एक बृद्ध बाटोमा बसेर भिख मागिरहेका थिए । उनको पोल्टोमा धेरै जसो एक दुई रुपैयाँको डलर त कहिले पाँच दस रुपैयाँको कागजी नोट पनि पर्ने गर्थ्यो । उनले त्यही पैसा जम्मा गरेर आफ्नो गुजारा चलाईरहेका थिए । एक दिन उनको दयालाग्दो स्थिति देखेर एक ब्यापारीले उनलाई एक हजारको नोट हातमा थमाईदिए । ती बृद्ध फुर्के । नोट चुमे । तर उनलाई कहाँ ? कसरी खर्च गर्ने ? के गर्ने ? भन्ने कुराले पिरोल्न थाल्यो । त्यो रात उनी सुत्न सकेनन् । पैसा कसैले लग्दिने हो कि ? चोर्दिने हो कि ? भन्ने पिरले उनलाई छ्टपटी बढिरहयो । निन्द्रा मजाले परेन । हिजो थोरै पैसामा आनन्दको निन्द्रा सुतेका उनले आज उनमा मागेकै पैसाबाट आनन्द आउन सकेन् । उनले उक्त हजारको नोटबाट सन्तुष्टि नपाएपछी त्यो नोट भोलिपल्ट ब्यापारिलाई नै फिर्ता गर्दिन्छन् ।
अन्ततः हाम्रो हालत पनि यस्तैनै छ । खुसि र सन्तुष्टि साना कुराहरुले पनि दिन्छन् भन्ने कुरा हामी बिर्सिन्छौ र भौतारिरहन्छौ । दौडिरहन्छौ । आफुमा सन्तुष्टिनै भएन भने संसारका बहुमुल्य कुरा पनि फिक्का फिक्का लाग्छन् । आफुमा जे छ त्यसमा गर्व गर्न सिकौ र भएकै चिजमा सन्तुष्टि हुन पनि । एउटा अंग्रेजी भनाई छ " He who is not satisfied with
a little, is satisfied with
nothing ."
a little, is satisfied with
nothing ."
शुभ दिन । 
No comments:
Post a Comment