****************************
"ओई मोट्टी "
********************************
बिपि राजमार्ग हुँदै काठमाडौ जान भनेर सुमो चढे । अन्तिम सिटमा मोटि महिला थिईन , झलस्स हेर्दा ठूलो , भद्दा हात्ती भन्दा फरक नपर्ने शरिर थियो । मेरो पनि सिट अन्तिममा थियो ।बस्नको लागि मलाई अलिकति ठाउँ थियो ( ठाउँ जति सप्पै ती महिलाले जो ओगटेको थिईन )। म बस्न खोजे मज्जाले अटिन तर जसोतसो झ्यालतिरको सिट भएकाले चेपिदै अटे । बाघ बस्ने गुफामा हात्ती गएर बसे जस्तो अनुभव गरे ।
°°°°°
उनले बोलिन ' दाइ मलाई बमिट आउँछ झ्यालमा मा बस्छु नि ' ।
°°°°°
झसङ्ग भए रिस उठ्यो बेस्सरी । एक त मभन्दा बढी उमेर देखिने महिलाले मलाई दाइ भनेपछी "झोलामा भएको नागरिकता निकालेर देखाईदिउ जस्तो लाग्यो"। केटिहरुले त ठिकै हो , अब आएर आईमाईहरुलेनि तरुनी ठान्न् थालेछन जस्तो लाग्यो ।
°°°°
"दाइ चै नभन्नु भा हुन्थ्यो " मैले भने ।
°°°°
पहिल्यै राम्रो चिनजान भए जस्तो गरेर उनले भनीन 'म भरखर बा¥ह कक्षामा पढ्छु तपाई ब्याचलरमा होला अनि दाइ भएन त ' यत्ती भन्दै मुसुक्क मुस्कुराईन ।
°°°°°
' पढाईका आधारमा सम्बोधन गर्ने हो भने त मेरो हजुरबुबाले मलाई अंकल भन्नुपर्छ होला आन्टी ' मैले भने
°°°°
उसले मेरो उत्तरलाई हाँसेर उडाईन र अलिक रिसालु आवाजमा ' आन्टी चै नभनिहालेको भए हुन्थ्यो ' उनले भनिन ।
°°°°°
'मैले चै तपाईंको ज्यान हेरेर सम्बोधन गरेको नि " मैले भने र थप्दै "तपाईको ज्यान भन्दा ठूलो चै अरुको हुन्न होला , ज्यानको अधारमा त म तपाईको छोरा जस्तै देखिन्छु नि ' उत्तर फर्काए ।
°°°°°°
छोरा रे !! मेरो बिहे त भएको छैन भर्खर अठार बर्षको पुग्दैछु ।म भन्दा निक्कै भद्दा देखिने महिला बोलिन । ए माफ पाँउ तर उनी महिला होईन रछीन । एक अठार बर्षे मोटि युवती । उनको अनुहारमा बल्ल मेरो आँखा डुल्न थाले ।
' अरे हो त नि बिहे नै भएको रैनछ ' मन बोल्यो
।
°°°°
' ए सरि !!मैले त मोटो देखेरनि , अठार बर्षको उमेरमा यति..... मोटो ' म पुरै नजिकिन खोजे ।
°°°°
अरे म मोटि छु र ? उनले प्रश्न गरिन अनि सरासर बोलिन ' तर मलाई त पुरै स्लिम जस्तो लाग्छ त । '
गाडिमा बसिरहेका मान्छेहरूले उनलाई नियाली रहेका थिए अझ उनको यो भनाई सुनेर त मुसुमुसु हास्दैथिए ।
°°°°°
हावाले उडाउदा उड्ने केटिहरुलाई स्लिम भन्थे जस्तो लाग्थ्यो । आज आएर स्लिम शब्दमापनी पुरै हाड मात्र होईन मासु पनि थपिन थालेछ जस्तो भान भयो । तिनले अरु मोटि महिलाहरुमा तुलना गरेको हुनुपर्छ नत्र ' म स्लिम छु त ' भनेर भन्ने केटिहरुभन्दा त उनी निक्कै भद्दा थिईन ।
°°°°°
के साच्चै उनी स्लिम हुन त ? जान्न मन लाग्यो । आँखा घुमाई घुमाई उनलाई हेरे उनले ' म स्लिम त छु नी ' भनेको सम्झे ,पहिलो पटक हेरे , दिस्रो पटक हेरे , तेस्रो पटक आँखा ठुलो बानाएर हेरे तर अँह उनी स्लिम थिईनन् । मनमनै ठुल्लो स्वोर गरेर खित्का छाडेर हाँसे । भित्रभित्रै हाँसो सम्हाल्न सकिन र बाहिर फ्याट्ट हाँसो फुत्कियो । उनी पनि सँगसँगै हाँसिन अनि ठूलो आँखा पारेर मलाई हेरिरहिन ।
°°°°
ती युवतिलाई आफू मोटो भएको केही पछुतो थिएन । मलाई पातलो हुँदा केही पछुतो थिएन भने उनलाई मोटो हुँदा पछुतो किन लागोस र ? प्रश्न गरे आफैलाई । आफ्नो शरीर जसले जस्तो आकारमा बनाउँन चाहे पनि बनाउँन पाउँछ यसमा दुई मत नै छैन । दिमागले सोच्यो ।
°°°°°°
वाक्क गरेर बमिट गर्न खोजिन झ्याल तिरको ठाउँ छाडिदिए । बिचमा आए झन चेपिए म , अरु थप दुई युवक पनि चेपिएको गुनासो गर्दै थिए । चार जनाको सिट मा दुईजना जतिको ठाउँ उनले एक्लै ओगटेकी थिईन । मनमनै सक्या जति गाली गरियो , थप दुई युवकले पनि गरे होलान् ।
°°°°°°°
फेरि उनि बोल्दै थिईन " अनि दाइ कहाँ पढ्नुहुन्छ ? "
दाइ भनेर सुन्ने बित्तिकै एलर्जी भएको मलाई अझ रिसाउँदै उनलाई भने ' दाइ नभन बरु हजुरबुबा भनिदेउ म सहन तयार छु '
सँगै बसेका दुई युवक र उनी एक्कै चोटि ठूलो स्वोर गरेर हाँसे ।
' ल अब भन्दिन बिना सम्बोधन बोलाउछु ' उनले भनिन । निक्कै चोट मलाई जो लाग्या थियो । त्यहाँ देखि उसले दाइ भनेर सम्बोधन गरिन ।
*****
गफ गर्दै जाँदा पत्तो पाईयो उनले मलाई जिल्ला स्तरीय हाजिरजवाफमा सहभागी हुँदा देखेकी थिईन रे हामी प्रथम भएको हुनाले ख्याल गरेको हुनुपर्छ मनमनै विश्लेषण गरे । मैलेपनि जिस्किने उदेश्यले उसलाई मोट्टी , मोट्टी भनेर सम्बोधन गर्थे केही बोल्दिन थिई उ । हास्थी मात्र ।
°°°°
लगभग हाम्रो आँठ घण्टाको यात्र समाप्त भयो । लामो यात्राको बेला बोल्ने साथी भईदिदा यात्रा पनि बहुत रमाईलो हुदोरछ भन्ने अर्को रमाइलो अनुभव गरियो । बनेपामा उत्रिन उनि । उसको सानो ब्याग मेरो हातमा थियो, हिड्न खोज्दै थिईन । यत्रो लामो यात्रामा मलाई उसको नाम सोध्नु आवश्यक परेन किनभने सम्बोधन जसरी पनि गर्न सकिन्थ्यो । मैले गाडिको झ्यालबाट बोलाए ' ओई मोट्टी ' ठूलो आँखा पारेर हेरि ' ब्याग छुटेछ ' । लिन आई थ्याक्स भनी र मज्जाले कोठा जाउ सिकुटे उसले जिस्क्याउदै भनी ।
°°°°°°
उनले सिकुटे भनिदिदापनि गमक्क परे त्यति गमक्क त हाम्रा छबिलाल पनि पर्दैनन् । गमक्क यसकारण कि मैले कम खाएर घरको अलिकति चामल जोगाईदिएको थिए , साना खालको लुगापनि तुरुन्त फिट भएकै थिए, अझ गाडिमा बस्दा धेरै ठाउँ ओगटेको भनेर कसैको गाली(मनमनैको) खानु परेको थिएन , चाहे लोकसेवाको फारम भर्दा , चाहे बैंकमा , चाहे बिजुलिको महशुल तिर्ने बेलामा आदि थुप्रै ठाउँमा ' साई ,सुई,उफ, गले है ' नभनी मजाले उभिन सकिन्थ्यो , मोटे भनेर अरुको जिस्काई सहनु परेको थिएन , खाँटमा सुत्या बेला चाईचाई र चुईचुई आवाज आएको थिएन ,काठमाडौमा पानीको अभाव पर्या बेलापनी ननुवाई बस्नु परेको थिएन , अरुसँग गर्ल्वाम्म अंगालो हाल्न सजिलो भएकै थियो र हात अरुको काधमा सजिलै राखेर हिड्न सकिन्थ्यो , भई परि (बिशेश गरि भुकम्प) आएको बेला सजिल्यै दगुर्न सकिन्थ्यो ,चेपारो गल्लीबाट सजिल्यै छिर्न सकिन्थ्यो ,
अझ बैज्ञानिकहरुको अनुसन्धानबाट स्वास्थ पनि सिकुटेनै हुन्छ्न भन्ने खबरले झन गमक्क परे ।
°°°°°
बल्लतल्ल कोठा पुगे पल्लो कोठाको आन्टिले ' ए बाबू आउनु भयो, दशै राम्रै लागेछ कि क्या हो बाबुलाई ? बाबू त मोटाउनु भएछ त ।' आन्टी सास नरोकि बोलिन
°°°°
त्यस्ती मोटिले स्लिम भनेर हिडिराखेको बेला मलाई मोटो भन्दा एक्कासि रिस उठ्यो त्यहिपनी हाँसेर उत्तर फर्काए ।
अघि सम्म अरुलाई मोटि भनेर जिस्क्याको मैले , आफैलाई मोटो भनेर भन्दा गमक्कपन एकाएक हरायो र सरासर कोठा भित्र छिरे , ऐना निकालेर हेरे , आफैलाई मोट्टो देखे तर ' यत्तिको मोटाईलाई सिकुटेनै भनिन्छ केटा ' भन्दै आफैलाई सम्झाए र खाटमा डङ्रग्ग पल्टिए ।
……………………………………………………
The End (समाप्त )
@नितिन आचार्य