नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, December 24, 2015

Christmas प्रती हटेको मेरो सन्देह


आज Christmas रहेछ । अघिल्लो बर्ष एक जना बिदेशी साथिले merry Christmas भने म पुरै अल्मलिएको थिए उसलाई merry Christmas भन्न अनि मैले खुलस्त भन्दिए मलाई तिम्रो धर्म मन पर्दैन । उ अलिक रिसाय जस्तो गर्यो । साच्चै Christmas भन्ने बित्तिकै म जस्तै अरु थुप्रै मानिसको दिमागमा अलिकति चिसो पसिहाल्छ । अझ हामी जस्तो युवामा यी यस्ता प्रश्नले दिमाग नै तताई दिन्छ । यो त बिदेशीको धर्म हो , यो त तिनिहरुको धर्म हो हामिलाई के बाल ? तिनीहरु जस्तो मान्छे छ्या , धर्म परिवर्तन गराउदै हिड्छ्न । धर्म पनि बेच्ने कुरा हो र ? यदि होईन भने तिनीहरु किन धर्मको प्रचार गर्दै हिडेका त ? खोइ अहिलेसम्म कुनै धर्मले प्रचार गरेको छ ? तिनीहरुनै बाठो भएर हातमा पैसा थमाउदै एउटा किताब बाड्दै धर्म किन परिवर्तन गराई राखेको छ्न त । यी यस्ता कुरा धेरै जसोको मानसपटलमा उम्लिदै होलान् र गहिरिएर सोच्ने हो भने यसको उत्तर पनि फ्याट्ट आउला । मान्छेको स्वोभाब(मन ) र मान्छेको दिमाग जुन कुराले छिटो समात्यो त्यो कुरा छाड्न मान्छे निक्कै हिचकिचाउछ सायद , जस्तै यदि एउटा मान्छेले कसैले भनेको र सुनेको आधारमा अर्को मान्छे नराम्रो छ भन्ने थाहापायो भने उसले त्यो मान्छेलाई हेर्ने दृष्टिकोण पनि नराम्रोनै बनाउछ , यदि राम्रो नजरले हेर्यो र अर्कोले पनि राम्रो छ है भनेर भन्यो भने हामी त्यो अर्को मान्छे सँग अझ राम्ररी प्रस्तुत हुन्छौ । यो धर्मको बिषय पनि यस्तै नै भएको हो कि । हामिले यो धर्म यस्तो यो धर्म उस्तो भनेर चोर औलो ठड्याउनु भन्दा त्यो धर्ममा भएका राम्रो कुरा के हो हो त्यसलाई पो लिने होईन र ? यदि हरेक धर्ममा भएका राम्रो कुरालाई लिन सक्यौ भने ' आफू नमरी स्वोर्ग देखिदैन ' भन्ने उखान पनि परिवर्तन हुनसक्छ जस्तो लाग्छ । स्वोर्ग देख्न मर्नै पर्दैन बस राम्रो सोच , राम्रो कुरा लेउ , खराब कुरा एउटा कान बाट सुनाउ त्यस भित्र पनि केही राम्रो कुरा छ भने फिल्टर गर , फिल्टर गर्दा राम्रो असल जसले जिन्दगी अगाडि बढाउन सहयोग गर्छ भने लेउ नत्र अर्को कान बाट उडाउ ।अनि आफू नमरी स्वोर्ग देखिदैन होईन स्वोर्ग देख्न मर्नै पर्दैन भन्ने कुरा पनि बोध होला । तर अहिले संसारमा ठिक्क उल्टो भएको छ राम्रो कुरा नलिने र धर्मको रक्षा भन्दै एक अर्का माथि चोर औलो ठड्याउने प्रक्रिया पुरै बढेको देख्न पाईन्छ । यहि चोर औला ठड्याउने प्रक्रियाले संसारमा थुप्रै युद्द भए , अहिले पनि ईस्मालिक ईस्टेटको पनि त्यही धर्मकै कुरोलाई लिएर युद्द भैरहेको छ । हरेक धर्मले मान्छेलाई अनुशासन र नियममा बाध्ने होईन र ?सायद संसारको कुनै पनि धर्मले भन्दैन होला मानवलाई दुख दे ,कष्ट दे , चोट पुर्या आदि आदि एउटा भनाई छ नि " एउटै पुस्तकालयको एकै ठाउमा भएका धर्म ग्रन्थ कहिलै झगडा गर्दैनन् र त्यही पुस्तक कहिले नपढ्ने मान्छे धर्मको रक्षा भन्दै युद्द गर्न तत्पर हुन्छन् ।" अहिले यस्तै भएको हो । धर्मकै कुरालाई लिएर हिन्दी चलचित्र PK यो बर्ष कै उत्कृष्ट चलचित्र बन्यो । त्यहाँको हरेक प्रस्तुतिले मान्छेलाई सोच्न बाध्य बनाईदिन्छ । कुनै धर्मको tag नलिई जन्मेको हामी, यो धर्म ठिक यो धर्म बेठिक भनेर उम्लिनु भन्दा हरेक धर्म भएका राम्रा कुरालाई लिने बानी बसाल्दा अझ केही प्रगती होला कि ? यति कुरा मैले बुझेपछी यो बर्ष मैले बिहानै त्यो साथिलाई merry Christmas भने , उसले पनि merry Christmas
भन्यो र "" सँग संगै राम्रो कुरालाई प्राथमिकता दिन्छु र धर्म भित्र भएका नराम्रा कुरालाई त्यागी धर्म भन्दा ठूलो मानव धर्म लाई साथ दिदैछु भन्यो । तिमिलाई थाहा छ होला Christmas मा थुप्रै मानिस हरु मिल्छ्न , खुसी साट्छ्न यहि खुसी हेर्न नै मलाई रहर लाग्छ र फेरि पनि merry Christmas । "" मैले पनि कुनै सन्देह नराखी फेरि पनि merry Christmas भने ।

तपाईलाई मन पर्यो भने शेयर गरेर थप साथिहरुलाईपढ्न जानकारी दिनुहोला  |

Saturday, November 7, 2015

प्रेरक भनाई #४

"जो हमेशा भन्नेगर्छ ,म सङ्ग समय छैन ।वास्तवमा
त्यो
ब्यक्ती busy भएर होइन ,अस्तब्यस्त भएर त्यसो
भनेको
हो । "
*************************************
६ओटा स-साना काहानिहरु ,please २ मिनेट समय
निकालेर पढिदिनु ल !!!
######$#$$####$$$##$$$$$$$$
१.एकचोटी गाउको मान्छेहरु यो निर्णय गर्न पुगेछ
कि
,लामो खरेडिको बाबजुद वर्षा गर्नको लागि
भगवान सङ्ग प्रार्थना गर्ने ।प्रार्थनाको दिन सबै
गाउलेहरु एक ठाउमा भेला भए ।तर एक जना गाउले
भने
आफ्नो साथमा छाता पनि लिएर आएका थिए ।
-----------------------------------
यसलाई भनिन्छ;- # आस्था
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
२.जब तपाईले १,२ बर्षको बच्चालाई दुई हातले
उचालेर
माथी उफार्नु हुन्छ ,तब त्यो बच्चा हास्न थाल्दछ ।
किनकी उसलाई थाहा हुन्छ कि तपाईले समाउनु
हुन्छ
भनेर।
---------------------------------
यसलाई भनिन्छ ; # विश्वास
**************************************
३.प्रत्येक राती जब हामी सुत्न जान्छौ ,तब यश
कुराको कुनै ग्यारेन्टी हुदैन कि भोलि बिहानी
हामी जिवित भएर उठ्छौ कि उठ्दैन ।तर पनि हामी
घडिमा alarm लगाएर सुत्छौ ।
-------------------------------
यसलाई भनिन्छ ;- # आशा
***********************************
४.भोलि के हुन्छ ,यस्तै हुन्छ ,भनेर भविष्य वाणी गर्न
सकिँदैन ।यानकि हामिलाई भविष्य को बारेमा कुनै
जानकारि हुदैन ।तर पनि हामि भोलिको बारेमा
,आउने दिनहरुको ठु-ठुला सपना र योजना बुन्ने गर्छौ
यस्तो ,उस्तो गर्छु भनेर ।
-----------------------------------
यसलाई भनिन्छ ;- # आत्मविश्वास
***********************************
५.हामिले भोग्दै आईरहेको कुरा हो कि ,यो सन्सार
समस्या नै समस्या ,दुख कष्टले गुज्रिरहेको छ ।तर पनि
तमाम समस्या को बाबजुद हामी बिहे गर्छौ ।
-----------------------------------यसलाई
भनिन्छ ;-
# प्यार
**************************************
६.एक ६० उमेर पुगेको ब्यक्तिको सर्टमा एक शानदार
वाक्य लेखिएको थियो ;-" मेरो उमेर ६० बर्ष होइन
,म
त केवल भर्खर १६ बर्षे जवान किशोर हु ,४४ बर्ष
अनुभवको
साथ"
-----------------------------------
यसलाई भनिन्छ ;- # नजरिया / # दिष्टिकोण
**************************************
जिन्दगी सुन्दर छ ,त्यो सुन्दरताको रसपान गरि
भरपुर
ले बाचौ !!!!!

Thursday, November 5, 2015

प्रेरक भनाई #३

उठ , तिमी नउठे , उठेकाहरुले तिमिलाई कुल्चेर अगाडि
बढ्नेछन । उनिहरु लक्ष्यसम्म पुग्नेछन । तिमी
आजन्म शोषित हुन्छौ र पिडित हुन्छौ आफ्नै कुरुप विचार र भावना
बाट ... उफ ! कस्तो विडम्बनापुर्ण प्रहार ? बाहिरबाट पनि
भित्रबाट पनि । कोहि तिम्रो पराजयको कहानी प्रयोग
असल कथाकार बन्छ , कोहि तिम्रो दयनिय वृत्तान्तको नक्कल
गर्ने मान्छे सफल एवम सभ्रान्त कलाकार बन्छ । तिम्रो खुट्टा
अरुलाई जुत्ता बेची धनी बन्ने माध्यम
बन्छ । यसबिच तिमिलाई लाग्ने स्वास्थ्य तथा मानसिक रोगको समेत
स्वास्थ्य व्यवसायिहरुको लागि धन कमाउने कच्चा पदार्थ बन्न
जान्छ । त्यसैले तिमिलाई उठ्नैपर्छ अन्यथा उठेकाहरुले तिमिलाई
कुल्चेर अगाडि बढिरहनेछ ।

प्रेरक भनाई #२

बिहिवार , कार्तिक १७ , २०७२
जर्ज बनार्ड शा अङ्ग्रेजी भाषाका प्रसिद्ध
नाटककार हुन । एक पटक एउटा नवयुवक उनकोमा
आफ्नो हस्ताक्षर पुस्तिका लिएर पुगे र उनिसँग
प्रार्थना गरे कि युवाको लागि कुनै सन्देश लेखेर उनले
हस्ताक्षर गरीदिउन ।
शा ले हस्ताक्षर गर्नु अगाडि हस्ताक्षर
पुस्तिकामा लेखे " आफ्नो समय अरुको हस्ताक्षर
जम्मा गर्नमा नष्ट नगर , बरु आफैलाइ यसको योग्य
बनाउ कि अरु तिम्रो हस्ताक्षर प्राप्त गर्नको
लागि लालायित रहुन "

Wednesday, November 4, 2015

प्रेरक भनाई #1

एकपटक  पढ्नै पर्ने खालका भनाईहरु हुन ।कृपया
पढ्ने प्रयास
गर्नुहोला
1. “Don’t take rest after your first victory
because if you
fail in second, more lips are waiting to say that
your
first victory was just luck.”
2. “All Birds find shelter during a rain. But
Eagle avoids
rain by flying above the Clouds.”
3. “Man needs difficulties in life because they
are
necessary to enjoy the success.”
4. “If you want to shine like a sun. First burn
like a
sun.”
5. “It is very easy to defeat someone, but it is
very hard
to win someone”
6. "All of us do not have equal talent. But , all
of us
have an equal opportunity to develop our
talents.”
7. "Thinking should become your capital asset,
no
matter whatever ups and downs you come
across in
your life."
8. Dreams are not those which comes while we
are
sleeping, but dreams are those when u don’t
sleep
before fulfilling them.
9. Confidence and Hard work is the best
medicine to
kill the disease called failure. It will make you
successful person.
10. Don’t read success stories, you will only
get a
message. Read failure stories, you will get
some
ideas to get success.



बा , पाठशाला जान्न म : हरिभक्त कट्वाल

बा, पाठशाला जान्न म

बा पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहास भन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिड्नभन्दा
बाटो बनाउदै हिड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको ।
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहास भन्दा बढी अरू केही भएर त्यसैले बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ । बनिसकेका बाटोमा हिड्नभन्दा बाटो बनाउदै हिड्न रहर लाग्छ । इतिहासका ठेली होइन एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई योजना होइन पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई र, गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरूको । बा, पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

Monday, February 16, 2015

शाखा अधिकृतको प्रारम्भिक परिक्षा अन्तर्रगत सोधिएका सामान्यज्ञान तर्फका सबै प्रश्न र तिनका उत्तरहरु

2071को  शाखा अधिकृतको प्रारम्भिक परिक्षा अन्तर्रगत सोधिएका सामान्यज्ञान तर्फका सबै प्रश्न र तिनका उत्तरहरु






१. साँढे जुधार्इ कुन देशको राष्ट्रिय खेल हो ?
– स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
– नरेन्द्र सिहंमान प्रधान
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ?
– सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ?
– भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?
६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ?
– बाङ्गीरा माथाई
७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ?
– २५.७ %
८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ ?
– यजुर्वेद
९. Paper Gold मुद्रा कुन देशको हो ?
– SDR
१०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?
– दण्डनायक
११. नेपालमा कति संस्थान नाफामा रहेको छ ?
– १९ वटा
१२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ ?
– Spring
१३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ?
– वासिङ्टन डिसी
१४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
– पेरिस
१५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ?
– इरान
१६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ?
– जोन टिरोल
१७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
– १६ वटा
१८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?
– अमेरिका
१९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?
– प्यागोडा
२०. एजेण्डा २१ के सँग संबन्धित छ ?
– वातावरण
२१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?
– लिटिल ब्वाइ
२२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ?
– पृथ्वी, सिद्धर्थ, त्रिभुवन र मेचि राजमार्ग
२३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ?
– उर्जा व्यपार सम्झाैता
२४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ?
– अाैपनिवेशबाट मुक्ति
२५. बुद्धको बारेमा जोडा मिलाउनुहोस् ।
a) बुद्धत्व प्राप्त i) कुशिनगर
b) पहिलो उपदेश ii) बैशाली
c) अन्तिम उपदेश iii) बोधगया
d) देहत्याग iv) सारनाथ
– a-3, b-4, c-2, d-1
२६. तलको समूहहरुको जोडा मिलाउनुहोस् ।
a) प्रथम मल्ल राजा i) प्रचण्ड देव
b) शान्ति श्री ii) अरिदेव मल्ल
c) तलेजु iii) प्रताप मल्ल
d) रानी पोखरी iv) महिन्द्र मल्ल
– a-2, b-1, c-4, d-3
२७. निकुञ्ज हरुको अवस्थितिबारे जोडा मिलाउनुहोस् ।
a) मकालु बरुण i) रसुवा
b) लामटाङ ii) संखुवासभा
c) से-फोक्सुण्डो iii) डोटी
d) खप्तड iv) डोल्पा
– a-2, b-1, c-4, d-3
२८. तलका समुहबिच जोडा मिलाउनुहोस् ।
a) UN University i) Geneva
b) WTO ii) Washington DC
c) IMF iii) Tokyo
d) UNEP iv) Nairobi
– a-3, b-1, c-2, d-4
२९. तलका समुहविच जोडा मिलाउनुहोस् ।
a) चार्ली हेब्डो i) नाइजेरिया
b) बोको हराम ii) फ्रान्स
c) इस्लामिक स्टेट iii) सोमालिया
d) अल सबाब iv) इराक
– a-2, b-1, c-4, d-3
३०. २०१४ मार्च ८ मा दुर्घटनाग्रस्त भएको मलेसियन एयललाइन्सको विमान कुन ठाउँका लागि उडेको थियो ?
– बेइजिङ
३१. शिवालिक कुन क्षेत्रमा पर्दछ ?
– तराइ र भित्री मधेशको बीचमा
३२. तलका मध्ये कसको लागि संसदिय सुनुवाईको व्यवस्था छैन ?
– योजना आयोगको उपाध्यक्ष
३३. निम्नमध्ये ८००० मिटर भन्दा कम उँचाइ भएको हिमाल कुन हो ?
– माउन्ट एल्ब्रुज
३४. निम्न मध्ये आसियानको सदश्य राष्ट्र कुन कुन हुन् ?
– दिएका सवै (ब्रुनाइ लाओस कम्बोडिया र भियतनाम)
३५. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸ नेदरल्याण्ड¸ अर्जेन्टिना र जर्मनी हुन् ।
ग) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ans : सेमिफाइनल खेल अर्जेन्टिना नेदरल्याण्ड जर्मनी र ब्राजिलबिच भएको थियो ।
३६. जोनाथन बी पोस्टल अवार्ड कसलाइ प्रदान गरियो ?
– महाविर पुन
३७. चालु योजना अनुसार विद्युतको पहुँच पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ८७ प्रतिशत
३८. २०६८ सालको जनगणना अनुसार कति किसिमका मातृभाषा बोल्ने जनसंख्या रहेका छन् ?
– १२३ वटा
३९. २०६८ सालको जनगणना अनुसार १५-१९ वर्षका जनसंख्या कति प्रतिशत रहेका छन् ?
– ११.०७ (But answer is 56.96 According to the given answer.)
४०. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढि जनसंख्या रहेको जिल्लाहरु ठुलोदेखि सानोको क्रममा मिलाएर राख्नुहोस् ।
– काठमाण्डौ, कास्की(पाेखरा), ललितपुर, विराटनगर र भरतपुर
४१. World Cup T-20 Cricket, 2014 को उपाधि जित्ने टिम कुन हो ?
– श्रीलंका
४२. सन् १९९२ मेई मा जय बर्माको पुर्णकदको मुर्ती कुन ठाउँमा फेला परेको थियो ?
– काठमाण्डौको मालिगाँउ
४३. तल दिएको नेपालको शहरहरुको पुर्वबाट पश्चिमको क्रममा मिलाएर राख्नुहोस ।
– भद्रपुर भरतपुर, बुटबल र तौलिहवा
४४. दिएका ताल तथा जिल्लाहरु बारे जोडा मिलाउनु होस् ।
a) सुर्मासरोवर i) सुर्खेत
b) कामिनी दह ii) भोजपुर
c) बुलबुले ताल iii) बझाङ
d) साल्पा पोखरी iv) बारा
– a-iii, b-iv, c-i, d-ii
४५. तामा, सुन, फलाम, कोइला पाइने क्रम मिलाउनुहोस ।
– कुलेखानी, कालीगण्डकी, फुल्चोकी, चितवन
४६. टेलिभिजनको आविस्कारक को हुन् ?
– जे एल बेयर्ड
४७. तलका मध्ये कुन भनाइ ठिक छ ?
a) Most of the tourist visit Nepal for trekking
b) most tourist come from Europe
c) 2011 ad is observed Nepal as tourism year
– नेपाल पर्यटन वर्ष २०११ लाइ मनाइयो ।
४८. नेपालका जलविद्युतको क्षमतालाइ ठुलो देखि सानोको क्रममा मिलाएर राख्नुहोस ।
– कालिगण्डकी A, मर्स्याङ्दी खिम्तिखोला भोटेकोशी र चिलीमे
४१ ४२ ४३ र ४४ को प्रश्न तलको तालिकाबाट सोधिएको छ ।
a) वि.सं. २००४ 1) नेपालको बैधानिक कानुन i) मोहन शमशेर
b) वि.सं. २००७ 2) नेपालको अन्तरीम शासन विधान ii) पद्म शमशेर
c) वि.सं. २०१५ 3) नेपाल अधिराज्यको संविधान iii) कृष्ण प्र भट्टराइ
d) वि.सं. २०१९ 4) नेपालको संविधान iv) वि पि कोइराला
e) वि.सं. २०४७ v) सुवर्ण शमशेर vi) राजा महेन्द्र
४९. a-1-ii
५०. b-2-i
५१. d-4-vi
५२. e-3-iii
५३. २०७१/७२ को बजेटमा बृद्धबृद्धालाई उपचार खर्चबापत वार्षिक कति रकम उपलब्ध गराउने घोषणा भएको छ ?
– रु. २०००
५४. २०६८ सालको जनगणना अनुसार नेपालमा महिला घरमुली भएको जनसंख्या कति छ ?
– २५.७ प्रतिशत
५५. नेपाल र तिब्बत विच बेत्राबति कहिले भएको थियो ?
– वि सं १८४९
५६. जोडा मिलाउनुहोस्
– क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस
५७. जोडा मिलाउनु होस् ।
a) बंगलादेश i) 1972
b) जर्मनी ii) 1958
c) अर्जेन्टिना iii) 1962
d) इजरायल iv) 1960
५८. तलको भनाइ वारे विचार गर्नु होस् ।
1) Cosmic Rays जिवनको लागि खरतापूर्ण हुन्छ।
2) Cosmic Rays किरणमा रेडियम र प्रोटोन तत्वहरु पाइन्छन ।
a) दुवै ठिक
b) दुवै बेठिक
-a (दुबै ठीक)
५९. मौसम परिवर्तन ……………………………………… के हो ?
a) भुमध्यीय सागरिय जलवायु
b) भुमध्यरेखिय जलवायु
c) मनसुनी जलवायु
d) माथिका सवै
d- माथीका सबै

Thursday, February 12, 2015

The way of success



1. " यदि तपाइले मानिसहरुले के भन्लान ? दुनिया के
भन्छ ? भनेर सोच्नुभएको छ भने तपाईंजस्तो बेवकुफ अरु
कोहि छैन । दुनियाको आवाज सुन्न बन्द गर्नुस
आफ्नो मनको आवाज सुन्नुस किनकी डोरिलाई सर्प
बनाइदिने दुनियाको काम हो "

2. " सफल मानिसको परीक्षा सबै समस्याहरुलाई
पन्छाउन सक्ने खुबी होइन , बरु जतिखेर
ती उठ्छन तिनलाई सफलतापुर्वक सामना गर्न
सक्नु हो । हामिले परिस्थिती सित सामना गर्न
राजी हुनैपर्छ । नत्र काम आरम्भ गर्नुपुर्व नै
हामी सधै सधैका लागि प्रतीक्षा गरिरहन
पुग्नेछौ । पुल आएअछी मात्र खोला तर्छु भन्ने सुझाव
आजपनी उत्तिकै सान्दर्भिक छ ।

3. हामी जिन्दगिलाई किन कुरुप बनाएर
बाचेका छौ ? किन कुरुप भयो हाम्रो जिन्दगी ?
किन सुन्दर भएन जिन्दगी ? यो प्रश्न छ भने
जवाफ - हामी हतारमा छौ ।हामी सबै
हतारमा छौ , हामिलाई हतारो - हतारो खानु छ ,
हतारो - हतारो विहे गर्नुछ अनि शुरुमा मेला हुन्छ
अनि पछि अगाडि झ थपिन्छ अनि झमेला शुरु
हुन्छ , हरेक कुरामा हतार गर्छौ , काम गर्न
हतार गर्छौ , बाँच्न हतार गर्छौ अनि छिट्टै
मर्छौ । हामी सबै ठाँउमा हतार मानौ हामिले
हतार गरेनौ भने केही नपाउने जस्तो फिलिङ्ग
गर्छौ , सबैकुरामा हतार छ हामिलाई जाँच पास
गर्न हतार , जागिर खान हतार , बच्चा जन्माउन
हतार , सबै हतारको कारणले सबै लतार पतार " 


visit on our facebook 
page