नमस्कार अदरणिय पाठक बन्धु तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा स्वागत छ । यहाँ मेरा कबिता, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- acharyanitin2@gmail.com मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Sunday, May 24, 2020

स्रोता यमराज | कथा | नितिन आचार्य |

स्रोता यमराज | कथा | 
लेखक : नितिन आचार्य  
Photo source: omlinkblog.files.wordpress.com



*******
दुध पिएर सुरु भएको जिन्दगीले आज रक्सी पिलाईरहेछ । माफ गर्नुहोस् ,स्पोनसर साथी हो जिन्दगी होईन् ।  भाग्य चिप्लिदा मन थेच्चारिदो रहेछ । जिन्दगीले लोप्पा खुवाएपछी , सान्त्वनाका लागि दुईचार पेग लाँउदै, चुरोटको धुवासँगै पीडा उडाउनु अर्कै मज्जा छ जिन्दगीको । भोलिपल्ट रक्सी उत्रिन्छ अनि जिन्दगी पनि डुब्दैन एकदिन ।


अचेत अवस्थामा उ अस्पतालको सैयामा लडेको छ । अचेत हुनुको एउटै कारण उसले यमराजलाई सत्य कथा सुनाएको थियो ।  कलियुगलाई सत्ययुग संझेर ।  

 जिन्दगीमा के गरिस भन्दै कसैले सोध्यो भने उ उत्तरबिहिन हुन्छ । उत्तर बिहिन हुनुको कारण यमराजसँग ठोक्किनु हो  । 

 वाक्किटक्किमा आवाज आयो " सर बलात्कारको आरोपमा हामिले दुई युवकलाई  पक्रेका छौ " । यमराज अर्थात उसको स्पोनसर साथी । पद : ईनिस्पेक्टर । 

**** 

 जिन्दगीले घुमाईरहेको छ । उसलाई लाग्छ  जिन्दगी पानीघट्टाको ढुङ्गा हो । त्यहिपनी उ आनन्द मानेर जिन्दगी छिचोलिरहेको छ । उ काठमाडौ आएको लगभग हप्ता दिन भयो । किन आयो उ ? प्रश्नको जवाफ छैन् । थुप्रै गुनासोका पोका बोकेर उ घर फर्किदै छ । 

उसको झोलाको च्यान चुडिएको छ । ओडारको मुख जत्रो झोलाको मुख पार्दै भित्र आँखा तन्काउँछ । आफ्नी प्रेमिकाको लागि किनेको हरियो चुरा र पुस्टकारिको एक पोको देख्छ । पोको फुटाउँछ एउटा निकाल्दै कुप्लुक्क खान्छ फेरि अर्को निकाल्छ । यो क्रम लगातार दोर्याईरहन्छ । 

प्रेमका गफ गरिरहेका दुई ठिटाहरुको आवाजले उ झस्किन्छ। टोक्दै गरेको पुस्टकारी चपाउन छाड्छ र कान ठाडो पारेर सुन्छ । 

  युवकको आवाज आउँछ । " एउटा ठिटिले बोलाकी छे ।भेट्नुपर्ने छ । यो पाली बजाईदिने हो  ।"  उ अचम्म पर्छ । 

युवकको छेउको साथिले आँखाको ईसारामा थुप्रै प्रश्नहरु गर्छ । प्रश्नहरुको उत्तर दिन उसले खल्तिबाट मोबाइल निकाल्छ । तुरुन्तै युवकले ग्यलरी खोलेर युवतिको नग्न तस्बिर सार्दै देखाउँछ । 

 मोबाइलको स्किरिनमा औला दाँयाबाट बायाँ कुद्दा तस्बिरमा लुगा कम भएको दृश्य उसले पनि देख्छ ।

त्यत्तिकैमा छेउको अर्को साथिले र्याल काड्दै भन्छ , म पनि है लाईनमा । मेरोपछि पालो तेरै हो साथिले हाँस्दै आश्वासन दिन्छ ।  

सम्बन्ध शेयरको भाउ जसरि तल गिरेको भान उसलाई भयो ।  माया यति तल सम्म गिर्छ ? कोहि युवती कसरी आफैलाई  छर्लङ्ग पार्न सक्छन्  ? कति सजिल्यैसँग पग्लिन्छन् ? कति सजिल्यै बिश्वास गर्छन् ?  उत्तरबिहिन प्रश्नहरु उसको दिमागमा कालो बादलझै मडारियो। 

 सोच्दै गर्दा   "त्यो भरे राती ईमोमा पठाईदिउला" फोनमा बोलिरहेकि युवतिको आवाज , हावाले कानमा ठोक्कायो । सोच्यो !  के ? उहि नग्न तस्बिर ? 

ईनिस्पेक्टरले लाठ्ठि बजार्यो । ठूलो आवाजमा प्रश्न सोध्यो  " बलात्कार कसले गर्यो भन ? "
आवाज बेस्सरी आयो । ऐईया $$$$$$$ । 

***** 

गाडी ड्राईभरको सुरमा कुदिरहयो । ब्रेकरमा ब्रेक लागेन । गाडी उफ्रियो । तालु फुल्लेको गुनासो गुन्जियो । यात्रुहरू रिसले चुर भए । उ पनि झनक्क रिसायो । 

उसले ड्राईभर तिर आँखा सन्कायो । 

 ड्राइभर नजिकै बसेकी युवतीसँग मस्किदै बोल्दै थिए । उसले कान कोल्ट्यायो । 

  " तपाईको बूढो के गर्ने " ? ड्राईभरको आवाज सुन्यो । 

बिदेश हुनुहुन्छ  । युवतिको उत्तर थियो ।

 न्यास्रो लाग्दैन ? गाडी रोक्दै ड्राइभरले प्रश्न तेर्साए र खलासीको नामपछी " जि " लगाउदै पानी किन्न पठाए । युवतिले खुल्दै भनिन " सम्मान नगर्नुस् , छाडा शब्द बन्दोरहेछ " ।

 उसले सोच्यो सायद खलासिको नाम श्यामु हो । भित्रबाट हाँसोले काउकुती लगाएको महसुस गर्यो । फेरि ड्राईभरतिर ध्यान मोडेर रोक्यो ।

 ड्राईभरको अनुहारमा लाज प्रश्ट देखिन्थ्यो अनि ती युवतिको मुहारमा चमक । ड्राइभरसँग ती महिला नजिकिन खोजिन  , उसको आँखाकै अघि ड्राइभरको फोन नम्बर फुत्क्याईन , मन फुत्क्याईन , सायद अब तन पनि फुत्क्याउने उनको योजना हुनसक्छ ।  उसको  दिमागले सोच्न भ्यायो । 

दुई ठिटा केटाहरुको भेट्ने योजना बन्यो अनि ड्राईभर नजिकै बसेकी महिलाको नयाँ सम्बन्ध । खलासीले बेला बेलामा महिला तिर आँखा सन्काउदै म पनि छु है भन्ने ईसारा गर्यो । 


कसले गर्यो जस्तो लाग्छ अपराध ? ईनिसपेक्टरले लाठी तेर्साएर सोध्यो ।  अईया $$$$$ । फेरि पनि आवाज  आयो । 

**** 

खलासी पानी किनेर फर्कियो । गाडिको सुर ड्राईभरको सुरसँग मिल्दो छ , उत्ताउलो । उ निदाउन खोज्यो तर पछाडि रहेका ठिटाहरुको आवाजले निदाउन सकेन् । 

 " सामाजिक संजालको बिकाश भएदेखि मान्छेको बुद्धिको बिकास कम हुन थालेको हो "
पछाडि सिटबाट एक युवकको आवाज गुन्जियो । उसको कान ठाडा भए ।

 हेर त ! आईमाईको बुद्दि ।  बूढो खाडि गएर नङ्रा खियाईरहेको होला, बुढी भने  म जस्तो अर्कैलाई बूढो बूढो भन्दै भावना साट्दै छे ।  

भावना मात्रै ? उसँगै रहेको अर्को साथिले जिज्ञासा पोख्यो ।

अरु पनि साट्छे । हेर्छस् ? 

के ?  

बिना कपडाको आईमाई , हाँस्दै उसले उत्तर दियो । 

नाङ्गिनु यति सरल छ ? मैले आफैलाई नाङ्गो मज्जाले नियालेको छैन । मान्छेले सर्वाङ्ग कसरी बनाउन  सक्छ त्यो पनि पराईसामु ? आजकल किन  शरीर भन्दा मान्छेको सोच यति नाग्गिएको ?  " सायद काम , क्रोध , लोभ , मोह यी कुराहरु अनियंत्रित भयो भने मानिस मानिस नहुदो रहेछ ।"  छेउको साथिले तस्बिर हेर्दै बिचार सुस्तरी पोख्यो । 

आफैले मिहिनेत गरेर झिकाएको तस्बिर माथी बोल्ने हिम्मत साथिले गरेन् । दुबै साथी भने उनै महिलाको निम्तो स्विकार्दै भेट्न गाडी चडेका रहेछन् । 


प्रबिधिले मान्छेको प्रवृत्ति बिगार्यो । समाजको बिकाश अब कसरी होला ? समाजले थेग्नै नसक्ने बानी र क्रियाकलाप कताबाट आयो होला ? सुरुप्प सुर्क्याउदै स्पोन्सर साथी यमराजलाई प्रश्न सोध्यो । यमराज कड्कियो । कड्किएको यमराजले लाठी बेस्सरी बजार्यो ।आवाज केही आएन । यमराज अत्तालियो । 

*******

 अस्पतालको सैयाबाट नमिठो चीत्कार गुन्जियो । छेउमै बसेको बिरामी कुरुवाको अनुहार मलिनो भयो । मोबाइलमा खबर सोध्दै गरेको गाँउलेले उत्तरमा नमिठो रुवाई पायो । खबर चारैतिर गुन्जियो । डिसहोमले देखाउने च्यानलहरुमा , अनलाईन खबरका  भित्ता भित्तामा र रेडियोले गाँउका कुनाकुनामा । 

टिभी हेर्दै बसेकी उजुरी गर्ने युवति खुसी हुन सकिनन् ।  आत्मलेनै धिक्कारेको महसुस उनले गरिन् । छटपटि र बेचैन उनलाई एकाएक बढेर आयो ।  परिणाम नसोची गरेका निर्णयले अक्सर ठूलो झापड हानेको महशुस गरिन् ।  उनले लामो स्वास फेरिन् र चुपचाप ढोका थुनिन् । त्यसपछि उनले कहिल्यै ढोका खोलिनन्  । 

 यमराजसँग उसले सत्य बोल्न खोज्यो । साबुनको फिजले पानी लुकाएजस्तो सत्य लुक्छ तर फिज हटेसँगै पानी पानी हुन्छ ।पानी अर्थात सत्य । उसले आफुलाई फिज बनाई राख्न सकेन् । सायद ममताको हावाले उसको फिज सुकाईदियो । 

**** 

" अहिल्या र ईन्द्रको कथाले उसको दिमागमा बेग्लै छाप पारेको थियो । अपराधी धार्मिक ग्रन्थहरुबाट नकारात्मक कुरालाई सोचेर बस्ने एक किसिमको मानसिक रोगी रहेछ  । 

उ आफुलाई ईन्द्र बनाउन चाहन्थ्यो अनि अहिल्या खोज्ने तेस्रो नेत्र  उसका लागि सामाजिक संजाल थियो ।

 स्मार्ट फोन र ईटरनेटले संसार साँघुरो बनाएसँगै मानिस एक्लिएको छ । एउटै कोठामा रहेको बाबू छोरा , दाजुभाइ , दिदीबहिनी  र आफन्तबिच खुलेर कुरा हुन छाडेको छ  तर कुना कुनाका नचिनेको मान्छेसँग भावना एक्कै छिनमा साट्ने प्रचलनले अधिकाँश यस्ता घटना घटिरहेका छन् ।  

प्रेमकाे अर्थ सिधै सेक्ससँग जाेडेर  नवयौवनाहरु जीवन दुर्घटनातर्फ माेड्छन् ।

 बिबाहित जोडिहरुको सम्बन्ध बिच्छेदको घटनाको कारण पनि परपुरुष या परस्त्रीसँगको सम्बन्धका कारण भईरहेको तथ्यले देखाउँछ  । 

सामाजिक संजाल असामाजिक तरिकाले प्रयोग गर्ने र छिट्टै अपरिचितसँग नजिकिने कारणलेनै यो घटना भएको हो । 

 ईनिस्पेक्टरले अपराधी सार्बजनिक गर्दै भने । 

सार्बजनिक गरिएको अपराधीलाई जबर्जस्ति अपराध कबुल गराउन खोजिएको आरोप ईनिस्पेक्टरलाई लाग्यो । सार्बजनिक गरिएका अपराधीले आफु निर्दोष रहेको र जबर्जस्ती कबुल गराउन खोजिएको टिप्पणी एक मिडियालाई दिए । 

फर्जी अपराधी सार्बजनिक भएको गुनासो यत्रतत्र फैलियो । ईनिस्पेकटर एकाएक शंकाका पात्र भए । अपराधी को भन्ने फेरि प्रश्न गुन्जिन थाल्यो । ईनिसपेक्टरको अनुसन्धानमाथी ठूलो प्रश्नवाचक चिन्ह झुन्डियो ।  मानिस कसरी आफैसँग झुट बोल्न सक्छ होला ? आफैलाई ठग बनाएर कसरी बाँच्न सक्छ होला ? आफ्नै ब्रम्मलाई कसरी झुक्याउन सक्छ होला ? यस्तै प्रश्नहरु एकअर्कालाई गर्दै छिमेकी कुरा गर्थे । जिन्दगीको उत्तरार्धमा ईनिस्पेक्टरले सत्य ओकल्लान भन्ने अड्कलबाजी पनि लाँउथे । अपराधी एक न एक दिन फन्दामा आउने आशपनि राखेका थिए । 

*** 

उ , रमेश ठाकुर ।  ठेला गुडाउदै जिन्दगीको हिसाब टार्ने एक ब्यापारी थियो । उसको ठेला चटपटेको थियो । कक्षा दशपछि उसले पढाइ पूरा गर्न सकेन कारण उहिँ पैसा थियो । उसले मन पराएको केटि संजिवनी थिई  । 

  संजिवनिले पनि उसलाई प्रेम गर्थि रे रक्सिको सुरमा उसले गोप्य कुरा भन्दै ओकलेको थियो  ।  पढ्दै गरेकी भएर उसले बाउ आमासँग माग्ने आँट उसले गरेन्  । स्कुले जिवनमा सबैभन्दा धेरै उसको पछि लागेर उ पट्टिएकि कुरा उसले गर्थ्यो ।

गाउँ एउटै भए पनि उनीहरुको भेट हत्तपत्त हुँदैन थियो । भावना साट्ने माध्यम जुकर्बर्गको डाएरी थियो । भावना सँगै उनीहरुले फेसबुक पासवोर्ड साटिसकेका थिए । 

उ सार्है चिन्तित थियो । दुई दिन सम्म उसले ठेला ब्यापारको लागि बजार लगेको थिएन । नलग्नुको एउटै कारण  कोहि युवकले  संजिवनिको मेसेजमा उसको नग्न तस्बिर पठाईदिनु हो । तस्बिर देखेपछि संजिबनी प्रतिको सम्मान उसको नजरबाट गिर्न समय लागेन । सम्मान गिर्यो, चोट उसलाई पर्यो । को होला त्यो युवक ? दुई दिनदेखी उसको दिमाग यहि प्रश्नको उत्तर खोजिमा भड्किरहेको छ ।

 उसले केहिदिन मात्र यात्राको क्रममा भएका घटना सम्झियो । ती सुरुका दुई युवकलाई सम्झियो , ड्राईभर र खलासिलाई संझियो , पछिल्ला दुई युवकलाई सम्झियो । सुरुका दुई युवक माथी उसको संका एकाएक बढेर आयो । ती दुई युवकको चित्र झलझली दिमागमा झल्कियो । 

उता संजिवनीको परिवारमा कोलाहल सुरु भएछ । संजिवनिको बाउले उसलाई झन्डै कोदालीले हानेर मार्न लागेका थिए । संजिवनिको बुवालाई लाग्ने प्यारो चिज ईज्जत् हराएपछी आफ्नै छोरी मार्न तम्सिएछन् । धन्न खुरनले पक्रेछ । गाँउका केही बुद्धिजीवीले प्रहरिलाई उजुरी गर्ने प्रस्ताव गर्दै संजिवनीलाई 
दबाब दिएछन् । कसले यस्तो गर्यो ? कसरी भयो ? भन्ने प्रश्न सहितको दबाबमा सँजिवनिले आफ्नै प्रेमी रमेश र उसको साथिको नाम लिईछे । गाँउले छक्क परेछन् । गाँउकै सोझो मानिस रमेसले त्यस्तो गर्दैन भन्ने बिश्वास गाँउलेमा थियो ।  केटिले फसाई भन्ने अड्कलबाजी गाँउले लगाँउथे । 

रमेस प्रहरिको फन्दामा पर्यो । आफ्नै प्रेमिकाले त्यति ठूलो आरोप लगाएपछी उ आफैमा टुक्राटुक्रा भईसकेको थियो । प्रहरिमाथीको बयानमा उसले सँका गरेको दुई युवकको स्केच बन्यो । प्रहरिको केरकार र प्रमाण नपुगेपछी उ  मुक्त भयो ।

 आफ्नै प्रेमिकाले लगाएको त्यती ठूलो आरोपले उ छट्पटायो । थुना मुक्त भएर पनि उ आफुलाई मुक्त महसुस गर्न सकेन् । उसलाई बेचैन् र छट्पटीले निन्द्रा परेन् । गाँउमा मुख देखाउन उसलाई सबैभन्दा गार्‍हो लाग्यो । ठूलो ढुङ्गाले टाउकोमा बेस्सरी हानेको जस्तो उसलाई भयो । भारी मन र टाउको उसले संहाल्न सकेन । आफ्नै दुखबाट मुक्त पाउन उसले बिष सेवन गरेछ । उसले पक्रीएर पिंजडामा राखेको मैना चरी आफै मरेको संझियो । त्यही मैनासँग आफुलाई तुलना गर्यो । केही गाँउलेले थाहा पाएछन् । उसलाई उपचार गर्न काठमाडौ लगियो ।  काठमाडौ उपचार गर्न लगिएको उसलाई ,  खबर सोध्दा  उत्तरमा नमिठो चीत्कार खुरनले फोनमा पाएको थियो । 

कसले त्यस्तो कुकर्म गर्यो होला ? न्याय माग्दै यत्रतत्र आवजको ठूलो कोलाहल तयार भयो ।
बलात्कार बिरुद्ध ठूलो नारासहितको जुलुस चल्यो । अनुसन्धान चुकेको गुनासो सबैको मनमनमा बसेको थियो । 

 स्केच ईनिस्पेक्टरको छोराको बनेको अनुमान कसैले लगाउँथे । कसैले उसलेनै त्यस्तो गरेको अनुमान लगाउथे । कसैले अरु कसैलाई दोष दिन्थे । कसैले कसैलाई ।  आखिर को ? भन्ने प्रश्नको उत्तर अब यमराजलेनै सुन्न पाँउनेछन् ।

 पाप गर्नेहरूलाई मृत्यु पछि कोर्रा हान्दै तातो तेलमा डुबाउछँन्  भन्दै हजुरबुबा कहानी सुनाउनु हुन्थ्यो । यो कहानीको सत्य स्रोता अब पक्कै यमराज मात्र हुनेछन् ।  

Tuesday, April 7, 2020

सकारात्मक सोचको बिकास

बन्द कोठाभित्र बसेर सन्सार चियाउनु छुट्टै छट्पटी हुन्छ । यस्तो(लक डाउन) समयमा मस्तिष्कलाई  स्वस्थ राख्न अझ चुनौती हुन्छ । यस्तो समयमा नकारात्मक कुरा मस्तिष्कमा धेरै आउने र रहने सम्भावना बढी हुन्छ । आउनुहोस् सकारात्मक सोच कसरी ल्याउन सकिन्छ भन्ने कुरा पढिहालम्  😋😋 


१. कारण थाहा पाउने:

 सबैभन्दा पहिले चिन्ताको कारण पत्ता
लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ ।

त्यसपछि सोचौं कि यो
समस्याको के समाधान हुन सक्छ।
समय,मानसिक अवरोध र
समस्याहरु कारण बनेर आएका
हुन्छ्न् बुझेर निवारण गर्नुपर्छ ।

२.ब्यस्त बस्नु : 

कुनै पनि काममा स्वयंलाई व्यस्त राख्नुहोस्
l जसले गर्दा तपाइको ध्यान काममा हुन्छ र
नकारात्मक सोचबाट पनि छुटकारा
पाइन्छ l

३. साथिभाईलाई सुनाउने

यदि तपाईँ कुनै पनि कुराले चिन्तित हुनु
हुन्छ भने सो कुरा साथीभाइसँग भन्ने
गर्नुहोस् l जसले गर्दा तपाइको मन हलुका
बनाई बिस्तारै नकारात्मक सोच हट्दै
जान्छ ।

४.नशा र कुलतबाट जोगिने

कुलतले ब्यक्तिलाई एकदिन तनाव
दिन्छ । तनावमुक्त हुने नाममा धेरै
व्यक्तिहरु रक्सी चुरोटको सहारा
लिन पुग्छ । तर, यसले उनीहरुलाई
उल्टो हानी गर्छ । नोक्सानी
गर्छ । डिप्रेसनमा भएका
व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै
टाढै बस्नुपर्छ । सेवन गर्न तत्कालै
छोडी दिनु पर्छ ।

५. योग र प्राणायाम गर्ने:

हामीले टेन्सन र डिप्रेसनबाट मुक्त
हुन चाहने हो भने दैनिक योग र
प्राणायाम गर्नुपर्छ । यस
योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन
कम हुन्छ र बुद्धि तेज हुन्छ ।
बिस्तारै चिन्ताबाट मुक्ती
मिल्छ ।

६.ध्यान गर्ने:

ध्यान नै चिन्ता हटाउने
सर्वतोमुखि विधि हो । जान्ने
ब्यक्तिबाट ध्यान सिकेर अभ्यास
गर्दा खुव फाइदा मिल्छ ।

७: हाँस्ने : 

हाँस्नु पनि तनाव कम गर्ने एउटा
महत्वपूर्ण अस्त्र हो । हाँस्नाले
हामीभित्र एन्डाफिर्न
हार्मोन्सको मात्रा बढ्छ र यसले
हामी रिल्याक्स महसुस गर्छौं ।
त्यसैले आफू पनि हाँस्नु र अरुलाई
नी हसाउने गर्नुपर्छ ।

८.सिर्जनात्मक कार्यमा
लागेर ब्यस्त हुने:

फुर्सदले ब्यक्ति बिग्रीन्छ । त्यसैले
ब्यस्त हुनु पर्छ । कार्य नै पूजा
आराधना हो भनेर लागि पर्नु
पर्छ। सिर्जनात्मक कार्यमा
लाग्ने गर्दा दिमाग कृयाशिल
हुन्छ। चिन्ता दुर हुन्छ ।

***** 
तपाईले
जीवनमा कस्ता कार्यहरु वा कुराहरुलाई
प्राथमिकता दिनु हुन्छ यहिबाट तपाइको
सोच निर्धारण हुन्छ । जो व्यक्ति जीवनमा
नराम्रा कार्यहरु गर्छ ती व्यक्तिहरुको सोच
नकारात्मक बन्दै जान्छ र फलस्वरुप ती
व्यक्तिहरुमा नकारात्मक संवेगहरुको विकास हुँदै
जान्छ । ती व्यक्तिहरुको जीवन झन
नकारात्मक कार्यहरुले भरिन्छन् । सधै जीवनलाई
खुसी र उमंगका साथ बिताउने व्यक्तिले
जीवनमा राम्रा कार्यहरु गर्दछन् र फलस्वरुप
जीवनमा सकारात्मक सोचको विकास हुन्छ ।
सकारात्मक सोचले जीवनमा सकारात्मक
कार्यहरु गर्न प्रेरणा गर्छ । यही सोचका कारण
सफलताका सिँढीहरु पनि ती व्यक्तिहरु चढ्दै
जान्छन ।


सुरक्षित भएर बस्नुहोस् । स्वस्थ रहनुहोस् । 😊😊😊

Sunday, August 26, 2018

SMART CITY | व्यंग्य |

व्यंग्य

जुरुक्क उठे, स्मार्ट घाम लागेछ । गाँउमा नियाउरो तरिकाले झुल्किने घाम स्मार्ट सिटिमा स्मार्ट तरिकाले झुल्कियो । स्मार्ट सिटिको खासिएत नै यहि होला।

एक महिनादेखी कोठामा कुहिएको फोहोरको बासनाले एकछिन आनन्दित तुल्यायो । थचक्क बसेर प्राणायाम गर्दिम गर्दिम भयो ।
दुर्गन्ध फैलाउने पर्फ्यु नछर्की सन्तुलन नमिल्ने देखियो । छ्यास ....छ्यास ....छ्यास ....पारेपछि बल्ल सन्तुलनमा आयो ।  

स्मार्ट सिटिमा फोहोर बसाउदो रहेछ । भरखरै गाँउबाट स्मार्ट सिटि छिर्नु भएको छ भने फोहोर बसायो भन्ने बानी बसाल्नुहोला । एउठा मीठो सुझाव । 

***

सिटि स्मार्ट भएपनी बाँच्नचै भुजा खानु पर्ने रच । नोट : स्मार्ट सिटिका जनताले भात खादैनन् ।

भुजा खरिद गर्न  घर बेच्नु पर्ने रमाईलो अवस्था निकट भबिस्यमा नआउला भन्न सकिन्न । त्यसैले , स्मार्ट सिटिमा भुजा नखाई पनि बाँच्न सक्ने अवस्थाबारे बिस्तृत अनुसन्धान गरियोस् सरकार ।

अनि अर्को कुरा  ब्या नभएका हामी जस्ता बेरोजगारीलाई आफै पकाउन कष्ट भईसक्यो , सरकारको ध्यान एता पनि केन्द्रित होस् ।

सरकार कति ज्ञानि छ । जे कुरा पनि हवस् भन्दै मानिदिन्छ । त्यसैले गर्व गर्न मन लाग्छ संसारमै कतै नभएको स्मार्ट सिटि हाम्रो देशमा छ ।

आजको दिनसम्म पनि  आफै पकाउनु पर्ने बाध्यता छ , हेर्नुस त पिडा । खुरुरु ताजा , चाउरिएको अनुहार जस्तो शब्जि , सर्बशुलब दाममा किनेर ल्याए ।

 बिषादि नहालिएको , हानी नगर्ने शब्जी अक्सर चाउरिएको हुने गर्छ । स्मार्ट सिटिको स्मार्ट बिषेशता । 

अनि पाईप वाला ग्यासमा पकाउन सार्है झन्झट हुने हेर्नुस् । 

अस्ति ग्यास बन्द गर्न भुलेछु त्यही मौकामा छिमेकी भाउजुले स्मार्ट वाईफको सुझाव सम्म दिन भ्याउनु भयो  ।
भुल्नुको एउटा कारण , गाँउले साथिको फोनमा सोधिएको ,    " कलेज किन नगएको " भन्ने प्रश्न थियो ।
बिचरालाई  स्मार्ट सिटिमा कलेज गईरहनु पर्दैन् , ट्याक्क आफुले नेट खोलेर ल्यापटप अघि बसे मात्र पुग्च भन्ने ज्ञान रैनछ । 

दिब्य ज्ञान पाएपछि उसले स्मार्ट सिटि आउने ईच्छा प्रकट गर्न भ्यायो ।

****
भुजा ग्रहण पश्चात एक राउन्ड रेलमा चढ्ने मन , मनले गर्यो । मनको अघि  कसको बस चल्छ र ? 


आनन्दले सुबिधासम्पन्न रेलमा झुन्डिएर यात्रा गर्नुको मज्जा अरु के हुन सक्छ ।  छेउमै बुढा , तन्नेरि बा तन्की तन्की झुन्डिएका थिए ।

जेष्ठ नागरिक सिटमा बसेका एक ज्ञानि युवाले फोटो खिचे , आँखै अघि ' स्मार्ट र तन्दुरुस्त वृद्ध '  क्याप्सन राख्दै फेसबुक पेजमा हाल्न भ्याए ।

ल्या !! रेल त जाममा फस्यो । रेल आफ्नो गतिमा सर ....सर ... सर्दै थियो । बिना ब्रेड जाम खाँदा अचाक्ली मीठो हुने गर्दछ ।  सित्तैमा जाम स्मार्ट सिटिले मात्र बाँड्ने गर्छ । बाहिर हुनुहुन्छ र जाम खान मन भए स्मार्ट सिटि आउने निम्ता सहर्ष स्विकार्नु होला ।

रेल कुदिरहेको छ । स्मार्ट सिटिका जनता फुत्त फुत्त बाटो काटिदिन्छ्न् । बिरालोले बाटो काटेझै । स्मार्ट जनताको स्मार्ट चाल ।

जेब्रा क्रसिङबाट बाटो काट्न मनले मान्दैन , जाँगर चल्दैन् , स्मार्ट भएको नातले पनि दिदैन , अनि जतासुकै बाट बाटो काट्न मनले कुत्कुत्याउछ ।

रेल भित्र झन झन भिड बढ्दै थियो । धन्न !आज , रेलमा अघि - पछि सर्नु भन्ने मुन्छे रैन्च ।

म जहाँको त्यही उभिए । एक युवक, युवतीले जथाभावी छोएको आरोप लगाउदै , कराउदै थिए । ती युवक कराउदा भिड भने मौन थियो ।

ठाउँले , मान्छेलाई मान्छे बनाँउछ भन्थे , तर स्मार्ट सिटिले जनता स्मार्ट बनाउन चुकेको अनुभव भयो ।
******

Sunday, August 5, 2018

नमस्ते :)

नमस्ते
******
घरमा पाउना आउदा म पनि शेर हुन्थे ।  त्यो दिन केही उट्पट्याङ गरेपनी :) अलि बदमासी छ भन्दै हाँसेर टारी दिन्थे । अरु बेला उट्पट्यङ गर्दा गाली गोलिझै दिने बा पनि बढो कोमल भईदिन्थे । हाय , बर्सै भरी पाहुना आईदिउन र मलाई राजा बनाईदिउन भन्ने लाग्थ्यो ।

पाहुना आएको दिन आफैमा खास हुन्थ्यो । अलि मीठो खान पाईन्थ्यो , टि भि हेर्न पाईथ्यो , माया अलि दोब्बर पाईन्थो , तँ भनेर थर्काउने बा ले बाबू भन्दा , बा ले माया गर्दा रछ्न भन्ने भान हुन्थ्यो ।
वा !  पाहुना त्यत्तिकै भगवानको रुप कहाँ भन्या हुन र । आफुलाई पाहुना आउँदा दशै भन्दा कम लाग्दैन थियो ।

पाहुनाले ल्याउने कोशेलि चाउचाउनै दशै लाग्ने जमाना पनि थियो । संझिदा पनि बढो नोस्टाल्जिक हुन्छु भन्या ।

चाउचाउ वाला पाहुना , बिस्कुट वाला पाहुना र चकलेट वाला पाहुना भनेर पाहुनाको वर्गीकरण शुद्ध गरिएको थियो । चाउचाउवाला पाहुना अलि बढी याद हुन्थ्यो , सोधी खोजी हुन्थ्यो । अरु कोशेलिवाला पाहुना भने खासै वास्ता लाग्दैन थियो । अहिलेचै सबै पाहुनाहरुलाई मीठो सम्झना ।

पाहुना आउँदा सबैभन्दा दिक्दारी भने नमस्ते गर्न हुन्थ्यो । फर्मालीटि फर्माइस गर्न नमस्ते गर्नुपर्थ्यो । आफ्ना मान्छेलाई के नमस्ते ? नमस्ते त टाढाको मान्छेलाई नजिक बनाउन पो गर्ने हो भन्ने बेग्लै किसिमको बुझाई थियो । त्यही पनि नमस्ते गर्नै पर्थ्यो । आमाको शानको लागि , बाबुको ईज्जतको लागि अनि संस्कार राम्रो सिकाएका रछन भन्ने कुराले पाहुनालाई प्रभाव पार्नको लागि ।

नमस्ते नगर्दा, पाहुना गएपछि आमाले गाली फ्याँक्नु हुन्थ्यो । कहिलेकाही बा'को पनि गालिको फ्युजनले नमस्ते नगर्नु संसारकै ठूलो अपराध हो जस्तो लाग्थ्यो । कहिलेकाही गालिखाँदा  आँखा रसाउथ्यो पुलपुलिएको बच्चा झै । आमा पनि कोमल भईदिनु हुन्थ्यो । माया मिसिएको त्यो मीठो गालीले फकाउनु हुन्थ्यो ।  वाह ! त्यो समय ।

****
स्कुलका सरहरु बाटोमा हिड्दा नमस्ते गर्नुपर्छ भनेर सधै लुकियो । कहिले बाटो फेरियो । कहिले सर पछि पछि बिस्तारै  हिडियो । अझ जाडोमा गोजिबाट हात निकाल्नुको पिरले नमस्ते ठोकिएन । कहिले आमुन्ने सामुन्ने हुँदा ङिच्च दात देखाएर लाज पचाईयो  तर नमस्ते भने गरिएन् । सरहरुले नमस्तेको आश गरे होलान् त ?? त्यो चै थाहा छैन् ।

अलि पछिपछि भने प्राक्टिकलको अंक दिने सरलाई मात्र सधै नमस्ते गर्न थालियो । सरसँग नजिकिने आशमा पनि नमस्ते ठोकियो । नमस्ते खाँदा सरहरुको मुहारमा बेग्लै किसिमको क्रान्ति देख्न सकिन्थ्यो ।  खुसी हुन ठूलो कुरो के चाहिन्छ र बिध्यार्थीको नमस्तेले मात्रै खुसी हुने गुरु अहिले जिवनको कुन अवस्थामा हात जोडिरहेका होलान् । मीठो सम्झना ती गुरुहरुलाई ।

नमस्तेको परिभाषा आजकाल अलि बेग्लै भा'छ ।  बच्चा बेला चाउचाउ खान नमस्ते टक्राईयो । अहिले आदतले फोगटमा टक्राईन्छ ।

ला !! कुरो त कुलो जसरी पो मोडिएछ । खैर केही छैन् । पाहुना र नमस्तेले आखिर प्रत्यक्ष सम्बन्ध राख्छ । त्यतिखेर नमस्ते गर्न बिर्सिएका तमाम मनलाई ब्याज सहित अहिले नमस्ते ।  ए ! यत्रो पढिसक्नु भो :) तपाईलाई पनि नमस्ते है त । :)

Saturday, March 3, 2018

Morning Thought

 Morning Thought 

एक बृद्ध बाटोमा बसेर भिख मागिरहेका थिए । उनको पोल्टोमा धेरै जसो एक दुई रुपैयाँको डलर त कहिले पाँच दस रुपैयाँको कागजी नोट पनि पर्ने गर्थ्यो । उनले त्यही पैसा जम्मा गरेर आफ्नो गुजारा चलाईरहेका थिए । एक दिन उनको दयालाग्दो स्थिति देखेर एक ब्यापारीले उनलाई एक हजारको नोट हातमा थमाईदिए । ती बृद्ध फुर्के । नोट चुमे । तर उनलाई कहाँ ? कसरी खर्च गर्ने ? के गर्ने ? भन्ने कुराले पिरोल्न थाल्यो । त्यो रात उनी सुत्न सकेनन् । पैसा कसैले लग्दिने हो कि ? चोर्दिने हो कि ? भन्ने पिरले उनलाई छ्टपटी बढिरहयो । निन्द्रा मजाले परेन । हिजो थोरै पैसामा आनन्दको निन्द्रा सुतेका उनले आज उनमा मागेकै पैसाबाट आनन्द आउन सकेन् । उनले उक्त हजारको नोटबाट सन्तुष्टि नपाएपछी त्यो नोट भोलिपल्ट ब्यापारिलाई नै फिर्ता गर्दिन्छन् ।
अन्ततः हाम्रो हालत पनि यस्तैनै छ । खुसि र सन्तुष्टि साना कुराहरुले पनि दिन्छन् भन्ने कुरा हामी बिर्सिन्छौ र भौतारिरहन्छौ । दौडिरहन्छौ । आफुमा सन्तुष्टिनै भएन भने संसारका बहुमुल्य कुरा पनि फिक्का फिक्का लाग्छन् । आफुमा जे छ त्यसमा गर्व गर्न सिकौ र भएकै चिजमा सन्तुष्टि हुन पनि । एउटा अंग्रेजी भनाई छ " He who is not satisfied with
a little, is satisfied with
nothing ."
शुभ दिन । 

Friday, December 22, 2017

कथा: नर्स | Story : Nurse ||

म तिमीलाई अन्फ्रेन्ड गर्दै छु । अन्फ्रेन्ड यसकारण कितिमी अनलाइन भयौ भने मलाई बोल्न मन लागेर औडाहा हुन्छ । तर, तिमीले बोल्दा प्रयोग गर्ने शब्दले गर्दा मैले टाइप गरेका मेसेज कति मेट्दै/काट्दै तिमीसँग नबोलेको पनि छु । अन्फ्रेन्ड गर्न तिम्रो अनुमति चाहिँदैन । तर,  कुनै मोडमा फेरि साथी बन्ने अवस्था आयो भने तिम्रो अनुमति अवश्य  चाहिन्छ । 
तिमीप्रति ममा कुनै नराम्रो भावना छैन । तिमीप्रति सधैं सम्मानको भावना रहनेछ ।किनभने मैले नराम्रो शब्दले तिमीसँग बोल्दा तिमी कत्ति पनि नरिसाई मलाई सम्झाइरह्यौ । मैले अति नै गरेको हुनुपर्छ, त्यही भएर त तिमी बोलिनौ ।
मैले अन्फ्रेन्ड गर्दा एउटा राम्रो साथी गुमाउँछु र एउटा पागल प्रेमीको हुन नसकेको प्रेमिका पनि । 
उही तिम्रो पागल ।“
यति लामो मेसेज मैले अहिलेसम्म कसैलाई पठाएको थिइनँ । मेसेज पठाए लगत्तै मन खिन्न पार्दै मैले उसलाई अन्फ्रेन्ड गरे ।
सुरुमा नचिनेको मान्छेसँग बोल्न जति आँट बटुल्नुपर्छ, चिनजान भएपछि अन्फ्रेन्ड गर्न त्योभन्दा बढी बटुल्नुपर्ने हुन्छ । सोच्दा हप्प गर्मी भयो !
***
आजकाल धेरैजसो सम्बन्धको सुरुवात फेसबुकबाटै हुन्छ । मेरो पनि त्यस्तै भयो । मिल्ने साथीले ‘यो केटी नर्स हो यार’ भन्दै आईडी थमाइदियो ।
मैले धेरैको मुखबाट नर्सहरुको बारेमा सुनेको थिएँ । तर, कुनै नर्ससँग संगत भने कहिल्यै भएन । फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी भने त संगत पनि भइहाल्थ्यो र त्यस्तै भयो पनि ।
“मलाई कसरी चिन्नुभयो र ?” सुरुमै प्रश्न गरी ।
“मैले चिनेकै छैन”, जवाफ फर्काउँछु ।
“नचिनेको मान्छेलाई किन रिक्वेस्ट पठाउनुभएको त ?” ऊ कारण खोतल्न खोज्छे ।
“नचिनेको मान्छेलाई एक्सेप्ट चै किन गरेको त अनि ?” म प्रतिप्रश्न गर्छु ।
लगत्तै अर्को मेसेज पठाउँछु ‘नयाँ साथी बनाउने मेरो सौख हो के !’
“अन्फ्रेन्ड गर्दिऊँ ?” ऊ घुर्क्याउँछे, “साथी मात्रै कि अरु पनि बनाउने सौख हो ?” स्माइली टाँस्दै पठाउँछे ।
साँच्चै नर्सहरु फर्वाड नै हुन्छन् क्या हो ? आफैंलाई प्रश्न गर्छु ।
धत् ! केही बुझ्दै नबुझी नराम्रो सोच्छस् ? मभित्रको मान्छेले गाली गर्छ ।
“अरु बनाउने सौख भएको भए बिचरा म सिंगल हुनुपर्थ्यो र ?”  म पनि हाँसेको स्माइली ठेल्छु  ।
“सिंगल रे ! यी केटाहरुले सिंगल भन्न कहिल्यै नछाड्ने भए !!”  ऊ खुलेर बोल्न खोज्छे ।
“म साँच्चै सिंगल छु”, रिप्लाई गर्छु ।
“सिंगल भए म के गरुँ ?” रिस भरिएको प्रश्न गर्छे ।
“मलाई मबाट हामी बनाउन सक्छौ ?” उत्तर फर्काउँछु ।
“ओ मिस्टर ! त्यस्तो चैं गर्दिनँ है म” ऊ कड्किन्छे ।
” हो र सिस्टर ! नर्स बूढीलाई पनि सिस्टर भन्नुपर्ने बाध्यता पर्छ, होस् ! नगर पनि”, म अलिकति जिस्किने शैलीमा आक्रामक हुन्छु ।
“म हस्पिटलमा नर्स हो र सिस्टर भनेर बोलाउनु मेरो पेसाको सम्मान हो । पेसा सम्झिएपछी मेरो status पनि परिवर्तन हुन्छ । त्यसपछि म नर्स होइन, अरु केही हुन्छु होला ! कतै प्यासेन्जर, कतै ग्राहक र कतै विद्यार्थी ।  यो नर्स र सिस्टर मजाक गर्ने विषय होइन है” ऊ अझ राँकिन्छे ।
माहौल बुझेर म आफैं संयमित हुन्छु, “हस् सिस्टर !”
उ आक्रामक त हुन्थी तर त्यति नै खुलस्त कुरा गर्थी । नर्सिङ पढेर गल्ती गरेको कुरा सुनाउँथी । नर्सहरुलाई केटाहरुले गर्ने र सोच्ने व्यवहारदेखि दिक्क लाग्ने गरेको कुरा सुनाउँथी ।
म उसलाई सहानुभूति दिन्थेँ र घरिघरि उसलाई गिज्याएर ‘सिस्टर’ भनेर बोलाइदिन्थेँ । सिस्टर भनिदिँदा ऊ आफूभित्रको क्रोध तुरुन्तै शब्दमा निकालिहाल्थी ।
बोलचालको क्रम सुरुको दिन जत्तिकै रफ्तारमा अघि बढेको थियो । मोबाइल नम्बर साटासाट पनि त्यही रफ्तारमा अघि बढ्यो । रफ्तारमा बनेका सम्बन्धहरु त्यही रफ्तारमा सकिन्छन् कि भनेर भविष्यको अनुमान दिमागले लगाउँदै थियो ।
***
एकदिन उसले भेट्ने कुरा गरी । केटीहरुसँग  बल्लतल्ल फेसबुकमा बोल्न थालेको थिएँ । वास्तविक जीवनमा केटीसँग बोल्नेबित्तिकै मुटुले नै ढोल ठटाइरहेको जस्तो, बोल्दा आवाज काँपे जस्तो, खुट्टा लरबराए जस्तो, अनुहार नवदुलही जस्तो झुक्थ्यो ।
उसले भेटौं न भन्दा हुन्छ भन्ने आँट आएन । धेरै कर गरेपछि मुटु दह्रो बनाउँदै भेट्न गएँ । भेटघाट नर्मल भयो । केही प्रश्न र जवाफ सकिएपछि हामीबीच केहीबेर सन्नाटा छाउँथ्यो । म त के सोध्ने-सोध्ने भनेर अलमल्ल पर्थेँ । सायद ऊ पनि त्यही अलमलको भूमरीमा पर्थी ।
छुट्टिने बेलामा उसले मेरो अलिअलि दारी उम्रेको गालामा चुमी । भेट्न आउँदा  मलाई खास उपहार चाहिन्छ भनेको थिएँ । उसको तर्फबाट ‘खास उपहार’ त्यही होला भन्ने लाग्यो । म रातो न पिरो भए । किनभने
कोही केटीको ओठ मेरो गालामा पहिलो पटक जोडिएको थियो ।
“मनबाट दिएको किस पो किस त, करले दिएको त विष !’ अत्तालिएको आवाजमा मेरो बोली खुस्कियो ।
तुरुन्तै गाली गरे झैं गरेर प्रश्न गरी, “बढी हुने होइन नि, त्यस्तो केटी जस्तो लाग्यो ?”
मुटुको धड्कन एकाएक बढ्यो र फेरि बोल्न कर लाग्यो । “त्यस्तो केटी भन्या कस्तो फेरि ?” सोधेँ ।
अलि लजाए जस्तो गरी र गाली गरे झैं गरी । रिसले ‘पागल’ भन्न भ्याई । उसले पागल भन्दा म शान्त भएर बसिरहेको थिएँ । पागल अरु कसैले भन्दो हो त युवा जोश देखिसक्थे होला । तर, उनको छेउमा म तापले पग्लिएको बरफ जस्तो शान्त भएर आफ्नो धर्म निर्वाह गरिरहेको थिएँ ।
पहिलो पटक कोही केटीको ओठ मेरो  गालामा पुगेको थियो । मन बुरुक्क बुरुक्क उफ्रिरहेको थियो, बाख्राको पाठा जसरी । मनमा तरङ्ग भरिएर पोखिएला जस्तो भयो । कसलाई सुनाऊँ कसलाई सुनाऊ भयो । जुन साथीले उसको फेसबुक आईडी दिएको थियो, उसैलाई सुनाएँ ।
साथी भन्छ, “धेरै खुसी नहोऊ यार ।”
‘किन ?’ प्रश्न गर्छु ।
साथीले करेन्टको झट्का दियो, ‘ऊ मेरो गर्लफ्रेन्ड थिई । ‘आई एम  फिजिकल्ली इङ्गेज्ड  विथ हर ।’
म छक्क परेँ ! के बोलूँ र कसो गरुँ भयो । आफैंलाई लाज लागेर आयो । नाङ्गै कसैले बीच सडकमा हिँडाए जस्तो भयो । नसोचेको कुनै कुरा झ्याप्प भइदिँदा दिमाग रन्थनिन्छ । ठ्याक्कै त्यस्तै भयो ।
***
साथी र उसको सम्बन्धको बारेमा जान्न मैले उसलाई मेसेज पठाएँ । सबै कुरा थाहा पाए पनि थाहा नभए जसरी सोध्न पनि एक किसिमको रमाइलै हुन्छ ।
उसले सबै कुरा सुनाई । कति सजिलै खुलेर अरुसँग भएको शारीरिक र भावनात्मक कुरा सुनाई, त्यो पनि ‘केटी’ भएर । म त कति परम्परागत सोच भएको मान्छे रै’छु । उसँग आफूलाई तुलना गरेँ ।
शारीरिक सम्बन्धलाई उसले सामान्य Biological प्रक्रिया मात्र ठान्दी हो । तर,  म जुन समाजमा हुर्किएँ, समाजले जे कुरा सिकायो, त्यो कुरामा उसको र मेरो केमिस्ट्री फेल खायो ।
“जोसँग जे गर्न मन लाग्यो, त्यो गर्न पाउनुपर्छ । पुरुषहरुले चैं जे गर्न मन लाग्यो त्यो गर्न पाउने, हामीले चै नपाउने ?” ऊ एकाएक फेमिनिस्ट बन्न खोजी ।
उसको कुरामा कति दम थियो ? मेरो दिमागले ठम्याउन सकेन । तर, जे गर्न पनि पाउनुपर्छ भन्ने कुराले असाध्यै रिस उठ्यो ।
“जे गर्न पनि पाउने भए यत्रो वर्ष खेर फालेर संविधान किन बनाउनुपर्थ्यो”, टाइप गरेँ, तर पठाइनँ ।
“हरेक कुराको एउटा निश्चित दायरा हुन्छ । त्यसलाई नाघेर व्यवहार गर्नु भनेको मानिस पशुसरह हुनु हो ।  कतै तिमी पशु त हुन खोज्दै छैनौ ?” प्रश्न गरेँ ।
अश्लील शब्द एकाएक फेसबुकको च्याट बक्समा पठाई  र लेख्दै भनी “माफ गर, यो देखेर अनौठो लाग्यो होला, तर हामीले पनि बोल्न पाउनुपर्छ ।”
म चकित परेँ । बेस्सरी रिस उठ्यो र कसैले भनेको सम्झेँ “यदि कसैले अश्लील शब्द बोलेर कुरा गर्छ भने ऊ कमजोर हुन थालिसकेको छ” अनि चुपचाप बसेँ ।
” महिला र पुरुषमा शारीरिक बनावटमा भिन्नता छ र दुवैमा आ-आफ्नो किसिमको अनौठा काम गर्ने क्षमता पनि छन् । हाम्रो समाजले, धर्मले के गर्ने र के नगर्ने भनेर नियम दियो, फरक यत्ति हो । अब मैले किन  त्यो नियम मान्ने भनेर उफ्रिनु चै पागल हर्कत मात्र हो”  मैले पठाएँ ।
“Yes I know” लेखेर पठाई ।
“मान्छेलाई बानी, बेहोरा र कर्मले ठूलो बनाउने हो न कि लिङ्गले”, आफूलाई ठूलै दार्शनिकको रुपमा प्रस्तुत गर्दै लेखेँ ।
“म रक्सी खाँदै छु । त्यही भएर यस्तो कुरा निक्लिरहेको छ । सरी ! आज नबोल”, उसले पठाई ।
म जिल्ल परेँ । “रक्सी खाइस् भने डडाल्नु भाँच्छु भन्ने आमाले बुहारी रक्सी खाने परी भने के गर्नु हुँदो हो ?” आमालाई सम्झेँ ।
पारिवारिक गफ हुँदा हामीले बोल्न पाउनुपर्छ भनेर बुहारीहरुले अश्लील शब्द निकाले भने पारिवारिक माहौल कस्तो हुँदो हो ? हामीले आफूमा भएको अंग देखाउन पाउनुपर्छ भनेर महिलाहरुले अंगप्रदर्शन गर्दै र्‍याली निकाले भने समाज र देशमा कस्तो असर पर्दो हो ?
यी सबै सोच्दा विरक्त लाग्यो ।
त्यसपछि उसलाई अन्फ्रेन्ड गरिदिएँ । अन्फ्रेन्ड गरेको केही दिनपछि साथीले वानेश्वर बोलायो । ऊ त्यही नर्स केटीसँग थियो । म ट्वाल्ल परेँ । त्यहाँ पुगेपछी थाहा पाएँ, त्यो नर्स अझै साथीको गर्लफ्रेन्ड रै’छे ।
मसँग यत्रो दिन गफ त्यही साथीले उसको आईडी बाट गरेको रहेछ । केटी मलाई देखेर हाँसिरही । अझ किसको किस्सा साथीले त्यही बेला निकाल्दियो, म लाजले रातो पिरो भएँ ।
मेरो अवस्था ठ्याक्कै भद्दा Prank मा परेको दोषी जस्तै थियो, अझ भन्दा बध गर्न लागेको पशु जस्तै म चुपचाप आफ्नो मृत्यु (त्यहाँबाट भाग्न) पर्खिरहेको थिएँ ।
 २०७४ असार २५ गते १३:११ मा Online khabar प्रकाशित https://www.onlinekhabar.com/2017/07/608596

|| युवा हराएको सूचना || कथा ||

 " । युवा हराएको सुचना  !!   नाम:  नितिन आचार्य   , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे ।  देशले सम्जिदोरहेछ भन्ने लागो   
साच्चि हराएको सुचना कसले दियो ? "


                                                 **********************
बेरोजगारीहरुको लाईनमा उभिएको अर्को बेरोजगारी । रोजगार मात्र थिएन , रोजगार नभएसी अरु कुरा पनि नहुँदो रहेछ ।

 " बिदेश जाने हो पैसा कमाउने हो , पैसा छ सबथोक छ "  डाईलग दुई महिना अघि बेदेश तिर  हानिएको साथिले हानेको थियो । 

जे गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ भन्ने आदर्श अझै  जिबित नै थियो ।  लोकसेवामा नाम र थर निकाल्ने आश जस्तै । 

लोकसेवा दिएको तीन पल्टमा चै केही हुन्छ कि भन्ने झिनो आश बाँकिनै थियो । तीन चोटिको तालमा निसाना पक्कै लाग्छ भन्ने कुरा लक्कुढाल खेलेर सिकेको ज्ञान अझै ताजै छ । संगै पढेका अलिअली दाम हुनेहरू अष्ट्रेलिया तिर हानिए , सोर्स हुनेहरु केहि आई एन जि ओ तिर छिरे । न सोर्स र न दाम हुनेहरू, मजस्तै लोकसेवा लोकसेवा भन्दै फुक्ने उमेरमा  सुकिरहेका छन् । 
लाग्छ , नाम ननिस्केर भन्दा पनि हामी तनावले ख्याउटे भएका हौ । त्यही तनाब  पोख्न ख्याउटे समुहनै बनाएका  थियौ फेसबुकमा । धेरैजनाको पीडा एउटै भएसी मनले चित्त बुझाउदो रछ । अनि लाग्छ जिन्दगी भनेको यहि मनलाई खुसी पार्नु  हो । चित्त बुझाउन अर्का  योगि बिकाशानन्दले  सहयोग गरेका छन् नत्र उहिल्यै बिहानिको किरण सँगै अखाबरमा खबर छापिएको हुन्थ्यो ।


                                                             **********************

लक्कुढालमा तिनपटक लगाएर  ढुङ्गा ढाल्न सफल भए जसरी नाम निकाल्न सफल भैयो । तर अन्तर्वार्तामा चिप्लियो । 

अन्तर्वार्ता नभई भाग्य चिप्लिएको भान भयो । भाग्य चिप्लिदा अक्सर मन थतारिदो रहेछ । मन थतारिदा पनि हाँस्न मन लागिरहेछ  । बिकाशानन्दकै भुत चढेको हुनुपर्छ । देशमै केहि गर्ने भनेर  सँगै पढेका हामी तिनै जना राष्ट्रभक्तीहरुको  भाग्य चिप्लियो ।

' अब के गर्ने यार ? ' बाले बोल्यो । 

" चट्ट लगाएर बिहे गर्ने लोकसेवामा नाम निकालेर कर्मचारी हुनु भन्दा , गृह मन्त्रीको पति भएर बस्ने हो "तनाबमा मजाक शैलिमा सुदिपले उत्तर फ्याँक्यो ।

" अनि सुदिप सरकार ! सरकार चै कसरी चलाईन्छ त ? बा'आमा बाटै कर असुली गर्ने भएउ क्या हो " संझाउने शैलिमा एक वाणी पेल्छु ।

" राजा ! कर्कट राशि हो मेरो, गृहमन्त्री आएसि भाग्य चम्किन्छ रे ज्योतिषीले भन्या " ज्योतिषीमा बढिनै बिश्वास गर्ने सुदिप  बोल्यो ।

"  लोकसेवामा नि नाम थर दुईटै निस्केछ नि सरकारको उसो भए ? उ भित्तामा टास्याँ  छ हेर त सुदिप पाण्डे " हा ! हा ! हा ! बाले जिस्किन खोज्यो ।

रत्नपार्कमा उसले हात हेराएको रहेछ । सरकारी जागिरको योग रहेको बताउदै ज्योतिषीले ढाडस दिएको कुरा सुदिपले लिखितमा नाम निस्किएपछी भनेको थियो ।

बालेको जवाफ पछि सुदिप चुपचाप बस्यो । चुपचाप हामी पनि भयौ । अन्तर्वार्तामा चिप्लिएसि चुपचाप नहुनुको बिकल्प पनि थिएन ।

-के गर्ने त अब ? सुदिपले मुख फोर्यो ।

-अब प्राईभेट जिन्दावाद ! बाले बोल्यो । 

- अनि म ? थाहा छैन् । भित्र भित्रै बरबराउछु ।

" रात पर्यो अब छुट्टिउ होला " म बोले ।

के गर्ने भनेर निष्कर्ष कहिले निकाल्ने ? बाले बोल्यो ।

अब भोलि यहि भेटौ । सुदिपले निष्कर्श निकाल्यो  । एक्कै स्वरमा हुन्छ निस्कियो ।  हाम्रो त गोजि टकटक्याउदा धुलो मात्र निस्किन्छ , पैसा त परको कुरा ।

 बाले तिमि देउ है । उसले नांई नभनी दियो । " यस्ता साथी कहाँ पाउनु " म उसलाई फुर्क्याउछु । त्यही भन्या सुदिप हाँस्यो , बाले मुस्कुरायो र हामी त्यहाबाट छुट्टिउ । 
                                                     
                                                               **********************

बाटोमा हीड्दा नानाथरि कुराले तनाब भईर'यो । कोठामा पुगे तर मन अन्तै कतै छ । केही गर्ने चाहना , केही बन्ने चाहानामा मन घुमेको छ । यो चाहाना मेरो मात्र होईन । बा आमाको पनि हो , छिमेकिको पनि हो अनि समाजको पनि । 

रातभर निन्द्रा परेन । दिमागमा बिचारहरुको ओहिरो लागिरहेको  थियो । कुन्नी घान कसले हाल्दै थियो । बिचारहरुको ओहिरोले म गलिसकेको थिए । म मात्र होईन मेरो नसाहरुपनी थकित थिए । ती थकित नसाबाट राष्ट्रभक्ती कतिखेर उत्रिएछ पत्तो पाईन ।

" दाइ दिल्लिमा काम पाईन्छ कि पाईदैन " केही बर्ष अघि दिल्ली छिरेका दाईलाई फोन गर्छु ।

" आउने बिचार गरिस् कसो ? आईज न काम नपाईने कुरै छैन नि । एक बर्ष जतिकाम गरेर राम्रै देश जानुपर्छ " ।
 हप्ता भित्रनै आईपुग्ने बाचा गर्दै फोन काटे ।

दाईको कुरा सुनेर ठूलो आनन्द आयो । हराएको निन्द्रा फेरि फर्किएर आयो । तनावमा साथ दिने भग्वान नै हुन कि झै मनले ठान्दो  रहेछ  । 

बिहानको एघार बजिसकेछ सुदिपले हानेको फोनको घण्टिले ब्युझिए । उसले बोलायो । बाले पनि आईसकेको छ  छिटो आऊ  ।
...........
आज हामी एउटै कारणले भेला भएका छौ । नत्र अरुबेला हामिलाई भेट्न कारण चाहिदैन थियो ।
चिया मगाईयो । पसलेले चुरोट भने । " हामी खादैनौ " मैले भने । धुवा उडाउदै गरेकी एक युवती घुरेर हेरिरहिन ।

के गर्ने भैयो त ? बाले बोल्यो । 

" म चै गाउँ जाने हो । गर्लफ्रेन्डले बिहे गरम कि गरम भनेर किचकिछ गर्दै छे । बिहे हान्दिने हो केटा हो । अनि काम खोजौला । कति तनाव लिनु  " सास नरोकि सुदिप बोल्यो । 

" भनेसी भाग्य चम्किने आश अझै छ राजाको ।" म बोल्छु ।

उ हाँस्छ र फिल्मी शैलिमा बोल्छ " अरे यार सास हे तो आश हे " ।

अनि तिमी के गर्ने भएउ ? उ प्रश्न गर्छ ।

" अब दिल्लि  तिर लागेर अर्को बर्ष कंगारुको देश जानुपर्ला भन्ने योजना बन्यो । " म बोल्छु । 

ओहो ! राष्ट्रभक्ती बाबुको राष्ट्रप्रतिको प्रेम कता छिप्लियो ? बाले प्रश्न गर्छ 

सुदिपले पनि साङ्केतिक प्रश्न गर्छ । लाग्छ उत्तर जान्नकै लागि उनिहरुको मन तड्पिरहेको छ 

" बाध्यताको लात्ति परेसि राष्ट्रभक्ति मर्दो रहेछ केटा हो " म सिरियस हुँन खोज्छु 

" भाडमे जा राष्ट्रभक्ति "।  बालेले क्रोध निकाल्न खोज्यो 

अनि बाले तिमि ?  म प्रश्न गर्छु  

"  अन्तरवार्तामा एउटा बैकले बोलाको छ । केही होलाकी भन्ने आशा छ नभ​ए कङ्गारुको देश जिन्दवाद  । " बालेले उत्तर दियो 

" केटाहरुले राष्ट्रभक्ति पोलेरनै खाएछ्न नि " आफुमा राष्ट्रभक्ति बाँकि रहेको सुदिपले देखाउन खोज्यो । 

" अब  आफु बन्ने हो  "। म सम्झाउन खोज्छु 

 सुदिपले पनि कंगारुको देश आउन सक्ने सम्भाबना बतायो । त्यसपछि हामि एक अर्कालाई बधाई दिदै छुट्टीउ । सुरुवाति चरणमा बालेलाई अन्तर्वार्तामा सफल हुने, सुदिपलाई  बिहेको अनि मेरो भागमा दिल्लि तिरको बधाई पर्यो  ।


                                                  **********************


साथीसँग  छुट्टिनुको एउटा पीडा भएनी भबिस्यको अलिकति टुसा कतै मन भित्र पलाएको थियो ।

म आफ्नो योजना अनुसार अघि बढे  देश छाड्न  मलाई पहिलो पल्ट घर छाडेर काठमान्डौ आएभन्दा गार्हो भ​एको छ । देशलाइ थाहा दिएर नै म अर्को देश आए । थाहा छैन देशले म हराएकोमा चिन्ता गर्छ कि गर्दैन । 

म दिल्लि तिर अघि बढे । दाईसित भेट भयो । काम पनि राम्रै पाईयो । 

दिनभर काम गरेर थकित अवस्थामा रहेपनि नेपालि समाचार हामि अक्सर  हेर्ने गर्थिउ । दाईचै खासै हेर्न मन गर्दैन थिए । 

   एकदिन टेलिभिजन हेर्दै गर्दा अचानक मेरो तस्बिरसहित आवाज गुञ्जियो । युवा हराएको सुचना  !!   नाम:  नितिन अचार्ज  , गहुगोरो बर्णको, कसैले भेट्टाउनू भएमा 9842.... नम्बरमा सम्पर्क गर्नुहोला  । एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुन्जियो । म छक्क परे । देशले सम्जिदोरहेछ भन्ने लागो   

साच्चि हराएको सुचना कसले दियो ? देशले कि कोहि ब्यक्तिले ? बा आमालाइ त भनेकै थिए । साथिहरुलाई पनि थाहा थियो । बेरोजगारि स​ँग प्रेमिका हुने कुरै भ​एन । देशलाई सुद्द थाहा थियो ।  कसले दियो भन्ने कुराले दिमाग फनफनि घुम्न थाल्यो । 

दाइले फिस्स हाँस्दै भने " ओई केटा सम्पर्क नम्बरमा त तेरै नम्बर छ त
। आफै दिईस क्या हो सूचना ??

 हँ ? हँ ? हँ ? दाइ नरोक्किई प्रश्न सोध्दै थिए ।

© नितिन आचार्य