नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, May 23, 2017

कबिता | त्यसैले अब म फेसबुकै छाड्दिन्छु |

मान्छे नि बढो अचम्म अचम्म्का भए
फेसबुक बिना बाच्नै नसक्ने भए
तल्लो घरे काकाले काकी झुक्याए
काकिले काका झुक्याए
फेसबुकले दुईटै लाई झुक्याईदियो
त्यसैले अब म फेसबुकै छाड्दिन्छु  |
आँठ मा पढ्ने भाईसँगनि
गलर्फ्रेन्ड छ रे
कहिलै अनफ्रेन्ड नगर्ने बाचा छ रे
सम्बन्धनि अच्छानै चलिरा छ रे
मैले त त्यसो गर्न नि सकिन
फेसबुकबाट गर्लफ्रेन्डनी बनाउन सकिन
न केटि झुक्याउन सके
न झुक्किएर केटि फसे
बरु केटाहरुलेनै मलाई झुक्याए
त्यसैले अब म फेसबुकै छाड्दिन्छु
कालिलाई गोरि बनाम्ने एप्स आ'छ रे
केटाहरु मरुभूमिको खाडलझै झुक्किएका छ्न् रे
रे पनि के भन्नू
म नि झुक्किएकै हो
मोरिको फोटोमा ब्युटिफुल भनेर
कमेन्ट ठोकेकै हो
लास्टा मोरि ब्युटी त उहीँ
फुल मात्र बनाउनी परिछे
त्यसैले अब म फेसबुकै छाड्दिन्छु
तीन महिना मोरि भन्दै मजाले बोलिरा
लास्टा मोरो भएर निक्लिरा
त्यसैले अझै सम्मनि म सेन्टीनै भैरा
के गर्नु , केक खाने दिन
फेक भन्ने था पाएसी
ए हजुर ! भन्नेे
मैसासुर भएसी
फेसबुक ,
बिश्वास गर्ने जिनिस होईन रछ
न त मलाई त्यसको बिश्वास लाग्छ
न त फेसको नै
त्यसैले हजुर अब म फेसबुकै छाड्दिन्छु
लेख्न नजान्ने नि फेसबुक चलाउछ्न्
बुढिलाई पठाको गोप्य मेसेज
स्टेटसमा हालिदिन्छन्
के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै भा छ
दायाँ बायाँ सबले फेसबुकै चला छ
लाग्छ मान्छेलाई फेसबुकैले बचा छ
भो अब फेसबुकै चलाउदिन
अरुको फेसबुके प्रगति देखेर मननि जलाउदिन
बरु अब म रिक्सा चलाउछु
तर कस्सम  अब म फेसबुक चलाउदिन |

For video click Here

Sunday, May 7, 2017

| यात्रा र गफ |

यात्रा र गफ

करिब पैतिस चालीस बर्षका लाग्ने ड्राईभर आफ्नो जवानिको कहाँनी संम्झिन्छ्न् । म चाहन्छुकि उनले जवानिका रोमान्टिक गफ गरून् र मेरो यात्रा अझ सफल बनाईदिउन , तर उनी त्यस्तो गर्दैनन् ।
"काठमाडौमा के काम गर्छौ ? , कि पढ्छौ   " ? ड्राईभर सोध्छन् ।
" म अहिलेसम्म त पढ्दै मात्र छु अंकल " म बोल्छु ।
उनलाई अंकल भनेर सम्बोधन गर्दा , उनी आफू अझै तरुण भएको र दाइ भन्नको लागि मलाई  भन्छन् र खित्का छाडेर हाँछ्न् ।
म उनको हाँसोमा हाँसो मिलाउँछु " बूढो हुन त मननै हुन्न है दाइ ? म फिस्स हास्दै सोध्छु " ।
म बूढो छु र भाइ ? उनी मलाई सोध्छन् र हाँस्दै भन्छन् " मन त हुन्न भाइ तर बुढीले बूढो भन्दिहाल्छे " दाइ अझ ठूलो स्वोर गरेर हाँछन् ।
ड्राइभर दाईको कुरा सुनेर म झन ठूलो स्वोरले हाँस्छु ।
अनि भाइ पढाई सकिन लागेछ त , काम गर्ने होला नि त अब " उनी बोल्छन् ।
" खोजेको जस्तो भेटियो भने गर्नु पर्ला दाइ , तर खोजेको जस्तोनै भेटिदैन , एउटा थोक पढ्नुपर्छ अर्को थोक सँग मिल्ने जागिर खानुपर्छ सारै तनाव छ दाइ । " म हाँस्दै बोल्छु ।
हो भाइ , ईन्जिनियर सकेको मेरो भाई अधिकृत पढ्छु भन्छ । उनी अनुहार खुम्च्याउदै बोल्छन ।
" केही नगरी बसौ भने यी , यो बज्दै गरेको गित ' बसि बसि खान खोज्दा ढाड दुखेर मार्यो ... ' ले पनि जिस्क्याईदिन्छ दाइ,
के गर्ने ।
मैले बोली नसक्दै उनी भन्छन् " जिन्दगी भनेको गाह्रोनै चिज हो भाइ , चुप लागेर बस्न त जिन्दगीले पनि दिदैन .... " उनको बोली नटुङ्गिदै 
पछाडिबाट एक युवतिको आवाज आउँछ ।
" गाडी झन्डै भिरबाट खसेको ओ गुरुजी ध्यान दिएर चलाउनुहोस न "
सानो स्वोरले रिसाँउदै ड्राईभर भन्छन " एत्रो बर्ष भैईसक्यो केही भा'को छैन " ।
सिन्धुलिमा  घुम्ती भएकाले मेरो मनमा अलिकति डर पस्छ र गफ गरेर ड्राइभर दाइलाई भुल्याउन फिटिक्कै मन लाग्दैन ।
*****************************
दिमागले सोचिरहन्छ के कुरा गर्ने भनेर ।
ड्राईभर दाइ आफै बोर भएको हुनुपर्छ गितको भोलुम ठूलो पार्छन् गित बज्छ " .....तिमी लास्टै ब्युट्टी छौ र पो म फिदा भाको छु ..... " । मैले सुरु चोटि सुनेको गित , खुब मन छोयो गाएन शैलीले , गितसँगै ड्राइभर गित गुनगुनाउछन् ।
" गित त सहि रछ नि दाइ अनि " म हाँस्दै बोल्छु ।
उनी हाँछन् र भन्छन् " भाइ ईनिस्पेक्टर वाला गितनि बज्छ सुन्दै जाउ न " ।
उनले यत्ती भन्दा मसँगै बसेका अर्का मान्छे अलि आवाज बिगारेर रक शैलिमा बोल्छन् " यस्तो गितको भिजल ब~बाल हुन्छ नि फेरि , भित्रै बाट अग्नि ज्वाला निकाल्ने " ।
उनको आवाज र बोल्ने शैलिले ' ट्यापेनै हो यो ' भन्ने कुरा दिमागले सोचिरहन्छ ।
अनि भाइ " गर्लफ्रेन्डको याद आयो कि के हो गित सुनेर " ड्राइभर हांस्दै बोल्छन ।  " ब्रो लाई आए जस्तो छ " छेउमा बसेका ती युवक अझ ठूलो र आवाज बिगार्दै , हाँस्दै बोल्छ्न्  ।
" गितको शब्द रमाईलो रछ दाइ त्यही भएर हो अनि दाईको लभ म्यारिज हो जस्तो छ नि , खुब गर्लफ्रेन्डको कुरा गर्दै हुनुहुन्छ त " म हाँस्दै सोध्छु ।
" लभ , भागी सब थोक हो भाइ " दाइ हाँस्दै भन्छन् ।
" खत्रा हुनुहुदो रछ दाइ त " म उनलाई उकास्न खोज्छु र छेउमा बसेका ती अर्का युवक फेरि बोल्छन् "सुड्डो हरामीनै हो "
रक्सिको गन्ध ह्वास्स आउँछ ती युवकको मुखबाट , ड्राइभरले गाली गर्छन् र ती युवक चुपलागेर बसेजस्तो गर्छन् ।
"भाइ लभ गरुन्जेल मात्र रमाईलो , पछि बुढी , छोराछोरी पाल्नु परेसि तनाव हुन्छ , तिम्ले नि चाल पाउछौ , बेला आउँछ भाइ "  ड्राइभर दाइ अलिक ठुलो आवाजमा बोल्छन् ।
म हाँस्छु  , आफ्नो तनाव हुने भबिस्य संझेर , अनि  हाँस्दै सोध्छु " भगाएरै बिहे गर्दिनु भा'को अनि ? लभ त दरै पार्नु भ'को रछ त दाईले "
" अँ भाइ  भगाईयो, जात नमिल्ने अनि घरमा बिहे नगर्दिने भएसि परेन त" हाँस्दै उत्तर फर्काउछन् ।
छेउमा बसेका ती युवक अस्लिल शब्द निकाल्दै , भगाएको दिनको गोप्य कुरा ड्राइभरलाई सोध्छन् । ड्राईभर रिसाउँछन् ,ओराल्दिने र त्यही छाड्दिने भन्दै गाली गर्छन् । ती युवक ड्राईभरकै गाँउको भएको र जड्याहा भएको कुरा ड्राइभर सुनाउँछन् ।
रिसाएको बेला गफ गर्नु हुँदैन भन्ने मलाई लाग्छ ।
(खाजा खाएपछि फेरि गाडी आफ्नो रफ्तारमा अघि बढ्छ । )
ड्राइभरसँगै फिरिमा खाजा खान पाएकोमा म आफै दङ्ग पर्छु र धन्यवाद दिन्छु । ड्राइभर बोल्छन् ' म हरेक दिन एक जनालाई चै फिरिमा ख्वाउँछु , आज तिमी परेउ भाइ ' भन्दै मुसुक्क मुस्कुराउछन् ।
असल ड्राइभर  रछन दिमागले सोच्छ र मुख फेरि चल्छ " कति भयो दाइ गाडी चलाउन थाल्नु भएको " ।
मुखमा चपाईरहेको सुपारी फाल्दै उनी भन्छन् झन्डै दस बर्ष कट्यो होला ।
उनी हिसाब ठ्याक्कै लगाउन भुल्छन् र मैले बिहे गरेकै बर्ष देखि गाडिमा काम गरेको , झण्डै १५/१६ बर्ष भयो काम गरेको,  चलाको चै त्यस्तै भयो होला ।
उनी बोल्छन् ।
" थुप्रै भएछ नि दाइ गाडी चलाउन थाल्नु भएको " म सोध्छु ।
" अँ भाइ खलासीबाट काम सुरु गरेको थिए । " ड्राइभर बोल्छन्
" सुरुसुरुमा त खुब गारो भयो होला है दाइ ? " म फेरि सोध्छु
" किन भाइ ? ड्राइभर हुने बिचार छ कि क्या हो ? गाह्रो र सजिलो सोध्न थालेउ त " ड्राईभर हाँस्दै बोल्छ्न् ।ड्राईभरको आवाजकै गतिमा गाडी कुदिरहन्छ । उनको आवाज बुझ्न गाह्रो हुन्छ , फेरि सोध्छु म। 
फेरि पछाडि बाट महिलाको आवाज आउँछ , ओ भाइ ड्राइभरलाई नभुल्याउ त फेरि पनि गाडी झन्डै ठोकिएन् ' 
' दुर्घटना भयो भने त , म पनि पर्छु त भुल्याउनु हुन्न , भन्ने फेरि लाग्छ '
ड्राइभर आफै फेरि बोल्छन् " भाइ खान त हात , मुख सम्म ल्याउनु पर्छ , काम त काम भईहाल्यो नि सजिलो त काँहा हुन्छ र ? "
उनको कुरामा सहमति जनाँउछु र उनी फेरि बोल्छन् "म खलासी हुँदा ड्राइभरले बोलेको , गाली गरेको शब्द सुन्दा त , म कुटेर हिड्नु जस्तो भएको थियो तर न पढ्न मन थियो त्यतिखेर , न त बिदेश जाने पैसा , जिन्दगीले सबैलाई एउटा एउटा ठाँउमा अल्झाईदिन्छ भाइ " उनी बोल्छन् ।
उनले त्यसो भनिरहँदा  'जिन्दगी भन्ने कुरोनै अल्झिने बाटो मात्र हो , फरक त अल्झिने तरिका मात्रै हो " दिमागले सोचिरहन्छ ।
" भाग्या नि चाँहिदो रछ भाइ मलाई चै साथ दिएन " साथ छाडेको कुरा पनि उनले हाँस्दै सुनाए ।
मैले आफ्नो भाग्यसँग उनको भाग्य तुलना गरे अनि लाग्यो संसारमा हरेक मान्छेको  ईच्छा र चाहनामा भाग्यले माझी औलो त एकपटक देखाउँछ देखाँउछ ।
दिमाग अझै दौडिरहन्छ - सोचाईको म्याराथनमा ।
' खलासी हुन र  ड्राइभर पेसा बनाउने चाहना त कसलाई पो हुँदो हो ,  यदि त्यस्तो चाहना भएको भए लोकसेवाको फारम भर्ने लाईन भन्दा ड्राइभर बन्ने लाईन कति लामो हुँदो हो । ' एकोहोरो सोचिरहन्छु ।
" भाइ  चुपचाप लाग्यौ त " ड्राइभर दाइ बोल्छन् । म झसङ्ग हुन्छु । ओर्लिने बेला पनि आउन लागेछ !
उनी आफुलाई अभागी संम्झिन्थे , अभागी , किनकि, उनले जिन्दगीमा धेरै  दुख भोग्नु परेको थियो । कस्तो दुख उनले बताएनन् । उनी भन्छन् " आफ्नो ब्यक्तिगत दुख अरुलाई सुनाउनु हुन्न रे " । उनले ठिकै भनेका हुन् ।
उनले बोलेको केही शब्दहरू  दिमागमा घुमिरह्यो । जिन्दगीमा पढेर भन्दा पनि  परेर परिपक्क भएका ड्राइभर दाईका कुरा , किताब पढेर सिकेका कुरा भन्दा दमदार र वजनदार थिए । म गाडिबाट उत्रे र ब्याग बोकेर लखर लखर हिड्न थाले । ड्राइभर मतिर पुलुक्क हेरे र अघि  बढे । ड्राइभरका लागि म एउटा यात्रु थिए , तर मेरा लागि उ एउटा गुरु थिए जसले केहि वास्तविक जिन्दगीका ज्ञान दिएका थिए।