नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, January 10, 2017

बिदा दिदा सम्मान र नदिदा अपमान हुन्छ र ??? [पृथ्वी जयन्ती ]

बिदा दिदा सम्मान र नदिदा अपमान हुन्छ र ??? [पृथ्वी जयन्ती ]
कसैको सम्मान गर्न , के राष्ट्रीय बिदा नै दिनुपर्छ र ? बिदा दियो भने सम्मान र दिएन भने अपमान गरेको हुन्छ ? यस्तो बिचार बौद्धिक भनिने मान्छेहरुमा कसरी उत्पन्न हुन्छ । मैले यत्ति भनीरहदा नर्मल अवस्थामा रहेको शरीर भित्र अलिकति रक्तसंचार छिटो भयो होला ? मुटुको धड्कन एक्कासी बढ्यो होला ?  रिसको लेभल अलिकति बढ्यो होला ?
*****
ल सरकारले छिट्टी दियो । छुट्टी किन दियो पृथ्वीनारायणको सम्झनामा ।कम्तीमा छुट्टी खाने मान्छेले अलिकती भएपनी पृथ्वीनारायण शाहा र उनले गरेको कामको चिन्तन गरोस , मनन् गरोस् । travelling फलानो ठाउँ with ..... , eating यो with ......., watching​ movie with........भनेर status हाल्ने ठाँउमा reading पृथ्वीनारायण शाहा's history भन्ने आवस । तर त्यस्तो आउदैन बिदा दियो भने यहाँ हामिजस्ता केटा गर्लफ्रेन्ड भेट्न , भरखर बिबाह भएका श्रीमती घुमाउन , छोराछोरी भएका छोराछोरी घुमाउन ,  केटाकेटीहरु मख्ख पर्दै हिन्दी कार्टुन र केटिहरु सिरियलमा मस्त रहन्छ्न ।
बिचरा राष्ट्र निर्माता पृथ्वीनारायणलाई कसले सम्झ्यो ? 
छुट्टि के को भन्दा पृथ्वी जयन्तिको बस सबैलाई यत्ती चै थाह हुन्छ । हामिलाई जबसम्म पृथ्वीनारायण शाहा र उनले गरेको कामको महत्व थाहा हुदैन तब सम्म हामीलाई पृथ्वी जयन्ती एउटा छुट्टि खाने मेलो अर्थात बाटो मात्र बन्छ । नेपालमा जति पनि बिदा छन त्यसको सहि उपयोग हुदैन भने त्यस्ता बिदा नदिएकै राम्रो । ईतिहासको सम्झना गर्नु , संरक्षण गर्नु एकदम राम्रो कुरा हो तर एक दिनको बिदाले पर्ने जनतामा असर , सरकारी काम , आर्थिक क्षेत्रमा पर्ने प्रभाव र आदि थुप्रै क्षेत्रमा असर गरिरहेकै हुन्छ ।   कुनै ब्यबसायमा लगानी गर्दा न त त्यस्को प्रतिफल आउँछ , त्यसले केहीपनि दिदैन , प्रगति गर्दैन भने त्यस्तोमा लगानी गरेर के फाईदा ? बिदा दिदा राज्यलाई केही फाईदा छैन ,  बिदाको सहि उपयोग भएको छैन भने त्यस्तो बिदा दिएर के फाईदा । जब सम्म मान्छेलाई छुट्टिको महत्व थाहा हुदैन तब सम्म पैसा तिरेर काम गर्न राखेको कर्मचारीलाई काम गर्न लाएकै ठिक छ ।
****
<<<यो कुरा भनिरहदा माओवादी हो कि क्या हो भन्ने कुरो आउला सबैलाई भन्न चाहन्छु म कुनै पार्टीगत मान्छे पनि होईन ।>>>
<< म त बस बिकसित देश नेपाल हेर्न चाहने मान्छे मात्र  । >>