प्रेमको परिक्षा ((कथा ))
आजकाल प्रेमिहरु अनेक परिक्षा लिईदिन्छन् । प्रेमिकाहरुले माया गर्छन्
कि गर्दैनन् भनेर - अझ प्रेमिकाहरुपनि परिक्षा लिने मामोलामा कम चै
हुदैनन् । आजकाल मात्रै पनि के भन्नू ? भगवान शिवले पनि विभिन्न रुप धारण
गरि , प्रेमको परिक्षा लिएकै हुन क्यारे । शिबजिको पालामा भन्दा अहिले
परिक्षाको शैली मात्र फेरिएको छ । आजकाल फेसबुकमा पासवोर्ड साटासाट गर्ने
देखि फेसबुक अकाउन्ट आफ्नो नियन्त्रण गर्दै प्रेमीहरु मायाको
जाँच लिईराखेकै हुन्छन् - फेसबुके फेसन भनेको यहि हो कि ?
युनिभर्सिटीको जाँच भन्दा कठिन प्रेमको जाँच , जहाँ अलिकति मात्रै पनि
दायाँबायाँ , अघिपछि भयो भने सम्बन्ध चैट हुन्छ , कहिल्यै मौका परिक्षामा
भाग लिन नपाउने गरि ।

*********************
उ मेरो साथी मात्रै थिई या अरुनै कोहि थिई अझै मनले ठम्याउन सकेको थिईन ।
हरेक दिन फेसबुकमा बोल्ने बानिले मन र मस्तिष्क दुबै आफ्नो नियन्त्रण
भन्दा बाहिर पुगेको भान , मलाई भएको थियो।
मलाई उ कृण्णसँग बोलेको फिटिक्कै मन पर्दैन् । म चाहन्छु कि उ मसँगै
मात्र बोलोस , म सँग मात्र मिठाई जस्ता कुरा गरोस् । अँ साच्ची कुरा नि
मिठाई जस्तो हुन्छ र ? धत् बक्वास प्रश्न आफैलाई गाली गर्छु ।
" कृण्णले दुई दिन भयो न फोन
उठाउछ न फेसबुकमा अन छ ? कस्तो चिन्ता लागेको छ " भनेर फेसबुकमा उसले
रिप्लाई गर्दा मन चसक्क गरि बिझ्यो । उसले जानीजानी चिड्याउदै थिई या के
गर्न खोजेकी हो तर एक्कासी रिस उठ्यो - मेरो रिस के का लागि ? थाहा छैन ।
" कृण्ण , गोपिनी ले'र टाप कस्यो होला , तिमी चै कृण्ण कृण्ण भन्दै बस "
उसको निराशामा खिन्न मन पार्दै रिप्लाई गर्छु ।
" तिम्लाई केही कुरो थाहा छैन , त्यही भएर त्यस्तो नबोल " उसले अलि
रिसालु शैलीमा रिप्लाई गरि ।
" यस्तो कुरो थाहा पाईराख्नु पर्दैन , आफै बुझ्नुपर्ने हुन्छ " म संकालू
संदेश पठाउछु ।
फेरि भग्वानलाई धन्यवाद दिदै भनी " बल्ल उ अनलाइन आयो म खुसी भए " ।
खै किन हो ? उसले खुसीले भरिएको मेसेज रिप्लाई गर्दा , म दुखी भए ।
प्रेमको नियम प्रेममा लागू हुन्छ । उ खुसी हुँदा , म दुखी हुनु नियम
बिपरित भयो ? - प्रेमी भईनसकेको भएर यस्तो भएको हो कि ? प्रश्न गर्छु
आफैलाई ।
" कवाफमा हड्डी के बन्नु ल म गए वाई तिम्रै कृण्ण सँग बोलेर बस "
उ कृण्णसँग बोलोस भन्दा पनि , म उसको सम्बन्धको बारेमा जान्न खोज्छु र
अझ उसलाई चिड्याउछु ।
" के बुझेउ तिमिले ? उ मेरो आन्टिको छोरा हो " उसले फेरि रिसालु शैलीमा
रिप्लाई गरि । उसले यत्ति भन्दा मन बुत्रुक बुत्रुक नाचिरहेको थियो । मन
नाच्नुको कारण ? सायद म माया गर्थे कि । के यो जाँचमा उ पास भइ त ?
प्रश्न गर्दै आफै हाँस्छु ।
' मैले नि आन्टीकै छोरा संझेको " म हाँसेको ईमोजी लाउदै पठाउछु ।
" खुब दिमाग लाउछौ है " रिप्लाई गर्छे ।
" मुख लाउनलाई म तिमी जस्तो ब्यापारी हैन क्यारे " म फेरि उसलाई चिड्याउछु ।
' म तिमी सँग बोलेर संक्दिन पागल ' रिप्लाई गर्छे ।
मायाले पागल भनेकी हो कि मेरो कुराले पागल भनेकी हो ? पत्ता लगाउन जरुरी
ठानिन् । मायाले भनेकी हो भने त पागलै सहि हुन्छु होला है ?
' दिमाग चलाउनेहरु पागलनै हुन्छन् , तिमी मुख चलाउने चै के हौ नि ? मुखै
चलाएपनी तिमी पागल भन्दा कम चै छैनौ है ' हास्दा हास्दै आँसु झारेको
चारपाँच ओटा ईमोजी राखेर रिप्लाई गर्छु।
' मुख चलाउनेहरु बाठा हुन्छन् , दिमाग चलाउने तिमिजस्तै पागल हिहिही ' उ
मलाई जिस्क्याए झै गर्छे ।
उसको कुरामा न सहि थप्छु , न गलत भनेर प्रतिबादनै । म चुपचाप बस्छु
।चुपचाप बस्दा , रिसाएको अड्कल काटी कि ?
दस मिनेट पछि उ फेरि आफै बोल्छे "कति बिजि हौ के ? कि म पागल्निले भनेको
कुरा देखि रिसाको ? "
उसले कति बिजि भन्ने प्रश्न सोधेर जाँच लिए जस्तो लाग्दै थियो । उस्ले म
अरु केटिसँग बोलेको संका गर्दै छे कि ? यो प्रेमको जाँच कतिखेर हुन्छ
भन्ने कुरापनी आफै थाहा पाउनु पर्ने हगि ? थाहा भएन भने ? खै ।
" अक्सर पागलहरु कहिल्यै अरुसँग ब्यस्त हुदैनन् , अनि रिसाउदैनन् पनि "
फिल्मी स्टाईल मिलाउदै फेरि म बोल्छु ।
" होला खुब " उ रिप्लाई गर्छे ।
आफुले लामो मेसेज पठाउनु अनि अरुले छोटो पठाउदा कति मन दुख्छ है ?
आफैलाई प्रश्न सोध्दै फिस्स हाँछु ।
हरेक दिन फेसबुकमा बोल्नेहरुसँग पनि कति गाढा सम्बन्ध बसेको । हरेक कुरा
सुनाउने बानिले प्रेमिकानै उ जस्तो लाग्ने । यो बानी कति नराम्रो ? बानी
कि सोंच नराम्रो हो ? तर उसले कहिल्यै पराई जस्तो पनि त सोचिन , आफ्नै
सम्झेर बोलिरही निरन्तर । कारण यहि हुन सक्छ, आफ्नै ठान्छे कि ?
टोलाईरहन्छु म ।
उ फेरि रिप्लाई गर्छे " मलाई सारै टेन्स भा'को छ । "
शब्द छोटो बनाएर बिगारेको फिटिक्कै मन पर्दैन थियो । तनावमा भएको
मान्छेलाई शब्द सच्याउ भन्ने आँट गरिन ।
के भयो ? प्रश्न गर्छु ।
" मेरो बिहे गर्दिने रे ? आज केटा हेर्न आउँछ रे " रिप्लाई गरि ।
भित्र भित्रै बनाएको उसँगको भबिस्य , अचानक बर्तमानमै तहसनहस भयो -
एक्कै छिनमा भुकम्पले लडाएको घरहरू जस्तै । म चुपचाप बस्छु । मोबाइलको
स्क्रिन फेरि कोट्याउदै रिफ्रेस गर्छु ।
" मलाई त्यो केटा मननै पर्दैन् , कस्तो पागल जस्तो लाग्छ " मेसेज पठाउन
भ्याईसकेकि रहिछे ।
रिस कि चाँहा भरिएको थियो म मा पत्तो पाईन । तर उसको मनभित्रको कुरा थाहा
पाउने शैलिले रिप्लाई गर्छु " म भन्दा पनि पागल हो " ?
" हजुर ! त कति राम्रो राम्रो नि त्यो त हेर्दै रिस उठ्छ " रिप्लाई गर्छे ।
फेसबुकमा सुरुको दिन उसले हजुर भनेकी थिई त्यस पछि तिमिनै भन्दा हुन्छ
भनेर म जान्ने पल्टेको थिए । त्यसपछि आज उसले हजुर भन्दा मुटुको धड्कन
जोडजोडले धड्कियो । किन यस्तो ? थाहा छैन ।
" त्यो मन पर्दैन भने म नै माग्न आँउ कि क्या हो " उत्ताउलो शैलीमा मेसेज
रिप्लाई गर्छु ।
पाल्न सक्नुहुन्छ ? प्रश्न गर्छे ।
तिमीबाट उ एक्कै छिनमा तपाई , हजुरमा आई । किन ? थाहा छैन ।
" अरे , महिलाहरु तगड्डा भईसके त, बुढोलाईनै पाल्ने आँट गर्छन् आजकाल ।
तिमी चै यस्तो " रिप्लाई गर्छु ।
" म चै सक्दिन । पालिनेनै ठाँउमा जाने हो म त " रिप्लाई गर्छे ।
दिमागमा शब्दहरु छचल्किन्छ्न तर फेसबुकमा पोखिने आँट गर्दैनन् ।
फेरि उ रिप्लाई गर्छे " अब तयार हुने बेला भयो । म गए । मलाई त्यो मननै
पर्दैन , खुसी पनि हुन्न होला के गरु ? " ।
उसको लागि एउटा सल्लाह दिने आँट आएन । सल्ला भन्दा पनि हल्ला गरेर भन्न
मन थियो ' म खुसी पार्छु भनेर ' पहिले पनि भनेकै हो माया गर्छु भनेर ।
उसैले ' भाग्यको खेल के हुन्छ हुन्छ , पछि ' भन्दै मलाई टारेकी थिई । म
पनि भाग्यकै आशमा बसेको थिए - छोरो परदेश बाट फर्किने आश गरेकी बुढी आमा
जस्तै ।
मन परेका मान्छेहरु अरुसँग बोल्दै त रिस उठ्छ अझ अरुकै हुँदा के हुन्छ
होला ? फेसबुक सुनसान छ तर दिमाग उम्लिरहेको छ , पृथ्वीको गर्भबाट निस्कन
खोज्ने लाभाहरु जस्तै । उ गईसकेको चार मिनेट देखाउँछ ।
******************************
नारायण गोपालको गित ल्यापटपमा घन्किरहन्छ मन पनि गितसँगै बगिरहन्छ ।
फेसबुक खोल्न फिटिक्कै मन लाग्दैन । त्यही पनि चंचल मन मान्दैन , फेसबुक
खोल्न पुग्छु । मेसेज बक्स टिलिक्कै टल्केको छ पहेँलो सुन जस्तै।
" finally आई गट engage " फोटो राखेर मेसेज पठाएकी रछे ।
म छक्क पर्दै नियालिरहे , गित बज्दै थियो " पर्खी बसे आँउला भनी ....."
गितका शब्द र आफ्नो घटना मिल्दा ती गितले मुटुमै हाने जस्तो लाग्छ , त्यस्तै भयो ।
म स्याड भएको ईमोजी सेन्ड गर्छु र चुपचाप बस्छु किनभने मैले बुझेको छु
चुपचाप बस्नु संसारको सबै भन्दा ठूलो साहस हो । यसरी उसका हरेक
प्रश्नहरुको उत्तर दिदादिदै आफै थाके । मलाई प्रेमको परिक्षामा पास हुने
आशा मरेर आयो । त्यसपछि प्रश्नको उत्तर फर्काउन जरुरी ठाँनिन् ।
सतिदेबि नभएका शिबजी , यो जमना भएका भए कसरी छट्पटीदा हुन् ? प्रश्न गर्छु ।
सायद उनी भट्टी तिर छिरेर लठ्ठ हुँदा हुन है ?
अनि म पनि आफैलाई सतिदेबी नभएको शिबजी जस्तै ठान्छु र भट्टी तिर लाग्छु ।
भट्टिमा , अर्को मान्छे आफ्नो प्रेमको कहाँनी सुनाउँछन् - लठ्ठ हुदै ।
उसको कुरा सुनेर म उसैको कथा सुटुक्क लेखिदिन्छु अनि म तपाई जस्ता
पाठकलाई झुक्याउन खोज्छु आफ्नै कथा जस्तो बनाएर । झुक्याएर मैले गल्ती
गरे ? गरे जस्तो लाग्छ भने मैले अब माफि त माग्नुनैपर्छ हगि ?
*****(The End ) *****
http://www.onlinekhabar.com/2017/06/599252/
कथा: नर्स
http://www.onlinekhabar.com/2017/07/608596/(c) : नितिन आचार्य