नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, August 26, 2018

SMART CITY | व्यंग्य |

व्यंग्य

जुरुक्क उठे, स्मार्ट घाम लागेछ । गाँउमा नियाउरो तरिकाले झुल्किने घाम स्मार्ट सिटिमा स्मार्ट तरिकाले झुल्कियो । स्मार्ट सिटिको खासिएत नै यहि होला।

एक महिनादेखी कोठामा कुहिएको फोहोरको बासनाले एकछिन आनन्दित तुल्यायो । थचक्क बसेर प्राणायाम गर्दिम गर्दिम भयो ।
दुर्गन्ध फैलाउने पर्फ्यु नछर्की सन्तुलन नमिल्ने देखियो । छ्यास ....छ्यास ....छ्यास ....पारेपछि बल्ल सन्तुलनमा आयो ।  

स्मार्ट सिटिमा फोहोर बसाउदो रहेछ । भरखरै गाँउबाट स्मार्ट सिटि छिर्नु भएको छ भने फोहोर बसायो भन्ने बानी बसाल्नुहोला । एउठा मीठो सुझाव । 

***

सिटि स्मार्ट भएपनी बाँच्नचै भुजा खानु पर्ने रच । नोट : स्मार्ट सिटिका जनताले भात खादैनन् ।

भुजा खरिद गर्न  घर बेच्नु पर्ने रमाईलो अवस्था निकट भबिस्यमा नआउला भन्न सकिन्न । त्यसैले , स्मार्ट सिटिमा भुजा नखाई पनि बाँच्न सक्ने अवस्थाबारे बिस्तृत अनुसन्धान गरियोस् सरकार ।

अनि अर्को कुरा  ब्या नभएका हामी जस्ता बेरोजगारीलाई आफै पकाउन कष्ट भईसक्यो , सरकारको ध्यान एता पनि केन्द्रित होस् ।

सरकार कति ज्ञानि छ । जे कुरा पनि हवस् भन्दै मानिदिन्छ । त्यसैले गर्व गर्न मन लाग्छ संसारमै कतै नभएको स्मार्ट सिटि हाम्रो देशमा छ ।

आजको दिनसम्म पनि  आफै पकाउनु पर्ने बाध्यता छ , हेर्नुस त पिडा । खुरुरु ताजा , चाउरिएको अनुहार जस्तो शब्जि , सर्बशुलब दाममा किनेर ल्याए ।

 बिषादि नहालिएको , हानी नगर्ने शब्जी अक्सर चाउरिएको हुने गर्छ । स्मार्ट सिटिको स्मार्ट बिषेशता । 

अनि पाईप वाला ग्यासमा पकाउन सार्है झन्झट हुने हेर्नुस् । 

अस्ति ग्यास बन्द गर्न भुलेछु त्यही मौकामा छिमेकी भाउजुले स्मार्ट वाईफको सुझाव सम्म दिन भ्याउनु भयो  ।
भुल्नुको एउटा कारण , गाँउले साथिको फोनमा सोधिएको ,    " कलेज किन नगएको " भन्ने प्रश्न थियो ।
बिचरालाई  स्मार्ट सिटिमा कलेज गईरहनु पर्दैन् , ट्याक्क आफुले नेट खोलेर ल्यापटप अघि बसे मात्र पुग्च भन्ने ज्ञान रैनछ । 

दिब्य ज्ञान पाएपछि उसले स्मार्ट सिटि आउने ईच्छा प्रकट गर्न भ्यायो ।

****
भुजा ग्रहण पश्चात एक राउन्ड रेलमा चढ्ने मन , मनले गर्यो । मनको अघि  कसको बस चल्छ र ? 


आनन्दले सुबिधासम्पन्न रेलमा झुन्डिएर यात्रा गर्नुको मज्जा अरु के हुन सक्छ ।  छेउमै बुढा , तन्नेरि बा तन्की तन्की झुन्डिएका थिए ।

जेष्ठ नागरिक सिटमा बसेका एक ज्ञानि युवाले फोटो खिचे , आँखै अघि ' स्मार्ट र तन्दुरुस्त वृद्ध '  क्याप्सन राख्दै फेसबुक पेजमा हाल्न भ्याए ।

ल्या !! रेल त जाममा फस्यो । रेल आफ्नो गतिमा सर ....सर ... सर्दै थियो । बिना ब्रेड जाम खाँदा अचाक्ली मीठो हुने गर्दछ ।  सित्तैमा जाम स्मार्ट सिटिले मात्र बाँड्ने गर्छ । बाहिर हुनुहुन्छ र जाम खान मन भए स्मार्ट सिटि आउने निम्ता सहर्ष स्विकार्नु होला ।

रेल कुदिरहेको छ । स्मार्ट सिटिका जनता फुत्त फुत्त बाटो काटिदिन्छ्न् । बिरालोले बाटो काटेझै । स्मार्ट जनताको स्मार्ट चाल ।

जेब्रा क्रसिङबाट बाटो काट्न मनले मान्दैन , जाँगर चल्दैन् , स्मार्ट भएको नातले पनि दिदैन , अनि जतासुकै बाट बाटो काट्न मनले कुत्कुत्याउछ ।

रेल भित्र झन झन भिड बढ्दै थियो । धन्न !आज , रेलमा अघि - पछि सर्नु भन्ने मुन्छे रैन्च ।

म जहाँको त्यही उभिए । एक युवक, युवतीले जथाभावी छोएको आरोप लगाउदै , कराउदै थिए । ती युवक कराउदा भिड भने मौन थियो ।

ठाउँले , मान्छेलाई मान्छे बनाँउछ भन्थे , तर स्मार्ट सिटिले जनता स्मार्ट बनाउन चुकेको अनुभव भयो ।
******

Sunday, August 5, 2018

नमस्ते :)

नमस्ते
******
घरमा पाउना आउदा म पनि शेर हुन्थे ।  त्यो दिन केही उट्पट्याङ गरेपनी :) अलि बदमासी छ भन्दै हाँसेर टारी दिन्थे । अरु बेला उट्पट्यङ गर्दा गाली गोलिझै दिने बा पनि बढो कोमल भईदिन्थे । हाय , बर्सै भरी पाहुना आईदिउन र मलाई राजा बनाईदिउन भन्ने लाग्थ्यो ।

पाहुना आएको दिन आफैमा खास हुन्थ्यो । अलि मीठो खान पाईन्थ्यो , टि भि हेर्न पाईथ्यो , माया अलि दोब्बर पाईन्थो , तँ भनेर थर्काउने बा ले बाबू भन्दा , बा ले माया गर्दा रछ्न भन्ने भान हुन्थ्यो ।
वा !  पाहुना त्यत्तिकै भगवानको रुप कहाँ भन्या हुन र । आफुलाई पाहुना आउँदा दशै भन्दा कम लाग्दैन थियो ।

पाहुनाले ल्याउने कोशेलि चाउचाउनै दशै लाग्ने जमाना पनि थियो । संझिदा पनि बढो नोस्टाल्जिक हुन्छु भन्या ।

चाउचाउ वाला पाहुना , बिस्कुट वाला पाहुना र चकलेट वाला पाहुना भनेर पाहुनाको वर्गीकरण शुद्ध गरिएको थियो । चाउचाउवाला पाहुना अलि बढी याद हुन्थ्यो , सोधी खोजी हुन्थ्यो । अरु कोशेलिवाला पाहुना भने खासै वास्ता लाग्दैन थियो । अहिलेचै सबै पाहुनाहरुलाई मीठो सम्झना ।

पाहुना आउँदा सबैभन्दा दिक्दारी भने नमस्ते गर्न हुन्थ्यो । फर्मालीटि फर्माइस गर्न नमस्ते गर्नुपर्थ्यो । आफ्ना मान्छेलाई के नमस्ते ? नमस्ते त टाढाको मान्छेलाई नजिक बनाउन पो गर्ने हो भन्ने बेग्लै किसिमको बुझाई थियो । त्यही पनि नमस्ते गर्नै पर्थ्यो । आमाको शानको लागि , बाबुको ईज्जतको लागि अनि संस्कार राम्रो सिकाएका रछन भन्ने कुराले पाहुनालाई प्रभाव पार्नको लागि ।

नमस्ते नगर्दा, पाहुना गएपछि आमाले गाली फ्याँक्नु हुन्थ्यो । कहिलेकाही बा'को पनि गालिको फ्युजनले नमस्ते नगर्नु संसारकै ठूलो अपराध हो जस्तो लाग्थ्यो । कहिलेकाही गालिखाँदा  आँखा रसाउथ्यो पुलपुलिएको बच्चा झै । आमा पनि कोमल भईदिनु हुन्थ्यो । माया मिसिएको त्यो मीठो गालीले फकाउनु हुन्थ्यो ।  वाह ! त्यो समय ।

****
स्कुलका सरहरु बाटोमा हिड्दा नमस्ते गर्नुपर्छ भनेर सधै लुकियो । कहिले बाटो फेरियो । कहिले सर पछि पछि बिस्तारै  हिडियो । अझ जाडोमा गोजिबाट हात निकाल्नुको पिरले नमस्ते ठोकिएन । कहिले आमुन्ने सामुन्ने हुँदा ङिच्च दात देखाएर लाज पचाईयो  तर नमस्ते भने गरिएन् । सरहरुले नमस्तेको आश गरे होलान् त ?? त्यो चै थाहा छैन् ।

अलि पछिपछि भने प्राक्टिकलको अंक दिने सरलाई मात्र सधै नमस्ते गर्न थालियो । सरसँग नजिकिने आशमा पनि नमस्ते ठोकियो । नमस्ते खाँदा सरहरुको मुहारमा बेग्लै किसिमको क्रान्ति देख्न सकिन्थ्यो ।  खुसी हुन ठूलो कुरो के चाहिन्छ र बिध्यार्थीको नमस्तेले मात्रै खुसी हुने गुरु अहिले जिवनको कुन अवस्थामा हात जोडिरहेका होलान् । मीठो सम्झना ती गुरुहरुलाई ।

नमस्तेको परिभाषा आजकाल अलि बेग्लै भा'छ ।  बच्चा बेला चाउचाउ खान नमस्ते टक्राईयो । अहिले आदतले फोगटमा टक्राईन्छ ।

ला !! कुरो त कुलो जसरी पो मोडिएछ । खैर केही छैन् । पाहुना र नमस्तेले आखिर प्रत्यक्ष सम्बन्ध राख्छ । त्यतिखेर नमस्ते गर्न बिर्सिएका तमाम मनलाई ब्याज सहित अहिले नमस्ते ।  ए ! यत्रो पढिसक्नु भो :) तपाईलाई पनि नमस्ते है त । :)