टल्क टाईम
***********
" मोबाइल फोनले रातारात मान्छेहरुलाई बिगार्यो । सप्रीनेहरु चिल्लो पात भएर उभो लागेकै छन् । एस एल सि दिई सकेपछि बल्ल मेरो हातमा मोबाइल फोन परेको थियो । पँहेलो बल्ने , लोडसेडिङ हुँदा बत्ती बाल्न सकिने , खट्याक / खट्याक पारेर थिच्नुपर्ने । त्यतिखेरको खास बिशेषता रिङ ब्याक टोन राख्नै पर्ने , गित सुन्न सुरुको चोटि फोन नउठाउ भनेर अनुरोध गर्नै पर्ने । यस्तै बाध्यताको क्रमबाट सुरुभएको मोबाइलको यात्रा आज टच स्कृन सम्म आईपुगेको छ ।
फोन गर्न मात्र मिल्ने मोबाइलको यात्रा अहिले सामाजिक संजाल देखि थुप्रै अरुकुरा चलाउन सकिने भएको छ । जतासुकै जो पनि मुन्टो अलिकति झुकाएर , मुसुक्क हाँसेर मोबाइलको स्क्रिनमा औलालाइ कसरत गराई राखेकै भेटिन्छन् । नपत्याए आफैलाई हेर्नुस् न । मोबाइलले संसार औलामा नाच्ने त बनायो तर सम्बन्ध भने बालुवाको घर जस्तै बनायो ।
****
दुरसंचार कम्पनिले टल्क टाईम अफर दिन्छ भने त्यसको उपयोग गर्नु हरेक ग्राहकको धर्म बन्न जान्छ । मैले पनि त्यसको प्रयोग गरे । के बिराए र ?
दुरसंचार कम्पनिले टल्क टाईम अफर दिन्छ भने त्यसको उपयोग गर्नु हरेक ग्राहकको धर्म बन्न जान्छ । मैले पनि त्यसको प्रयोग गरे । के बिराए र ?
अफर प्राय हरेक दिन खेर जान्थ्यो । अफरको प्रयोग घरमा बुबा आमालाई र साथिभाईहरुलाई फोन गर्नु भन्दा अन्य कुनै काममा प्रयोग भएन् । फिरिमा पाएको अफरको पनि खुब माया लागेर आयो । युवा मन र उत्ताउलो पन भरिएको म'मा कोहि युवतिलाई फोन गरेर अफरको सदुपयोग गर्ने रहर पलायो ।
कोहि केटिको नम्बर छैन् ? साथीसँग माँगे ।
फेसबुकमा को'को युवतिहरुसँग बोलिरहने भएर उसँग नम्बरको अभाव कहिल्यै पर्दैन थियो । ड्रग एडिक्ट भए जस्तै उ फेसबुक एडिक्ट थियो । फेसबुकमा उसका दुईचार जना त गर्लफ्रेन्डनै थिए । गर्लफ्रेन्ड बनाउन नसकेको तर उसले बहिनी बनाउन बाध्य भएको एक युवतिको नम्बर मलाई थमाईदियो ।
नम्बर पाएपछि म फुरुङ्ग परे र फोन गर्न तम्सिए ।
" हेलो ! को बोल्नु भ'को ? " उसले सोधि।
सुरिलो , लगभग कोईलिको जस्तो मधुर आवाज थियो । उसको आवाज सुनेर मस्तिष्क उसको रुपको चित्र कोर्न ब्यस्त भयो ।
" तिमी को बोलेको " म प्रतिप्रश्न गर्छु ।
" तिमी प्रतीक बोलेको हो ? " उ फेरि सोध्छे ।
दिमाग कोर्दै गरेको चित्र बन्द गर्छ र के जवाफ दिने भनेर सोच्न थाल्छ ।
को होला प्रतीक ? उसको ब्वाईफ्रेन्ड ? कि मिल्ने साथी ? कि उसलाई आवाज बदलेर फोनमा जिस्क्याईरहने छुच्चो केटा ?
" अँ प्रतीक बोलेको , के गर्दै छौ ?" उत्तर फर्काउछु ।
म उसले सोचेको प्रतीक थिईन तर उसको प्रश्न भित्र लुकेको जवाफको काल्पनिक प्रतीक थिए ।
" बाँदर ! माया लाग्दैन है मेरो ? यत्रो दिन कहाँ ग'को थियौ ? मैले कति फोन हाँने थाहा छ ? " उ सास नरोकी बोली , म सास फेर्दै सुनिरहे ।
को होला प्रतीक ? म प्रतीक होईन भन्ने थाहा पाई भने बोल्दिन पनि होला है ? अनि मेरो टल्क टाईम ?
" माया नलाग्ने भए फोन गर्थे त " म अन्जान केटिसँग नजिकिन खोजे ।
"अनि आज कलेज छैन् ? अनि एक्लै हो घरमा ? के गर्दै ? ड्याड ,मअ्म हुनुहुन्न हो ?"
उ यसरी प्रश्न सोध्दै थिई कि मानौ बर्सौ पछि हराएको छोरो आमाले आज भेटेकी छिन् ।
उसले सोध्ने हरेक प्रश्नमा प्रतीकको बारेमा जानकारी लुकेको हुन्थ्यो , जसले मलाई झन नजिकिन सहयोग गरेको थियो ।
यदि प्रतीकसँग सधै फोनमा कुरा गर्थी भने आवाज पत्ता लगाउन गाह्रो नहुनु पर्ने तर किन उसले ठम्याउन सकिन ?
त्रेतायुगमा त अहिल्याले आफ्नो पतिको भेषमा आएका ईन्द्रलाई ठम्याउन सकिनन् , झन उसले त के सक्थी र यो कलियुगमा ? उसलाई कलियुगको अहिल्या र आफुलाई ईन्द्र , म ठान्छु ।
डर अझै मनमा थियो । साच्चिकैको प्रतिकले फोन गरेर केही भन्यो भने ? फेरि उ फुत्कीन्छे त है ? म छट्टु बन्न खोज्छु ।
डर अझै मनमा थियो । साच्चिकैको प्रतिकले फोन गरेर केही भन्यो भने ? फेरि उ फुत्कीन्छे त है ? म छट्टु बन्न खोज्छु ।
आफ्नो फेसबुक आई डि बिग्रेको बहाना पार्दै त्यसमा ब्लक गर्न उसलाई लगाउछु । आफ्नो फेसबुक आई डि मतलब वास्तविक प्रतिकको आई डि । "त्यो पहिलिको नम्बर पनि ड्याडिले बोक्नु हुन्छ त्यसमा कल नगर , आयो भने पनि नउठाउ-ब्ल्याक लिस्टमा राख्दिदा झन राम्रो " नक्कली प्रतीक बन्दै म उसलाई उकास्छु ।
साक्चिकैको प्रतिकलाई केही नभनी गर्लफ्रेन्डले ब्लक गर्दिदा कस्तो हुँदो हो ? अझ जति फोन गरे पनि नउठाउदा वा फोननै नलाग्दा झन कति रिस उठ्दो हो । ठ्याक्कै त्यस्तै रिस गौतम ऋषिलाई आफ्नो पत्नी ईन्द्रसँग देख्दा उठेको हुँदो होला है ?
म साच्चिकै ,अहिल्या र गौतम ऋषि बिचको सम्बन्धमा खोट ल्याउने ईन्द्र जस्तै भए । प्रतिकले म कलियुगको ईन्द्र भन्ने थाहा पायो भने मेरो हालत के ईन्द्रको जस्तै हुन्छ ? अनि उसको हालत नि ?
उसले ब्लक गरेको कुरा र नम्बर ब्ल्याक लिस्टमा राखेको कुरा कस्सम खादै सुनाई । अरु कसैको प्रेमिका कुनै फकाउने , मनाउने कष्ट बिना आफ्नै भई । म दङ्ग पर्छु - ईन्द्र पनि यसरिनै दङ्ग परेका हुँदा होलान् ।
उसले ब्लक गरेको कुरा र नम्बर ब्ल्याक लिस्टमा राखेको कुरा कस्सम खादै सुनाई । अरु कसैको प्रेमिका कुनै फकाउने , मनाउने कष्ट बिना आफ्नै भई । म दङ्ग पर्छु - ईन्द्र पनि यसरिनै दङ्ग परेका हुँदा होलान् ।
योजना सफल बनाउन जसरी ईन्द्रले गौतम ऋषिको रुप धारण गरे त्यसरिनै
म बिर्सेको नाटक पार्दै , उसको फेसबुक आई डि र पासवोर्ड माग्छु । प्रेमिहरुले प्रेममा बिश्वास नलागेर त यति धेरै निगरानी गर्नु पर्दो होला है-पासवोर्ड लिई दिई ?
म बिर्सेको नाटक पार्दै , उसको फेसबुक आई डि र पासवोर्ड माग्छु । प्रेमिहरुले प्रेममा बिश्वास नलागेर त यति धेरै निगरानी गर्नु पर्दो होला है-पासवोर्ड लिई दिई ?
उसले आई डि/ पासवोर्ड थपक्क दिई-अहिल्याले आफ्नो जवानी ईन्द्रलाई दिए जस्तै । उसको फेसबुक खोलेर हेरे मलाई उसको नाम सुद्ध थाहा थिएन् । फेसबुक नाम अस्मि रैछ - वास्तविक नाम सायद अस्मिता होला । रिक्वेस्ट कति धेरै आ'को , मेसेज पनि त्यस्तै , कति धेरै केटाहरूले प्रेमको प्रस्ताव राख्न सकेका - उत्ताउला बोकाहरु ।
फोटो हेरे , मुसुक्क हाँसेको मुहार , झन क्यान्डी क्यामेराको ईफेक्टले फोटो साच्चिकै कमालको बनाईदे'को रछ । म फिल्म बनाउदो हुँ त हिरोईन उसैलाई बनाईदिन्थे होला-म भित्रभित्रै उम्लिए ।
प्रतिकलाई भनेजस्तो गरि ब्लक गरेकी रैछ । मेसेज हेरे , कति गहिरा प्रेमका भावना पोखिएका । एक अर्काबिना मर्ने बाच्ने कसम , बिबाह गर्ने योजना देखि छोराछोरी जन्माउने योजना सम्म बुनिसकेका रहेछ्न् ।
अझ बस्त्रबिहिन तस्बिर समेत साटासाट रहेछन् संगसंगै लुकेर गर्ने गोप्य गफ पनि धेरै रहेछन् ।
दिमाग तस्बिर हेर्दै अनेक कुरा सोच्न भ्याउछ ।
म बबुरोलाई त पापनै लाग्छ होला है ? के तिनिहरुलाई पाप लागेन जसले संसारका अमर प्रेमको हत्या गरे ? अनि अरुको श्रीमती सँग छलकपट गर्ने ईन्द्रलाई नि ? म अरुसँग तुलना गर्दै आफैलाई संझाउछु ।
****
"म तिम्रो प्रतीक होईन " भनेर भनु कि नभनु ? म दोधारमा पर्छु । उसले आफै थाहा पाई भने त टन्ठै साफ । प्रतिकले अर्को नम्बर बाट फोन गर्ला कि नगर्ला ? ।
म उसलाई फोन गर्छु । उसँग प्रतिकको भेषमा माया पिरतिका कुरा देखि लिएर अरु भित्री गोप्य कुरा समेत गर्छु । त्यस्ता कुरा गर्दा अलि उ सर्माउथी तर बोल्न भने बाँकी केही रहेनन् जसरी ईन्द्रले अहिल्यालाई बाँकी राखेनन् । यस्तै क्रम चलिरह्यो - करिब एक हप्ता ।
उसले भेट्ने कुरा गरि । मेरो मुटु जोडजोडले धड्कियो । वास्तविक फेसबुके प्रेमी प्रतिकसँग भेटेकी छ कि छैन होला ? आफैलाई प्रश्न गर्छु । भेटेकी छैन भने त भेटघाट गर्नै पर्छ अनि फेसबुकमा फोटो हेरेको भरमा म प्रतीक जस्तो छुईन भन्ने पत्ता लगाई भने ? फेरि फुत्किन्छे त है ? म प्रतीक जस्तो कसरी हुन सक्छु र ? तर उसले सोचेको , माया गरेको प्रतीक त म'नै त हुँ नि , नक्कली भएपनी ।
पहिले उ नफुत्क्योस जस्तो लाग्थ्यो तर भरखरै बिबाह गरेको जोडि अलग भए जस्तो फोन गरेर वाक्क दिक्क लगाएपछि म आफैलाई उम्केर भागौ जस्तो भयो । फगत फोन गरेछु, आत्मग्लानी भयो ।
उसले भेट्ने कुरा गर्दा म बहाना बनाईरहन्थे , कुरा फेरिरहन्थे तर उसको करपछि म भेट्न जान तयार भए ।
मनमा डर भरियो , भरिएको डर घोप्ट्याउन मन थियो तर घोप्ट्याउने ठाउँ कतै पाईन् वा जानिन ।
भेट्न पिपल चौक बोलाई , मन दरो बनाउदै , आफुलाई ईन्द्र ठान्दै ,कलियुगकी अहिल्यासँग भेट्ने सुर कसेर अधि बढे ।
उसँग झ्याप्पै , मुसुक्क मुस्कुराउदै भेट्ने आँट आएन , त्यहिभएर म एउटा भरखरै बन्दै गरेको घरको पिल्लरमा छलिए ।
आँट भन्दापनी डर लागिरहेको थियो । डर लाग्नुको एउटै कारण मैले गल्ती गरेको थिए । म मात्र घरको कुनामा छु । मेरोे ध्यान , मेरो आँखा जति जम्मै त्यहि पिपलको फेदमा डुलिरहेको छ ।
ठिटाहरु चुरोट तानिरहेका छन् । कलेज पढ्ने एक प्रेमिल जोडि एउटै कपमा पानीपुरीको पानी थपी थपी खादैछन् - जुठो खादा माया बढ्छ भनेर होला । मोबाइल चलाउदै एउटि केटी त्यही नजिकै उभिएको देख्छु ।
उसले मोबाईल कानमा पुर्याई ।
फोन उठाउछु , कहाँ आईपुगेउ ? प्रश्न गर्छे ।
" दस मिनेट जति लाग्छ " म झुट बोल्छु ।
म उसलाई नियालिरहन्छु । एक किशोर उ नजिकै आउँछ र ति दुईजना आपसमा कुरा गर्छन् ।
को होला उ ? ठम्याउन सकिन । कता कता देखेको जस्तो भान पर्छ , कतै आधुनिक गौतम ऋषि अर्थात प्रतीक त होईन ? हतार हतार केटाको अनुहार र फेसबुकको तस्बिर , उसको फेसबुक खोलेर मिलाउन खोज्छु तर उसको पहिलिको पासवोर्ड मिलेन भनेर बारबार देखाईरहन्छ । पासवोर्ड फेर्न भ्याईसकेकी रहिछे । यो कस्तो मायाजाल ? प्रश्न गर्छु ।
के प्रतिकलाई यो सबै कुरा थाहा छ ? कतै यो नियोजित चाल त होईन दुबै जनाको ? हिजै अनलाइन पत्रीकामा मैले ठगी गर्दै हिड्ने गिरोहको बारेमा पढेको थिए कतै त्यस्तै त होईनन् ? मनले झन ढ्याग्रो ठोक्यो ।
म दुबैजनालाई नियालिरहन्छु ।
केहिबेर पछि उक्त युवक नजिकैको होटलमा पस्छ , लाग्छ सराप दिन गौतम ऋषि पुर्ब तयार गर्दैछन् । होटलबाट उसले नजर त्यही पिपलको फेदमुनी डुलाईरहेको थियो । डर फेरि एकाएक बढ्यो बर्खामा नदिको बहाब बढे जसरी ।
देब लोकबाट आएको म निराश हुँदै गृह प्रस्थान गर्नुपर्ने बाध्यता आयो । गौतम ऋषिले महिहत्ते गरेर अहिल्या भेटेका थिए तर आजकाल पाईलै पिच्छे गौतम ऋषिले अहिल्या भेट्छ्न् र पाईलै पिच्छे अहिल्याहरु ईन्द्रलाई डाकिरहन्छन् ।
कलियुगमा अहिल्याले पथ्थर हुनु पर्दैन तर ईन्द्रले कुटाई खान सक्छ (कलियुगको सराप ) ।
कलियुगको खासियतनै यहि हो । त्यही कलियुगको कलिल्यै मीठो नहुने कुटाई खाईन्छ भनेर म त्यहा बाट फनक्कै फर्के ।
कलियुगको खासियतनै यहि हो । त्यही कलियुगको कलिल्यै मीठो नहुने कुटाई खाईन्छ भनेर म त्यहा बाट फनक्कै फर्के ।