नमस्ते
******
घरमा पाउना आउदा म पनि शेर हुन्थे । त्यो दिन केही उट्पट्याङ गरेपनी :) अलि बदमासी छ भन्दै हाँसेर टारी दिन्थे । अरु बेला उट्पट्यङ गर्दा गाली गोलिझै दिने बा पनि बढो कोमल भईदिन्थे । हाय , बर्सै भरी पाहुना आईदिउन र मलाई राजा बनाईदिउन भन्ने लाग्थ्यो ।
******
घरमा पाउना आउदा म पनि शेर हुन्थे । त्यो दिन केही उट्पट्याङ गरेपनी :) अलि बदमासी छ भन्दै हाँसेर टारी दिन्थे । अरु बेला उट्पट्यङ गर्दा गाली गोलिझै दिने बा पनि बढो कोमल भईदिन्थे । हाय , बर्सै भरी पाहुना आईदिउन र मलाई राजा बनाईदिउन भन्ने लाग्थ्यो ।
पाहुना आएको दिन आफैमा खास हुन्थ्यो । अलि मीठो खान पाईन्थ्यो , टि भि हेर्न पाईथ्यो , माया अलि दोब्बर पाईन्थो , तँ भनेर थर्काउने बा ले बाबू भन्दा , बा ले माया गर्दा रछ्न भन्ने भान हुन्थ्यो ।
वा ! पाहुना त्यत्तिकै भगवानको रुप कहाँ भन्या हुन र । आफुलाई पाहुना आउँदा दशै भन्दा कम लाग्दैन थियो ।
पाहुनाले ल्याउने कोशेलि चाउचाउनै दशै लाग्ने जमाना पनि थियो । संझिदा पनि बढो नोस्टाल्जिक हुन्छु भन्या ।
चाउचाउ वाला पाहुना , बिस्कुट वाला पाहुना र चकलेट वाला पाहुना भनेर पाहुनाको वर्गीकरण शुद्ध गरिएको थियो । चाउचाउवाला पाहुना अलि बढी याद हुन्थ्यो , सोधी खोजी हुन्थ्यो । अरु कोशेलिवाला पाहुना भने खासै वास्ता लाग्दैन थियो । अहिलेचै सबै पाहुनाहरुलाई मीठो सम्झना ।
पाहुना आउँदा सबैभन्दा दिक्दारी भने नमस्ते गर्न हुन्थ्यो । फर्मालीटि फर्माइस गर्न नमस्ते गर्नुपर्थ्यो । आफ्ना मान्छेलाई के नमस्ते ? नमस्ते त टाढाको मान्छेलाई नजिक बनाउन पो गर्ने हो भन्ने बेग्लै किसिमको बुझाई थियो । त्यही पनि नमस्ते गर्नै पर्थ्यो । आमाको शानको लागि , बाबुको ईज्जतको लागि अनि संस्कार राम्रो सिकाएका रछन भन्ने कुराले पाहुनालाई प्रभाव पार्नको लागि ।
नमस्ते नगर्दा, पाहुना गएपछि आमाले गाली फ्याँक्नु हुन्थ्यो । कहिलेकाही बा'को पनि गालिको फ्युजनले नमस्ते नगर्नु संसारकै ठूलो अपराध हो जस्तो लाग्थ्यो । कहिलेकाही गालिखाँदा आँखा रसाउथ्यो पुलपुलिएको बच्चा झै । आमा पनि कोमल भईदिनु हुन्थ्यो । माया मिसिएको त्यो मीठो गालीले फकाउनु हुन्थ्यो । वाह ! त्यो समय ।
****
स्कुलका सरहरु बाटोमा हिड्दा नमस्ते गर्नुपर्छ भनेर सधै लुकियो । कहिले बाटो फेरियो । कहिले सर पछि पछि बिस्तारै हिडियो । अझ जाडोमा गोजिबाट हात निकाल्नुको पिरले नमस्ते ठोकिएन । कहिले आमुन्ने सामुन्ने हुँदा ङिच्च दात देखाएर लाज पचाईयो तर नमस्ते भने गरिएन् । सरहरुले नमस्तेको आश गरे होलान् त ?? त्यो चै थाहा छैन् ।
अलि पछिपछि भने प्राक्टिकलको अंक दिने सरलाई मात्र सधै नमस्ते गर्न थालियो । सरसँग नजिकिने आशमा पनि नमस्ते ठोकियो । नमस्ते खाँदा सरहरुको मुहारमा बेग्लै किसिमको क्रान्ति देख्न सकिन्थ्यो । खुसी हुन ठूलो कुरो के चाहिन्छ र बिध्यार्थीको नमस्तेले मात्रै खुसी हुने गुरु अहिले जिवनको कुन अवस्थामा हात जोडिरहेका होलान् । मीठो सम्झना ती गुरुहरुलाई ।
नमस्तेको परिभाषा आजकाल अलि बेग्लै भा'छ । बच्चा बेला चाउचाउ खान नमस्ते टक्राईयो । अहिले आदतले फोगटमा टक्राईन्छ ।
ला !! कुरो त कुलो जसरी पो मोडिएछ । खैर केही छैन् । पाहुना र नमस्तेले आखिर प्रत्यक्ष सम्बन्ध राख्छ । त्यतिखेर नमस्ते गर्न बिर्सिएका तमाम मनलाई ब्याज सहित अहिले नमस्ते । ए ! यत्रो पढिसक्नु भो :) तपाईलाई पनि नमस्ते है त । :)

No comments:
Post a Comment