![]() |
| तस्बिर स्रोत : onlinekhabar.com |
नेपालमा यति धेरै मान्छे डोजर हेर्न अर्थात बेरोजगारी यसकारण छन कि उनिहरुले काम गर्ने ठाउँ भेटेनन् , भेटेका छैनन् जबकी ठूलो संख्यामा युवा निम्न स्तरको काम गर्न युरोप , अमेरिका वा खाडी देश जान्छन ।यहाँ एक घन्टा काम गर्न टाउको कन्याउने युवा कोरिया गएर एघार घन्टा काम गर्छन् र त्यस्तो समयको घेरामा काम गर्छन् जहाँ टाउको कन्याउने फुर्सद सम्म पनि हुँदैन । निम्न स्तरको काम पनि त्यहाँ सम्मानको बन्छ र त्यही काम यहाँ खिल्ली उडाउने बिषय बन्छ । कामलाई युवाले सम्मान गर्छन तर अरु मान्छेहरुले सम्मान गर्दैनन् । हो मान्छेहरु भन्छन अरुको कुरा सुन्नु हुदैन तर जसरी एउटा संस्थालाई बाहिरी र भित्री वातावरणले प्रभाव पार्छ ,मान्छे पनि त्यस्तै हो हरेक कुराले प्रभाव पार्छ । काम गर्दा सम्मान र सन्तुष्टि कसैले पाँउदैन भने त्यो काम भन्दा पनि सजाय बढि बन्न पुग्छ ।
*********
नेपालको समाज यसरी विकसित भयो कि अर्कोलाइ तल देखाएर मात्र आफू ठूलो भैईन्छ । त्यही अरुलाई तल देखाउन खोज्दा मान्छेले आफ्नो norms , ethics भन्ने कुरा पोलेर खाईसके भन्दा पनि केही फरक पर्दैन । यस्तै वातावरणले गर्दा युवा बिदेशिन बाध्य छन् र नेपालमा नै काम गर्ने , केहि गर्न चाहने युवा निरुत्साहित भएका छन । म आफुलाई , साथिहरुलाई , दाईहरुलाई सोध्छु ब्याचलर पछि के गर्ने भनेर । सँसारको सबै भन्दा कठिन प्रश्न यहि जस्तो लाग्छ र अरुलाई पनि लाग्दो हो र त उत्तर आउँछ 'खोइ' भन्ने । तर अधिकतम मान्छेहरूको भने बिदेश जाने सपना छ । फेरि सोध्छु बिदेश किन जाने ? र उत्तर आँउछ " काम गर्नलाई वातावरण हुनु पर्यो नि यार यहाँ त " । काम गर्ने वातावरणको कुरा गर्ने हो भने जबसम्म राजनीति स्थिरता हुदैन तबसम्म केही कुराको वातावरण बन्न सक्दैन , सबैलाई थाहा भएको कुरा हो । त्यही भएर त डोजर हेर्ने भिंड बढ्दो छ ।
नेपालमै रोजगारिको अवसर बनाउनको लागि राज्यले , राष्ट्र बैंकले उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गरेको पाईन्छ त्यही पनि अझैसम्म अनुत्पादक क्षेत्रमा पैसा खर्च भईरहेको छ ।
यदि उद्योगहरुमा लगानी गर्ने हो भने यति धेरै मान्छे डोजर हेरेर बस्नु पर्ने अवस्था आँउदैन थियो कि ? पढाइ सकेर के गर्ने भनेर बर्सौ सम्म सोचेरै खाली बस्नु पर्ने भन्ने अवस्था आँउदैन थियो कि ? यति धेरै स्रोत र साधन भएर पनि अझै एउटा गरिब देशको सुचिमा नाम हुँदा म जस्ता हजारौं युवाहरुको मन कट्क्क खान्छ । एक जना मान्छे भन्ने गर्थे "माल पाएर के गर्नु चाल नपाएपछि " ठ्याक्कै यहि टुक्का जस्तो भएको छ । यति धेरै स्रोत र साधन भएपनि हाम अझै चालपाउने मान्छेहरु जसरी टुलुटुलु हेरिरहन्छौ र भन्छौ ह्या यो देशमा बसेर केही हुंदैन । स्रोत र साधनको उचित प्रयोग नहँुदा सम्म आम्दानी क्षेत्र बढाउन सकिदैन । जब सम्म आफ्नै देशमा बस्तु उत्पादन हुंदैन तब सम्म न त आर्थिक बिकास हुन्छ न त रोजगारीको सिर्जनानै । उद्योगहरुमा पुँजी बढाउन जरुरी छ न कि कार र मोटरसाइकलमा ।
*****
अन्त्यमा , जब सम्म बौद्धिक युवा बिदेशिने दर , काम प्रतिको सम्मान र राजनीति स्थिरता हुदैन तब सम्म देशको आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न कठिन पर्छ र नेपाल माल पाएर चाल नपाउने देश भनेर संसारमा नफैलेला भन्न सकिदैन ।

(c) नितिन आचार्य