*******
दिन १
********
दिन १
********
आज मन एकनास बगिरहेको छ । ए साच्चि मन त बग्दैन पो क्यारे ।
आँसु बगिरहेको छ ।
आँसु बगिरहेको छ ।
आँसु बगाउँदा शान्ति मिल्छ रे । यो संसारमा मानिस शान्ति खोज्न अनेक उपाए अपनाउछन् ।
उता महाभारतमा सान्तनुको शान्ती भड्किन्छ । एउटि सुन्दर युवति सत्यवतिको प्रेममा ।
उनलाई प्राप्त गरेपछि पनि , सान्तनुको शान्ती प्राप्त हुँदैन । गंगा पुत्र देबरथले जीवन भर बिबाह नगरी हस्तिनापुरको राज्य सत्यवतिको पुत्रलाई दिने प्रण गरेका हुन्छन् ।
आफ्नो पहिलो पुत्र देबरथलाई ( भीष्म ) हस्तिनापुरको राजा बनाउन नसकेको र जिबन भर ब्रमचारी बस्ने प्रतिज्ञाको दोस आफैलाई मानेर बिना शान्ती सान्तनुको मृत्यु हुन्छ ।
यो त एउटा सानो उदाहरण मात्र भयो । रामायण देखि महाभारत सम्म हेर्ने हो भने हरेक पात्रको शान्ति माथि खलल पुगेको देखिन्छ ।
धर्म ग्रन्थ मात्र किन नियाल्नु ? आजकाल मानिस पनि पिडा , तनाव ,चिन्ता आदिले गर्दा डिप्रेसनको शिकार भएको सजिल्यै घर घरमा भेट्न सकिन्छ ।
मानिस कहिले सन्तोष हुन्छ होला र ? कहिले शान्ती मिल्छ होला ? के पुर्ण शान्ती, जीवन समाप्ती पश्चात् मात्र मिल्ने हो ? के जिवनकालमा मानिस जहिल्यै अशान्ति रहन्छ ? कुन अवस्थालाई शान्त भन्ने ? बढो सरल लाग्ने तर गम्भीर प्रश्न शान्तिलेनै मेरो मस्तिष्कमा अशान्ती मच्चाईरहेको छ ।
****
दिन २
*****
दिन २
*****
मस्तिष्क आज बढिनै चन्चल छ । खुसिले उत्पात नाचिरहेको छ । सरस्वती पुजामा पल्लो गाँउकि " सान्तिपनि " त्यसरिनै नाच्थी ।
आज उसले फेसबुकमा मैले पठाएको प्रेम प्रस्ताव झ्याप्पै स्विकार गरेकी छे । ए ! माफ पाँउ प्रेम प्रस्ताव त पठाउन मिल्दैन पो क्यारे । फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी हो ।
शान्ती खोज्ने सरल तरिका "सान्तिलाई नै आफ्नो बनाउनु हो । मस्तिष्कले आज यस्तै उट्पट्याङ बिचार उत्पादन गरिरहेको छ ।
उसलाई पठाएको एउटा मेसेज पनि उसले फिर्ता गरेकी छैन् । त्यहिभएर मन बेचैन भो , शान्ती भंग भो ऋषिहरुको तपस्या भंग भए जसरी ।
शान्तिले नबोलेर शान्ती खोसिदिई । उसलाई यो तेस्रो पटक रिक्वेस्ट पठाएको , मेरा दुईवटा रिवेस्ट त उसले हुदैन भनेर क्यान्सिलनै हानेर मारेकी थिई । कति धेरै मेरो अनुरोधको हत्या गर्न सकेकी मोरिले ।
ए साँची !! शान्ति त अर्कैको पो भएकी छे है ? थुक्क !! उसको त दुईवटा छोरा पनि पो छन् त । धत् मेरो बुद्दी ।
कुनै जमानामा भन्ने गर्थी यो सान्ति तिम्रै हो । म पनि सोच्ने गर्थे " सान्तिनै आफ्नो भैइ भने जिन्दगीमा कहिल्यै अशान्ति हुँदैन् । "
°°°
" संसार कति अघि पुगिसक्यो , तँ चै माया पिरतिमै अलमली राख , हावादारी कुरामै अलमल्ल पर्दै बस् डाम्ना " पाँडे शैलीमा एक असल मित्र डुक्रीए ।
" संसार कति अघि पुगिसक्यो , तँ चै माया पिरतिमै अलमली राख , हावादारी कुरामै अलमल्ल पर्दै बस् डाम्ना " पाँडे शैलीमा एक असल मित्र डुक्रीए ।
बौद्धिक र तार्किक कुरा गर्ने मान्छेलाई झिना मसिना भावनात्मक कुराले असरनै पार्दैन् भन्छन् । होला पनि ।
सबै मान्छेले एउटै सोच्ने भए, एकै बिचार आउने भए यत्रा अशान्ती मच्चिने घटना किन हुन्थ्यो होला र ? किन जुम्ल्याहा अग्ला घर ध्वस्त हुन्थ्यो होला र ? देस देसमा किन त्यत्रो मिहिनेत गरेर नियम , कानुन , संबिधान बनाउनु पर्थ्यो होला र ? हरेक मान्छे राजा हुन्थ्यो होला । हरेक मान्छे न्यायाधीश हुन्थ्यो होला । ती दिनैपिच्छे झगडा गर्ने डाँडाघरे काईला काईली पनि मिलेर बस्थे होला ।
छ्या म पनि कस्तो ? गाली गर्नमै पो समय फालेछु । अँ साच्चै ! के संसार माया पिरती बिना अघि बढ्न सक्ला र ?
फेरि मन बेचैन भयो । मनमा ज्वारभाटा उठ्न थाल्यो । लाग्छ , मन कहिल्यै सन्तोष भएर बस्नै सक्दैन । दोस्रो दिन पनि अशान्ती खिल गाडिए जसरी चस्किदै बसेको छ ।
फेरि मन बेचैन भयो । मनमा ज्वारभाटा उठ्न थाल्यो । लाग्छ , मन कहिल्यै सन्तोष भएर बस्नै सक्दैन । दोस्रो दिन पनि अशान्ती खिल गाडिए जसरी चस्किदै बसेको छ ।
*****
दिन ३
*****
दिन ३
*****
" शान्ती शान्ती भाँड मे जा ! यस्ता कुरा जति सोच्यो उति अशान्ति भईन्छ ।
जिन्दगी भनेको एउटा चक्र हो । घुमिरहन्छ आफ्नो गतिमा । चाँहे गहिरो तरिकाले सोच चाहे सतही सोच । "
कोहि सपनामा आएर संम्झाए जस्तो भान पर्यो । होईन पो र'छ ! रेडियो घन्केको रहेछ । रेडियोले भाँडमे जा नभनेको हुन सक्छ । तर निदाएको सुरमा आदि मस्तिष्क र आदि रेडियो घन्केको हुनसक्छ ।
घाँमको किरण आँखामै ठोक्कियो । बजिरहेको रेडियोमा मेरो ध्यान केन्द्रित भयो ।
" शान्ति प्राप्त गर्ने उपाय हरेक धर्म अनुसार भिन्ना भिन्नै व्याख्या गरिएको छ । सबै धर्मको सार भनेको असल कर्म , असल बिचार , असल सोच , असल व्यबहार , असल संगत र मन र मस्तिष्कको सहि नियन्त्रण हो ।"
आज गम्भीर बन्न फिटिक्कै मन लागेन । रेडियोमा भनेको कुरा सहि लाग्यो । तर यो खुट्टा तान्ने कलियुगमा , 'असल हुन सार्है गाह्रो छ ' भनेर ठुल ठुला बिद्दानहरुको मुखाराबिन्दुबाट सिदा यो कानमा गुन्जेको हिजै जस्तो लाग्छ ।
चिन्ता र तनाव बिहिन सायदै होलान् यो संसारमा । कसैले भनेका थिए " बिना समस्याको जिन्दगी खोज्नुहुन्छ भने त्यो चितामा भेट्न सक्नुहुन्छ ।
" जिउँदो मानिसमा तनाव र चिन्ता एउटा निश्चित बिन्दुसम्म सहिनै हुन्छ । त्यो बिन्दु बाट अलिकति बढी भयो भने मन र तनको शान्ति जहिल्यै भड्किरहन्छ ।
रेडियो भित्रबाट आवाज घन्किरहेको थियो । फेरि झसङ्ग भए ! म त फेरि पो निधाएछु ।
°°°
हिजो बेलुकी अबेर सुतेको थिए । हिजो बेलुका सान्तिको मन , मेसेज पठाउन बाध्य भएछ ।
°°°
हिजो बेलुकी अबेर सुतेको थिए । हिजो बेलुका सान्तिको मन , मेसेज पठाउन बाध्य भएछ ।
भन्दै थिई " सान्तिनै आजकाल शान्ति ( न्याय ) खोज्न भौतारिएकी छे " ।
उसको पति लागुऔषधी कारोबार गरेको आरोपमा जिल्ला कारागारमा छन् रे ।
कसरी त्यस्तो भयो ?
उसले खुलेर कुरा गर्न खोजिन । गोपनियता कायम राख्न खोजेकि हुनुपर्छ ।
सान्त्वना दिदै उसलाई संझाए । शान्तिनै उडेको उसको मनमा मेरो सान्त्वनाले के काम गर्थ्यो र ? त्यही पनि उसले संझिए जस्तो गरेर उत्तर फर्काईरहि ।
अबेर निदाउन बानी भन्दापनि बढी कारण चाहिन्छ । अबेर सुतेर सबेरै उठ्न जाँगरनै चाहिन्छ ।
" जाँगर भन्दा पनि बाध्यता हुनुपर्छ होला "आफू भित्रको अर्को फ़ुर्तिलो मान्छे बोल्यो । आफू भित्रको मान्छेनै हो अशान्ति बनाउने । मनुवा भित्रको अर्को मनुवा जसले तान्डब गरेर बाहिरको मनुवालाई अशान्ति बनाई राख्छ । आज यहि मनुवा सँग अचाक्ली रिस उठेको छ । फेरिपनि खल्लोपन महसुस भईरह्यो । भित्रभित्रै अशान्ति मच्चिरह्यो ।
***
" ॐ शान्ति शान्ति " एक जोगि कराउदै आँगनमा आए ।
' शान्ति ,शान्ति तर मन धेरै अशान्ति ' म जिस्किन खोज्छु ।
उनी मुख बिगार्छन् । उनले मनमनै भन्दै होलान् " शान्ती भएको भए म भिख माग्दै हिडिरहेको हुन्न होला वत्स " ।
एक कटौरो चामल उनको ठूलो पोल्टोमा खसाल्छु । उनी बाटो तताउछन् ।
उनलाई मैले भिखमा चामल दिएको थिए तर भिखमा सान्ती गई । कसरी ? कुन्नी ।
सान्ती मलाई हात हल्लाउँदै लुरु लुरु हिड्छे । लाग्छ शिबभट्टसँग गोमा ब्राह्मणि हिड्दै छे । म ठूलो स्वोरले चिच्याउछु , कराउँछु तर मेरो आवाज उनिहरुको कान सम्म पुगेको जस्तोनै लाग्दैन । एता गुहार माग्छु , उता गुहार माग्छु । त्यसपछि म आफै सँग हार मान्छु । त्यो हारको नतिजा आज साथमा सान्ती छैन । शान्ती पनि छैन ।
केही नभएको चिज मैले किन खोज्ने ?
मन दरो बनाउदै जुरुक्क उठ्छु । अंग्रेजी फिलिम इन्सेपसनले दरै ह्याङ बनाएर राखेछ । मैले सपना पनि तीन तीन दिनको देख्न भ्याएछु । प्याट्ट आफैंलाई कुट्छु किनभने यत्रो समय सम्म पढेर तपाईलाई रिस उठ्यो होला । अरुको पिटाइ खानु भन्दा आफ्नै पिटाइ खाएको बेस नि । होईन र ?
मन दरो बनाउदै जुरुक्क उठ्छु । अंग्रेजी फिलिम इन्सेपसनले दरै ह्याङ बनाएर राखेछ । मैले सपना पनि तीन तीन दिनको देख्न भ्याएछु । प्याट्ट आफैंलाई कुट्छु किनभने यत्रो समय सम्म पढेर तपाईलाई रिस उठ्यो होला । अरुको पिटाइ खानु भन्दा आफ्नै पिटाइ खाएको बेस नि । होईन र ?

No comments:
Post a Comment