नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, April 7, 2020

सकारात्मक सोचको बिकास

बन्द कोठाभित्र बसेर सन्सार चियाउनु छुट्टै छट्पटी हुन्छ । यस्तो(लक डाउन) समयमा मस्तिष्कलाई  स्वस्थ राख्न अझ चुनौती हुन्छ । यस्तो समयमा नकारात्मक कुरा मस्तिष्कमा धेरै आउने र रहने सम्भावना बढी हुन्छ । आउनुहोस् सकारात्मक सोच कसरी ल्याउन सकिन्छ भन्ने कुरा पढिहालम्  😋😋 


१. कारण थाहा पाउने:

 सबैभन्दा पहिले चिन्ताको कारण पत्ता
लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ ।

त्यसपछि सोचौं कि यो
समस्याको के समाधान हुन सक्छ।
समय,मानसिक अवरोध र
समस्याहरु कारण बनेर आएका
हुन्छ्न् बुझेर निवारण गर्नुपर्छ ।

२.ब्यस्त बस्नु : 

कुनै पनि काममा स्वयंलाई व्यस्त राख्नुहोस्
l जसले गर्दा तपाइको ध्यान काममा हुन्छ र
नकारात्मक सोचबाट पनि छुटकारा
पाइन्छ l

३. साथिभाईलाई सुनाउने

यदि तपाईँ कुनै पनि कुराले चिन्तित हुनु
हुन्छ भने सो कुरा साथीभाइसँग भन्ने
गर्नुहोस् l जसले गर्दा तपाइको मन हलुका
बनाई बिस्तारै नकारात्मक सोच हट्दै
जान्छ ।

४.नशा र कुलतबाट जोगिने

कुलतले ब्यक्तिलाई एकदिन तनाव
दिन्छ । तनावमुक्त हुने नाममा धेरै
व्यक्तिहरु रक्सी चुरोटको सहारा
लिन पुग्छ । तर, यसले उनीहरुलाई
उल्टो हानी गर्छ । नोक्सानी
गर्छ । डिप्रेसनमा भएका
व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै
टाढै बस्नुपर्छ । सेवन गर्न तत्कालै
छोडी दिनु पर्छ ।

५. योग र प्राणायाम गर्ने:

हामीले टेन्सन र डिप्रेसनबाट मुक्त
हुन चाहने हो भने दैनिक योग र
प्राणायाम गर्नुपर्छ । यस
योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन
कम हुन्छ र बुद्धि तेज हुन्छ ।
बिस्तारै चिन्ताबाट मुक्ती
मिल्छ ।

६.ध्यान गर्ने:

ध्यान नै चिन्ता हटाउने
सर्वतोमुखि विधि हो । जान्ने
ब्यक्तिबाट ध्यान सिकेर अभ्यास
गर्दा खुव फाइदा मिल्छ ।

७: हाँस्ने : 

हाँस्नु पनि तनाव कम गर्ने एउटा
महत्वपूर्ण अस्त्र हो । हाँस्नाले
हामीभित्र एन्डाफिर्न
हार्मोन्सको मात्रा बढ्छ र यसले
हामी रिल्याक्स महसुस गर्छौं ।
त्यसैले आफू पनि हाँस्नु र अरुलाई
नी हसाउने गर्नुपर्छ ।

८.सिर्जनात्मक कार्यमा
लागेर ब्यस्त हुने:

फुर्सदले ब्यक्ति बिग्रीन्छ । त्यसैले
ब्यस्त हुनु पर्छ । कार्य नै पूजा
आराधना हो भनेर लागि पर्नु
पर्छ। सिर्जनात्मक कार्यमा
लाग्ने गर्दा दिमाग कृयाशिल
हुन्छ। चिन्ता दुर हुन्छ ।

***** 
तपाईले
जीवनमा कस्ता कार्यहरु वा कुराहरुलाई
प्राथमिकता दिनु हुन्छ यहिबाट तपाइको
सोच निर्धारण हुन्छ । जो व्यक्ति जीवनमा
नराम्रा कार्यहरु गर्छ ती व्यक्तिहरुको सोच
नकारात्मक बन्दै जान्छ र फलस्वरुप ती
व्यक्तिहरुमा नकारात्मक संवेगहरुको विकास हुँदै
जान्छ । ती व्यक्तिहरुको जीवन झन
नकारात्मक कार्यहरुले भरिन्छन् । सधै जीवनलाई
खुसी र उमंगका साथ बिताउने व्यक्तिले
जीवनमा राम्रा कार्यहरु गर्दछन् र फलस्वरुप
जीवनमा सकारात्मक सोचको विकास हुन्छ ।
सकारात्मक सोचले जीवनमा सकारात्मक
कार्यहरु गर्न प्रेरणा गर्छ । यही सोचका कारण
सफलताका सिँढीहरु पनि ती व्यक्तिहरु चढ्दै
जान्छन ।


सुरक्षित भएर बस्नुहोस् । स्वस्थ रहनुहोस् । 😊😊😊