नफेरिएको बास्तबिकता र नयाँ साल (कबिता)
**************
साल फेरियो
पात्रो फेरियो
मन उस्तै छ
दुरुस्तै छ
सोच उस्तै छ
चिन्तन उस्तै छ
फेरियो के र ?
त्यही पात्रो
फगत पात्रो
पोहोर सोच्याथे
नयाँ बर्ष जस्तै
जिन्दगीपनि नयाँ बनाउछु
तर सोच भन्ने कुरा
सपना जस्तै हुदोरछ
राम्रो सपना देखिरहन मन लाग्ने
हेरिरहन मन लाग्ने
सोच पनि त्यस्तै,
चिन्तन पनि त्यस्तै
बर्ष त झन जस्ता त्यस्तै,
सोच जस्तै शुभकामनाको
ताती नलाग्या नि हैन
जिन्दगीले अलिकति
उर्जा नमाग्या नि हैन ,
**************
साल फेरियो
पात्रो फेरियो
मन उस्तै छ
दुरुस्तै छ
सोच उस्तै छ
चिन्तन उस्तै छ
फेरियो के र ?
त्यही पात्रो
फगत पात्रो
पोहोर सोच्याथे
नयाँ बर्ष जस्तै
जिन्दगीपनि नयाँ बनाउछु
तर सोच भन्ने कुरा
सपना जस्तै हुदोरछ
राम्रो सपना देखिरहन मन लाग्ने
हेरिरहन मन लाग्ने
सोच पनि त्यस्तै,
चिन्तन पनि त्यस्तै
बर्ष त झन जस्ता त्यस्तै,
सोच जस्तै शुभकामनाको
ताती नलाग्या नि हैन
जिन्दगीले अलिकति
उर्जा नमाग्या नि हैन ,
तर मेरो उर्जा माथी
अरु कोहि जाईलाग्या छ,
पिडाहरुले अचाक्ली दुख
दिई राख्या छ,
यो साल पनि यत्तिकै
जान लाग्या छ ,
अरु कोहि जाईलाग्या छ,
पिडाहरुले अचाक्ली दुख
दिई राख्या छ,
यो साल पनि यत्तिकै
जान लाग्या छ ,
जानेहरुलाई रोक्न सकिन्न
छेक्न सकिन्न
बस् बाई भन्न मात्र सकिन्छ
हात हल्लाउन मात्र सकिन्छ ,
बगिजाने खोला
छाडीजाने बर्ष उस्तै हुन
फर्केर कहिल्यै आँउदैन
बिदेशमै सास छाडेको बिर्खे दाइ जस्तै
मरेका हजारौं सपनाहरु जस्तै
मरेका हजारौं जोसहरु जस्तै
फर्केर त फगत ती याद आम्छन
बेकारका चिन्ता आम्छन्
र उर्जालाई बोकि लान्छन्
त्यसपछि लाग्छ,
आउने सालमापनी
चाल यस्तै हुन्छ
ढाल यस्तै हुन्छ,
र त भन्न मन लाग्छ
ब्यबसाय जस्तो जिन्दगी
प्लानले चल्दैन
सिद्धान्तले चल्दैन
बिचारले मात्र चल्दैन
यसलाई त समयले चलाईरहन्छ
हुईक्याई रहन्छ
डोर्याईरहन्छ
चल्नु त आफू पर्छ अबिछिन्न भएर
समयको दासी भएर ।
छेक्न सकिन्न
बस् बाई भन्न मात्र सकिन्छ
हात हल्लाउन मात्र सकिन्छ ,
बगिजाने खोला
छाडीजाने बर्ष उस्तै हुन
फर्केर कहिल्यै आँउदैन
बिदेशमै सास छाडेको बिर्खे दाइ जस्तै
मरेका हजारौं सपनाहरु जस्तै
मरेका हजारौं जोसहरु जस्तै
फर्केर त फगत ती याद आम्छन
बेकारका चिन्ता आम्छन्
र उर्जालाई बोकि लान्छन्
त्यसपछि लाग्छ,
आउने सालमापनी
चाल यस्तै हुन्छ
ढाल यस्तै हुन्छ,
र त भन्न मन लाग्छ
ब्यबसाय जस्तो जिन्दगी
प्लानले चल्दैन
सिद्धान्तले चल्दैन
बिचारले मात्र चल्दैन
यसलाई त समयले चलाईरहन्छ
हुईक्याई रहन्छ
डोर्याईरहन्छ
चल्नु त आफू पर्छ अबिछिन्न भएर
समयको दासी भएर ।
© नितिन आचार्य