नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, October 24, 2017

खोटाङ डायरी ।। यात्रा ।।


श्रम बेचेर सडक बनाउने महान् पौरखी हातहरुलाई संझन चाहन्छु   । अनि संझिन चाहन्छु , यहिं बाटोमा दस दिनसम्म नुन बोक्दा घोटिएका हाडहरुको ब्यथा पनि ।

ती भरियाहरुलाई बिर्सने कुरै भएन् जो आफ्नो पेट खाली राखेर परिवारको पेट भर्दथे ।

नुनको भारी र पेट पाल्ने चक्करमा बा-बाजेहरुले जिन्दगीको चक्कर सक्किसकेको पत्तो सम्म पाएनन् ।
गाडिमा यात्रा गरिरहदा बाजेहरुको किस्सा संझिन्छु ।

" दिनभरको हिडाईले रन्थनिएको शरिर , अनि बेलुका भात पकाउन आँगो फुक्दा अजिङ्गर भेटिएको किस्सा , खच्चरले झारेर मृत्यु भएका भरियाको ब्यथा , कसैले अर्काको श्रीमती भगाउदै खोला तार्दै गरेको किस्सा, राँके भुतले त्रसाएको किस्सा , भारि बोक्न गएका युवतिहरुसँग पिरिममा परेको किस्सा आदि मेरो मानस पटलमा घुमिरहेको छ  "

दस दिनसम्म नुन बोक्न गएका बाजेका कथा  नुनसँगै विलय हुने भए । विलय हुने भए ती बाटामा बस्दा बनेका अनेकौं तिता-मिठा किस्साहरु पनि ।

गाउँ बदलिए जसरी किस्सा पनि जवान्  भएछन् । लाग्छ नयाँ किस्साहरु बिल्कुल फरक स्वादका छन ।

अलिकति आधुनिकता मिसिएको , अलिकति दुर्गन्ध मिसिएको ,अलिकति छल र कपट मिसिएको , अलिकति स्वार्थ मिसिएको , अलिकति कन्जुस्याइँ मिसिएको र  अलिकति ब्ययबिचार मिसिएको ।

***
खच्चरमा लगाईएका घण्टीहरुको आवाज , गाडिको हर्नले बिस्तपित गर्न भ्याईसके'छ  ।

खच्चरको लिदि गनाएर उल्टि गर्ने बटुवाहरु गाडिको चक्करले उल्टि गर्ने भएछन् । साच्चै गाउँ सहर हुन लागेछ । मान्छेहरूको मन ,दया-माया नउम्रने बगर हुन लागेछ ।

बास बस्ने ठाँउ ( रेग्मिटार , भडारेघाट , रसुवा ) मा दिनभर हिडेको थकाई मेट्न बस्दा  छुट्टै रौनक लाग्थ्यो ।

 दुधकोशिको किनारमा बालुवा सँगै उफ्रिदा स्वोर्ग यहि हो जस्तै लाग्थ्यो । रौनकता आजकाल गाडिको झ्यालबाट हेर्दा कहाँ आउदो रछ र ?

दिमागमा कैद भएका ती चित्रहरू कति अबिस्मरणिय छन् , मोबाइलमा सेल्फी हानेर सेभ गरेका फोटाहरुभन्दा । अनि ती चित्रहरु मनमा अपलोट हुँदाको आनन्द के फेसबुकमा अपलोड हुँदा आउला र ? पक्कै नआउला ।

*************

करले वा रहरले बसाइँसराइ गरि हिडेका मान्छेहरुको घर  म जस्तै एक्लो छ ।

 बच्चाबेला म कहिल्यै एक्लो भईन् । छेउमा मान्छे भएर नि म किन एक्लो महसुस गर्दैछु ? उत्तर घाँटी बाहिर कहिल्यै निस्केन् । उत्तर ननिस्किनुको कारण दिमाग , गैरी खेत र वारि जस्तै बाझो भएर हुनसक्छ ।

भग्वानले वर माग  , भने भने ,  म सधै बच्चानै हुन पाँउ भनेर माग्थे जस्तो लाग्छ । बच्चा स्वार्थरहित , निष्कपट , स्वोच्छ , शिष्ट र निर्दोश हुन्छ भन्ने मेरो बुझाई छ ।

 उमेर बढेसँगै शारीरिक रुपमा सबल भएपनी आत्मशक्ती कमजोर हुँदै गईरहेको भान परेको छ । आत्मशक्ती कमजोर हुने कारण दायित्वको गरौ भारी  लाग्छ ।

दायित्वको गरौं भारिले थिचेपछी मान्छेले  परिवार , समाज, गाउँ , अनि देशै छाडेर परको देशमा पुग्न कत्ती पनि आपत मान्दैन । त्यही भारी थेग्न गाँउका लगौटिया यारहरु परदेशमा छन् । गाउँ बालक ,बृद्द र महिलाले खचाखच छ ।

**
बाटोमा हिड्दै गर्दा कम उमेरै  बिबाह भएका युवति धेरै देखिए ।

कोक्रोमा बच्चा बोक्ने देखि , सलमा भारी बोके जसरी बच्चा बोक्ने भेटिए । यो देख्दा मलाई दस बर्ष अघिकै गाँउको झझल्को आईरहेछ  ।

गाउँ छिर्नै लाग्दा उदितनारायण झा'को आवाजमा रहेको गित "यो गाँउको ठिटो म......" र सोनु निगमको आवाजमा रहेको गित "उकाली ओराली गर्दै ......." खोला नजिकैको घट्टा जसरी दिमागमा घुमेको छ ।

धेरै गन्थन् नगरी अब म गाँउको आनन्द लिन चाहन्छु । ;)

पढ्ने चेष्टा गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।

No comments:

Post a Comment