*********************
कथा || चक्कर | |
********************
रोमन मेरो साथी , गाँउको पुच्छरमा घर थियो । साँझ तिर हतार हतार स्याँ स्याँ गर्दै पसिना सरि आएर मलाई ओई तँ सँग कति पैसा छ सापटी दे न यार भनेर भन्दै थियो । मसँग भएको दस हजार उसलाई थमाईदिए । भक्तहरुले देउताको गुणगान गाए जसरी मेरो गुणगान गाँउदै , काठमाडौमा भेट्ने बाचा गर्दै म बाट छुट्टियो ।

•••••••••••••••
' रोमनेसँग बिर्खेको बुढी खुब बोल्छे यार केटोले भाउजू सँग लप पार्ला जस्तो छ अब पनि ' सुमने बोल्यो ।
°°°
सुमने बोलेको सुनेर रोमने एकाएक राँकियो ' साले धेर नजिस्क्या है , त्यो आफै चिप्किन आउछे त मैले त छोड्दिसकेको हो त्यसलाई । '
°°°
म चुप लागेर केटाहरुको गफ सुनिरहेको थिए । ' रोमने अर्काको बुढी ब्यहोर्नु पर्ला है बिचार गर धेर नचिप्की ' सुझाव शैलीमा मैले एक वाणी पेल्दिए ।
°°°
' चुप साले हामी नब्यहोर्ने तरिकाले चिप्किन्छौ चिप्के पनि , तँ चिप्किन पाईनस भनेर डाहा गरेको ' रोमने जङ्गियो ।
°°°
'अरे गर्नेलाई गरि खाँन देन किन डाहा गर्छस होउ डाम्ना ' सुमनेले मलाई पेलेर भन्यो र रोमनेलाई माया लाग्दो शैलिमा सोध्धै थियो ' अनि रोमने लाउरेको बुढोको पैसा कति खाईस त ? लाउरिनिले तलाई माया गर्छिन क्यारे अरु त केही गर्या छैनस नि '?
°°°
सुमनेले यत्ती भनेसी रोमने अलिक सर्माए जस्तो गरेर मुन्टो निउरायो र छि अरु त मरे पनि गर्दिन म, रोमने सानो स्वोर गरेर बोल्यो र पुलुक्क चारैतिर हेर्यो ।
पिपलको फेदमा बसेर गफ गरिरहेको थियौ । गफ सकिन नपाई ठूलो स्वोर गरेर रोमनेको बहिनी कराई रोमन ..... दाई.... घर आउनु रे .... ।।

°°°°
हामी दस कक्षामा पढ्दै थियौ । रिता पनि हामी सँगै पढ्थी । रिता र रोमनेको घमासान चक्कर चल्या थियो।

°°°°°°
दशमा पढ्ने ठिटो भएर होला लभ सभ भन्न खासै मन लाग्दैन थियो । कसैले सोधे भने छाती फुलाएर चक्कर चल्या छ भनिन्थ्यो ।
°°°°°°
रितालाई मनाउन कम्ता गरेको थियो र रोमनेले , के के पो गरेन । रितालाई फकाउन मैले पनि साथ दिएको थिए रोमनेलाई ।
°°°°
रोमनेले लेखेको लभ लेटर रिताको गणित किताबको बिच्चमा मैलेनै राखिदिएको थिए । भोलिपल्ट पो रोमनेलाई बोलाएर झपार्नु झपारिछे न्याउरो अनुहार लगाएर कहानी सुनाउदैथियो तर रोमनेले बनावटी कहानी सुनायो भनेर मैले चाल पाईसकेको थिए किनभने हामिले गफ गरिरहेको ठाउँमा तल्लो कक्षाको भाइ थियो ।

रिताको घर पल्लो गाँउमा भए पनि
रोमने र रिताको घर जाने बाटो एउटै थियो । रोमनेको घर चै हाम्रै गाँउमा पर्थ्यो । मेरो घर सुरुमा आउथ्यो, त्यसपछि रोमनेको , अनि रिताको । रिताको घर चै टाढा थियो स्कुल बाट करिब ४५ मिनेट जति लाग्थ्यो । स्कुल बाट घर फर्किदा हामी खुब जिस्किन्थौ , म भने रोमनेको नाम जोडेर रितालाई जिस्क्याई दिन्थे । भित्र भित्रै मख्ख पर्थी क्यारे तर बाहिर चै मारिदिन्छु अनि भनेर तर्किन्थी ।

**********************
एस एल सि आउन तीन महिना जति बाँकी थियो बिहानै कोचिङ पढाई हुन्थ्यो गणितमा जान्ने रोमने थियो त्यही भएर पनि रिता रोमने सँगै बस्थी ।
°°°
सरले पढाईरहेको बेला पनि सानो स्वरले गफ गरिरहन्थे । त्यतिखेर देखिनै चक्कर सुरु भएको तिनिहरुको भनेर स्कुलमा हल्ला थियो ।
°°°°
एक अर्कालाई भने कक्षा नौ देखिनै माया गर्ने गर्थे । एक बर्ष सम्म कसैले पत्तो नपाउने गरि गफ गरे ,माया लुकाए , बोल्दा पनि बढो बिचार पुर्याएर बोल्थे ।
उनिहरुको चक्कर कक्षा नौ देखिनै पर्या चै मलाई र सुमनेलाई मात्र थाहा थियो । हामिलाई पनि कसैलाई नभन्ने कसम खुवाएका थिए ।

उनिहरुले माया, प्रेमका गफ गरिरहेको बेला कोहि तेस्रो ब्यक्ति गयो भने , पढाईका गफ गर्दिन्थे कि कुरोलाई बङ्याईदिन्थे।
°°°°°
जे जस्तो गरेपनि खोकी र माया लुकाएर लुक्दैन भनेझै स्कुल भरी हल्ला फैलियो । बेञ्च बेञ्चमा रोमन प्लस रिता भेटिन्थ्यो । सरले रोमनेलाई केही सोध्नु भयो भने सबैको ध्यान रोमने तिर भन्दा पनि रिता तिर हुन्थ्यो ।
********************************
माघ महिना लागे सँगै गाउँ तिर दशमा पढ्ने केटिहरुको बिबाह हुँदै थियो ।
एकदिन एक्कासि रिताले उसको बिहे गर्दिन लागेको कुरा गरि । बुबा ~ आमाले त्यो भरखर बिदेश बाट आएको पारिको खोइ को सँग गर्दिनेले न्याउरो अनुहार लगाएर सुनाउदै थिई ।

रोमने जंगिदै 'किन माया को नाटक गरिस ' भनेर प्रश्न गर्दै थियो । रोमनेको प्रश्न सुन्ने बित्तिकै रिताले सानो स्वोरले 'मेरो माया लाग्छ भने भगाएर लग न सक्छस भने ' भनेर प्रतिप्रश्न गरि ।
°°°°°
कहिले पनि ' तँ ' भनेर सम्बोधन नगरेका जोडिहरु ' तँ तँ ' भनेर सम्बोधन गर्दै थिए अचम्म मानेर म उनिहरुको गफ सुनिरहेको थिए । ठूलो ठूलो आवाजमा उनिहरु बोल्दै थिए । अन्तत दुबै जनाले आ~ आफ्नो भाग्यलाई दोस दिएर एक अर्का बाट टाढा हुने निर्णय गरे ।
°°°°°°
SLC पनि दिन नपाई माघमानै बिहे भयो रिताको । बिचरा रोमने के गर्न सक्थ्यो र ? भगाएर काठमाडौ लग भनेर रिता भन्थी , तर रोमनेको कलिलो दिमागले आँट गर्न सकेन । रोमनेलाई ठूलो चोट पर्यो ,अझ रिताको बिहेको दिन त मर्छु भनेर गहिरी खोलाको किनारमा पुगिसकेको थियो ।
°°°°°°°°°
सुमने र मैले संम्झायौ । संझाए पछि रोमने जंगिदै भन्दै थियो साला, भाग्यले पनि माझी औला देखाएर भाग्यो । बिच बिचमा अस्लिल शब्द निकालेर आफ्नो भाग्यलाई गाली गर्दै थियो । उसको त्यस्तो चरित्र कसैले हेर्दो हो त सिधै सन्तुलन गुमाएको भनेर भन्न हिचकिचाउदैनन् थिए । सतिदेबी गुमाएको सिबजी भन्दा भयानक र डरलाग्दो जस्तो लाग्थ्यो रोमनेको चरित्र ।
' कसरी हेर्नू खै मन परेको मान्छेलाई अर्कैले सिँउदो हालेको ..........' रोमनेकै गित हो , रोमनेकै ब्यथा , रोमनेकै पीडा हो जस्तो लाग्थ्यो ।

बिचरी रिता पनि के गरोस् रोमनेले आँट नगरे पछि बुबा आमाले भने बमोजिम जबर्जस्ती बिहे गरि त्यही भर्खरै बिदेशबाट आएको बिर्खे सँग ।बिर्खे हामिले बच्चामा चिनेको दाइ । पारिको दाइ भनेर भन्थ्यौ । हामी बाख्रा चराउदा कहिलेकाही गोरु चराउन आउथ्यो । माओबादिको द्वन्द्वको कारणले गर्दा बिदेश भासिएको थियो ।
°°°°°°°
बिदेशबाट आएको बिर्खेदाईलाई रोमनेको पिरिम कहानी मैले सुनाएको थिए । त्यही पनि उसले रिता सँग बिहे हुन्छ मेरो भनेर बिश्वासको साथ भन्दै थियो । मेरो साथिले माया गर्छ दाइ , तपाईंले बिहे नगर्नु भनेर भन्दा उल्टै गाली गरेर मलाई कुट्ने धम्की दियो । मनमनै सक्केको जति गाली गरे । ' साला बिर्खे तँ मरेको भए रिता त मेरो साथी सँगै हुन्थी ' भनेर गाली गर्दै हिडे । बिर्खे दाइ र रोमनेको बुवाबिच झगडा परेको थियो रे त्यसैको बदला लिन खोजेको होला भनेर रोमने भन्दै थियो ।

***********************
चैतको दोस्रो हप्ता एस एल सि सुरु भयो । त्यही दिन देखि रोमने र रिता फेरि पनि मजाले बोल्न थाले । अझ परिक्षाको बेला त रिता र रोमने सँगै परे । रोमने हिसाबमा जान्ने थियो बिज्ञानमा चै बल्ल तल्ल पास हुन्थ्यो तर रिता बिज्ञानमा जान्ने थिई । रिताले रोमनेको नाममा बिज्ञानको परिक्षा दिईछे । रोमनेले आफ्नो पास हुने गरि लेखेर , रिताको पनि लेख्देछ गणितमा ।अरु बिषय पनि मिलि मिलि लेखेछन ।

°°°°°°°°°°°°°
एस एल सि सक्किएपछि
रिताले मानी भने बिहे गर्छु भन्थ्यो रोमने । रिता पनि आफ्नो बैबाहिक जिन्दगीमा खुसी नभएको कुरा सुनाउथी । रक्सी खाएर दिनै पिच्छे यातना दिन्छ , खाली रोमने सँग के के गरिस भन्दै पिट्छ भनेर आफ्नो पीडा सुनाउथी । त्यस्तो पीडा सहन नसक्ने भएकाले हामी भागौ काठमाडौ भनेर रिता रोमनेलाई भन्थी । रोमने पनि रिता पाएपछि भाग्न तयार थियो ।
°°°°°°°
तीन महिना छुट्टी लिएर आएको बिर्खे बैशाख अन्तिम तिर छुट्टि सकिएर बिदेश फर्किए । बिर्खे बिदेश गएको एक हप्ता पछि रोमनेले र रिता भागेर काठमाडौ जाने र त्यही बस्ने निर्णय गरेछन ।
°°°°°°
साँझ पख रोमने पसिना सरि भएर म भएको ठाउँ आयो र दस हजार पैसा माग्यो । कुखुरा पाल्छु भनेर मैले अघिल्लो दिन रोमनेकै बुवाबाट ऋण लिएको थिए ।
त्यही पैसा रोमनेलाई दिए , छ महिना पछि फिर्ता दिनेगरी बाचा गर्यो र सहयोग कहिले नभुल्ने भनेर मबाट छुट्टियो ।

भोलिपल्ट बिहानै गाँउ तिर निस्किए रोमने र रिताको हल्ला खल्ला मच्चिएको रछ । रोमनेले रितालाई भगायो रे ....बाबुले दराजमा राखेको पचास हजार पनि लग्यो रे..... रिताले गर-गहना लेर भागी .....जताततै रोमने र रिताको चरित्रको बारेमा हल्ला मच्चिरहेको थियो । दिउँसो रेडियो सुनिरहेको म अकस्मात गहिरि गाँउबाट काठमाडौ हिँडेको बस दुर्घटनामा परि बीस जनाको मृत्यु भन्ने खबर आयो । चौतारोमा बस्ने पुरुष , घाँस काट्न हिडेका आईमाई , साना केटाकेटी सबैले थाहा हुने गरि हल्ला , खल्ला मच्चियो । केही सोच्न सकिन, दिन भरी पुरै गाउँ स्तब्ध भयो । कसैले केही बोल्न सकेनन् । जताततै रुवाबासीको मात्र आवाज सुनिन्थ्यो । टेलिभिजनमा तस्बिर देखाई रहेको थियो ।मृत्यु हुनेमा मेरो साथी रोमने पनि परेछ । रोमनेले रितालाई बचाउने हुँदा आफ्नो ज्यान गुमाएछ ।
°°°°°°°°°°
त्यही दिन बेलुकी पख गाँउमा अर्को दु:खद हल्ला फैलियो । त्यही बिहान भाग्ने रितिको पोइ , बिर्खे सुतेको ठाउँमा बिदेशमा मर्यो अरे । मन सम्हाल्न सकिन । आफ्नो साथिको मृत्युले टोलाई रहेको म अर्को खबरले मलाई स्तब्ध बनायो । सबै तिर बाट एक्लि भएको रिताको याद आयो । सुखि जीवन पाउने आशामा भागेकी रिता माथी अर्को बज्रपात पर्यो । तर त्यो दिन देखि गाउँ फर्किन रिता ।।
°°°°°°°°°°°°°°°°°
करिब पाँच बर्ष पछि उसले बोलाई मैले त देखेको पनि थिईन । न्यु रोडमा लुगाको पसल गर्दी रछे । रोमनेको मृत्यु भए पछि त्यतैबाट काठमाडौ आएकी अरे । गफ गरिरहेको ठाँउमा सानो फुच्चे आयो मामु भन्दै । को सँग बिबाह गरेउ भनेर सोध्ने आँट गरिन पछि थाहा भयो गाउँ बाट बिदेश हिडेको सुमनेले , बिदेश नगैइ काठमाडौमा रितासँग बिबाह गरेर बसेछ । बिदेश जाने पैसाले सानो पसल सुरु गरेका थिए अरे अहिले यत्रो भयो भनेर सुमने कहानी गर्दै थियो । म भने रोमनेको पिरिम चक्कर देखि , यो सरर घुमाउने, घुमाउदा चक्करनै चलाउने गरि मोडिने जिन्दगीको चक्कर सम्झिदै , टोलाउदै , बसिरहे ......।।।

[[[ The End ]]]