" उस्तै अपराधि प्रेम "
बेन्जुकान्छिले आत्महत्या गरेको रुख देखाउदै काईला काका भन्दै थिए
![]() |
| photo source : deviantart |
तपाईकी बेन्जु रे र किन आत्महत्या गरेकि हुन र ? " प्रश्न गरे
प्रश्न सुन्नसाथ काकाको अनुहार एकाएक कालो बादलले ढाकेको आकाश जस्तो भयो ।
••••
' भन्दिन ' भने र चुपचाप बसे ।
••••
गोठालो आँएका थियौ हामी । गफ नगरी समय कटाउन कष्ट भईरहेको थियो ।
••••
" काका रोमान्टिक गफ सुनाउ न त उसो भए " उत्ताउलो शैलीमा मैले भने ।
••••
काका न त आफ्नो दु:खद प्रेम काहानी सुनाउन तयार थिए न त रोमान्टिक नै ।
••••
काकाको गोप्य पासवोर्ड जस्तो कुरो खुस्काउन , सुरुमा आफ्नै पासवोर्ड भनेर सुरु गर्नुपर्यो जस्तो लाग्यो ।
••••
" काका आजकाल मेरो पनि लभ पर्या छ' नी सहरकी ठिटी सँग " मैले भने ।
••••
ओठ लोपारे काकाले म आफ्नो स्वोर ठूलो पार्दै फेरि " फेसबुकको जमना हो काका सब कुरा मोबाइल बाट हुन्छ अब केटि भेट्नै पर्छ भन्ने जमना गयो । कुरो नसक्किदै
•
" भनेपछी छोराछोरी ................ जन्माईदिन्छ " काकाले मोबाइल देखाउँदै पेलेर भने । म चुप्प लागे ।
••••
" हैट ! काका सुनाउने कि नसुनाउने " म जिद्दी गर्न लागे ।
••••
काका म भन्दा बढी जिद्दी गर्न थाले ।
••••
के भएर आत्महत्या गरिन उनले
? काकाबाट कुरो कसरी खुस्काउने ? र काकाको प्रेम काहानी जान्न मन बेचैन भो ठ्याक्कै उम्लिरहेको पानी जस्तो ।
*******************************
भोलिपल्ट , काकाको अनुहार मलिन थियो ।उहाँको प्रेम कहानी सोध्ने आँट आएन ।
काका के भयो र ? प्रश्न गरे ।
••••
" आजकै दिन थियो केटा जतिखेर उसले संसार छाडी " । काका बोले
••••
" किन के भ'को थियो र काका " सानो स्वोर गर्दै मैले भने । मलाई उनको प्रेम काँहानी जान्नु थियो ।
••••
ठूलो ढुङ्गामा बसेर , सानो आँखा पार्दै मधुरो स्वोरमा
" हाम्रो गाँउमा सहरबाट एक जना रमेस सर भनिने एक मास्टर आएको थियो ।त्यही माथिको स्कुलमा पढाउ थियो । "
••••
काकाले सर , त्यही माथी तँ भनेर सम्बोधन गर्दा केही त गडबड छ भन्ने सम्झे । काका सरासर बोल्दै थिए ।
••••
म र बेन्जु पनि सँगै स्कुल जान्थ्यौ। एकदिन त्यो राक्षस रुपि मास्टरले बेन्जुलाई जबर्जस्ति बलात्कार गरेछ , त्यही पीडा सहन नसकेर उसले आत्महत्या गरेकी थिई " ।।
••••
एकाएक काकाको कुरा सुनेर त्यो मास्टरप्रती घृणा जागेर आयो , जिउ तात्त्यो आगोको राप जस्तै ।
••••
काकाको आँखा रसिलो भैसकेको थियो । अझ थप्दै उनले
••••
" हामी एकअर्कालाई खुब माया गर्थौ ,तर त्यो घटना देखि उ मसँग टाढा भई , कहिल्यै नभेटिने गरि ।
त्यो जमनामा उसले त्यत्रो ठूलो पीडा काँहा सहन सक्थी र ? समाजको चोर औलो उठ्न र मुख धेरै चल्न थालिसकेको थियो । एक्कै स्वोरमा काका बोले । "
••••
काका तपाईलाई कती गाह्रो , कति कष्ट भयो होला है " सानो स्वोरमा मैले भने ।।
••••
" तिमीहरु जस्तो फेसबुके लभ थिएन केटा हाम्रो " काकाले मुख बिगार्दै गम्भीर स्वोरमा मलाई पेलेर भने ।
••••
"नहोस् पनि काका तिम्रो जस्तो आँसु त झर्दैन , तिम्लाई जस्तो पीडा त हुदैन " मैले भने ।
••••
"केटा मनबाट गरेको हरेक चिजको माया हुन्छ थाहा पाँउछस कुनै दिन " काका बोले ।।
••••
म चुपचाप टोलाईरहे

*********************************
केही समय पछि म काठमाडौ सहर छिरे
। फेसबुकको दुनियाँबाट चिनजान भएको थियो उसको र मेरो । हाकु कालेले लुटमा भनेजस्तो गिद्दवाला शहरमा म थिए । उनी पनि त्यही गिद्दवाला शहर , अझ भन्दा जो कोहिले सोझालाई देखे भने लुछिहाल्ने शहर । सिधा भाषामा भन्दा काठमाडौ सहर ( कस्सम हेर्दामात्र लाग्छ रहर )। यो खोक्रो शहर भित्रको एउटा सानो गल्ली भित्र , 'खरो' घरबेटी भएको घरको दोस्रो तलाको कुना पट्टिको कोठामा , ह्याक गरेर चलाएको वाई फाई बाट फेसबुककि एउटा सुन्दरीलाई ह्याक गरि सकेको थिए । सफट्वर चलाएर अर्काको वाईफाई ह्याक गर्नु जत्रो अपराध हुन्थ्यो त्यो भन्दा ठूलो अपराध मैले उनलाई ह्याक गर्नुमा थियो । एस्तो कर्म अपराध हो भनेर एउटा दिमागले सोच्थ्यो । अर्को दिमागले मलाई पाप गर्न उक्साईरहन्थ्यो । उनी फक्किदा लाग्थ्यो केटिहरु कति सजिल्यै फकिन्छन , कति छिट्टै बिस्वास गर्छन अरुलाई ।
********************************
फेसबुके , अर्थहिन माया , प्रेममा म फसिसकेको थिए कि उनी फसिसकेकी थिईन मेसो पाउन सकेको थिईन । बेन्जुकान्छीलाई आत्महत्या गर्न बाध्य बनाउने सहरिया मास्टर जस्तै , सहरिया सोच कठोरनै हुन्छ जस्तो लाग्थ्यो तर उनले मेरो धारणा , बिचारमानै परिवर्तन गरिदिईन । मीठो आवाजले उसको सम्झाउने शैली देखेरनै म घाएल भएको थिए । उनलाई मैले काकाको माया पिरतिको कुरा सुनाईसकेको थिए । सुनाउदा भावुक बनिसकेकी थिईन , उनको आँखामा प्रष्ट टिलपिल आँसु देख्न सकिन्थ्यो । त्यो मास्टर प्रती पनि उनको ठूलो आक्रोश थियो । भन्दैथिईन " त्यस्तालाई त फाँसिको सजाए ल्याउनु नि "
*******************************
शनिबारको दिन उसले आफ्नो घर बोलाई , घरमा कोहि नभएको कुरा सुनाई । कोहि नभएको घरमा जान डर लागिरहेको थियो। सप्राईज छ के भनेर जबर्जस्ति कर गरि र गए । उसको घर नजिकै पुगे , फोन गरे उठाई'न ।आँट गरेर घर भित्र छिरे ।।
••••
भित्र छिर्ने बित्तिकै भयानक दृश्य देखे त्यो जत्तिको ठूलो सप्राईज जिन्दगीमा देखेको थिईन । के गरौ र कसो गरौ भयो । ठूलो ढुङ्गाले टाउकोमा बजारेको जस्तो अनुभव भयो । कराए , चिच्याए मान्छेहरू भेला भए । अनुसन्धानको लागि प्रहरीले मलाई लग्यो । कहिल्यै प्रहरीको फन्दामा नपरेको म आज बेकसुर फन्दामा परिसकेको थिए ।
एकाएक काकाले भनेको कुरा संझे "मनबाट गरेको हरेक चिजको माया हुन्छ " । काकाको यो कुराले आजपनी दिमागमा घुमिरहन्छ ।
••••
आत्महत्या नभै हत्या भएको जानकारी पोस्टमार्टम बाट पत्ता लाग्यो । प्रहरीले अनुसन्धान तिब्र गतिले अघाडी बढाई रहेको थियो ।
••••
अनुसन्धानमा गर्दा उसले " living single at home " वाला फेसबुक स्टेटसले गर्दा उसलाई तीन जना युवक मिलेर बलात्कार गरि हत्या गरेको कुरा पत्ता लाग्यो ।। यो कुरा सुनेर झन झसङ्ग भए । " त्यस्तालाई त फासिको सजाए ल्याउनु नि " उनले भनेको संझे । मन मुटु सिसाको झ्यालमा ढुङ्गाले हाने जस्तो भयो ।
************
आज आफ्नो हालत देखेर काकाको हालत सम्झे । उनलाई सम्झे , बाठी भएर single at home भनेर status किन लेख्नु परेको होला । मनमनै मायाले लेप लगाएको गाली गरे । काकाले बोलेको , भोगेको उनको जीवन ब्यथा दिमागमा पंखा जसरी घुमिरयो । जमना फेरियो तर हिंसा र अत्याचार अझै बढिरहेको छ , मान्छेको सोच जस्ताको त्यस्तै पुस्तौ पुस्तादेखि जस्ताको त्यस्तै भएको अनुभव गरे । हप्प गर्मी भयो । हल्लाखल्ला मच्चिएको जस्तो अनुभव भयो । भाईले दाइ कलेज जानेबेला भयो उठ !! भन्दा पो झसङ्ग भए ।
You can join with us.
ON facebook
ON youtube

कथा सन्देशमुलक छ । तर कथानक आवश्य्क्ता भन्दा बढी स्पीडमा दौडिएको भान हुन्छ। प्रयास राम्रो छ ।
ReplyDeleteयसैलाई सुधार गर्दै जानू।
Thank you so much dai for your valuable feedback.
Delete