नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, December 22, 2017

|| युवा हराएको सूचना || कथा ||

 " । युवा हराएको सुचना  !!   नाम:  नितिन आचार्य   , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे ।  देशले सम्जिदोरहेछ भन्ने लागो   
साच्चि हराएको सुचना कसले दियो ? "


                                                 **********************
बेरोजगारीहरुको लाईनमा उभिएको अर्को बेरोजगारी । रोजगार मात्र थिएन , रोजगार नभएसी अरु कुरा पनि नहुँदो रहेछ ।

 " बिदेश जाने हो पैसा कमाउने हो , पैसा छ सबथोक छ "  डाईलग दुई महिना अघि बेदेश तिर  हानिएको साथिले हानेको थियो । 

जे गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ भन्ने आदर्श अझै  जिबित नै थियो ।  लोकसेवामा नाम र थर निकाल्ने आश जस्तै । 

लोकसेवा दिएको तीन पल्टमा चै केही हुन्छ कि भन्ने झिनो आश बाँकिनै थियो । तीन चोटिको तालमा निसाना पक्कै लाग्छ भन्ने कुरा लक्कुढाल खेलेर सिकेको ज्ञान अझै ताजै छ । संगै पढेका अलिअली दाम हुनेहरू अष्ट्रेलिया तिर हानिए , सोर्स हुनेहरु केहि आई एन जि ओ तिर छिरे । न सोर्स र न दाम हुनेहरू, मजस्तै लोकसेवा लोकसेवा भन्दै फुक्ने उमेरमा  सुकिरहेका छन् । 
लाग्छ , नाम ननिस्केर भन्दा पनि हामी तनावले ख्याउटे भएका हौ । त्यही तनाब  पोख्न ख्याउटे समुहनै बनाएका  थियौ फेसबुकमा । धेरैजनाको पीडा एउटै भएसी मनले चित्त बुझाउदो रछ । अनि लाग्छ जिन्दगी भनेको यहि मनलाई खुसी पार्नु  हो । चित्त बुझाउन अर्का  योगि बिकाशानन्दले  सहयोग गरेका छन् नत्र उहिल्यै बिहानिको किरण सँगै अखाबरमा खबर छापिएको हुन्थ्यो ।


                                                             **********************

लक्कुढालमा तिनपटक लगाएर  ढुङ्गा ढाल्न सफल भए जसरी नाम निकाल्न सफल भैयो । तर अन्तर्वार्तामा चिप्लियो । 

अन्तर्वार्ता नभई भाग्य चिप्लिएको भान भयो । भाग्य चिप्लिदा अक्सर मन थतारिदो रहेछ । मन थतारिदा पनि हाँस्न मन लागिरहेछ  । बिकाशानन्दकै भुत चढेको हुनुपर्छ । देशमै केहि गर्ने भनेर  सँगै पढेका हामी तिनै जना राष्ट्रभक्तीहरुको  भाग्य चिप्लियो ।

' अब के गर्ने यार ? ' बाले बोल्यो । 

" चट्ट लगाएर बिहे गर्ने लोकसेवामा नाम निकालेर कर्मचारी हुनु भन्दा , गृह मन्त्रीको पति भएर बस्ने हो "तनाबमा मजाक शैलिमा सुदिपले उत्तर फ्याँक्यो ।

" अनि सुदिप सरकार ! सरकार चै कसरी चलाईन्छ त ? बा'आमा बाटै कर असुली गर्ने भएउ क्या हो " संझाउने शैलिमा एक वाणी पेल्छु ।

" राजा ! कर्कट राशि हो मेरो, गृहमन्त्री आएसि भाग्य चम्किन्छ रे ज्योतिषीले भन्या " ज्योतिषीमा बढिनै बिश्वास गर्ने सुदिप  बोल्यो ।

"  लोकसेवामा नि नाम थर दुईटै निस्केछ नि सरकारको उसो भए ? उ भित्तामा टास्याँ  छ हेर त सुदिप पाण्डे " हा ! हा ! हा ! बाले जिस्किन खोज्यो ।

रत्नपार्कमा उसले हात हेराएको रहेछ । सरकारी जागिरको योग रहेको बताउदै ज्योतिषीले ढाडस दिएको कुरा सुदिपले लिखितमा नाम निस्किएपछी भनेको थियो ।

बालेको जवाफ पछि सुदिप चुपचाप बस्यो । चुपचाप हामी पनि भयौ । अन्तर्वार्तामा चिप्लिएसि चुपचाप नहुनुको बिकल्प पनि थिएन ।

-के गर्ने त अब ? सुदिपले मुख फोर्यो ।

-अब प्राईभेट जिन्दावाद ! बाले बोल्यो । 

- अनि म ? थाहा छैन् । भित्र भित्रै बरबराउछु ।

" रात पर्यो अब छुट्टिउ होला " म बोले ।

के गर्ने भनेर निष्कर्ष कहिले निकाल्ने ? बाले बोल्यो ।

अब भोलि यहि भेटौ । सुदिपले निष्कर्श निकाल्यो  । एक्कै स्वरमा हुन्छ निस्कियो ।  हाम्रो त गोजि टकटक्याउदा धुलो मात्र निस्किन्छ , पैसा त परको कुरा ।

 बाले तिमि देउ है । उसले नांई नभनी दियो । " यस्ता साथी कहाँ पाउनु " म उसलाई फुर्क्याउछु । त्यही भन्या सुदिप हाँस्यो , बाले मुस्कुरायो र हामी त्यहाबाट छुट्टिउ । 
                                                     
                                                               **********************

बाटोमा हीड्दा नानाथरि कुराले तनाब भईर'यो । कोठामा पुगे तर मन अन्तै कतै छ । केही गर्ने चाहना , केही बन्ने चाहानामा मन घुमेको छ । यो चाहाना मेरो मात्र होईन । बा आमाको पनि हो , छिमेकिको पनि हो अनि समाजको पनि । 

रातभर निन्द्रा परेन । दिमागमा बिचारहरुको ओहिरो लागिरहेको  थियो । कुन्नी घान कसले हाल्दै थियो । बिचारहरुको ओहिरोले म गलिसकेको थिए । म मात्र होईन मेरो नसाहरुपनी थकित थिए । ती थकित नसाबाट राष्ट्रभक्ती कतिखेर उत्रिएछ पत्तो पाईन ।

" दाइ दिल्लिमा काम पाईन्छ कि पाईदैन " केही बर्ष अघि दिल्ली छिरेका दाईलाई फोन गर्छु ।

" आउने बिचार गरिस् कसो ? आईज न काम नपाईने कुरै छैन नि । एक बर्ष जतिकाम गरेर राम्रै देश जानुपर्छ " ।
 हप्ता भित्रनै आईपुग्ने बाचा गर्दै फोन काटे ।

दाईको कुरा सुनेर ठूलो आनन्द आयो । हराएको निन्द्रा फेरि फर्किएर आयो । तनावमा साथ दिने भग्वान नै हुन कि झै मनले ठान्दो  रहेछ  । 

बिहानको एघार बजिसकेछ सुदिपले हानेको फोनको घण्टिले ब्युझिए । उसले बोलायो । बाले पनि आईसकेको छ  छिटो आऊ  ।
...........
आज हामी एउटै कारणले भेला भएका छौ । नत्र अरुबेला हामिलाई भेट्न कारण चाहिदैन थियो ।
चिया मगाईयो । पसलेले चुरोट भने । " हामी खादैनौ " मैले भने । धुवा उडाउदै गरेकी एक युवती घुरेर हेरिरहिन ।

के गर्ने भैयो त ? बाले बोल्यो । 

" म चै गाउँ जाने हो । गर्लफ्रेन्डले बिहे गरम कि गरम भनेर किचकिछ गर्दै छे । बिहे हान्दिने हो केटा हो । अनि काम खोजौला । कति तनाव लिनु  " सास नरोकि सुदिप बोल्यो । 

" भनेसी भाग्य चम्किने आश अझै छ राजाको ।" म बोल्छु ।

उ हाँस्छ र फिल्मी शैलिमा बोल्छ " अरे यार सास हे तो आश हे " ।

अनि तिमी के गर्ने भएउ ? उ प्रश्न गर्छ ।

" अब दिल्लि  तिर लागेर अर्को बर्ष कंगारुको देश जानुपर्ला भन्ने योजना बन्यो । " म बोल्छु । 

ओहो ! राष्ट्रभक्ती बाबुको राष्ट्रप्रतिको प्रेम कता छिप्लियो ? बाले प्रश्न गर्छ 

सुदिपले पनि साङ्केतिक प्रश्न गर्छ । लाग्छ उत्तर जान्नकै लागि उनिहरुको मन तड्पिरहेको छ 

" बाध्यताको लात्ति परेसि राष्ट्रभक्ति मर्दो रहेछ केटा हो " म सिरियस हुँन खोज्छु 

" भाडमे जा राष्ट्रभक्ति "।  बालेले क्रोध निकाल्न खोज्यो 

अनि बाले तिमि ?  म प्रश्न गर्छु  

"  अन्तरवार्तामा एउटा बैकले बोलाको छ । केही होलाकी भन्ने आशा छ नभ​ए कङ्गारुको देश जिन्दवाद  । " बालेले उत्तर दियो 

" केटाहरुले राष्ट्रभक्ति पोलेरनै खाएछ्न नि " आफुमा राष्ट्रभक्ति बाँकि रहेको सुदिपले देखाउन खोज्यो । 

" अब  आफु बन्ने हो  "। म सम्झाउन खोज्छु 

 सुदिपले पनि कंगारुको देश आउन सक्ने सम्भाबना बतायो । त्यसपछि हामि एक अर्कालाई बधाई दिदै छुट्टीउ । सुरुवाति चरणमा बालेलाई अन्तर्वार्तामा सफल हुने, सुदिपलाई  बिहेको अनि मेरो भागमा दिल्लि तिरको बधाई पर्यो  ।


                                                  **********************


साथीसँग  छुट्टिनुको एउटा पीडा भएनी भबिस्यको अलिकति टुसा कतै मन भित्र पलाएको थियो ।

म आफ्नो योजना अनुसार अघि बढे  देश छाड्न  मलाई पहिलो पल्ट घर छाडेर काठमान्डौ आएभन्दा गार्हो भ​एको छ । देशलाइ थाहा दिएर नै म अर्को देश आए । थाहा छैन देशले म हराएकोमा चिन्ता गर्छ कि गर्दैन । 

म दिल्लि तिर अघि बढे । दाईसित भेट भयो । काम पनि राम्रै पाईयो । 

दिनभर काम गरेर थकित अवस्थामा रहेपनि नेपालि समाचार हामि अक्सर  हेर्ने गर्थिउ । दाईचै खासै हेर्न मन गर्दैन थिए । 

   एकदिन टेलिभिजन हेर्दै गर्दा अचानक मेरो तस्बिरसहित आवाज गुञ्जियो । युवा हराएको सुचना  !!   नाम:  नितिन अचार्ज  , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे । देशले सम्जिदोरहेछ भन्ने लागो   

साच्चि हराएको सुचना कसले दियो ? देशले कि कोहि ब्यक्तिले ? बा आमालाइ त भनेकै थिए । साथिहरुलाई पनि थाहा थियो । बेरोजगारि स​ँग प्रेमिका हुने कुरै भ​एन । देशलाई सुद्द थाहा थियो ।  कसले दियो भन्ने कुराले दिमाग फनफनि घुम्न थाल्यो । 

दाइले फिस्स हाँस्दै भने " ओई केटा सम्पर्क नम्बरमा त तेरै नम्बर छ त
। आफै दिईस क्या हो सूचना ??

 हँ ? हँ ? हँ ? दाइ नरोक्किई प्रश्न सोध्दै थिए ।

© नितिन आचार्य 

No comments:

Post a Comment