जुरुक्क उठे, स्मार्ट घाम लागेछ । गाँउमा नियाउरो तरिकाले झुल्किने घाम स्मार्ट सिटिमा स्मार्ट तरिकाले झुल्कियो । स्मार्ट सिटिको खासिएत नै यहि होला।
एक महिनादेखी कोठामा कुहिएको फोहोरको बासनाले एकछिन आनन्दित तुल्यायो । थचक्क बसेर प्राणायाम गर्दिम गर्दिम भयो ।
दुर्गन्ध फैलाउने पर्फ्यु नछर्की सन्तुलन नमिल्ने देखियो । छ्यास ....छ्यास ....छ्यास ....पारेपछि बल्ल सन्तुलनमा आयो ।
स्मार्ट सिटिमा फोहोर बसाउदो रहेछ । भरखरै गाँउबाट स्मार्ट सिटि छिर्नु भएको छ भने फोहोर बसायो भन्ने बानी बसाल्नुहोला । एउठा मीठो सुझाव ।
***
सिटि स्मार्ट भएपनी बाँच्नचै भुजा खानु पर्ने रच । नोट : स्मार्ट सिटिका जनताले भात खादैनन् ।
भुजा खरिद गर्न घर बेच्नु पर्ने रमाईलो अवस्था निकट भबिस्यमा नआउला भन्न सकिन्न । त्यसैले , स्मार्ट सिटिमा भुजा नखाई पनि बाँच्न सक्ने अवस्थाबारे बिस्तृत अनुसन्धान गरियोस् सरकार ।
अनि अर्को कुरा ब्या नभएका हामी जस्ता बेरोजगारीलाई आफै पकाउन कष्ट भईसक्यो , सरकारको ध्यान एता पनि केन्द्रित होस् ।
सरकार कति ज्ञानि छ । जे कुरा पनि हवस् भन्दै मानिदिन्छ । त्यसैले गर्व गर्न मन लाग्छ संसारमै कतै नभएको स्मार्ट सिटि हाम्रो देशमा छ ।
आजको दिनसम्म पनि आफै पकाउनु पर्ने बाध्यता छ , हेर्नुस त पिडा । खुरुरु ताजा , चाउरिएको अनुहार जस्तो शब्जि , सर्बशुलब दाममा किनेर ल्याए ।
बिषादि नहालिएको , हानी नगर्ने शब्जी अक्सर चाउरिएको हुने गर्छ । स्मार्ट सिटिको स्मार्ट बिषेशता ।
अनि पाईप वाला ग्यासमा पकाउन सार्है झन्झट हुने हेर्नुस् ।
अस्ति ग्यास बन्द गर्न भुलेछु त्यही मौकामा छिमेकी भाउजुले स्मार्ट वाईफको सुझाव सम्म दिन भ्याउनु भयो ।
भुल्नुको एउटा कारण , गाँउले साथिको फोनमा सोधिएको , " कलेज किन नगएको " भन्ने प्रश्न थियो ।
बिचरालाई स्मार्ट सिटिमा कलेज गईरहनु पर्दैन् , ट्याक्क आफुले नेट खोलेर ल्यापटप अघि बसे मात्र पुग्च भन्ने ज्ञान रैनछ ।
दिब्य ज्ञान पाएपछि उसले स्मार्ट सिटि आउने ईच्छा प्रकट गर्न भ्यायो ।
****
भुजा ग्रहण पश्चात एक राउन्ड रेलमा चढ्ने मन , मनले गर्यो । मनको अघि कसको बस चल्छ र ?
आनन्दले सुबिधासम्पन्न रेलमा झुन्डिएर यात्रा गर्नुको मज्जा अरु के हुन सक्छ । छेउमै बुढा , तन्नेरि बा तन्की तन्की झुन्डिएका थिए ।
जेष्ठ नागरिक सिटमा बसेका एक ज्ञानि युवाले फोटो खिचे , आँखै अघि ' स्मार्ट र तन्दुरुस्त वृद्ध ' क्याप्सन राख्दै फेसबुक पेजमा हाल्न भ्याए ।
ल्या !! रेल त जाममा फस्यो । रेल आफ्नो गतिमा सर ....सर ... सर्दै थियो । बिना ब्रेड जाम खाँदा अचाक्ली मीठो हुने गर्दछ । सित्तैमा जाम स्मार्ट सिटिले मात्र बाँड्ने गर्छ । बाहिर हुनुहुन्छ र जाम खान मन भए स्मार्ट सिटि आउने निम्ता सहर्ष स्विकार्नु होला ।
रेल कुदिरहेको छ । स्मार्ट सिटिका जनता फुत्त फुत्त बाटो काटिदिन्छ्न् । बिरालोले बाटो काटेझै । स्मार्ट जनताको स्मार्ट चाल ।
जेब्रा क्रसिङबाट बाटो काट्न मनले मान्दैन , जाँगर चल्दैन् , स्मार्ट भएको नातले पनि दिदैन , अनि जतासुकै बाट बाटो काट्न मनले कुत्कुत्याउछ ।
रेल भित्र झन झन भिड बढ्दै थियो । धन्न !आज , रेलमा अघि - पछि सर्नु भन्ने मुन्छे रैन्च ।
म जहाँको त्यही उभिए । एक युवक, युवतीले जथाभावी छोएको आरोप लगाउदै , कराउदै थिए । ती युवक कराउदा भिड भने मौन थियो ।
ठाउँले , मान्छेलाई मान्छे बनाँउछ भन्थे , तर स्मार्ट सिटिले जनता स्मार्ट बनाउन चुकेको अनुभव भयो ।
******

No comments:
Post a Comment