नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, August 18, 2016

कथा : फेसबुकमा भेटिएकी एक युवती भाग : ४ (Part : ४ )अन्तिम भाग

कथा : ||फेसबुकमा भेटिएकि एक युवती ||भाग ४  ||अन्तिम भाग 
 कथा : ||फेसबुकमा भेटिएकि एक युवती ||
लेखक नितिन आचार्य
हतार हतार गरेर बानेश्वर तिर लागे , ठ्याक्कै स्ट्यान्डर्ड चार्टर्ड बैंक आउनु भनेकि थिई । अनेकौ तर्क,आफ्नै मन सँग खेल्दै बानेश्वर कटिसकेको पत्तो पाईन । खलासीले पो कोटेश्वर झर्नु भन्दा झल्स्स भए ।
°°°
°°°
एकजना फेसबुकमा भेटिएकि केटिको लागि म एति सम्म भएछु आफैलाइ प्रश्न गर्दै थिए , यो माया भन्ने चिज यस्तैनै हो भन्ने ती सबिना कार्कीको आवाज मन देखि मस्तिष्कसम्म घन्कियो ।
°°°°°
आफ्नै मन भित्र भित्रै तर्क, बितर्क गर्दै म बानेश्वर तर्फ हिद्दै अघि बढे । स्ट्यान्डर्ड चार्टर्ड तिर आँखा लम्काए , उभिरहेकी थिई उ । नजिकै गए , उत्साह भन्ने चिज कतै हराएको थियो जस्तो लाग्थ्यो । मधुर , निराश , तनावग्रस्त अनुहार थियो उसको , मेरो पनि उसको भन्दा कम थिएन । ' सन्चै छौ ? ' भने उसले पनि सन्चै छौ ? भनी ठ्याक्कै एकै चोटि । मुसुक्क हाँसी तर बिना मिठासको हाँसो थियो उसको । बसेर गफ गरौ भनी ।
°°°°°
बस्ने ठाउँ खोज्दै खोज्दै हामी NCC कलेज भित्र पस्यौ । प्रश्नै प्रश्नले भरिएको मेरो दिमाग , उसलाई भेट्ने बित्तिकै ती प्रश्नहरु कता हराए , हराए । उसैले सुरु गरि माया , पिरतीको भन्दा पनि भबिस्यको कुरा बढी गर्दै थिई । उसले भबिस्यको कुरा गर्नु स्वोभाबिक नै थियो किनकी मेरो ब्याचलर सकिन एक बर्ष मात्र बाँकी थियो । के गर्छौ एक बर्ष पछि ? नेपालमा बस्छौ कि बिदेश जान्छौ ? यी र यस्तै प्रश्न मलाई तेर्साउदै थिई । म पनि अन्तरबार्ता दिए जसरी हरेक प्रश्नको उत्तर दिदै थिए र भरखरै चिनजान भएको मान्छेलाई जस्तो 'अनि तिमी नि ?' , भन्ने खालको प्रश्न तेर्साउदै थिए ।
°°°°°
उसको र मेरो प्रश्न र प्रतिप्रश्नले दोहोरी नै चलो । हाम्रो तालमेल नमिले पछि म चुप भए , केही बोलिन उ पनि पुरै चुपचाप बसि ।।त्यसपछि म पनि केही बोलिन ।।
°°°°
दुई जनाको मुख फाल्टा फाल्टै दिशामा थियो ठ्याक्कै पृथ्वीको दुई धुर्ब जस्तो ।
एक अर्कालाई हेर्न पनि शरम लागे जस्तो।।
*****
गेटतिरबाट चिनेको दाइ फुत्त भित्र छिर्नुभयो ! हामी भएतिर नै आउदै हुनुहुन्थ्यो । अब के गर्ने पर्यो फसाद । केही नबोली सरासर त्यो दाइ तर्फ अघिती बढे । उ उठेर कतै हिंड्न खोजे जस्तो गर्दै थिई । मैले पनि उसलाई रोक्ने कुनै कोशिस गरिन ।
°°°°
°°°°३
दाइ सँग कुरा सक्किएपछि लगत्तै उसलाई फोन गरे switch off थियो । उसको साथी अञ्जलीको नम्बरमा फोन गरे , उ र अञ्जली सँगै आएका रछ्न उसैले फोन उठाई अनि घुमाउरो शैलीमा सम्बन्धमा ब्रेक लगाउदा हुन्छ अब न त कुरा नै मिल्छ भन्ने खालको बिचार पोखि ।
°°°°°
किन के भो र ? भन्नेखालको प्रश्न गरे उत्तर फर्काईन ।आक्रोशीत भाषामा तालमेल नमिल्ने हो जस्तो लाग्छ भने कहिले नगुड्ने गरि ब्रेक लगाईदिदा हुन्छ भने । त्यसो हो भने फोन गर्ने कोशिश नगर भनी ।
°°°°
जसरी ख्याल ख्यालमा लभ हो कि लप हो कुन्नी के पर्या थियो ठ्याक्कै त्यसैगरी ख्याल ख्यालमै सम्बन्ध चैट भयो । परिस्थिति अनुसार उखानहरु पनि परिबर्तन हुँदै जाँदा रछ्न माया पिरिम जस्तो ।
°°°°°
जस्तै प्रेममा हुदा ' मन परेको जुत्ता पो जुत्ता त ' सम्बन्ध चैट भएपछि 'खुट्टा भएपछि जुत्ता कति कति " हरेक परिस्थितिले मान्छेलाई सिकाउदै जान्छ भन्थे त्यसपछी त्यस्तै त्यस्तै लाग्न थाल्यो र एउटा सिकाईको खुड्किलो मात्र पार गरे जस्तो लागो ।
*********
उसको र मेरो कुरा बन्द नै भयो । घरी घरी खुब पीडा हुन्थ्यो उ सँग हरेक दिन बोल्ने बानी पर्या थियो ।। एक्कासि छुटाउन गार्‍हो पर्यो । झुक्याएर हातका औलाहरु फेसबुकको message तिर सलबलाउथे तर झ्याप्प रोकिन्थे । उ सँग सिधै नबोले पनि उसको बारेमा जान्न खोज्थे ।
°°°°
मनलाई शान्त पार्न पनि उसको साथि अञ्जलीलाई सोध्थे। अन्जली मलाई सम्झाउथी , उसको बिगतको कुरो सुनाउथि र त्यो त्य्स्तै छे धेरै सिरियस नहोउ भन्थी ।
°°°°°
खै किन हो उ एक्कासी यति छिटो बदलिसकी कि म अचम्म परे अचेल म सँग पनि खुलेर बोल्दिन खै के भएको छ त्यसलाई भनेर भन्दै थिई अञ्जली । म पनि उसलाई मिल्छ भने सम्झाईदेउ न भनेर भन्दै थिए ।
°°°°°
जोस्सिएर , रिसको तालमा कहिले नगुड्ने गरि ब्रेक लगाईदिदा हुन्छ भनेछु पछुतो लाग्या छ ।। हि स्टिल लभ यु भनेर भन्देउ न भने । अर्कै पारामा हुन्छ भनी । अञ्जलीले मलाई मन पराउथी केटि भएर भन्न मात्र सकिन । म पनि उसलाई वास्ता नगरेकाले हाम्रो सम्बन्ध टुटाउन उसैको हात छ कि जस्तो लाग्थ्यो तर होईन कि जस्तो पनि लाग्थ्यो ।
**********
एकदिन करिब दस बजेको हुँदो हो ।फोनको घण्टी बज्यो बिल्कुल नयाँ नम्बर म आस्थाले गरेकी होला भनेर तुरुन्त फोन उठाए फोन उठाउनन साथ नमस्ते नेपाल प्रहरी भनेको आवाज आयो छक्क परे ।






°°°°
तपाई प्रहरी परिषद आउनु पर्यो तपाई सँग सोधपुछ गर्नु छ भनेपछी म अक्क न बक्क भए । गल्ती के गरे भनेर हतार हतार सम्झिन थाले केही गल्ती गरेको छुईन भने किन डराउने भन्दै प्रहरी परिषद गए ।
°°°°°
अचानक Call detail देखाएर तपाई र आस्था बिच के थियो ? प्रश्न गरे प्रश्न सुन्न साथ म झसङ्ग भए । के भयो उसलाई मैले सोधे सोध्नसाथ आत्महत्या भने। म छक्क परे ,मन थाम्न सकिन ,खुबै रोए । प्रहरी सँग सबै सत्य कुरा सुनाए प्रहरी सँग फेरि पनि बोलाएको खण्डमा आउने बाचा गरि त्यहाबाट कोठा तर्फ अघि बढे ।
*************
उसको बारेमा बुझ्न अञ्जलीलाई फोन गरे उठाई तर उ पनि बेखबर भएको जानकारि दिई धेरै बोल्ने मन भएन फोन काटे । कुनै message छोडेकी छे कि जस्तो लागेर फेसबुक खोले । फेसबुकको शुरुको पेजमा थुप्रै पत्रीकाको समाचार थियो त्यहाँ एक पत्रपत्रिकामा भक्तपुर निवासी एक किशोरीले मृत फेला भन्ने समाचार रछ ।जसमा धेरै ब्यक्तिहरुको कमेन्ट(comment ) थियो आत्महत्या नभै हत्या हुन सक्छ कारबाही गर कारबाही गर भन्ने खालको । news को एउटा लिन्क खोलेर हेरे उसको मृत तस्बिर राखेको रहेछ उसको त्यो तस्बिर देख्न साथ मन थाम्न सकिन ।।
°°°°
करिब १ हप्ता पछि आत्महत्या पुष्टि भएको खबर गरि अञ्जलीले, किन भनेर सोध्दा थाहा छैन भन्ने जवाफ फर्काई र अर्कै पारामा तिमिलाई एउटा कुरा भन्नू थियो भन्दै थिई र भनिसकेको पनि छु फेसबुकमा मेसेज हेर न भनी ल भनेर उत्तर फर्काए तर मलाई " उसले किन आत्महत्या गरि ?" भन्ने प्रश्नले मात्रै मलाई सघै पिरोली रह्यो ।
( The End )
#######!####!####
© नितिन आचार्य