बानेश्वरको अलिक भित्र थियो मेरो कोठा र त्यहा बाट VS निकेतन पुग्दा सम्म १० मिनेट लाग्थ्यो हिडेर । कतिमा पढ्ने हो ? भनेर सोधि ११ भनेपछी ए मैले त अघि १२ मा पढ्ने जस्तो लागेर अघि दाइ भनेको त । कुन सेक्सन भनेर सोध्दै थिई । मैले उत्तर दिनसाथ ए !! म पनि त्यहिमा त हो नि भनेर उत्तर फर्काई । गाँउमा दुई जना केटाकेटि संगै हिड्दा मच्चिने खैलाबैला संझेर कसैले देख्लाकि जस्तो गरेर टाउको निउराएर हिड्दै थिए म । उसले के के प्रश्न सोध्द्दै थिई डराई डराई उत्तर दिदै थिए ।उसले बोलेको संझेर मनमनै गाली गर्दै थिए कत्ति बोल्न सकेको होला गफाडी रछे यस्तै यस्तै ।
~~~~~~~~~~~~~~~~~
१० मिनेटको बाटोमा मलाई उसको नाम सोध्नै आँट आएन । सरले Attendance गर्ने बेलामा पो थाहा भयो उसको नाम सुप्रिया थापा भनेर ।
एउटै ठाउको भएपछि हामी सँगै जाने र आउने गर्थिउ । नोट लिने , दिने , पढाउदाँ नआएका कुरा फोन बाट सोध्ने गर्थि । हामी बिच कुराकानी एकाएक बढ्यो । सबभन्दा छिटो नजिकिएको केटि थिई उ । उसँग सँगै जाने , आउने भएपछी साथिहरुले जिस्काएर हैरान पार्थे । हामि बिचमा केही त्यस्तो छैन भनेर मैले उत्तर फर्काए पनि उनिहरुले एकाएक मेरो उत्तरबाट प्रश्नको बाढीनै चलाईदिन्थे ।। गाँउबाट पढ्न भनेर आएको म , पढाइमा भन्दा अरुतिर कतै ध्यान नै थिएन त्यही पनि उनिहरुको(साथीहरूको ) प्रश्नले घरी घरि पिरोल्ने गर्थ्यो साच्चै म माया मा त फस्ने होईन । बा~ आमा सम्झिन्थे ।उहाहरुले गरेको दुख । दुखको बाबजुद पनि यस्तो राम्रो कलेजमा पढ्न पठाउनु भएको ।मैले यहाँ माया र प्रेममा फस्नु हुदैन जस्तो लाग्थ्यो । यस्ता सोच आएपनि उसलाई देख्ने बित्तिकै सप्पै कुरा बिर्सिन्थे । बोर्ड एक्जाम नजिकिदै गर्दा उ मेरो कोठामा आउथी combine study भनेर मज्जाले पढ्थिउ हामि , बिचबिचमा रमाईलो गर्नुपर्छ भनेर कुनै सिनेमाको पात्र जस्तो अभिनय गर्न लगाउथी । फ्लिम तिर खुब सौखिन जस्तो देखिन्थी कहिलेकाहीँ मेरै अभिनय गरेर खुब हसाउथी मलाई नै । बोर्ड एक्जाम सक्किएसी हाम्रो अब एक बर्ष मात्र बाकी थियो प्लस टु को पढाइ ।
~~~~~~~~~~~~~~~~~~~
एक बर्ष उसँग केटा साथीहरु भन्दा बढी नजिक भएको थिए म । १२ कक्षा सुरु सँगसँगै घुम्न जाने भनेर टुरको प्रोग्राम बनिरहेको थियो । उ पनि मलाई सोध्दै थिई जानेकि नजाने भनेर । मैले नजाने निर्णय गरिसकेको थिए । उ पनि म नगए नजाने भैइ । अचानक एकदिन उसले मलाई एउटा केटाले प्रपोज गरिरछ म के गरु भनेर सोध्दै आई । उसको कुरा सुनेर चुप भए हजारौं टन मेरो टाउकोमाथी राखेर थिचे जस्तो भयो । केही बोल्नै सकिन म पनि उसलाई माया गर्थे तर केही भनेको थिईन । म चुप भए पछि उसले हाँसेर मेरो acting कस्तो लागो भनेर भनी म छक्क परे । अब देखि यस्तो बक्वास अभिनय नगरेकै राम्रो भनेर टाउको बटारे । सरि भनी अनि म नजिकै आएर मस्केर म तिमिलाई मन पराउछु आई लभ यु भनी । उसले गरेको यस्तो क्रियाकलाप देखेर म छक्क परे । साच्चै कि यो पनि तिम्रो Acting हो भने । आई एम सिरिअस भनी .. आई लभ यु त केटिले भन्दैन रेन्त ? सिरिअस होईन होला भने । रिसाए जस्तो गरि अनि तिमी केटि भन्दा कहाँ कम छौ र ? भनेर मलाई केटि बनाईदिई ।। म चुप बसे सिरिअस भन त तिमी मलाई साच्चै माया गर्छौ कि ..... ? मैले सोध्ने बित्तिकै सिरिअस भनी अनि मैले पनि म पनि माया गर्छु तिम्लाई भने । साच्चै भनेर भनी । अँ ! भन्ने बित्तिकै उसले ग्वार्लम्म अगालो हाली ।
~~~~~~~~~~~~~~~~~~
मेरो हात समातेर हिड्थी उ । मेरो हात समाउदा लाग्थ्यो यो संसार हाम्रै हो र हामी मात्रै संसारको सबभन्दा खुसी मान्छे , हामी मात्रै संसारको सबभन्दा बढी एकअर्कालाई माया गर्ने मान्छे ।।
१२ कक्षाको परिक्षा सक्किए पछि म काठमाडौ बस्ने कुरा भएन मेरो । आर्थिक अवस्था अलिक कमजोर नै थियो , घरतिर गए । उ र मेरो दुई बर्षको यात्रा लगभग सक्किन लागेको थियो प्लस टु को पढाइ सँगसँगै । कहिले भेट हुन्छ अब ? कहिले आउछौ ? तिमी आएनौ भने म त तिम्रो घर नै आईदिन्छु नि गहभरी आँसु पारेर भन्दै थिई । म पनि उसलाई संझाउदै थिए । म घर जाने दिन मलाई गाडी चढाउन बस पार्क सम्म आइ निक्कै तनाब ग्रस्त अनुहार थियो उसको मेरो पनि उसको भन्दा कम थिएन । उसलाई छाडेर नगैइ यहि बसौ जस्तो भएको थियो । मेरो सरिरको भाग अलग्गिएको जस्तो भएको थियो । भारी मन र उसलाई छिट्टै आउने आस्वासन दिएर गाडी चढे । गहभरी आँसु रुमालले पुच्दै आई लभ यु ।। बाई भन्दै थिई।
~~~~~~~~~~~~~~~~~~~~
जिन्दगीमा बाध्यता र परिवारको जिम्मेवारी म मा थियो बल्ल बल्ल पढाउनु भएको बुबा आमाले अब बुबा आमाको लागि मैले केही गर्नु थियो । ब्याच्लर घर तिरकै क्याम्पसमा admission गरे र त्यतैको स्कुल पनि पढाउदै पढ्दै गर्न थाले । उ पनि मेरो जिन्दगीको पाटो जस्तो बनिसकेकि थिई । उसलाई संझेरै दिनहरु बित्तै। गाउँ गएपछि उसँग कुरा पनि ठप्प जस्तो भयो । तनाव र पीडाको बाबजुद पनि ब्याचलर सक्कियो । जसरी उ हुँदाको दुई बर्ष दुई दिन जसरी सक्किएको थियो । ब्याचलर सक्न मलाई जेलमा बसेको कैदी जस्तो भयो । ब्याचलर पछि म मास्टर पढ्न भनेर फेरि काठमाडौ आए । TU को central department मा नाम निस्किएपछि म त्यही पढ्न थाले त्यहा म सँगै पढ्ने केटिहरु मध्य त्यही plus 2 मा पढ्दाको सुप्रिया थापा अर्थात मैले माया गर्ने र सबभन्दा नजिकको केटि देख्दा म छक्क परे उसले देखिछे मलाई , मलाई देख्ने बित्तिकै उसले मलाई बोलाउने नाम "नौटन्कि" भनेर कस्सेर बोलाई र अरु केही नसोधी बिहे गरिसकेउ भनेर सोधी ? म छक्क पर्दै अँह भने अनि तिम्ले नि भनेर बिस्तारै भने भन्ने बित्तिकै एक घुस्सी छातिमा हानी , उसको त्यसरी चल्ने बानी पहिले देखिकै थियो । तिमीले अर्कै सँग बिहे गर्यौ जस्तो लागेको थियो मलाई thanks गड भनि । उसले भन्ने बित्तिकै आई रिअल्लि लभ यु भने । उसले पनि लभ यु भनी र ग्वार्लम्म अगालो हाली ।।