नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, December 22, 2017

कथा: नर्स | Story : Nurse ||

म तिमीलाई अन्फ्रेन्ड गर्दै छु । अन्फ्रेन्ड यसकारण कितिमी अनलाइन भयौ भने मलाई बोल्न मन लागेर औडाहा हुन्छ । तर, तिमीले बोल्दा प्रयोग गर्ने शब्दले गर्दा मैले टाइप गरेका मेसेज कति मेट्दै/काट्दै तिमीसँग नबोलेको पनि छु । अन्फ्रेन्ड गर्न तिम्रो अनुमति चाहिँदैन । तर,  कुनै मोडमा फेरि साथी बन्ने अवस्था आयो भने तिम्रो अनुमति अवश्य  चाहिन्छ । 
तिमीप्रति ममा कुनै नराम्रो भावना छैन । तिमीप्रति सधैं सम्मानको भावना रहनेछ ।किनभने मैले नराम्रो शब्दले तिमीसँग बोल्दा तिमी कत्ति पनि नरिसाई मलाई सम्झाइरह्यौ । मैले अति नै गरेको हुनुपर्छ, त्यही भएर त तिमी बोलिनौ ।
मैले अन्फ्रेन्ड गर्दा एउटा राम्रो साथी गुमाउँछु र एउटा पागल प्रेमीको हुन नसकेको प्रेमिका पनि । 
उही तिम्रो पागल ।“
यति लामो मेसेज मैले अहिलेसम्म कसैलाई पठाएको थिइनँ । मेसेज पठाए लगत्तै मन खिन्न पार्दै मैले उसलाई अन्फ्रेन्ड गरे ।
सुरुमा नचिनेको मान्छेसँग बोल्न जति आँट बटुल्नुपर्छ, चिनजान भएपछि अन्फ्रेन्ड गर्न त्योभन्दा बढी बटुल्नुपर्ने हुन्छ । सोच्दा हप्प गर्मी भयो !
***
आजकाल धेरैजसो सम्बन्धको सुरुवात फेसबुकबाटै हुन्छ । मेरो पनि त्यस्तै भयो । मिल्ने साथीले ‘यो केटी नर्स हो यार’ भन्दै आईडी थमाइदियो ।
मैले धेरैको मुखबाट नर्सहरुको बारेमा सुनेको थिएँ । तर, कुनै नर्ससँग संगत भने कहिल्यै भएन । फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी भने त संगत पनि भइहाल्थ्यो र त्यस्तै भयो पनि ।
“मलाई कसरी चिन्नुभयो र ?” सुरुमै प्रश्न गरी ।
“मैले चिनेकै छैन”, जवाफ फर्काउँछु ।
“नचिनेको मान्छेलाई किन रिक्वेस्ट पठाउनुभएको त ?” ऊ कारण खोतल्न खोज्छे ।
“नचिनेको मान्छेलाई एक्सेप्ट चै किन गरेको त अनि ?” म प्रतिप्रश्न गर्छु ।
लगत्तै अर्को मेसेज पठाउँछु ‘नयाँ साथी बनाउने मेरो सौख हो के !’
“अन्फ्रेन्ड गर्दिऊँ ?” ऊ घुर्क्याउँछे, “साथी मात्रै कि अरु पनि बनाउने सौख हो ?” स्माइली टाँस्दै पठाउँछे ।
साँच्चै नर्सहरु फर्वाड नै हुन्छन् क्या हो ? आफैंलाई प्रश्न गर्छु ।
धत् ! केही बुझ्दै नबुझी नराम्रो सोच्छस् ? मभित्रको मान्छेले गाली गर्छ ।
“अरु बनाउने सौख भएको भए बिचरा म सिंगल हुनुपर्थ्यो र ?”  म पनि हाँसेको स्माइली ठेल्छु  ।
“सिंगल रे ! यी केटाहरुले सिंगल भन्न कहिल्यै नछाड्ने भए !!”  ऊ खुलेर बोल्न खोज्छे ।
“म साँच्चै सिंगल छु”, रिप्लाई गर्छु ।
“सिंगल भए म के गरुँ ?” रिस भरिएको प्रश्न गर्छे ।
“मलाई मबाट हामी बनाउन सक्छौ ?” उत्तर फर्काउँछु ।
“ओ मिस्टर ! त्यस्तो चैं गर्दिनँ है म” ऊ कड्किन्छे ।
” हो र सिस्टर ! नर्स बूढीलाई पनि सिस्टर भन्नुपर्ने बाध्यता पर्छ, होस् ! नगर पनि”, म अलिकति जिस्किने शैलीमा आक्रामक हुन्छु ।
“म हस्पिटलमा नर्स हो र सिस्टर भनेर बोलाउनु मेरो पेसाको सम्मान हो । पेसा सम्झिएपछी मेरो status पनि परिवर्तन हुन्छ । त्यसपछि म नर्स होइन, अरु केही हुन्छु होला ! कतै प्यासेन्जर, कतै ग्राहक र कतै विद्यार्थी ।  यो नर्स र सिस्टर मजाक गर्ने विषय होइन है” ऊ अझ राँकिन्छे ।
माहौल बुझेर म आफैं संयमित हुन्छु, “हस् सिस्टर !”
उ आक्रामक त हुन्थी तर त्यति नै खुलस्त कुरा गर्थी । नर्सिङ पढेर गल्ती गरेको कुरा सुनाउँथी । नर्सहरुलाई केटाहरुले गर्ने र सोच्ने व्यवहारदेखि दिक्क लाग्ने गरेको कुरा सुनाउँथी ।
म उसलाई सहानुभूति दिन्थेँ र घरिघरि उसलाई गिज्याएर ‘सिस्टर’ भनेर बोलाइदिन्थेँ । सिस्टर भनिदिँदा ऊ आफूभित्रको क्रोध तुरुन्तै शब्दमा निकालिहाल्थी ।
बोलचालको क्रम सुरुको दिन जत्तिकै रफ्तारमा अघि बढेको थियो । मोबाइल नम्बर साटासाट पनि त्यही रफ्तारमा अघि बढ्यो । रफ्तारमा बनेका सम्बन्धहरु त्यही रफ्तारमा सकिन्छन् कि भनेर भविष्यको अनुमान दिमागले लगाउँदै थियो ।
***
एकदिन उसले भेट्ने कुरा गरी । केटीहरुसँग  बल्लतल्ल फेसबुकमा बोल्न थालेको थिएँ । वास्तविक जीवनमा केटीसँग बोल्नेबित्तिकै मुटुले नै ढोल ठटाइरहेको जस्तो, बोल्दा आवाज काँपे जस्तो, खुट्टा लरबराए जस्तो, अनुहार नवदुलही जस्तो झुक्थ्यो ।
उसले भेटौं न भन्दा हुन्छ भन्ने आँट आएन । धेरै कर गरेपछि मुटु दह्रो बनाउँदै भेट्न गएँ । भेटघाट नर्मल भयो । केही प्रश्न र जवाफ सकिएपछि हामीबीच केहीबेर सन्नाटा छाउँथ्यो । म त के सोध्ने-सोध्ने भनेर अलमल्ल पर्थेँ । सायद ऊ पनि त्यही अलमलको भूमरीमा पर्थी ।
छुट्टिने बेलामा उसले मेरो अलिअलि दारी उम्रेको गालामा चुमी । भेट्न आउँदा  मलाई खास उपहार चाहिन्छ भनेको थिएँ । उसको तर्फबाट ‘खास उपहार’ त्यही होला भन्ने लाग्यो । म रातो न पिरो भए । किनभने
कोही केटीको ओठ मेरो गालामा पहिलो पटक जोडिएको थियो ।
“मनबाट दिएको किस पो किस त, करले दिएको त विष !’ अत्तालिएको आवाजमा मेरो बोली खुस्कियो ।
तुरुन्तै गाली गरे झैं गरेर प्रश्न गरी, “बढी हुने होइन नि, त्यस्तो केटी जस्तो लाग्यो ?”
मुटुको धड्कन एकाएक बढ्यो र फेरि बोल्न कर लाग्यो । “त्यस्तो केटी भन्या कस्तो फेरि ?” सोधेँ ।
अलि लजाए जस्तो गरी र गाली गरे झैं गरी । रिसले ‘पागल’ भन्न भ्याई । उसले पागल भन्दा म शान्त भएर बसिरहेको थिएँ । पागल अरु कसैले भन्दो हो त युवा जोश देखिसक्थे होला । तर, उनको छेउमा म तापले पग्लिएको बरफ जस्तो शान्त भएर आफ्नो धर्म निर्वाह गरिरहेको थिएँ ।
पहिलो पटक कोही केटीको ओठ मेरो  गालामा पुगेको थियो । मन बुरुक्क बुरुक्क उफ्रिरहेको थियो, बाख्राको पाठा जसरी । मनमा तरङ्ग भरिएर पोखिएला जस्तो भयो । कसलाई सुनाऊँ कसलाई सुनाऊ भयो । जुन साथीले उसको फेसबुक आईडी दिएको थियो, उसैलाई सुनाएँ ।
साथी भन्छ, “धेरै खुसी नहोऊ यार ।”
‘किन ?’ प्रश्न गर्छु ।
साथीले करेन्टको झट्का दियो, ‘ऊ मेरो गर्लफ्रेन्ड थिई । ‘आई एम  फिजिकल्ली इङ्गेज्ड  विथ हर ।’
म छक्क परेँ ! के बोलूँ र कसो गरुँ भयो । आफैंलाई लाज लागेर आयो । नाङ्गै कसैले बीच सडकमा हिँडाए जस्तो भयो । नसोचेको कुनै कुरा झ्याप्प भइदिँदा दिमाग रन्थनिन्छ । ठ्याक्कै त्यस्तै भयो ।
***
साथी र उसको सम्बन्धको बारेमा जान्न मैले उसलाई मेसेज पठाएँ । सबै कुरा थाहा पाए पनि थाहा नभए जसरी सोध्न पनि एक किसिमको रमाइलै हुन्छ ।
उसले सबै कुरा सुनाई । कति सजिलै खुलेर अरुसँग भएको शारीरिक र भावनात्मक कुरा सुनाई, त्यो पनि ‘केटी’ भएर । म त कति परम्परागत सोच भएको मान्छे रै’छु । उसँग आफूलाई तुलना गरेँ ।
शारीरिक सम्बन्धलाई उसले सामान्य Biological प्रक्रिया मात्र ठान्दी हो । तर,  म जुन समाजमा हुर्किएँ, समाजले जे कुरा सिकायो, त्यो कुरामा उसको र मेरो केमिस्ट्री फेल खायो ।
“जोसँग जे गर्न मन लाग्यो, त्यो गर्न पाउनुपर्छ । पुरुषहरुले चैं जे गर्न मन लाग्यो त्यो गर्न पाउने, हामीले चै नपाउने ?” ऊ एकाएक फेमिनिस्ट बन्न खोजी ।
उसको कुरामा कति दम थियो ? मेरो दिमागले ठम्याउन सकेन । तर, जे गर्न पनि पाउनुपर्छ भन्ने कुराले असाध्यै रिस उठ्यो ।
“जे गर्न पनि पाउने भए यत्रो वर्ष खेर फालेर संविधान किन बनाउनुपर्थ्यो”, टाइप गरेँ, तर पठाइनँ ।
“हरेक कुराको एउटा निश्चित दायरा हुन्छ । त्यसलाई नाघेर व्यवहार गर्नु भनेको मानिस पशुसरह हुनु हो ।  कतै तिमी पशु त हुन खोज्दै छैनौ ?” प्रश्न गरेँ ।
अश्लील शब्द एकाएक फेसबुकको च्याट बक्समा पठाई  र लेख्दै भनी “माफ गर, यो देखेर अनौठो लाग्यो होला, तर हामीले पनि बोल्न पाउनुपर्छ ।”
म चकित परेँ । बेस्सरी रिस उठ्यो र कसैले भनेको सम्झेँ “यदि कसैले अश्लील शब्द बोलेर कुरा गर्छ भने ऊ कमजोर हुन थालिसकेको छ” अनि चुपचाप बसेँ ।
” महिला र पुरुषमा शारीरिक बनावटमा भिन्नता छ र दुवैमा आ-आफ्नो किसिमको अनौठा काम गर्ने क्षमता पनि छन् । हाम्रो समाजले, धर्मले के गर्ने र के नगर्ने भनेर नियम दियो, फरक यत्ति हो । अब मैले किन  त्यो नियम मान्ने भनेर उफ्रिनु चै पागल हर्कत मात्र हो”  मैले पठाएँ ।
“Yes I know” लेखेर पठाई ।
“मान्छेलाई बानी, बेहोरा र कर्मले ठूलो बनाउने हो न कि लिङ्गले”, आफूलाई ठूलै दार्शनिकको रुपमा प्रस्तुत गर्दै लेखेँ ।
“म रक्सी खाँदै छु । त्यही भएर यस्तो कुरा निक्लिरहेको छ । सरी ! आज नबोल”, उसले पठाई ।
म जिल्ल परेँ । “रक्सी खाइस् भने डडाल्नु भाँच्छु भन्ने आमाले बुहारी रक्सी खाने परी भने के गर्नु हुँदो हो ?” आमालाई सम्झेँ ।
पारिवारिक गफ हुँदा हामीले बोल्न पाउनुपर्छ भनेर बुहारीहरुले अश्लील शब्द निकाले भने पारिवारिक माहौल कस्तो हुँदो हो ? हामीले आफूमा भएको अंग देखाउन पाउनुपर्छ भनेर महिलाहरुले अंगप्रदर्शन गर्दै र्‍याली निकाले भने समाज र देशमा कस्तो असर पर्दो हो ?
यी सबै सोच्दा विरक्त लाग्यो ।
त्यसपछि उसलाई अन्फ्रेन्ड गरिदिएँ । अन्फ्रेन्ड गरेको केही दिनपछि साथीले वानेश्वर बोलायो । ऊ त्यही नर्स केटीसँग थियो । म ट्वाल्ल परेँ । त्यहाँ पुगेपछी थाहा पाएँ, त्यो नर्स अझै साथीको गर्लफ्रेन्ड रै’छे ।
मसँग यत्रो दिन गफ त्यही साथीले उसको आईडी बाट गरेको रहेछ । केटी मलाई देखेर हाँसिरही । अझ किसको किस्सा साथीले त्यही बेला निकाल्दियो, म लाजले रातो पिरो भएँ ।
मेरो अवस्था ठ्याक्कै भद्दा Prank मा परेको दोषी जस्तै थियो, अझ भन्दा बध गर्न लागेको पशु जस्तै म चुपचाप आफ्नो मृत्यु (त्यहाँबाट भाग्न) पर्खिरहेको थिएँ ।
 २०७४ असार २५ गते १३:११ मा Online khabar प्रकाशित https://www.onlinekhabar.com/2017/07/608596

|| युवा हराएको सूचना || कथा ||

 " । युवा हराएको सुचना  !!   नाम:  नितिन आचार्य   , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे ।  देशले सम्जिदोरहेछ भन्ने लागो   
साच्चि हराएको सुचना कसले दियो ? "


                                                 **********************
बेरोजगारीहरुको लाईनमा उभिएको अर्को बेरोजगारी । रोजगार मात्र थिएन , रोजगार नभएसी अरु कुरा पनि नहुँदो रहेछ ।

 " बिदेश जाने हो पैसा कमाउने हो , पैसा छ सबथोक छ "  डाईलग दुई महिना अघि बेदेश तिर  हानिएको साथिले हानेको थियो । 

जे गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ भन्ने आदर्श अझै  जिबित नै थियो ।  लोकसेवामा नाम र थर निकाल्ने आश जस्तै । 

लोकसेवा दिएको तीन पल्टमा चै केही हुन्छ कि भन्ने झिनो आश बाँकिनै थियो । तीन चोटिको तालमा निसाना पक्कै लाग्छ भन्ने कुरा लक्कुढाल खेलेर सिकेको ज्ञान अझै ताजै छ । संगै पढेका अलिअली दाम हुनेहरू अष्ट्रेलिया तिर हानिए , सोर्स हुनेहरु केहि आई एन जि ओ तिर छिरे । न सोर्स र न दाम हुनेहरू, मजस्तै लोकसेवा लोकसेवा भन्दै फुक्ने उमेरमा  सुकिरहेका छन् । 
लाग्छ , नाम ननिस्केर भन्दा पनि हामी तनावले ख्याउटे भएका हौ । त्यही तनाब  पोख्न ख्याउटे समुहनै बनाएका  थियौ फेसबुकमा । धेरैजनाको पीडा एउटै भएसी मनले चित्त बुझाउदो रछ । अनि लाग्छ जिन्दगी भनेको यहि मनलाई खुसी पार्नु  हो । चित्त बुझाउन अर्का  योगि बिकाशानन्दले  सहयोग गरेका छन् नत्र उहिल्यै बिहानिको किरण सँगै अखाबरमा खबर छापिएको हुन्थ्यो ।


                                                             **********************

लक्कुढालमा तिनपटक लगाएर  ढुङ्गा ढाल्न सफल भए जसरी नाम निकाल्न सफल भैयो । तर अन्तर्वार्तामा चिप्लियो । 

अन्तर्वार्ता नभई भाग्य चिप्लिएको भान भयो । भाग्य चिप्लिदा अक्सर मन थतारिदो रहेछ । मन थतारिदा पनि हाँस्न मन लागिरहेछ  । बिकाशानन्दकै भुत चढेको हुनुपर्छ । देशमै केहि गर्ने भनेर  सँगै पढेका हामी तिनै जना राष्ट्रभक्तीहरुको  भाग्य चिप्लियो ।

' अब के गर्ने यार ? ' बाले बोल्यो । 

" चट्ट लगाएर बिहे गर्ने लोकसेवामा नाम निकालेर कर्मचारी हुनु भन्दा , गृह मन्त्रीको पति भएर बस्ने हो "तनाबमा मजाक शैलिमा सुदिपले उत्तर फ्याँक्यो ।

" अनि सुदिप सरकार ! सरकार चै कसरी चलाईन्छ त ? बा'आमा बाटै कर असुली गर्ने भएउ क्या हो " संझाउने शैलिमा एक वाणी पेल्छु ।

" राजा ! कर्कट राशि हो मेरो, गृहमन्त्री आएसि भाग्य चम्किन्छ रे ज्योतिषीले भन्या " ज्योतिषीमा बढिनै बिश्वास गर्ने सुदिप  बोल्यो ।

"  लोकसेवामा नि नाम थर दुईटै निस्केछ नि सरकारको उसो भए ? उ भित्तामा टास्याँ  छ हेर त सुदिप पाण्डे " हा ! हा ! हा ! बाले जिस्किन खोज्यो ।

रत्नपार्कमा उसले हात हेराएको रहेछ । सरकारी जागिरको योग रहेको बताउदै ज्योतिषीले ढाडस दिएको कुरा सुदिपले लिखितमा नाम निस्किएपछी भनेको थियो ।

बालेको जवाफ पछि सुदिप चुपचाप बस्यो । चुपचाप हामी पनि भयौ । अन्तर्वार्तामा चिप्लिएसि चुपचाप नहुनुको बिकल्प पनि थिएन ।

-के गर्ने त अब ? सुदिपले मुख फोर्यो ।

-अब प्राईभेट जिन्दावाद ! बाले बोल्यो । 

- अनि म ? थाहा छैन् । भित्र भित्रै बरबराउछु ।

" रात पर्यो अब छुट्टिउ होला " म बोले ।

के गर्ने भनेर निष्कर्ष कहिले निकाल्ने ? बाले बोल्यो ।

अब भोलि यहि भेटौ । सुदिपले निष्कर्श निकाल्यो  । एक्कै स्वरमा हुन्छ निस्कियो ।  हाम्रो त गोजि टकटक्याउदा धुलो मात्र निस्किन्छ , पैसा त परको कुरा ।

 बाले तिमि देउ है । उसले नांई नभनी दियो । " यस्ता साथी कहाँ पाउनु " म उसलाई फुर्क्याउछु । त्यही भन्या सुदिप हाँस्यो , बाले मुस्कुरायो र हामी त्यहाबाट छुट्टिउ । 
                                                     
                                                               **********************

बाटोमा हीड्दा नानाथरि कुराले तनाब भईर'यो । कोठामा पुगे तर मन अन्तै कतै छ । केही गर्ने चाहना , केही बन्ने चाहानामा मन घुमेको छ । यो चाहाना मेरो मात्र होईन । बा आमाको पनि हो , छिमेकिको पनि हो अनि समाजको पनि । 

रातभर निन्द्रा परेन । दिमागमा बिचारहरुको ओहिरो लागिरहेको  थियो । कुन्नी घान कसले हाल्दै थियो । बिचारहरुको ओहिरोले म गलिसकेको थिए । म मात्र होईन मेरो नसाहरुपनी थकित थिए । ती थकित नसाबाट राष्ट्रभक्ती कतिखेर उत्रिएछ पत्तो पाईन ।

" दाइ दिल्लिमा काम पाईन्छ कि पाईदैन " केही बर्ष अघि दिल्ली छिरेका दाईलाई फोन गर्छु ।

" आउने बिचार गरिस् कसो ? आईज न काम नपाईने कुरै छैन नि । एक बर्ष जतिकाम गरेर राम्रै देश जानुपर्छ " ।
 हप्ता भित्रनै आईपुग्ने बाचा गर्दै फोन काटे ।

दाईको कुरा सुनेर ठूलो आनन्द आयो । हराएको निन्द्रा फेरि फर्किएर आयो । तनावमा साथ दिने भग्वान नै हुन कि झै मनले ठान्दो  रहेछ  । 

बिहानको एघार बजिसकेछ सुदिपले हानेको फोनको घण्टिले ब्युझिए । उसले बोलायो । बाले पनि आईसकेको छ  छिटो आऊ  ।
...........
आज हामी एउटै कारणले भेला भएका छौ । नत्र अरुबेला हामिलाई भेट्न कारण चाहिदैन थियो ।
चिया मगाईयो । पसलेले चुरोट भने । " हामी खादैनौ " मैले भने । धुवा उडाउदै गरेकी एक युवती घुरेर हेरिरहिन ।

के गर्ने भैयो त ? बाले बोल्यो । 

" म चै गाउँ जाने हो । गर्लफ्रेन्डले बिहे गरम कि गरम भनेर किचकिछ गर्दै छे । बिहे हान्दिने हो केटा हो । अनि काम खोजौला । कति तनाव लिनु  " सास नरोकि सुदिप बोल्यो । 

" भनेसी भाग्य चम्किने आश अझै छ राजाको ।" म बोल्छु ।

उ हाँस्छ र फिल्मी शैलिमा बोल्छ " अरे यार सास हे तो आश हे " ।

अनि तिमी के गर्ने भएउ ? उ प्रश्न गर्छ ।

" अब दिल्लि  तिर लागेर अर्को बर्ष कंगारुको देश जानुपर्ला भन्ने योजना बन्यो । " म बोल्छु । 

ओहो ! राष्ट्रभक्ती बाबुको राष्ट्रप्रतिको प्रेम कता छिप्लियो ? बाले प्रश्न गर्छ 

सुदिपले पनि साङ्केतिक प्रश्न गर्छ । लाग्छ उत्तर जान्नकै लागि उनिहरुको मन तड्पिरहेको छ 

" बाध्यताको लात्ति परेसि राष्ट्रभक्ति मर्दो रहेछ केटा हो " म सिरियस हुँन खोज्छु 

" भाडमे जा राष्ट्रभक्ति "।  बालेले क्रोध निकाल्न खोज्यो 

अनि बाले तिमि ?  म प्रश्न गर्छु  

"  अन्तरवार्तामा एउटा बैकले बोलाको छ । केही होलाकी भन्ने आशा छ नभ​ए कङ्गारुको देश जिन्दवाद  । " बालेले उत्तर दियो 

" केटाहरुले राष्ट्रभक्ति पोलेरनै खाएछ्न नि " आफुमा राष्ट्रभक्ति बाँकि रहेको सुदिपले देखाउन खोज्यो । 

" अब  आफु बन्ने हो  "। म सम्झाउन खोज्छु 

 सुदिपले पनि कंगारुको देश आउन सक्ने सम्भाबना बतायो । त्यसपछि हामि एक अर्कालाई बधाई दिदै छुट्टीउ । सुरुवाति चरणमा बालेलाई अन्तर्वार्तामा सफल हुने, सुदिपलाई  बिहेको अनि मेरो भागमा दिल्लि तिरको बधाई पर्यो  ।


                                                  **********************


साथीसँग  छुट्टिनुको एउटा पीडा भएनी भबिस्यको अलिकति टुसा कतै मन भित्र पलाएको थियो ।

म आफ्नो योजना अनुसार अघि बढे  देश छाड्न  मलाई पहिलो पल्ट घर छाडेर काठमान्डौ आएभन्दा गार्हो भ​एको छ । देशलाइ थाहा दिएर नै म अर्को देश आए । थाहा छैन देशले म हराएकोमा चिन्ता गर्छ कि गर्दैन । 

म दिल्लि तिर अघि बढे । दाईसित भेट भयो । काम पनि राम्रै पाईयो । 

दिनभर काम गरेर थकित अवस्थामा रहेपनि नेपालि समाचार हामि अक्सर  हेर्ने गर्थिउ । दाईचै खासै हेर्न मन गर्दैन थिए । 

   एकदिन टेलिभिजन हेर्दै गर्दा अचानक मेरो तस्बिरसहित आवाज गुञ्जियो । युवा हराएको सुचना  !!   नाम:  नितिन अचार्ज  , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे । देशले सम्जिदोरहेछ भन्ने लागो   

साच्चि हराएको सुचना कसले दियो ? देशले कि कोहि ब्यक्तिले ? बा आमालाइ त भनेकै थिए । साथिहरुलाई पनि थाहा थियो । बेरोजगारि स​ँग प्रेमिका हुने कुरै भ​एन । देशलाई सुद्द थाहा थियो ।  कसले दियो भन्ने कुराले दिमाग फनफनि घुम्न थाल्यो । 

दाइले फिस्स हाँस्दै भने " ओई केटा सम्पर्क नम्बरमा त तेरै नम्बर छ त
। आफै दिईस क्या हो सूचना ??

 हँ ? हँ ? हँ ? दाइ नरोक्किई प्रश्न सोध्दै थिए ।

© नितिन आचार्य 

Friday, October 27, 2017

Khotang Diary ( 10 awesome picture )






1. Little Sister while cutting grass 





2.The Jayaram Ghat Bridge













































3. Beautiful village





4. The Nature 























5. Miya Khola 







6. Sun Set view from Mattim Khotang




7.Two brother 



















8. Sun set view from Mattim













9.The village



10. Ghurmi Bridge

Tuesday, October 24, 2017

Fake ID | Story |

****** #फेक आई डि **********
दिनभर क्याम्पसको कोलाहलले थकित भएको मस्तिष्क कोठा सम्म आईपुग्दा पनि फुर्तिलो थिएन । कोठामा आईपुग्ने बित्तिकै फेसबुक खोल्ने एउटा दैनिकी जस्तो भईसकेको थियो ।

फेसबुक खोले , फ्रेन्ड्स बटममा पँहेलो सुन जस्तो टिलिक्क टल्केको  देख्दा मस्तिष्कले कसले रिक्वेस्ट पठाएछ ? भनेर प्रश्न गरिसकेको थियो ।
मेरो औलाहरु ती सुन जस्ता पँहेलो फ्रेन्डस् बटममा गयो । केटिको रिक्वेस्ट आएछ केटा मस्तिष्कले मनलाई भन्यो ।

केटिको रिक्वेस्ट  आ'को पत्तो पाए पछि मन एक्कासी बुरुक्क बुरुक्क उफृन थाल्यो - केटाकेटीले पापा पाए जसरी । हत्तपत्त प्रोफाईल खोलेर हेरे । उफ्रिरहेको मन छक्क पर्दै रोकियो ।
मस्तिष्कले फेक आई डि भन्ने कल्पना गर्न थालिसकेको थियो । नगरोस पनि कसरी ? त्यहाँ न त कुनै तस्बिर  थियो न त कुनै ब्यक्तिगत जानकारी नै । झट्ट अनुरोध स्वीकार  गर्न मन लागेन । ह्या , जो भए नि होस एसेप्ट गर्दे भनेर मस्तिष्कले उक्साईरहेको थियो । मस्तिष्कको सामु मेरो केही सीप चलेन ।
एसेप्ट गरेको केही छिनमै मेसेज आयो
" हाई ! सन्चै हुनुहुन्छ ? " ।

मस्तिष्कले फेक आई डि सम्झिरर्‍यो । मस्तिष्क भन्दै थियो "पक्कै केटाको हो , कसैले मुर्गानै बनाउन खोज्दैछ , बिचार गरेर बोल बेटा " । फेक आई डि मस्तिष्कले भनिसकेपछी मलाई अट्टेरी हुन मन लागेन ।
" बिसन्चो भए चै के फलफुल लिएर आँउथ्यौ ? " उत्तर फर्काए । 
एक्कै छिनमा रिप्लाई आयो "छ्या कस्तो rude हजुर त " ।
अन्जान केटिको आई डि बाट rude भनेर भन्दा मन एक्कासि नियाउरो भयो ।
"हजुर त राम्रो हुनुहुन्छ जस्तो लागेर बोलेको but I never expect such word राम्रोसँग बोल्दैमा के जान्छ र ? " अंग्रेजी मिसाउदै फेरि रिप्लाई आयो ।
गल्ती त पक्कै भयो केटा फलफुलनै नभनेको भए हुन्थ्यो , दिमागले संझाउदै , माफी माग्न उक्साईरहेको थियो ।
सरि भन्ने शब्दको सहारा लिनु पर्ने अवस्था आयो । बोल्ने शब्दहरु देखेर कता कता फोटो नभएको फेसबुक आई डि  केटि को'नै हो कि जस्तो एकपट्टि दिमागले सोचिर¥यो । तर भए पनि कस्को ? म फलानो भनेर बोलेको भए युवा जोश शब्दमा देखाईदैन थियो क्यारे । भित्रभित्रै बरबराउछु ।
त्यही दिमाग प्रश्न सोध्ने गुरु र उत्तर दिने चेला जस्तै भयो  ।
" rude भन्दापनी फेक आई डि जस्तो लागेर त्यस्तो  शब्द प्रयोग  गरे  Sorry र कसरी चिन्यौ मलाई ? " माफी र प्रश्न एक्कै चोटि लेखेर पठाए ।
"हजुर किर्तिपुर बस्नुहुन्छ हो " ? फेरि प्रतिप्रश्न आयो ।
छक्क परे कसरी थाहा भयो ? आफैलाई सोधे ।
अब झन मेरो संका मसँगै कलेज जाने साथिमा गयो । उसैले मलाई केटिको आई डि बाट जिस्काईरहेको अनुमान मस्तिष्कले लगाउन थालिसकेको थियो ।
" कसरी चिन्यौ " लेखेर पठाए ।
अन्जान मान्छेको बारेमा जान्न निक्कै उत्सुक भईसकेको थिए । अर्को पट्टि साथिले अर्को फन्डा बनाउन एस्तो महाभारत रचेको अनुमान पनि छदै थियो । मेसेज हेर्न आतुर भैसकेको थिए , औलाले पाँच पटक रिफ्रेस बटममा थिचिसकेको थियो  ।
"म बर्नहार्ट कलेज पढ्छु , तपाईं र म माईक्रोमा सँगै थियौ ,तपाईले माईक्रोमा फेसबुक चलाउदै गर्दा नाम देखेको थिए अनि एड गरेको  " रिप्लाई आयो ।
मन ट्वा परेर मस्तिष्कलाई भन्दै थियो , यस्तो नि हुन्छ र ? कसैले नाँम देखेकै भरमा एड गर्ने । मस्तिष्क आफै छक्क परेको थियो , मनको कुरा नसुनेझै गरि अझ मलाई बोल्न उक्साईरहेको थियो ।
"किन एड गरेको ? फेक आई डि जस्तो लाग्छ मलाई  ? प्रश्न गरे ।
" त्यस्तो लाग्छ भने बाई " घुर्क्याउदै  रिप्लाई आयो ।
*****************
भोलिपल्ट त्यही कलेज जाने दैनिकी । साथी सँग भेट भयो ।
" तिमिले बनाको हो त्यो आई डि ? फ्रेन्डमा तिमी पनि छौ त ? " प्रश्न गरे ।
होईन यार ! किन ? उसले प्रश्न गर्यो ।
सबै घटना सुनाए । उसले बधाई दिदै भन्यो " ल जे भए पनि  मन पराउने केटि त भेटिई , भाग्य चम्कियो यार तिम्रो " उसले जिस्क्याउदै भन्यो ।
कसैले जिस्क्याउदा  पनि मन फुरुङ्ग भयो ।  तर दिमागले भने फेक आई डि सम्झिर¥यो । फेरि उसले आफ्नो मेसेज देखाउदै भन्यो "  मेरो पनि च्याट भ'को थियो यार त्यो सँग , तिम्रो नम्बर माग्दै थिई "  ।
कसको आई डि होला ?  म सँग किन आकर्षित भा'हो ? यति साह्रै  त चुम्बक पनि फलाममा आकर्षित हुदैन होला है ? । त्यो आई डि'को बारेमा सुईँको पाउने ध्ययले  जिस्किदै उसँग कुरा गर्छु ।
उ हांस्यो " अँ यार को हो के ? म सँग त केही नबोली सिधा तिम्रो नम्बर मागी अनि दिए मैले नि  " उसले केही सुइँको  नदिई बोल्यो ।
दिनभर कलेजमा पढ्नै मन लागेन '
'आज चै कसको आई डि हो पत्ता लगाएरनै छाड्छु'  मन र मस्तिष्कले एक्कै चोटि संकल्प गर्दै थिए । मेरा यी दुई ठुला मित्र  छुट्टीको  पर्खाईमा  थिए । अन्तिम घन्टि पढ्न मनले मानेन , मनको अघि मस्तिष्कको बस झन के चल्थ्यो र ? कोठा तिर अघि बढे ।
कोठामा पुग्ने बित्तिकै फेसबुक खोले पाँच मिनेट अघि मेसेज आएको रहेछ ।
" फेक आई डि जस्तो लागेको हजुरलाई ? तर होईन  , मेरो मोबाइल छैन दिदिको बाट चलाको त्यही भएर फोटो राख्न पाईन । "
फेरि मन छक्क पर्यो , दिमागले प्रश्न सोध्न उक्साईर¥यो ।
" यो आई डि देख्दा जसलाई नि फेक जस्तो लाग्छ  मलाई मात्र होईन । को हौ तिमि ? "अलिकति आक्रोशको ईमो  टास्दै प्रश्न गर्छु ।
करिब एक घन्टा पछी,
"म ट्याङ्लाफाटमा बस्छु । बाह्रमा पढ्छु अरु त भनीसके नि "रिप्लाई आयो
उसको यहि उत्तर हेर्न आतुर मनले कम्तिमा तीस पटक रिफ्रेस  गर्न उक्साईसकेको थियो ।
"फोटो चाहिएको हजुरलाई ? मेरो मोबाइल छैन ,ल्यापटप बाट चलाएको बेला पठाई दिन्छु नि । " लगत्तै अर्को मेसेज आयो ।
मन र मस्तिष्क दुबै शान्त भए ।
"त्यतिन्जेलको लागि म नबोल्ने बाचा गर्दै छुट्टिन्छु " बिबिसीमा बोले जस्तो शैलिमा मेसेज पठाए ।
मलाई फोटो हेर्न र जान्न निक्कै आतुर भईरहेको थियो
। " पर्खी बसे फोटो हेर्न भनी ....." नारायण गोपालको गितलाई प्यारोडी बनाएर गुनगुनाउन थाले ।
एक दिन पर्खिन्छु फोटो आँउदैन , दुई दिन पर्खिन्छु  फोटो आँउदैन र तीन दिनको दिन फोटो आउँछ तर मेरो आफ्नै साथिको , म छक्क पर्छु , मन ट्वा परेर हेरिरहन्छ ,एकपट्टिको दिमागले त्यसैले बनाको हो भन्ने त थाहा थियो भन्ने पनि सोचिरहन्छ ।
" मुला फेक आई डि बनाएर के ल्याङ ल्याङ हानिरा यत्रो दिन " रिस र आक्रोश मिसाउदै मेसेज पठाउँछु ।
फेरि लगत्तै मेसेज आउँछ " छ्या यस्तो फोहोरी शब्द पनि बोल्नुहुन्छ हजुर ? "
परिस्थिति अनुसार नमिलेको ' मेसेज ' देख्दा नर्मल रहेको जुनसुकै मान्छेलाई पनि रिसको लेभल बढिसकेको हुन्छ । मलाई पनि त्यही भयो ।
साथिको फेक आई डि पक्का हो भन्ने कुरा मस्तिष्कले ठम्याउँछ । सबैलाई सुनाउन नमिल्ने अस्लिल शब्द दिमागले सापटी दिदै मेसेजमा पठाउन निर्देश गर्छ र म पनि त्यसै गर्छु । अस्लिल कुरा शब्दमा उतारे पछिनै सबैभन्दा ठूलो गाली बन्छ , मस्तिष्कले त्यहि सोच्छ ।
मलाई  मस्तिष्कले गाडि जसरी चलाउँछ र म पनि मस्तिष्कको दासी भएर हुईकिरहन्छु । मेसेजमा गाली भरिएका सन्देश छोडेर , त्यो आई डि ब्लक गरि फेसबुक बन्द गरेर चुपचाप बस्छु ।
**********
भोलिपल्ट , साथिलाई पर्खिननै मन लागेन । एक दिन भए पनि रिसाएको जस्तो अभिनय गर्नैपर्छ । नत्र फेरि कस्तो ठाउमा उडाईदिने हुन पत्तो हुन्न - साथी साथिको खासियत नै यहि हो। साथि त्यो दिन कलेजनै आएनछ ।  उ  कलेज नआएको पत्तो पाएपछी झन ठूलो आनन्द मिलो । त्यो दिन त्यही फेक आई डि र त्यहा भएकै गफ मस्तिष्कमा घुमिर¥यो , फिरफिरे जसरी ।
(कलेजबाट फर्किदै गर्दा )
माईक्रोको पछाडि बाट आवाज आयो । पछाडि पुलुक्क हेर्छु , घरबेटीकि छोरी रहिछे  ।
" दाइ पछाडि आउनुहोस् न " म अन्तिमको भन्दा अघिको सिटमा बसेको हुनाले , अन्तिम सिटमा बोलाउछे ।
पछाडि गएर टुसुक्क बस्छु र मोबाइल निकालेर चलाउन थाल्छु । मोबाइल चलाउनुको एउटै कारण बोल्ने शब्द फिटिक्कै निक्लिदैन त्यस्तो अवस्थामा अझ केटिसँग भएको बेला ।
उसले दाइ भन्ने गर्थि तर म अर्कै सोच्ने गर्थे यो पनि कारण होला बोली नफुट्नुको । मस्तिष्क सोच्नमा ब्यस्त हुन्छ ।  
" दाइ अनि फेसबुक त खुब चलाउनु हुन्छ है ? " एकछिनको संन्नाटालाई चिर्दै प्रश्न सोध्छे ।
' अँ ठिक ठिक कै । तिमी पनि त खुब चलाँउछौ नि ' म अफ्ट्यारो मान्दै बोल्छु । उ खित्का छाडेर हांस्छे । केटिहरु बिना कारण हाँस्दिन्छन जस्तो लाग्छ ।
" दाइ एउटा कुरा भनुम ? नरिसाउनु नि फेरि " एक्कै चोटिमा उ बोलि ।
सुरुमै नरिसाउने कसम खुवाई  ।
" दाइ sorry  है खासमा त्यो फेक आई डि मेरो थियो" ।
म छक्क परे , म भन्दा बढी मेरो मस्तिष्क छक्क परेको थियो ।
मन , त्यस्तो उपद्रो शब्द बोलेको संझेर भित्रभित्रै लाजले रातो पिरो भएको थियो।
" त्यस्तो फेक आई डि बनाएर के ल्याङ गरेको " ? जिब्रो चिप्लियो अलि ठूलो आवाजमा । गाडी भित्रका मान्छेहरुले एक्कै चोटि हेरे ।
"  यसको बारेमा यहाँ भन्दा पनि गाडीबाट उत्रिए पछि कुरा गरौं न " नर्मल शैलीमा उ प्रस्तुत भइ ।
मनभित्र कुत कुत् उठ्दै थियो , नजर पनि त्यसरीनै झुकेको थियो । जसरि बजिरहेको  गितले भन्दै थियो "फगत एक नजरमा " ।   मस्तिष्क पनि आफ्नै हिसाबले सोच्दै थियो "सायद अब उसले कहिल्यै दाइ भन्नेवाला छैन  " ।
******समाप्त******

खोटाङ डायरी ।। यात्रा ।।


श्रम बेचेर सडक बनाउने महान् पौरखी हातहरुलाई संझन चाहन्छु   । अनि संझिन चाहन्छु , यहिं बाटोमा दस दिनसम्म नुन बोक्दा घोटिएका हाडहरुको ब्यथा पनि ।

ती भरियाहरुलाई बिर्सने कुरै भएन् जो आफ्नो पेट खाली राखेर परिवारको पेट भर्दथे ।

नुनको भारी र पेट पाल्ने चक्करमा बा-बाजेहरुले जिन्दगीको चक्कर सक्किसकेको पत्तो सम्म पाएनन् ।
गाडिमा यात्रा गरिरहदा बाजेहरुको किस्सा संझिन्छु ।

" दिनभरको हिडाईले रन्थनिएको शरिर , अनि बेलुका भात पकाउन आँगो फुक्दा अजिङ्गर भेटिएको किस्सा , खच्चरले झारेर मृत्यु भएका भरियाको ब्यथा , कसैले अर्काको श्रीमती भगाउदै खोला तार्दै गरेको किस्सा, राँके भुतले त्रसाएको किस्सा , भारि बोक्न गएका युवतिहरुसँग पिरिममा परेको किस्सा आदि मेरो मानस पटलमा घुमिरहेको छ  "

दस दिनसम्म नुन बोक्न गएका बाजेका कथा  नुनसँगै विलय हुने भए । विलय हुने भए ती बाटामा बस्दा बनेका अनेकौं तिता-मिठा किस्साहरु पनि ।

गाउँ बदलिए जसरी किस्सा पनि जवान्  भएछन् । लाग्छ नयाँ किस्साहरु बिल्कुल फरक स्वादका छन ।

अलिकति आधुनिकता मिसिएको , अलिकति दुर्गन्ध मिसिएको ,अलिकति छल र कपट मिसिएको , अलिकति स्वार्थ मिसिएको , अलिकति कन्जुस्याइँ मिसिएको र  अलिकति ब्ययबिचार मिसिएको ।

***
खच्चरमा लगाईएका घण्टीहरुको आवाज , गाडिको हर्नले बिस्तपित गर्न भ्याईसके'छ  ।

खच्चरको लिदि गनाएर उल्टि गर्ने बटुवाहरु गाडिको चक्करले उल्टि गर्ने भएछन् । साच्चै गाउँ सहर हुन लागेछ । मान्छेहरूको मन ,दया-माया नउम्रने बगर हुन लागेछ ।

बास बस्ने ठाँउ ( रेग्मिटार , भडारेघाट , रसुवा ) मा दिनभर हिडेको थकाई मेट्न बस्दा  छुट्टै रौनक लाग्थ्यो ।

 दुधकोशिको किनारमा बालुवा सँगै उफ्रिदा स्वोर्ग यहि हो जस्तै लाग्थ्यो । रौनकता आजकाल गाडिको झ्यालबाट हेर्दा कहाँ आउदो रछ र ?

दिमागमा कैद भएका ती चित्रहरू कति अबिस्मरणिय छन् , मोबाइलमा सेल्फी हानेर सेभ गरेका फोटाहरुभन्दा । अनि ती चित्रहरु मनमा अपलोट हुँदाको आनन्द के फेसबुकमा अपलोड हुँदा आउला र ? पक्कै नआउला ।

*************

करले वा रहरले बसाइँसराइ गरि हिडेका मान्छेहरुको घर  म जस्तै एक्लो छ ।

 बच्चाबेला म कहिल्यै एक्लो भईन् । छेउमा मान्छे भएर नि म किन एक्लो महसुस गर्दैछु ? उत्तर घाँटी बाहिर कहिल्यै निस्केन् । उत्तर ननिस्किनुको कारण दिमाग , गैरी खेत र वारि जस्तै बाझो भएर हुनसक्छ ।

भग्वानले वर माग  , भने भने ,  म सधै बच्चानै हुन पाँउ भनेर माग्थे जस्तो लाग्छ । बच्चा स्वार्थरहित , निष्कपट , स्वोच्छ , शिष्ट र निर्दोश हुन्छ भन्ने मेरो बुझाई छ ।

 उमेर बढेसँगै शारीरिक रुपमा सबल भएपनी आत्मशक्ती कमजोर हुँदै गईरहेको भान परेको छ । आत्मशक्ती कमजोर हुने कारण दायित्वको गरौ भारी  लाग्छ ।

दायित्वको गरौं भारिले थिचेपछी मान्छेले  परिवार , समाज, गाउँ , अनि देशै छाडेर परको देशमा पुग्न कत्ती पनि आपत मान्दैन । त्यही भारी थेग्न गाँउका लगौटिया यारहरु परदेशमा छन् । गाउँ बालक ,बृद्द र महिलाले खचाखच छ ।

**
बाटोमा हिड्दै गर्दा कम उमेरै  बिबाह भएका युवति धेरै देखिए ।

कोक्रोमा बच्चा बोक्ने देखि , सलमा भारी बोके जसरी बच्चा बोक्ने भेटिए । यो देख्दा मलाई दस बर्ष अघिकै गाँउको झझल्को आईरहेछ  ।

गाउँ छिर्नै लाग्दा उदितनारायण झा'को आवाजमा रहेको गित "यो गाँउको ठिटो म......" र सोनु निगमको आवाजमा रहेको गित "उकाली ओराली गर्दै ......." खोला नजिकैको घट्टा जसरी दिमागमा घुमेको छ ।

धेरै गन्थन् नगरी अब म गाँउको आनन्द लिन चाहन्छु । ;)

पढ्ने चेष्टा गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।

Saturday, October 7, 2017

शान्ति ( The peace ) र सान्ती

*******
दिन १
********
आज मन एकनास बगिरहेको छ । ए साच्चि मन त बग्दैन पो क्यारे ।
आँसु बगिरहेको छ ।
आँसु बगाउँदा शान्ति मिल्छ रे । यो संसारमा मानिस शान्ति खोज्न अनेक उपाए अपनाउछन्  ।
बुद्ध घर छोडेर बन पस्छ्न् । त्यही शान्ती धनमा भेट्ने बहानामा बुद्दुहरु बिदेश भासिन्छ्न् ।
उता महाभारतमा सान्तनुको शान्ती भड्किन्छ । एउटि सुन्दर युवति सत्यवतिको प्रेममा ।
उनलाई प्राप्त गरेपछि पनि , सान्तनुको शान्ती प्राप्त हुँदैन । गंगा पुत्र देबरथले जीवन भर बिबाह नगरी हस्तिनापुरको राज्य सत्यवतिको पुत्रलाई दिने प्रण गरेका हुन्छन् ।
आफ्नो पहिलो पुत्र देबरथलाई ( भीष्म )  हस्तिनापुरको राजा बनाउन नसकेको र जिबन भर ब्रमचारी बस्ने प्रतिज्ञाको दोस आफैलाई मानेर बिना शान्ती सान्तनुको  मृत्यु हुन्छ ।
यो त एउटा सानो उदाहरण मात्र भयो । रामायण देखि महाभारत सम्म हेर्ने हो भने  हरेक पात्रको शान्ति माथि खलल पुगेको देखिन्छ ।
धर्म ग्रन्थ मात्र किन नियाल्नु ?  आजकाल मानिस पनि पिडा , तनाव ,चिन्ता आदिले गर्दा डिप्रेसनको शिकार  भएको सजिल्यै घर घरमा भेट्न सकिन्छ ।
मानिस कहिले सन्तोष हुन्छ होला र ? कहिले शान्ती मिल्छ होला ? के पुर्ण शान्ती, जीवन समाप्ती पश्चात् मात्र मिल्ने हो ? के जिवनकालमा मानिस जहिल्यै अशान्ति रहन्छ ? कुन अवस्थालाई शान्त भन्ने ? बढो सरल लाग्ने तर गम्भीर प्रश्न शान्तिलेनै मेरो मस्तिष्कमा अशान्ती मच्चाईरहेको छ ।

****
दिन २
*****

मस्तिष्क आज बढिनै चन्चल छ । खुसिले उत्पात नाचिरहेको छ । सरस्वती पुजामा पल्लो गाँउकि " सान्तिपनि " त्यसरिनै नाच्थी ।
आज उसले फेसबुकमा मैले पठाएको प्रेम प्रस्ताव झ्याप्पै स्विकार गरेकी छे । ए ! माफ पाँउ  प्रेम प्रस्ताव त पठाउन मिल्दैन पो क्यारे । फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी हो ।
शान्ती खोज्ने सरल तरिका "सान्तिलाई नै आफ्नो बनाउनु हो । मस्तिष्कले आज यस्तै उट्पट्याङ बिचार उत्पादन गरिरहेको छ ।
उसलाई पठाएको एउटा मेसेज पनि उसले फिर्ता गरेकी छैन् । त्यहिभएर मन बेचैन भो , शान्ती भंग भो ऋषिहरुको तपस्या भंग भए जसरी ।
शान्तिले नबोलेर शान्ती खोसिदिई । उसलाई यो तेस्रो पटक रिक्वेस्ट पठाएको , मेरा दुईवटा रिवेस्ट त उसले हुदैन भनेर क्यान्सिलनै हानेर मारेकी थिई । कति धेरै मेरो अनुरोधको हत्या गर्न सकेकी मोरिले ।
  ए साँची !! शान्ति त अर्कैको पो भएकी छे है ? थुक्क !! उसको त दुईवटा छोरा पनि पो छन् त । धत् मेरो बुद्दी ।
कुनै जमानामा भन्ने गर्थी यो सान्ति तिम्रै हो । म पनि सोच्ने गर्थे " सान्तिनै आफ्नो भैइ भने जिन्दगीमा कहिल्यै अशान्ति हुँदैन् । "
°°°
" संसार कति अघि पुगिसक्यो , तँ चै माया पिरतिमै अलमली राख , हावादारी कुरामै अलमल्ल पर्दै बस् डाम्ना " पाँडे शैलीमा एक असल मित्र डुक्रीए ।
बौद्धिक र तार्किक कुरा गर्ने मान्छेलाई  झिना मसिना भावनात्मक कुराले असरनै पार्दैन् भन्छन् । होला पनि ।
सबै मान्छेले एउटै सोच्ने भए, एकै बिचार आउने भए यत्रा अशान्ती मच्चिने घटना किन हुन्थ्यो होला र ? किन जुम्ल्याहा अग्ला घर ध्वस्त हुन्थ्यो होला र ? देस देसमा किन त्यत्रो मिहिनेत गरेर नियम , कानुन , संबिधान बनाउनु पर्थ्यो होला र ? हरेक मान्छे राजा हुन्थ्यो होला । हरेक मान्छे न्यायाधीश हुन्थ्यो होला । ती दिनैपिच्छे झगडा गर्ने डाँडाघरे काईला काईली पनि मिलेर बस्थे होला ।
छ्या म पनि कस्तो ? गाली गर्नमै पो समय फालेछु । अँ साच्चै ! के संसार माया पिरती बिना अघि बढ्न सक्ला र ?
फेरि मन बेचैन भयो । मनमा ज्वारभाटा उठ्न थाल्यो । लाग्छ  , मन कहिल्यै सन्तोष भएर बस्नै सक्दैन । दोस्रो दिन पनि अशान्ती खिल गाडिए जसरी चस्किदै बसेको छ ।

*****
दिन ३
*****

" शान्ती शान्ती भाँड मे जा ! यस्ता कुरा जति सोच्यो उति अशान्ति भईन्छ  ।
जिन्दगी भनेको एउटा चक्र हो । घुमिरहन्छ आफ्नो गतिमा । चाँहे गहिरो तरिकाले सोच चाहे सतही सोच । "
कोहि सपनामा आएर संम्झाए जस्तो भान पर्यो । होईन पो र'छ ! रेडियो घन्केको रहेछ । रेडियोले भाँडमे जा नभनेको हुन सक्छ । तर निदाएको सुरमा आदि मस्तिष्क र आदि रेडियो घन्केको हुनसक्छ । 
घाँमको किरण आँखामै ठोक्कियो । बजिरहेको रेडियोमा मेरो ध्यान केन्द्रित भयो ।
" शान्ति प्राप्त गर्ने उपाय हरेक धर्म अनुसार भिन्ना भिन्नै व्याख्या गरिएको छ । सबै धर्मको सार भनेको असल कर्म , असल बिचार , असल सोच , असल व्यबहार , असल संगत र मन र मस्तिष्कको सहि नियन्त्रण हो ।"
आज गम्भीर बन्न फिटिक्कै मन लागेन । रेडियोमा भनेको कुरा सहि लाग्यो । तर यो खुट्टा तान्ने कलियुगमा , 'असल हुन सार्है  गाह्रो छ ' भनेर ठुल ठुला बिद्दानहरुको मुखाराबिन्दुबाट  सिदा यो  कानमा गुन्जेको हिजै जस्तो लाग्छ ।
चिन्ता र तनाव बिहिन सायदै होलान् यो संसारमा । कसैले भनेका थिए " बिना समस्याको जिन्दगी खोज्नुहुन्छ भने त्यो चितामा  भेट्न सक्नुहुन्छ ।
" जिउँदो मानिसमा तनाव र चिन्ता एउटा निश्चित बिन्दुसम्म सहिनै हुन्छ । त्यो बिन्दु बाट अलिकति बढी भयो भने मन र तनको शान्ति जहिल्यै भड्किरहन्छ ।
रेडियो भित्रबाट आवाज घन्किरहेको थियो । फेरि झसङ्ग भए ! म त फेरि पो निधाएछु ।
°°°
हिजो बेलुकी अबेर सुतेको थिए । हिजो बेलुका सान्तिको मन , मेसेज पठाउन बाध्य भएछ ।
भन्दै थिई " सान्तिनै आजकाल शान्ति ( न्याय ) खोज्न भौतारिएकी छे " ।
उसको पति लागुऔषधी कारोबार गरेको आरोपमा जिल्ला कारागारमा छन् रे ।
कसरी त्यस्तो भयो ?
उसले खुलेर कुरा गर्न खोजिन । गोपनियता कायम राख्न खोजेकि हुनुपर्छ ।
सान्त्वना दिदै उसलाई संझाए । शान्तिनै  उडेको उसको मनमा मेरो सान्त्वनाले के काम गर्थ्यो र ? त्यही पनि उसले संझिए जस्तो गरेर उत्तर फर्काईरहि ।
अबेर निदाउन  बानी भन्दापनि बढी कारण चाहिन्छ । अबेर सुतेर सबेरै उठ्न जाँगरनै चाहिन्छ ।
" जाँगर भन्दा पनि बाध्यता हुनुपर्छ होला "आफू भित्रको अर्को फ़ुर्तिलो मान्छे बोल्यो । आफू भित्रको मान्छेनै हो अशान्ति बनाउने । मनुवा भित्रको अर्को मनुवा जसले तान्डब गरेर बाहिरको मनुवालाई अशान्ति बनाई राख्छ । आज यहि मनुवा सँग अचाक्ली रिस उठेको छ । फेरिपनि खल्लोपन महसुस भईरह्यो । भित्रभित्रै अशान्ति मच्चिरह्यो ।
***
" ॐ शान्ति शान्ति " एक जोगि कराउदै आँगनमा आए ।
' शान्ति ,शान्ति तर मन धेरै अशान्ति '  म जिस्किन खोज्छु ।
उनी मुख बिगार्छन् । उनले मनमनै भन्दै होलान् " शान्ती भएको भए म भिख माग्दै हिडिरहेको हुन्न होला वत्स " ।
एक कटौरो चामल उनको ठूलो पोल्टोमा खसाल्छु  । उनी बाटो तताउछन् ।
उनलाई मैले भिखमा चामल दिएको थिए तर भिखमा सान्ती गई । कसरी ? कुन्नी ।
  सान्ती मलाई हात हल्लाउँदै लुरु लुरु हिड्छे । लाग्छ शिबभट्टसँग गोमा ब्राह्मणि हिड्दै छे । म ठूलो स्वोरले चिच्याउछु , कराउँछु  तर मेरो आवाज उनिहरुको कान सम्म पुगेको जस्तोनै लाग्दैन । एता गुहार माग्छु , उता गुहार माग्छु । त्यसपछि  म आफै सँग हार मान्छु ।  त्यो हारको नतिजा आज साथमा सान्ती छैन । शान्ती पनि छैन ।
केही नभएको चिज मैले किन खोज्ने ?

मन दरो बनाउदै जुरुक्क उठ्छु । अंग्रेजी फिलिम इन्सेपसनले दरै ह्याङ बनाएर राखेछ । मैले सपना पनि तीन तीन दिनको देख्न भ्याएछु । प्याट्ट आफैंलाई कुट्छु किनभने यत्रो समय सम्म पढेर तपाईलाई रिस उठ्यो होला । अरुको पिटाइ खानु भन्दा आफ्नै पिटाइ खाएको बेस नि । होईन र ?

Monday, August 28, 2017

टल्क टाईम | Talk Time | कथा |

टल्क टाईम
***********
" मोबाइल फोनले रातारात मान्छेहरुलाई बिगार्यो । सप्रीनेहरु चिल्लो पात भएर उभो लागेकै छन् । एस एल सि दिई सकेपछि बल्ल मेरो हातमा मोबाइल फोन परेको थियो । पँहेलो बल्ने , लोडसेडिङ हुँदा बत्ती बाल्न सकिने , खट्याक / खट्याक पारेर थिच्नुपर्ने  । त्यतिखेरको खास बिशेषता रिङ ब्याक टोन राख्नै पर्ने , गित सुन्न सुरुको चोटि फोन नउठाउ भनेर अनुरोध गर्नै पर्ने ।  यस्तै बाध्यताको क्रमबाट सुरुभएको मोबाइलको यात्रा आज टच स्कृन सम्म आईपुगेको छ । 

 फोन गर्न मात्र मिल्ने मोबाइलको यात्रा अहिले सामाजिक संजाल देखि थुप्रै अरुकुरा चलाउन सकिने भएको छ । जतासुकै जो पनि मुन्टो अलिकति झुकाएर , मुसुक्क हाँसेर मोबाइलको स्क्रिनमा औलालाइ कसरत गराई राखेकै भेटिन्छन् । नपत्याए आफैलाई हेर्नुस् न ।  मोबाइलले संसार औलामा नाच्ने त बनायो तर सम्बन्ध भने बालुवाको घर जस्तै बनायो ।

****
दुरसंचार कम्पनिले टल्क टाईम अफर दिन्छ भने त्यसको उपयोग गर्नु हरेक ग्राहकको धर्म बन्न जान्छ । मैले पनि त्यसको प्रयोग गरे । के बिराए र ?

अफर प्राय हरेक दिन खेर जान्थ्यो । अफरको प्रयोग घरमा बुबा आमालाई र साथिभाईहरुलाई फोन गर्नु भन्दा अन्य कुनै काममा प्रयोग भएन् । फिरिमा पाएको अफरको पनि खुब माया लागेर आयो ।  युवा मन र उत्ताउलो पन भरिएको म'मा कोहि युवतिलाई फोन गरेर अफरको सदुपयोग गर्ने रहर पलायो ।

कोहि केटिको नम्बर छैन् ? साथीसँग माँगे ।

फेसबुकमा को'को युवतिहरुसँग बोलिरहने भएर उसँग नम्बरको अभाव कहिल्यै पर्दैन थियो । ड्रग एडिक्ट भए जस्तै उ फेसबुक एडिक्ट थियो । फेसबुकमा उसका दुईचार जना त गर्लफ्रेन्डनै थिए । गर्लफ्रेन्ड बनाउन नसकेको तर उसले बहिनी बनाउन बाध्य भएको एक युवतिको नम्बर मलाई थमाईदियो  । 

 नम्बर पाएपछि म फुरुङ्ग परे र फोन गर्न तम्सिए ।

" हेलो ! को बोल्नु भ'को ? " उसले सोधि।

सुरिलो , लगभग कोईलिको जस्तो मधुर आवाज थियो । उसको आवाज सुनेर मस्तिष्क उसको रुपको चित्र कोर्न ब्यस्त भयो ।

" तिमी को बोलेको " म प्रतिप्रश्न गर्छु ।

" तिमी प्रतीक बोलेको हो ? " उ फेरि सोध्छे ।

दिमाग कोर्दै गरेको चित्र बन्द गर्छ र के जवाफ दिने भनेर सोच्न थाल्छ ।

को होला प्रतीक ? उसको ब्वाईफ्रेन्ड ? कि मिल्ने साथी ? कि उसलाई आवाज बदलेर फोनमा जिस्क्याईरहने छुच्चो केटा ?

" अँ प्रतीक बोलेको , के गर्दै छौ ?" उत्तर फर्काउछु । 

म उसले सोचेको प्रतीक थिईन तर उसको प्रश्न भित्र लुकेको जवाफको काल्पनिक प्रतीक थिए ।

" बाँदर ! माया लाग्दैन है मेरो ? यत्रो दिन कहाँ ग'को थियौ ? मैले कति फोन हाँने थाहा छ ? " उ सास नरोकी बोली , म सास फेर्दै सुनिरहे ।

को होला प्रतीक ? म प्रतीक होईन भन्ने थाहा पाई भने बोल्दिन पनि होला है ? अनि मेरो टल्क टाईम ?

" माया नलाग्ने भए फोन गर्थे त " म अन्जान केटिसँग नजिकिन खोजे ।

"अनि आज कलेज छैन् ? अनि एक्लै हो घरमा ? के गर्दै ?  ड्याड ,मअ्म  हुनुहुन्न हो ?"

उ यसरी प्रश्न सोध्दै थिई कि मानौ बर्सौ पछि हराएको छोरो आमाले आज भेटेकी छिन्  ।

उसले सोध्ने हरेक प्रश्नमा प्रतीकको बारेमा जानकारी लुकेको हुन्थ्यो , जसले मलाई झन नजिकिन सहयोग गरेको थियो ।
यदि प्रतीकसँग सधै फोनमा कुरा गर्थी भने आवाज पत्ता लगाउन गाह्रो नहुनु पर्ने तर किन उसले ठम्याउन सकिन ?

त्रेतायुगमा त अहिल्याले आफ्नो पतिको भेषमा आएका ईन्द्रलाई ठम्याउन सकिनन् , झन उसले त के सक्थी र यो कलियुगमा  ?  उसलाई कलियुगको अहिल्या र आफुलाई ईन्द्र , म ठान्छु ।
  
डर अझै मनमा थियो । साच्चिकैको प्रतिकले फोन गरेर केही भन्यो भने ? फेरि उ फुत्कीन्छे त है ? म छट्टु बन्न खोज्छु ।

आफ्नो फेसबुक आई डि बिग्रेको बहाना पार्दै त्यसमा ब्लक गर्न उसलाई लगाउछु । आफ्नो फेसबुक आई डि मतलब वास्तविक प्रतिकको आई डि ।  "त्यो पहिलिको नम्बर पनि ड्याडिले बोक्नु हुन्छ त्यसमा कल नगर , आयो भने पनि नउठाउ-ब्ल्याक लिस्टमा राख्दिदा झन राम्रो " नक्कली प्रतीक बन्दै म उसलाई उकास्छु ।

साक्चिकैको प्रतिकलाई केही नभनी गर्लफ्रेन्डले ब्लक गर्दिदा कस्तो हुँदो हो ? अझ जति फोन गरे पनि नउठाउदा वा फोननै नलाग्दा झन कति रिस उठ्दो हो । ठ्याक्कै त्यस्तै रिस गौतम ऋषिलाई आफ्नो पत्नी ईन्द्रसँग देख्दा उठेको हुँदो होला है ?
म साच्चिकै ,अहिल्या र गौतम ऋषि बिचको सम्बन्धमा खोट ल्याउने ईन्द्र जस्तै भए । प्रतिकले म कलियुगको ईन्द्र भन्ने थाहा पायो भने मेरो हालत के ईन्द्रको जस्तै हुन्छ ? अनि उसको हालत नि ?

उसले ब्लक गरेको कुरा र नम्बर ब्ल्याक लिस्टमा राखेको कुरा कस्सम खादै सुनाई । अरु कसैको प्रेमिका कुनै फकाउने , मनाउने कष्ट बिना आफ्नै भई  । म दङ्ग पर्छु - ईन्द्र पनि यसरिनै दङ्ग परेका हुँदा होलान् ।

योजना सफल बनाउन जसरी ईन्द्रले गौतम ऋषिको रुप धारण गरे त्यसरिनै
म बिर्सेको नाटक पार्दै , उसको फेसबुक आई डि र पासवोर्ड माग्छु  । प्रेमिहरुले प्रेममा  बिश्वास नलागेर त यति धेरै निगरानी गर्नु पर्दो होला है-पासवोर्ड लिई दिई ?

उसले आई डि/ पासवोर्ड थपक्क दिई-अहिल्याले आफ्नो जवानी ईन्द्रलाई दिए जस्तै । उसको फेसबुक खोलेर हेरे मलाई उसको नाम सुद्ध थाहा थिएन् । फेसबुक नाम अस्मि रैछ - वास्तविक नाम सायद अस्मिता होला । रिक्वेस्ट कति धेरै आ'को , मेसेज पनि त्यस्तै , कति धेरै केटाहरूले प्रेमको प्रस्ताव राख्न सकेका - उत्ताउला बोकाहरु ।

फोटो हेरे , मुसुक्क हाँसेको मुहार , झन क्यान्डी क्यामेराको ईफेक्टले फोटो साच्चिकै कमालको बनाईदे'को रछ । म फिल्म बनाउदो हुँ त हिरोईन उसैलाई बनाईदिन्थे होला-म भित्रभित्रै उम्लिए ।
प्रतिकलाई भनेजस्तो गरि ब्लक गरेकी रैछ । मेसेज हेरे , कति गहिरा प्रेमका भावना पोखिएका । एक अर्काबिना मर्ने बाच्ने कसम , बिबाह गर्ने योजना देखि छोराछोरी जन्माउने योजना सम्म बुनिसकेका रहेछ्न् ।
अझ बस्त्रबिहिन तस्बिर समेत साटासाट रहेछन् संगसंगै लुकेर गर्ने गोप्य गफ पनि धेरै रहेछन्  ।
दिमाग तस्बिर हेर्दै अनेक कुरा सोच्न भ्याउछ ।

म बबुरोलाई त पापनै लाग्छ होला है ?  के तिनिहरुलाई पाप लागेन जसले संसारका अमर प्रेमको हत्या गरे ? अनि अरुको श्रीमती सँग छलकपट गर्ने ईन्द्रलाई नि ? म अरुसँग तुलना गर्दै आफैलाई संझाउछु ।

****

"म तिम्रो प्रतीक होईन " भनेर भनु कि नभनु ? म दोधारमा पर्छु । उसले आफै थाहा पाई भने त टन्ठै साफ । प्रतिकले अर्को नम्बर बाट फोन गर्ला कि नगर्ला ? ।

म उसलाई  फोन गर्छु । उसँग प्रतिकको भेषमा माया पिरतिका कुरा देखि लिएर अरु भित्री  गोप्य कुरा समेत गर्छु । त्यस्ता कुरा गर्दा अलि उ सर्माउथी तर बोल्न भने बाँकी केही रहेनन् जसरी ईन्द्रले अहिल्यालाई बाँकी राखेनन् । यस्तै क्रम चलिरह्यो - करिब एक हप्ता ।

उसले भेट्ने कुरा गरि । मेरो मुटु जोडजोडले धड्कियो । वास्तविक फेसबुके प्रेमी प्रतिकसँग भेटेकी छ कि छैन होला ? आफैलाई प्रश्न गर्छु । भेटेकी छैन भने त भेटघाट गर्नै पर्छ अनि फेसबुकमा फोटो हेरेको भरमा म प्रतीक जस्तो छुईन भन्ने पत्ता लगाई भने ? फेरि फुत्किन्छे त है ?  म प्रतीक जस्तो कसरी हुन सक्छु र ? तर उसले सोचेको , माया गरेको प्रतीक त म'नै त हुँ नि , नक्कली भएपनी ।

पहिले उ नफुत्क्योस जस्तो लाग्थ्यो तर भरखरै बिबाह गरेको जोडि अलग भए  जस्तो फोन गरेर वाक्क दिक्क लगाएपछि म आफैलाई उम्केर भागौ जस्तो भयो । फगत फोन गरेछु, आत्मग्लानी भयो ।

उसले भेट्ने कुरा गर्दा म बहाना बनाईरहन्थे , कुरा फेरिरहन्थे तर उसको करपछि म भेट्न जान तयार भए ।
मनमा डर भरियो , भरिएको डर घोप्ट्याउन मन थियो तर घोप्ट्याउने ठाउँ कतै पाईन् वा जानिन  ।

भेट्न  पिपल चौक बोलाई , मन दरो बनाउदै , आफुलाई ईन्द्र ठान्दै ,कलियुगकी अहिल्यासँग भेट्ने सुर कसेर अधि बढे ।

उसँग झ्याप्पै , मुसुक्क मुस्कुराउदै भेट्ने आँट आएन , त्यहिभएर म एउटा भरखरै बन्दै गरेको घरको पिल्लरमा छलिए ।

 आँट भन्दापनी डर लागिरहेको थियो ।  डर लाग्नुको एउटै कारण मैले गल्ती गरेको थिए । म मात्र घरको कुनामा छु । मेरोे ध्यान , मेरो आँखा जति जम्मै त्यहि पिपलको फेदमा डुलिरहेको छ ।

ठिटाहरु चुरोट तानिरहेका छन् । कलेज पढ्ने एक प्रेमिल जोडि एउटै कपमा पानीपुरीको पानी थपी थपी खादैछन् - जुठो खादा माया बढ्छ भनेर होला । मोबाइल चलाउदै एउटि केटी त्यही नजिकै उभिएको देख्छु । 

उसले मोबाईल कानमा पुर्याई ।
फोन उठाउछु , कहाँ आईपुगेउ ? प्रश्न गर्छे ।
" दस मिनेट जति लाग्छ " म झुट बोल्छु ।

म उसलाई नियालिरहन्छु । एक किशोर उ नजिकै आउँछ र ति दुईजना आपसमा कुरा गर्छन् । 

को होला उ ? ठम्याउन सकिन ।  कता कता देखेको जस्तो भान पर्छ , कतै आधुनिक गौतम ऋषि अर्थात प्रतीक त होईन ? हतार हतार केटाको अनुहार र  फेसबुकको तस्बिर , उसको फेसबुक खोलेर मिलाउन खोज्छु तर उसको पहिलिको पासवोर्ड मिलेन भनेर बारबार देखाईरहन्छ । पासवोर्ड फेर्न भ्याईसकेकी रहिछे । यो कस्तो मायाजाल ? प्रश्न गर्छु ।

के प्रतिकलाई यो सबै कुरा थाहा छ ? कतै यो नियोजित चाल त होईन दुबै जनाको ? हिजै अनलाइन पत्रीकामा मैले ठगी गर्दै हिड्ने गिरोहको बारेमा पढेको थिए कतै त्यस्तै त होईनन् ? मनले झन ढ्याग्रो ठोक्यो  ।
म दुबैजनालाई नियालिरहन्छु । 

केहिबेर पछि उक्त युवक नजिकैको होटलमा पस्छ  , लाग्छ सराप दिन गौतम ऋषि पुर्ब तयार गर्दैछन् । होटलबाट उसले नजर त्यही पिपलको फेदमुनी डुलाईरहेको थियो । डर फेरि एकाएक बढ्यो बर्खामा नदिको बहाब बढे जसरी ।

देब लोकबाट आएको म निराश हुँदै गृह प्रस्थान गर्नुपर्ने बाध्यता आयो । गौतम ऋषिले महिहत्ते गरेर अहिल्या भेटेका थिए तर आजकाल पाईलै पिच्छे गौतम ऋषिले अहिल्या भेट्छ्न् र पाईलै पिच्छे अहिल्याहरु ईन्द्रलाई डाकिरहन्छन् ।

कलियुगमा अहिल्याले पथ्थर हुनु पर्दैन तर ईन्द्रले कुटाई खान सक्छ (कलियुगको सराप ) ।
कलियुगको खासियतनै यहि हो । त्यही कलियुगको कलिल्यै मीठो नहुने कुटाई खाईन्छ भनेर म  त्यहा बाट फनक्कै फर्के ।