नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, March 3, 2017

फेक ID | कथा |

                                                                Fake ID  | कथा |                
दिनभर क्याम्पसको हल्लाह र कोलाहलले थकित भएको मस्तिष्क कोठा सम्म आईपुग्दा सम्मपनि फुर्तिलो थिएन । कोठामा आईपुग्ने बित्तिकै फेसबुक खोल्ने एउटा दैनिकी जस्तो भईसकेको थियो । फेसबुक खोले फ्रेन्ड्स बटममा पँहेलो सुन जस्तो टिलिक्क टल्केको  देख्दा मस्तिष्कले कसले request पठाएछ भनेर प्रश्न गरिसकेको थियो । मेरो हातका औला ती सुन जस्ता पँहेलो friends बटममा गयो । केटिको request आएछ केटा मस्तिष्कले मनलाई भन्यो । केटिको request आ'को थाहापाए पछि मन एक्कासी बाख्राको पाठा जस्तो बुरुक्क बुरुक्क उफृन थाल्यो । हत्तपत्त प्रोफाईल खोलेर हेरे । मन छक्क पर्यो । मस्तिष्कले फेक आई डि भन्ने कल्पना गर्न थालिसकेको थियो । नगरोस पनि कसरी ? त्यहाँ न त कुनै मान्छेको फोटो थियो न त कुनै ब्यक्तिगत जानकारी नै । झट्ट accept गर्न मन लागेन । ह्या , जो भए नि होस accept गर्दे भनेर मस्तिष्कले उक्साईरहेको थियो । मस्तिष्कको सामु मेरो केही सीप चलेन । accept गरेको केही छिनमै मेसेज आयो

" हाई ! सन्चै हुनुहुन्छ " ।

मस्तिष्कले फेक आई डि सम्झिरर्‍यो । मस्तिष्क भन्दै थियो पक्कै केटाको हो , कसले मुर्गानै बनाउन खोज्दैछ  केटा बिचार गरेर बोल । फेक आई डि मस्तिष्कले भनिसकेपछी मलाई अट्टेरी हुन मन लागेन ।

" बिसन्चो भए चै के फलफुल लिएर आँउथ्यौ ? " उत्तर फर्काए । 

एक्कै छिनमा रिप्लाई आयो "छ्या कस्तो rude हजुर त " ।

अन्जान केटिको आई डि बाट rude भनेर भन्दा मन एक्कासि नियाउरो भयो ।

"हजुर त राम्रो हुनुहुन्छ जस्तो लागेर बोलेको but I never expect such word राम्रोसँग बोल्दैमा के जान्छ र ? " फेरि रिप्लाई आयो ।

गल्ती त पक्कै भयो केटा फलफुलनै नभनेको भए हुन्थ्यो , दिमागले संझाउदै थियो र माफी माग्न उक्साईरहेको पनि । sorry भन्ने शब्दको सहारा लिनु पर्ने अवस्था आयो । बोल्ने शब्दहरु देखेर कता कता फोटो नभएको फेसबुक आई डि  केटि कोनै हो कि जस्तो एकपट्टि दिमागले सोचिर¥यो तर भए पनि कस्को ? म यो भनेर बोलेको भए त्यस्तो बोलिदैन थियो क्यारे । त्यही दिमाग प्रश्न सोध्ने गुरु र उत्तर दिने चेला जस्तो भएको थियो ।

" rude भन्दापनी फेक आई डि जस्तो लागेर त्यस्तो  शब्द प्रयोग  गरे  Sorry र कसरी चिन्यौ मलाई ? " माफी र प्रश्न एक्कै चोटि लेखेर पठाए ।

"हजुर किर्तिपुर बस्नुहुन्छ हो " ? फेरि प्रतिप्रश्न आयो ।

 छक्क परे कसरी थाहा भयो ? आफैले आफैलाई सोधे । अब झन मेरो संका मसँगै कलेज जाने मेरो साथिमा गयो । उसैले मलाई केटिको आई डि बाट जिस्काईरहेको अनुमान मस्तिष्कले लगाउन थालिसकेको थियो ।
" कसरी चिन्यौ " फेरि लेखेर पठाए ।

अन्जान मान्छेको बारेमा जान्न निक्कै उत्सुक भईसकेको थिए अर्को पट्टि साथिले अर्को फन्डा बनाउन एस्तो महाभारत रचेको अनुमान पनि छदै थियो । मेसेज हेर्न आतुर भैसकेको थियो मलाई , औलाले 5 पटक refresh बटममा थिचिसकेको थिए ।

"म बर्नहार्ट कलेज पढ्छु , तपाईं र म माईक्रोमा सँगै थियौ ,तपाईले माईक्रोमा फेसबुक चलाउदै गर्दा नाम देखेको थिए अनि एड गरेको  " रिप्लाई आयो ।

मन ट्वा परेर मस्तिष्कलाई भन्दै थियो , यस्तो नि हुन्छ र ? कसैले नाँम देखेकै भरमा एड गर्ने । मस्तिष्क आफै छक्क परेको थियो , मनको कुरा नसुनेझै गरि अझ मलाई बोल्न उक्साईरहेको थियो ।

"किन एड गरेको ? फेक आई डि जस्तो लाग्छ मलाई  ? प्रश्न गरे ।
" त्यस्तो लाग्छ भने बाई " रिप्लाई आयो । म छक्क परे ।
**********************************************************
भोलिपल्ट त्यही कलेज जाने दैनिकी । साथी सँग भेट भयो ।

" तिमिले बनाको हो त्यो आई डि ? फ्रेन्डमा तिमी पनि छौ त ? " प्रश्न गरे ।

होईन यार ! किन ? उसले प्रश्न गर्यो ।

सबै घटना सुनाए । उसले बधाई दिदै भन्यो " ल जे भए पनि  मन पराउने केटि त भेटिई , भाग्य चम्कियो यार तिम्रो " उसले हास्दै भन्यो ।

मन फुरुङ्ग भयो तर दिमागले फेक आई डि सम्झिर¥यो । 

फेरि उसले आफ्नो मेसेज देखाउदै भन्यो "  मेरो पनि च्याट भ'को थियो यार त्यो सँग , तिम्रो नम्बर माग्दै थिई" म छक्क परे ।

बिना फोटोको फेसबुक आई डि वाला मान्छे म सँग किन आकर्षित भा'हो ? यति सारो त चुम्बक पनि फलाममा आकर्षित हुदैन होला ? उसलाई भने ।

उ हांस्यो " अँ यार को हो के ? म सँग त केही नबोली सिधा तिम्रो नम्बर मागी अनि दिए मैले नि  " उ बोल्यो ।
दिनभर कलेजमा पढ्नै मन लागेन '

'आज चै कसको आई डि हो पत्ता लगाएरनै छाड्छु'  मन र मस्तिष्क एक्कै चोटि बोल्दै थिए । कहिले छुट्टी हुन्छ भनेर पर्खिरहेको थिए अन्तिम कक्षा पढ्नै मन लागेन , कोठा तिर अघि बढे । कोठामा पुग्ने बित्तिकै फेसबुक खोले पाँच मिनेट अघि मेसेज आएको रहेको 

" फेक आई डि जस्तो लागेको हजुरलाई ? तर होईन मेरो मोबाइल छैन दिदिको बाट चला'को  । "
फेरि मन छक्क पर्यो , दिमाग प्रश्न सोध्न उक्साईरहन्थ्यो

" यो आई डि देख्दा जसलाई नि फेक आई डि लाग्छ नि मलाई मात्र होईन  को हौ तिमी ? खासमा ?" प्रश्न गरे ।

करिब एक घन्टा पछी
"म ट्याङ्लाफाटमा बस्छु बाह्रमा पढ्छु अरु त भनीसके नि "रिप्लाई आयो 

"फोटो चाहिएको हजुरलाई ? मेरो मोबाइल छैन ,ल्यापटप बाट चलाएको बेला पठाई दिन्छु नि । " लगत्तै अर्को मेसेज आयो ।

मन र मस्तिष्क दुबै शान्त भए ।
"त्यतिन्जेलको लागि म नबोल्ने बाचा गर्दै छुट्टिन्छु " बिबिसीमा बोले जस्तो शैलिमा मेसेज पठाए ।

मलाई फोटो हेर्न र जान्न निक्कै आतुर भईरहेको थियो । " पर्खी बसे फोटो हेर्न भनी ....." नारायण गोपालको गितलाई प्यारोडी बनाएर गुनगुनाउन थाले । एक दिन पर्खिन्छु फोटो आँउदैन , दुई दिन पर्खिन्छी फोटो आँउदैन र तीन दिनको दिन फोटो आउँछ तर मेरो आफ्नै साथिको , म छक्क पर्छु , मन ट्वा परेर हेरिरहन्छ ,एकपट्टिको दिमागले त्यसैले बनाको हो भन्ने त थाहा थियो भन्ने सोचिरहन्छ ।

" मुला फेक आई डि बनाएर के ल्याङ ल्याङ हानिरा यत्रो दिन " रिस मिसिएको मेसेज पठाए ।

फेरि लगत्तै मेसेज आउँछ " छ्या यस्तो फोहोरी शब्द पनि बोल्नुहुन्छ हजुर ? "

नर्मल रहेको जुनसुकै मान्छेलाई पनि रिसको लेभल बढिसकेको हुन्छ ,परिस्थिति अनुसार नमिलेको ' मेसेज ' देखि । साथिको फेक आई डि पक्का हो भन्ने कुरा मस्तिष्कले ठम्याउँछ सबैलाई सुनाउन नमिल्ने अस्लिल शब्द दिमागले सापटी दिदै मेसेजमा पठाउन निर्देश गर्छ र म पनि त्यसै गर्छु , मलाई  मस्तिष्कले बाईक चलाए जसरी चलाउँछ र म पनि मस्तिष्कको दासी जसरी त्यही अनुसार चलिरहन्छु । मेसेजमा गाली भरिएका सन्देश छोडेर , त्यो आई डि ब्लक गरि फेसबुक बन्द गरेर चुपचाप बस्छु ।
************************
करिब एक हप्ता पछि बसपार्क बाट चढ्ने माईक्रोमा घरबेटीको एघारमा पढ्ने  छोरी सँग सँगै पर्छु ।
" दाइ पछाडि आउनुहोस् न " म लास्टको भन्दा अघिको सिटमा बसेको हुनाले अन्तिम सिटमा बोलाउछे ।
पछाडि गएर बस्छु र मोबाइल निकालेर चलाउन थाल्छु ।
" दाइ अनि फेसबुक त खुब चलाउनु हुन्छ है ? " प्रश्न सोध्छे ।
' अँ ठिक ठिक कै तिमी पनि त खुब चलाँउछौ नि ' म भन्छु  ।
खित्का छाडेर हांस्छे । केटिहरु बिना कारण हाँस्दिन्छन जस्तो लाग्छ । " दाइ एउटा कुरा भनुम ? नरिसाउनु नि फेरि " एक्कै चोटि उसले बोलि ।
सुरुमै नरिसाउने कसम खुवाई  ।
" दाइ sorry  है खासमा त्यो फेक आई डि मेरो थियो" ।
म छक्क परे , म भन्दा बढी मेरो मस्तिष्क छक्क परेको थियो । मन , त्यस्तो उपद्रो शब्द बोलेको संझेर भित्रभित्रै लाजले रातो पिरो भएको थियो।
" त्यस्तो फेक आई डि बनाएर के ल्याङ गरेको " ? प्रश्न गरे  ।
" दाइ यसको बारेमा यहाँ भन्दा पनि गाडीबाट उत्रिए पछि कुरा गरौं न " उ बोलि ।
मन शान्त भयो तर मस्तिष्क सोच्दै थियो अनेक कुराहरु जुन तपाईले सोचिरहनु भएको छ ।तर म आफ्नो बेकुफी र फेक आई डि वाली सँग रिस गर्दै गाडीभित्र बसिरहेँ ।
******समाप्त******
© नितिन आचार्य