****** #फेक आई डि **********
दिनभर क्याम्पसको कोलाहलले थकित भएको मस्तिष्क कोठा सम्म आईपुग्दा पनि फुर्तिलो थिएन । कोठामा आईपुग्ने बित्तिकै फेसबुक खोल्ने एउटा दैनिकी जस्तो भईसकेको थियो ।
फेसबुक खोले , फ्रेन्ड्स बटममा पँहेलो सुन जस्तो टिलिक्क टल्केको देख्दा मस्तिष्कले कसले रिक्वेस्ट पठाएछ ? भनेर प्रश्न गरिसकेको थियो ।
मेरो औलाहरु ती सुन जस्ता पँहेलो फ्रेन्डस् बटममा गयो । केटिको रिक्वेस्ट आएछ केटा मस्तिष्कले मनलाई भन्यो ।
केटिको रिक्वेस्ट आ'को पत्तो पाए पछि मन एक्कासी बुरुक्क बुरुक्क उफृन थाल्यो - केटाकेटीले पापा पाए जसरी । हत्तपत्त प्रोफाईल खोलेर हेरे । उफ्रिरहेको मन छक्क पर्दै रोकियो ।
मस्तिष्कले फेक आई डि भन्ने कल्पना गर्न थालिसकेको थियो । नगरोस पनि कसरी ? त्यहाँ न त कुनै तस्बिर थियो न त कुनै ब्यक्तिगत जानकारी नै । झट्ट अनुरोध स्वीकार गर्न मन लागेन । ह्या , जो भए नि होस एसेप्ट गर्दे भनेर मस्तिष्कले उक्साईरहेको थियो । मस्तिष्कको सामु मेरो केही सीप चलेन ।
एसेप्ट गरेको केही छिनमै मेसेज आयो
" हाई ! सन्चै हुनुहुन्छ ? " ।
मस्तिष्कले फेक आई डि सम्झिरर्यो । मस्तिष्क भन्दै थियो "पक्कै केटाको हो , कसैले मुर्गानै बनाउन खोज्दैछ , बिचार गरेर बोल बेटा " । फेक आई डि मस्तिष्कले भनिसकेपछी मलाई अट्टेरी हुन मन लागेन ।
" बिसन्चो भए चै के फलफुल लिएर आँउथ्यौ ? " उत्तर फर्काए ।
एक्कै छिनमा रिप्लाई आयो "छ्या कस्तो rude हजुर त " ।
अन्जान केटिको आई डि बाट rude भनेर भन्दा मन एक्कासि नियाउरो भयो ।
"हजुर त राम्रो हुनुहुन्छ जस्तो लागेर बोलेको but I never expect such word राम्रोसँग बोल्दैमा के जान्छ र ? " अंग्रेजी मिसाउदै फेरि रिप्लाई आयो ।
गल्ती त पक्कै भयो केटा फलफुलनै नभनेको भए हुन्थ्यो , दिमागले संझाउदै , माफी माग्न उक्साईरहेको थियो ।
सरि भन्ने शब्दको सहारा लिनु पर्ने अवस्था आयो । बोल्ने शब्दहरु देखेर कता कता फोटो नभएको फेसबुक आई डि केटि को'नै हो कि जस्तो एकपट्टि दिमागले सोचिर¥यो । तर भए पनि कस्को ? म फलानो भनेर बोलेको भए युवा जोश शब्दमा देखाईदैन थियो क्यारे । भित्रभित्रै बरबराउछु ।
त्यही दिमाग प्रश्न सोध्ने गुरु र उत्तर दिने चेला जस्तै भयो ।
" rude भन्दापनी फेक आई डि जस्तो लागेर त्यस्तो शब्द प्रयोग गरे Sorry र कसरी चिन्यौ मलाई ? " माफी र प्रश्न एक्कै चोटि लेखेर पठाए ।
"हजुर किर्तिपुर बस्नुहुन्छ हो " ? फेरि प्रतिप्रश्न आयो ।
छक्क परे कसरी थाहा भयो ? आफैलाई सोधे ।
अब झन मेरो संका मसँगै कलेज जाने साथिमा गयो । उसैले मलाई केटिको आई डि बाट जिस्काईरहेको अनुमान मस्तिष्कले लगाउन थालिसकेको थियो ।
" कसरी चिन्यौ " लेखेर पठाए ।
अन्जान मान्छेको बारेमा जान्न निक्कै उत्सुक भईसकेको थिए । अर्को पट्टि साथिले अर्को फन्डा बनाउन एस्तो महाभारत रचेको अनुमान पनि छदै थियो । मेसेज हेर्न आतुर भैसकेको थिए , औलाले पाँच पटक रिफ्रेस बटममा थिचिसकेको थियो ।
"म बर्नहार्ट कलेज पढ्छु , तपाईं र म माईक्रोमा सँगै थियौ ,तपाईले माईक्रोमा फेसबुक चलाउदै गर्दा नाम देखेको थिए अनि एड गरेको " रिप्लाई आयो ।
मन ट्वा परेर मस्तिष्कलाई भन्दै थियो , यस्तो नि हुन्छ र ? कसैले नाँम देखेकै भरमा एड गर्ने । मस्तिष्क आफै छक्क परेको थियो , मनको कुरा नसुनेझै गरि अझ मलाई बोल्न उक्साईरहेको थियो ।
"किन एड गरेको ? फेक आई डि जस्तो लाग्छ मलाई ? प्रश्न गरे ।
" त्यस्तो लाग्छ भने बाई " घुर्क्याउदै रिप्लाई आयो ।
*****************
भोलिपल्ट त्यही कलेज जाने दैनिकी । साथी सँग भेट भयो ।
" तिमिले बनाको हो त्यो आई डि ? फ्रेन्डमा तिमी पनि छौ त ? " प्रश्न गरे ।
होईन यार ! किन ? उसले प्रश्न गर्यो ।
सबै घटना सुनाए । उसले बधाई दिदै भन्यो " ल जे भए पनि मन पराउने केटि त भेटिई , भाग्य चम्कियो यार तिम्रो " उसले जिस्क्याउदै भन्यो ।
कसैले जिस्क्याउदा पनि मन फुरुङ्ग भयो । तर दिमागले भने फेक आई डि सम्झिर¥यो । फेरि उसले आफ्नो मेसेज देखाउदै भन्यो " मेरो पनि च्याट भ'को थियो यार त्यो सँग , तिम्रो नम्बर माग्दै थिई " ।
कसको आई डि होला ? म सँग किन आकर्षित भा'हो ? यति साह्रै त चुम्बक पनि फलाममा आकर्षित हुदैन होला है ? । त्यो आई डि'को बारेमा सुईँको पाउने ध्ययले जिस्किदै उसँग कुरा गर्छु ।
उ हांस्यो " अँ यार को हो के ? म सँग त केही नबोली सिधा तिम्रो नम्बर मागी अनि दिए मैले नि " उसले केही सुइँको नदिई बोल्यो ।
दिनभर कलेजमा पढ्नै मन लागेन '
'आज चै कसको आई डि हो पत्ता लगाएरनै छाड्छु' मन र मस्तिष्कले एक्कै चोटि संकल्प गर्दै थिए । मेरा यी दुई ठुला मित्र छुट्टीको पर्खाईमा थिए । अन्तिम घन्टि पढ्न मनले मानेन , मनको अघि मस्तिष्कको बस झन के चल्थ्यो र ? कोठा तिर अघि बढे ।
कोठामा पुग्ने बित्तिकै फेसबुक खोले पाँच मिनेट अघि मेसेज आएको रहेछ ।
" फेक आई डि जस्तो लागेको हजुरलाई ? तर होईन , मेरो मोबाइल छैन दिदिको बाट चलाको त्यही भएर फोटो राख्न पाईन । "
फेरि मन छक्क पर्यो , दिमागले प्रश्न सोध्न उक्साईर¥यो ।
" यो आई डि देख्दा जसलाई नि फेक जस्तो लाग्छ मलाई मात्र होईन । को हौ तिमि ? "अलिकति आक्रोशको ईमो टास्दै प्रश्न गर्छु ।
करिब एक घन्टा पछी,
"म ट्याङ्लाफाटमा बस्छु । बाह्रमा पढ्छु अरु त भनीसके नि "रिप्लाई आयो
उसको यहि उत्तर हेर्न आतुर मनले कम्तिमा तीस पटक रिफ्रेस गर्न उक्साईसकेको थियो ।
"फोटो चाहिएको हजुरलाई ? मेरो मोबाइल छैन ,ल्यापटप बाट चलाएको बेला पठाई दिन्छु नि । " लगत्तै अर्को मेसेज आयो ।
मन र मस्तिष्क दुबै शान्त भए ।
"त्यतिन्जेलको लागि म नबोल्ने बाचा गर्दै छुट्टिन्छु " बिबिसीमा बोले जस्तो शैलिमा मेसेज पठाए ।
मलाई फोटो हेर्न र जान्न निक्कै आतुर भईरहेको थियो
। " पर्खी बसे फोटो हेर्न भनी ....." नारायण गोपालको गितलाई प्यारोडी बनाएर गुनगुनाउन थाले ।
एक दिन पर्खिन्छु फोटो आँउदैन , दुई दिन पर्खिन्छु फोटो आँउदैन र तीन दिनको दिन फोटो आउँछ तर मेरो आफ्नै साथिको , म छक्क पर्छु , मन ट्वा परेर हेरिरहन्छ ,एकपट्टिको दिमागले त्यसैले बनाको हो भन्ने त थाहा थियो भन्ने पनि सोचिरहन्छ ।
" मुला फेक आई डि बनाएर के ल्याङ ल्याङ हानिरा यत्रो दिन " रिस र आक्रोश मिसाउदै मेसेज पठाउँछु ।
फेरि लगत्तै मेसेज आउँछ " छ्या यस्तो फोहोरी शब्द पनि बोल्नुहुन्छ हजुर ? "
परिस्थिति अनुसार नमिलेको ' मेसेज ' देख्दा नर्मल रहेको जुनसुकै मान्छेलाई पनि रिसको लेभल बढिसकेको हुन्छ । मलाई पनि त्यही भयो ।
साथिको फेक आई डि पक्का हो भन्ने कुरा मस्तिष्कले ठम्याउँछ । सबैलाई सुनाउन नमिल्ने अस्लिल शब्द दिमागले सापटी दिदै मेसेजमा पठाउन निर्देश गर्छ र म पनि त्यसै गर्छु । अस्लिल कुरा शब्दमा उतारे पछिनै सबैभन्दा ठूलो गाली बन्छ , मस्तिष्कले त्यहि सोच्छ ।
मलाई मस्तिष्कले गाडि जसरी चलाउँछ र म पनि मस्तिष्कको दासी भएर हुईकिरहन्छु । मेसेजमा गाली भरिएका सन्देश छोडेर , त्यो आई डि ब्लक गरि फेसबुक बन्द गरेर चुपचाप बस्छु ।
**********
भोलिपल्ट , साथिलाई पर्खिननै मन लागेन । एक दिन भए पनि रिसाएको जस्तो अभिनय गर्नैपर्छ । नत्र फेरि कस्तो ठाउमा उडाईदिने हुन पत्तो हुन्न - साथी साथिको खासियत नै यहि हो। साथि त्यो दिन कलेजनै आएनछ । उ कलेज नआएको पत्तो पाएपछी झन ठूलो आनन्द मिलो । त्यो दिन त्यही फेक आई डि र त्यहा भएकै गफ मस्तिष्कमा घुमिर¥यो , फिरफिरे जसरी ।
(कलेजबाट फर्किदै गर्दा )
माईक्रोको पछाडि बाट आवाज आयो । पछाडि पुलुक्क हेर्छु , घरबेटीकि छोरी रहिछे ।
" दाइ पछाडि आउनुहोस् न " म अन्तिमको भन्दा अघिको सिटमा बसेको हुनाले , अन्तिम सिटमा बोलाउछे ।
पछाडि गएर टुसुक्क बस्छु र मोबाइल निकालेर चलाउन थाल्छु । मोबाइल चलाउनुको एउटै कारण बोल्ने शब्द फिटिक्कै निक्लिदैन त्यस्तो अवस्थामा अझ केटिसँग भएको बेला ।
उसले दाइ भन्ने गर्थि तर म अर्कै सोच्ने गर्थे यो पनि कारण होला बोली नफुट्नुको । मस्तिष्क सोच्नमा ब्यस्त हुन्छ ।
" दाइ अनि फेसबुक त खुब चलाउनु हुन्छ है ? " एकछिनको संन्नाटालाई चिर्दै प्रश्न सोध्छे ।
' अँ ठिक ठिक कै । तिमी पनि त खुब चलाँउछौ नि ' म अफ्ट्यारो मान्दै बोल्छु । उ खित्का छाडेर हांस्छे । केटिहरु बिना कारण हाँस्दिन्छन जस्तो लाग्छ ।
" दाइ एउटा कुरा भनुम ? नरिसाउनु नि फेरि " एक्कै चोटिमा उ बोलि ।
सुरुमै नरिसाउने कसम खुवाई ।
" दाइ sorry है खासमा त्यो फेक आई डि मेरो थियो" ।
म छक्क परे , म भन्दा बढी मेरो मस्तिष्क छक्क परेको थियो ।
मन , त्यस्तो उपद्रो शब्द बोलेको संझेर भित्रभित्रै लाजले रातो पिरो भएको थियो।
" त्यस्तो फेक आई डि बनाएर के ल्याङ गरेको " ? जिब्रो चिप्लियो अलि ठूलो आवाजमा । गाडी भित्रका मान्छेहरुले एक्कै चोटि हेरे ।
" यसको बारेमा यहाँ भन्दा पनि गाडीबाट उत्रिए पछि कुरा गरौं न " नर्मल शैलीमा उ प्रस्तुत भइ ।
मनभित्र कुत कुत् उठ्दै थियो , नजर पनि त्यसरीनै झुकेको थियो । जसरि बजिरहेको गितले भन्दै थियो "फगत एक नजरमा " । मस्तिष्क पनि आफ्नै हिसाबले सोच्दै थियो "सायद अब उसले कहिल्यै दाइ भन्नेवाला छैन " ।
******समाप्त******