स्रोता यमराज | कथा |
लेखक : नितिन आचार्य
![]() |
Photo source: omlinkblog.files.wordpress.com |
*******
दुध पिएर सुरु भएको जिन्दगीले आज रक्सी पिलाईरहेछ । माफ गर्नुहोस् ,स्पोनसर साथी हो जिन्दगी होईन् । भाग्य चिप्लिदा मन थेच्चारिदो रहेछ । जिन्दगीले लोप्पा खुवाएपछी , सान्त्वनाका लागि दुईचार पेग लाँउदै, चुरोटको धुवासँगै पीडा उडाउनु अर्कै मज्जा छ जिन्दगीको । भोलिपल्ट रक्सी उत्रिन्छ अनि जिन्दगी पनि डुब्दैन एकदिन ।
अचेत अवस्थामा उ अस्पतालको सैयामा लडेको छ । अचेत हुनुको एउटै कारण उसले यमराजलाई सत्य कथा सुनाएको थियो । कलियुगलाई सत्ययुग संझेर ।
जिन्दगीमा के गरिस भन्दै कसैले सोध्यो भने उ उत्तरबिहिन हुन्छ । उत्तर बिहिन हुनुको कारण यमराजसँग ठोक्किनु हो ।
वाक्किटक्किमा आवाज आयो " सर बलात्कारको आरोपमा हामिले दुई युवकलाई पक्रेका छौ " । यमराज अर्थात उसको स्पोनसर साथी । पद : ईनिस्पेक्टर ।
****
जिन्दगीले घुमाईरहेको छ । उसलाई लाग्छ जिन्दगी पानीघट्टाको ढुङ्गा हो । त्यहिपनी उ आनन्द मानेर जिन्दगी छिचोलिरहेको छ । उ काठमाडौ आएको लगभग हप्ता दिन भयो । किन आयो उ ? प्रश्नको जवाफ छैन् । थुप्रै गुनासोका पोका बोकेर उ घर फर्किदै छ ।
उसको झोलाको च्यान चुडिएको छ । ओडारको मुख जत्रो झोलाको मुख पार्दै भित्र आँखा तन्काउँछ । आफ्नी प्रेमिकाको लागि किनेको हरियो चुरा र पुस्टकारिको एक पोको देख्छ । पोको फुटाउँछ एउटा निकाल्दै कुप्लुक्क खान्छ फेरि अर्को निकाल्छ । यो क्रम लगातार दोर्याईरहन्छ ।
प्रेमका गफ गरिरहेका दुई ठिटाहरुको आवाजले उ झस्किन्छ। टोक्दै गरेको पुस्टकारी चपाउन छाड्छ र कान ठाडो पारेर सुन्छ ।
युवकको आवाज आउँछ । " एउटा ठिटिले बोलाकी छे ।भेट्नुपर्ने छ । यो पाली बजाईदिने हो ।" उ अचम्म पर्छ ।
युवकको छेउको साथिले आँखाको ईसारामा थुप्रै प्रश्नहरु गर्छ । प्रश्नहरुको उत्तर दिन उसले खल्तिबाट मोबाइल निकाल्छ । तुरुन्तै युवकले ग्यलरी खोलेर युवतिको नग्न तस्बिर सार्दै देखाउँछ ।
मोबाइलको स्किरिनमा औला दाँयाबाट बायाँ कुद्दा तस्बिरमा लुगा कम भएको दृश्य उसले पनि देख्छ ।
त्यत्तिकैमा छेउको अर्को साथिले र्याल काड्दै भन्छ , म पनि है लाईनमा । मेरोपछि पालो तेरै हो साथिले हाँस्दै आश्वासन दिन्छ ।
सम्बन्ध शेयरको भाउ जसरि तल गिरेको भान उसलाई भयो । माया यति तल सम्म गिर्छ ? कोहि युवती कसरी आफैलाई छर्लङ्ग पार्न सक्छन् ? कति सजिल्यैसँग पग्लिन्छन् ? कति सजिल्यै बिश्वास गर्छन् ? उत्तरबिहिन प्रश्नहरु उसको दिमागमा कालो बादलझै मडारियो।
सोच्दै गर्दा "त्यो भरे राती ईमोमा पठाईदिउला" फोनमा बोलिरहेकि युवतिको आवाज , हावाले कानमा ठोक्कायो । सोच्यो ! के ? उहि नग्न तस्बिर ?
ईनिस्पेक्टरले लाठ्ठि बजार्यो । ठूलो आवाजमा प्रश्न सोध्यो " बलात्कार कसले गर्यो भन ? "
आवाज बेस्सरी आयो । ऐईया $$$$$$$ ।
*****
गाडी ड्राईभरको सुरमा कुदिरहयो । ब्रेकरमा ब्रेक लागेन । गाडी उफ्रियो । तालु फुल्लेको गुनासो गुन्जियो । यात्रुहरू रिसले चुर भए । उ पनि झनक्क रिसायो ।
उसले ड्राईभर तिर आँखा सन्कायो ।
ड्राइभर नजिकै बसेकी युवतीसँग मस्किदै बोल्दै थिए । उसले कान कोल्ट्यायो ।
" तपाईको बूढो के गर्ने " ? ड्राईभरको आवाज सुन्यो ।
बिदेश हुनुहुन्छ । युवतिको उत्तर थियो ।
न्यास्रो लाग्दैन ? गाडी रोक्दै ड्राइभरले प्रश्न तेर्साए र खलासीको नामपछी " जि " लगाउदै पानी किन्न पठाए । युवतिले खुल्दै भनिन " सम्मान नगर्नुस् , छाडा शब्द बन्दोरहेछ " ।
उसले सोच्यो सायद खलासिको नाम श्यामु हो । भित्रबाट हाँसोले काउकुती लगाएको महसुस गर्यो । फेरि ड्राईभरतिर ध्यान मोडेर रोक्यो ।
ड्राईभरको अनुहारमा लाज प्रश्ट देखिन्थ्यो अनि ती युवतिको मुहारमा चमक । ड्राइभरसँग ती महिला नजिकिन खोजिन , उसको आँखाकै अघि ड्राइभरको फोन नम्बर फुत्क्याईन , मन फुत्क्याईन , सायद अब तन पनि फुत्क्याउने उनको योजना हुनसक्छ । उसको दिमागले सोच्न भ्यायो ।
दुई ठिटा केटाहरुको भेट्ने योजना बन्यो अनि ड्राईभर नजिकै बसेकी महिलाको नयाँ सम्बन्ध । खलासीले बेला बेलामा महिला तिर आँखा सन्काउदै म पनि छु है भन्ने ईसारा गर्यो ।
कसले गर्यो जस्तो लाग्छ अपराध ? ईनिसपेक्टरले लाठी तेर्साएर सोध्यो । अईया $$$$$ । फेरि पनि आवाज आयो ।
****
खलासी पानी किनेर फर्कियो । गाडिको सुर ड्राईभरको सुरसँग मिल्दो छ , उत्ताउलो । उ निदाउन खोज्यो तर पछाडि रहेका ठिटाहरुको आवाजले निदाउन सकेन् ।
" सामाजिक संजालको बिकाश भएदेखि मान्छेको बुद्धिको बिकास कम हुन थालेको हो "
पछाडि सिटबाट एक युवकको आवाज गुन्जियो । उसको कान ठाडा भए ।
हेर त ! आईमाईको बुद्दि । बूढो खाडि गएर नङ्रा खियाईरहेको होला, बुढी भने म जस्तो अर्कैलाई बूढो बूढो भन्दै भावना साट्दै छे ।
भावना मात्रै ? उसँगै रहेको अर्को साथिले जिज्ञासा पोख्यो ।
अरु पनि साट्छे । हेर्छस् ?
के ?
बिना कपडाको आईमाई , हाँस्दै उसले उत्तर दियो ।
नाङ्गिनु यति सरल छ ? मैले आफैलाई नाङ्गो मज्जाले नियालेको छैन । मान्छेले सर्वाङ्ग कसरी बनाउन सक्छ त्यो पनि पराईसामु ? आजकल किन शरीर भन्दा मान्छेको सोच यति नाग्गिएको ? " सायद काम , क्रोध , लोभ , मोह यी कुराहरु अनियंत्रित भयो भने मानिस मानिस नहुदो रहेछ ।" छेउको साथिले तस्बिर हेर्दै बिचार सुस्तरी पोख्यो ।
आफैले मिहिनेत गरेर झिकाएको तस्बिर माथी बोल्ने हिम्मत साथिले गरेन् । दुबै साथी भने उनै महिलाको निम्तो स्विकार्दै भेट्न गाडी चडेका रहेछन् ।
प्रबिधिले मान्छेको प्रवृत्ति बिगार्यो । समाजको बिकाश अब कसरी होला ? समाजले थेग्नै नसक्ने बानी र क्रियाकलाप कताबाट आयो होला ? सुरुप्प सुर्क्याउदै स्पोन्सर साथी यमराजलाई प्रश्न सोध्यो । यमराज कड्कियो । कड्किएको यमराजले लाठी बेस्सरी बजार्यो ।आवाज केही आएन । यमराज अत्तालियो ।
*******
अस्पतालको सैयाबाट नमिठो चीत्कार गुन्जियो । छेउमै बसेको बिरामी कुरुवाको अनुहार मलिनो भयो । मोबाइलमा खबर सोध्दै गरेको गाँउलेले उत्तरमा नमिठो रुवाई पायो । खबर चारैतिर गुन्जियो । डिसहोमले देखाउने च्यानलहरुमा , अनलाईन खबरका भित्ता भित्तामा र रेडियोले गाँउका कुनाकुनामा ।
टिभी हेर्दै बसेकी उजुरी गर्ने युवति खुसी हुन सकिनन् । आत्मलेनै धिक्कारेको महसुस उनले गरिन् । छटपटि र बेचैन उनलाई एकाएक बढेर आयो । परिणाम नसोची गरेका निर्णयले अक्सर ठूलो झापड हानेको महशुस गरिन् । उनले लामो स्वास फेरिन् र चुपचाप ढोका थुनिन् । त्यसपछि उनले कहिल्यै ढोका खोलिनन् ।
यमराजसँग उसले सत्य बोल्न खोज्यो । साबुनको फिजले पानी लुकाएजस्तो सत्य लुक्छ तर फिज हटेसँगै पानी पानी हुन्छ ।पानी अर्थात सत्य । उसले आफुलाई फिज बनाई राख्न सकेन् । सायद ममताको हावाले उसको फिज सुकाईदियो ।
****
" अहिल्या र ईन्द्रको कथाले उसको दिमागमा बेग्लै छाप पारेको थियो । अपराधी धार्मिक ग्रन्थहरुबाट नकारात्मक कुरालाई सोचेर बस्ने एक किसिमको मानसिक रोगी रहेछ ।
उ आफुलाई ईन्द्र बनाउन चाहन्थ्यो अनि अहिल्या खोज्ने तेस्रो नेत्र उसका लागि सामाजिक संजाल थियो ।
स्मार्ट फोन र ईटरनेटले संसार साँघुरो बनाएसँगै मानिस एक्लिएको छ । एउटै कोठामा रहेको बाबू छोरा , दाजुभाइ , दिदीबहिनी र आफन्तबिच खुलेर कुरा हुन छाडेको छ तर कुना कुनाका नचिनेको मान्छेसँग भावना एक्कै छिनमा साट्ने प्रचलनले अधिकाँश यस्ता घटना घटिरहेका छन् ।
प्रेमकाे अर्थ सिधै सेक्ससँग जाेडेर नवयौवनाहरु जीवन दुर्घटनातर्फ माेड्छन् ।
बिबाहित जोडिहरुको सम्बन्ध बिच्छेदको घटनाको कारण पनि परपुरुष या परस्त्रीसँगको सम्बन्धका कारण भईरहेको तथ्यले देखाउँछ ।
सामाजिक संजाल असामाजिक तरिकाले प्रयोग गर्ने र छिट्टै अपरिचितसँग नजिकिने कारणलेनै यो घटना भएको हो ।
"
ईनिस्पेक्टरले अपराधी सार्बजनिक गर्दै भने ।
सार्बजनिक गरिएको अपराधीलाई जबर्जस्ति अपराध कबुल गराउन खोजिएको आरोप ईनिस्पेक्टरलाई लाग्यो । सार्बजनिक गरिएका अपराधीले आफु निर्दोष रहेको र जबर्जस्ती कबुल गराउन खोजिएको टिप्पणी एक मिडियालाई दिए ।
फर्जी अपराधी सार्बजनिक भएको गुनासो यत्रतत्र फैलियो । ईनिस्पेकटर एकाएक शंकाका पात्र भए । अपराधी को भन्ने फेरि प्रश्न गुन्जिन थाल्यो । ईनिसपेक्टरको अनुसन्धानमाथी ठूलो प्रश्नवाचक चिन्ह झुन्डियो । मानिस कसरी आफैसँग झुट बोल्न सक्छ होला ? आफैलाई ठग बनाएर कसरी बाँच्न सक्छ होला ? आफ्नै ब्रम्मलाई कसरी झुक्याउन सक्छ होला ? यस्तै प्रश्नहरु एकअर्कालाई गर्दै छिमेकी कुरा गर्थे । जिन्दगीको उत्तरार्धमा ईनिस्पेक्टरले सत्य ओकल्लान भन्ने अड्कलबाजी पनि लाँउथे । अपराधी एक न एक दिन फन्दामा आउने आशपनि राखेका थिए ।
***
उ , रमेश ठाकुर । ठेला गुडाउदै जिन्दगीको हिसाब टार्ने एक ब्यापारी थियो । उसको ठेला चटपटेको थियो । कक्षा दशपछि उसले पढाइ पूरा गर्न सकेन कारण उहिँ पैसा थियो । उसले मन पराएको केटि संजिवनी थिई ।
संजिवनिले पनि उसलाई प्रेम गर्थि रे रक्सिको सुरमा उसले गोप्य कुरा भन्दै ओकलेको थियो । पढ्दै गरेकी भएर उसले बाउ आमासँग माग्ने आँट उसले गरेन् । स्कुले जिवनमा सबैभन्दा धेरै उसको पछि लागेर उ पट्टिएकि कुरा उसले गर्थ्यो ।
गाउँ एउटै भए पनि उनीहरुको भेट हत्तपत्त हुँदैन थियो । भावना साट्ने माध्यम जुकर्बर्गको डाएरी थियो । भावना सँगै उनीहरुले फेसबुक पासवोर्ड साटिसकेका थिए ।
उ सार्है चिन्तित थियो । दुई दिन सम्म उसले ठेला ब्यापारको लागि बजार लगेको थिएन । नलग्नुको एउटै कारण कोहि युवकले संजिवनिको मेसेजमा उसको नग्न तस्बिर पठाईदिनु हो । तस्बिर देखेपछि संजिबनी प्रतिको सम्मान उसको नजरबाट गिर्न समय लागेन । सम्मान गिर्यो, चोट उसलाई पर्यो । को होला त्यो युवक ? दुई दिनदेखी उसको दिमाग यहि प्रश्नको उत्तर खोजिमा भड्किरहेको छ ।
उसले केहिदिन मात्र यात्राको क्रममा भएका घटना सम्झियो । ती सुरुका दुई युवकलाई सम्झियो , ड्राईभर र खलासिलाई संझियो , पछिल्ला दुई युवकलाई सम्झियो । सुरुका दुई युवक माथी उसको संका एकाएक बढेर आयो । ती दुई युवकको चित्र झलझली दिमागमा झल्कियो ।
उता संजिवनीको परिवारमा कोलाहल सुरु भएछ । संजिवनिको बाउले उसलाई झन्डै कोदालीले हानेर मार्न लागेका थिए । संजिवनिको बुवालाई लाग्ने प्यारो चिज ईज्जत् हराएपछी आफ्नै छोरी मार्न तम्सिएछन् । धन्न खुरनले पक्रेछ । गाँउका केही बुद्धिजीवीले प्रहरिलाई उजुरी गर्ने प्रस्ताव गर्दै संजिवनीलाई
दबाब दिएछन् । कसले यस्तो गर्यो ? कसरी भयो ? भन्ने प्रश्न सहितको दबाबमा सँजिवनिले आफ्नै प्रेमी रमेश र उसको साथिको नाम लिईछे । गाँउले छक्क परेछन् । गाँउकै सोझो मानिस रमेसले त्यस्तो गर्दैन भन्ने बिश्वास गाँउलेमा थियो । केटिले फसाई भन्ने अड्कलबाजी गाँउले लगाँउथे ।
रमेस प्रहरिको फन्दामा पर्यो । आफ्नै प्रेमिकाले त्यति ठूलो आरोप लगाएपछी उ आफैमा टुक्राटुक्रा भईसकेको थियो । प्रहरिमाथीको बयानमा उसले सँका गरेको दुई युवकको स्केच बन्यो । प्रहरिको केरकार र प्रमाण नपुगेपछी उ मुक्त भयो ।
आफ्नै प्रेमिकाले लगाएको त्यती ठूलो आरोपले उ छट्पटायो । थुना मुक्त भएर पनि उ आफुलाई मुक्त महसुस गर्न सकेन् । उसलाई बेचैन् र छट्पटीले निन्द्रा परेन् । गाँउमा मुख देखाउन उसलाई सबैभन्दा गार्हो लाग्यो । ठूलो ढुङ्गाले टाउकोमा बेस्सरी हानेको जस्तो उसलाई भयो । भारी मन र टाउको उसले संहाल्न सकेन । आफ्नै दुखबाट मुक्त पाउन उसले बिष सेवन गरेछ । उसले पक्रीएर पिंजडामा राखेको मैना चरी आफै मरेको संझियो । त्यही मैनासँग आफुलाई तुलना गर्यो । केही गाँउलेले थाहा पाएछन् । उसलाई उपचार गर्न काठमाडौ लगियो । काठमाडौ उपचार गर्न लगिएको उसलाई , खबर सोध्दा उत्तरमा नमिठो चीत्कार खुरनले फोनमा पाएको थियो ।
कसले त्यस्तो कुकर्म गर्यो होला ? न्याय माग्दै यत्रतत्र आवजको ठूलो कोलाहल तयार भयो ।
बलात्कार बिरुद्ध ठूलो नारासहितको जुलुस चल्यो । अनुसन्धान चुकेको गुनासो सबैको मनमनमा बसेको थियो ।
स्केच ईनिस्पेक्टरको छोराको बनेको अनुमान कसैले लगाउँथे । कसैले उसलेनै त्यस्तो गरेको अनुमान लगाउथे । कसैले अरु कसैलाई दोष दिन्थे । कसैले कसैलाई । आखिर को ? भन्ने प्रश्नको उत्तर अब यमराजलेनै सुन्न पाँउनेछन् ।
पाप गर्नेहरूलाई मृत्यु पछि कोर्रा हान्दै तातो तेलमा डुबाउछँन् भन्दै हजुरबुबा कहानी सुनाउनु हुन्थ्यो । यो कहानीको सत्य स्रोता अब पक्कै यमराज मात्र हुनेछन् ।

No comments:
Post a Comment